अग्रगमनतिर


स्याटेलाइट र झरनासँग पुस्तक बालुवाटार पुर्‍याएर अफिस आउँदा इम्बक्समा ५ इमेल थिए। यूरोपतिर बस्ने एक पाठकको इमेल पढेपछि एकैछिन भए पनि हाँस उठ्यो। मन फुरुङ्ग भयो। आफूलाई नजिक्याउँदै लेखेकी रहिछन्- ‘हिजोआज तपाइँलाई ब्लगमा क्यै लेख्न मन लाग्दैन है ! नलेख्नुस पनि ! लेखे मसी सिद्दिन्छ। बिन्दास लेख्ने मान्छे के बिधि अल्छी भा को ?…’ 🙂

कुनै बेला ‘बियोन्ड इन्टलेक्ट’ अनुभव गर्थें। अनि लेख्नु एउटा केटाकेटी खेल हुन्थ्यो। कुनै लक्ष्य बिना जबरजस्ती शब्दहरु थुपार्न मन लाग्दैन। हिजोआज बुद्धिको तहभन्दा सधैँ आफूलाई तल पाउँछु, जहाँ लेख्नलाई बडो बल चाहिन्छ। फेरि लेखनमा म बढी नै चुजी छु- ओरिजिनल राइटिङ मनपर्छ। ओरिजिनल राइटिङ अहिलेको फोरम्याटको एकेडेमिक राइटिङभन्दा फरक कुरा हो। फलना नित्से इश्वरको मृत्यु भएको घोषणा गर्छन्, चिलाना फुको पावर-डिस्कोर्स र ट्रुथ बारे उसो भन्छन् भनेर लेख्न सहज छ। (भलै जीविको चलाउन मैले पनि संसारको त्यही डोमिनेन्ट फोरम्याटमा काम गर्नुपर्छ) गाडीमा सीतापाइलाबाट बालुवाटार आइरहँदा झरनालाई मैले लेख्न नसकेको त्यही कुरा सेयर गरेँ। ‘कमजोर फिल गर्छु हिजोआज भित्रैदेखि। ओरिजिनल राइटिङको स्रोत हो ओरिजिनल थिङ्किङ। त्यसका लागि हिजोआज म लयाक छैन।’

‘त्यति रियलाइजेशन भए त पुगिहाल्यो नि। किन चिन्ता गर्छौ।’ उसको निर्धक्क जवाफ।

हुन्डाइको रातो गाडी चक्रपथबाट सोह्रखुट्टेतिर लाग्दै गर्दा मैले त्यही विषयलाई अर्को कोणबाट अवलोकन गरेँ। साइकोलोजीकल्ली बलियो बन्ने चाहनाले मलाई कमजोर बनाइरहेको त हैन ? यसै पनि जीवनको यो पूरै फेनोमेना कारण र त्यसका अनगिन्ती असरको चक्रमा घुम्ने इन्द्रियातित सर्कल हो, जसलाई बुद्धिले नाप्ने तागतै राख्दैन। मेरो अवस्थाका पछाडि पनि प्रशस्त कारणहरु छन्। र तिनको जन्मदाता म स्वयं हो। अरे कुनै कुराको सिर्जना मैले गर्छु भने त्यसको निराकरणको अन्तिम डाक्टर म बाहेक को हुनसक्छ ?

वर्तमानका कार्य र विगतका कर्मसँग डोरिएर एउटा जीवन अनवरत चलिरहेछ। जीवनले मेरो भागमा छुट्याइदिएको त्यो विषाक्त क्षण पिउन म विवश छु। कार्य र कर्मको परिणामलाई भाग्यको खेल भनेर वा समयलाई दोषी बनाएर म आफूलाई धोका दिन सक्दिनँ। सकेसम्म अरुको कुभलो हुने काम (बोली, विचार र व्यवहारबाटै) गरेको छैन। आफ्ना सपनाका खातिर अरुलाई दुःख दिएको पनि हैन।

‘अनि ?’

रातो हुन्डाइ कार भाटभटेनीतिर सोझिँदै गर्दा मैले सुनाएँ- ‘सम्भवत जुलाईको अन्त्यदेखि म आफ्नो फर्ममा फर्कने छु।’

हामी (झरना, स्याटेलाइट, उमेश र म) बनाउँदैछौ एउटा पुस्तकालय। संखुवासभाको खाँदबारीस्थित बागेश्वरी उच्चमाविमा। ठूलो मन भएका दाताहरुले दिएका छन् २५ सय बढी पुस्तक। अनि एक लाख बढी रकम। संसार दुस्टहरुको मात्र हैन् सन्तहरु पनि हो, मधुर वाणि कमजोरी हैन शान्ति हो। लाग्छ जीवनमा विषाक्त चिज मात्र छैन, अमृतको अस्तित्व पनि छ।
(घर फर्केर हेर्दा त अफिसमा लेखेको ओरिजिनल ब्लग र फोटो नै पो छैन। नाराज छु आफ्नो चकचके बानीदेखि। माथिका लाइन पछि सम्झेका हुन्।)

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

5 Responses to “अग्रगमनतिर”

  1. Keep Up the Good Work. Krishna ji.

  2. भोलि देखि सोल्ड छ , कमेन्ट पनि हतार मै लेखेकी थिए , टि-गफ ब्लग मा
    पोस्ट गर्नु खोजेको कमेन्ट बक्स नै भेटिन , (बल्ल ऐले बनेछ कमेन्ट बक्स !)
    तपाइको लेख्ने स्टाइल आफ्नै किसिमको ओर्जिनल छ 🙂
    मलाई मन पर्छ तपाइको ओर्जिनल लेखन कला .
    मनमा आएको लेखनलाई कहिले काही यस्तै त्यस्तै परिस्थितिले बाधा पुराएको
    जस्तो लाग्छ भने त्यो परिस्थितिलाई पर्दा हालिदिनुस अनि आफ्नो लेखनकला लाइ
    यथाबत राख्नुस ,
    अरु टाढा किन जानु पर्यो र उदारण भन्न , अब ‘ मयूर टाइम्स ‘ नै हेर्नुस !
    यथार्त पनि लाग्ने – काल्पनि पनि लाग्ने
    यति हुदा हुदै पनि मयूर टाइम्स ले यथार्त बोध गराउन सफल भएको छ नेपालको
    परिस्थिथिलाई – –
    यसरि नै तपाइको ओर्जिनल थिंकिंग लाइ अलिकति काल्पनिक अनुमान हरुको साथ
    लिनुस र आफ्ना शब्दहरु रोप्नुस – –
    तपाईकी पाठक पनि खुसीले फुरुङ्ग हुदी हो – –

  3. You are totally diffrent from other blogers. I always feel pleasure to read my darling blog. timi sanchhai origal chhau, sandhai lekha na.

  4. Umesh Pokharel 21. Sep, 2010 at 5:56 pm

    Informal language , coherence on subject matter and stylish presentation le write up lai excellent banayako chha Krishna . While commenting the same , i am equally aware that ur write up not for being excellent but for being expressive . Being expressive is really a fun than being excellent ….

  5. Narayan Amrit 19. Nov, 2010 at 2:47 pm

    Krishna ! it’s really nice write up .