अष्ट्रेलियासँग नेपालको शानदार हार

Mon Aug 13 0 Comments
अष्ट्रेलियाली ब्याट्सम्यान आउट गरेपछि खुशियाली मनाउँदै नेपाली टोली। तस्विर सौजन्यः एसीसी

यु–१९ वर्ल्ड कपमा क्रिकेट महाशक्ति अष्ट्रेलियासँग नेपालले २१२ रनको पराजय व्यहोरेको छ। क्वीन्सल्याण्ड ग्राउन्डमा नेपाली ब्याट्सम्यान अष्ट्रेलियाका बलर सामु निरीह सावित भए। अभ्यास खेलमा राम्रो प्रदर्शन गर्न नसकेका राजेश पुलामी र रुपन्देहीका सागर पुन बाहेक अन्य खेलाडीले दाहोरो अंकमा रन बनाउन सकेनन्। यता नेपाली बलरहरुलाई अष्ट्रेलेयिन ब्याट्सम्यानले रामधुलाइ गरेर सधैँ रक्षात्मक स्थितिमा राख्र बाध्य पारे।

टस जितेर पहिला बलिङ रोज्दै नेपालले अष्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो। अष्ट्रेलियाले निर्धारित ५० अोभरमा ७ विकेट गुमाएर २ सय ९४ रनको विशाल योगफल तयार पार्यो। बानक्रफ्टले त १ सय २५ रनको व्यक्तिगत स्कोर बनाउन बनाइदिए। जवाफमा ब्याटिङका लागि ओर्लिएको नेपाल २३.५ ओभरमा ८२ रन बनाउँदै अलआउट भयो। समग्रमा नेपालले खेल २१२ रनले हार्यो।

आजको म्याचमा पनि नेपाली टोलीले पुरानै रोग दोहोर्यायो। ब्याट्सम्यान ब्याटिङमा जम्न सकेनन्। नेपालको बलियो पक्ष मानिएको बलिङ र क्षेत्र रक्षण अष्ट्रेलियाली खेलाडीका सामु कमजोर बनेको देखियो।

यति भए पनि नेपाल–अष्ट्रेलियाबीचको खेल शानदार बन्न सक्यो। नेपालीले आफ्नो मुलुकको खेल इएसपीएनमा लाइभ हेर्न पाए। अर्को पक्ष चाहिँ लगानीको हिसाबले हेर्दा हाम्रा खेलाडीको प्रदर्शनदेखि दुःखी भइरहनु पर्दैन। बरू प्रशन्न भए हुन्छ।

तस्विर सौजन्य : espncricinfo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *