हाम्री राम्री, चीनकीलाई क्राउन (Video & Photo)

Sun Aug 19 0 Comments


जी क्याफेमा मिस वर्ल्ड हेरिरहेका धेरै दर्शक बिच फेसन सेगमेन्ट आउनासाथ निकै उत्साही देखिए। बिच फेसन सेग्मेन्टका सुन्दरीका उत्तेजक दृश्य हेर्न छोडेर सबै भन्दै थिए–‘नेपालकी सृष्टि चै खै कता छिन् त !’ टप टेनमा परेको पहिलै थाहा पाइसकेकाहरुले उनले उपाधि जित्न सक्छिन् भन्ने आशा राखेका थिए। उद्घोषकले नाम उच्चरण गरे। वेल्सकी सुन्दरीले बिच फेसन जित्दा सृष्टि उपाधीबिहीन देश फर्कने निश्चित भइसकेको थियो।

टेलिभिजनमा भारतकी बानिया मिश्र निकै आत्मविश्वासी देखिएकी थिइन्। उनले मिस सोसल मिडिया र ब्युटी विथ प्रपोजको उपाधि पनि हात पारेकी हुन्। तर यु बेनसियालाई क्राउन पहिराउँदै आयोजकले मिस वल्र्डको उपाधि चीनमै राखे। उपाधीबिहीन फर्के पनि नेपालको ब्युटी पेजेन्टलाई यस पटक सृष्टिले विश्व मानचित्रमा एक कदम अगाडि बढाइदिएकी छिन्। मिस नेपालको १७ वर्षे इतिहासमा केवल सहभागिताका लागि सहभागिता जनाउने सुन्दरीमध्ये सृष्टिले धेरै गरेकी हुन्।

यसरी बनिन् यु बेनसिया मिस वर्ल्ड

सृष्टिको तयारी

सृष्टि श्रेष्ठको फोटो हेर्नोस्। एउटा फोटो मिस इन्डियाको पनि छ।