भिजामा झेली गर्ने अमेरिकालाई नेपालले धुलो चटायो


भिजामा झेली गर्ने अमेरिकालाई आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ मा नेपालले धुलो चटाएको छ। अमेरिकाविरुद्ध शानदार प्रदर्शन गर्दै नेपाली टोलीले ३२ रनको विजय दर्ज गर्दा नेपाली खुशी ट्विटर-फेसबुकमा छताछुल्ल भयो। अमेरिकी दूताबासले भिजा दिने बेलामा ह्यारेस गर्ने, झेली गर्ने गरेको भन्ने गुनासो सुनिरहेका बेला शुक्रबार अमेरिकामाथि नेपाली क्रिकेट टोली हावी भएको हो। यस्तो गुनासो पूर्व राजदूत स्कट एच डेलिसीको फेसबुक वालमा समेत प्रशस्त देखिएको थियो।

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ को चौथो खेलमा नेपालले अमेरिकालाई ३२ रनले हराएको हो। प्रतियोगितामा यो नेपालको लगातार चौथो जित हो। टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले अमेरिकाविरुद्ध २ सय ५८ रनको योगफल बनायो। सुवाष खकुरेलले आफ्नो अन्तरार्ष्ट्रिय खेल जीवनको पहिलो सतक हान्दै नेपाललाई ठूलो योगफलतर्फ अघि बढाएका थिए। उनले १ सय ४२ बल खेल्दै १० चौका र २ छक्काको मद्दतले १ सय १५ रन बनाए। उनी म्यान अफ द म्याच घोषित भए।

नेपालको चुनौती पछ्याउन मैदानमा उत्रिएको अमेरिकी ब्याट्सम्यानहरुलाई नेपाली बलर बसन्त रेग्मीले दवाबमा पारे। उनले फूल स्पेलमा बलिङ गरेका उनले एक मेडन ओभर राख्दै ३५ रन दिएर पाँच विकेट हात पारे।

म्यान अफ द म्याचको ट्रफिका साथ सुवाष खकुरेल

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

No comments yet... Be the first to leave a reply!