Archive | Spirituality RSS feed for this section
अनिल शाह र युवराज घिमिरे सँगसँगै

अनिल शाह र युवराज घिमिरे सँगसँगै

मेघा बैंकका सीइओ अनिल शाह र पत्रकार युवराज घिमिरे नेपाल लिट्रेचर फेस्टिबलमा एकै साथ देखापर्ने भएका छन्। स्याल्पा तेन्जिङ रिम्पोचेको पुस्तक ‘लिभिङ फुल्लीः फाइन्डिङ जोय इन एभ्री ब्रेथ’ बारेको अन्तरक्रियामा घिमिरे र शाह एकै साथ उपस्थित हुने निश्चित भएको हो। व्यवहारिक अध्यात्मलाई प्रकाश पार्ने ‘लिभिङ फुल्ली’ अमेरिकी प्रकाशन कम्पनी न्यु वर्ल्ड लाइब्रेरीले प्रकाशन गरेको पुस्तक […]

Read more
के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?

के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?

-स्मीता उनको दाँया कम्मरदेखि तीघ्रासम्म अल्फ्रेड लर्ड टेनिसनको कविता ट्याटु गरिएको थियो। ट्याटु कविता खोज गर्दै हिँड्ने एउटा बिन्दास मान्छे बारे थियो। उनी आफूलाई त्यही यायावरसँग तुलना गर्दै थिइन्। तिनकी साथीको गर्दनमा खोपिएको थियो- ‘कर्म’। ध्यान गर्न धर्मश्रृंङ्ग विपश्यना केन्द्रतिर हिँडेका झन्डै २ सय ध्यानीमध्येका यी दुई रसियन युवतीले सबैको ध्यान तानेका थिए।

Read more
कसरी पाउने सुख-शान्तिको जीवन ?

कसरी पाउने सुख-शान्तिको जीवन ?

को चाहँदैन सुख–शान्तिको जीवन ? पद, पैसा, वा बौद्धिक चार्मको अधिकतम तागत कति हो? के यी विषयहरूले आनन्द उत्पादन गर्न सक्छन् ? मानव स्वभाव बदल्न सक्छन्? यो अनुभव लेख एप्पलका पूर्व सीइओ तथा गृहस्थ सन्त स्टिभ जब्सको यो टिप्पणीबाट सुरु हुन्छ– ‘चिहानमा सबै भन्दा धनी मानिस हुनुले मेरो लागि केही अर्थ राख्ने छैन।’

Read more
यो पनि बद्‌लिनेछ

यो पनि बद्‌लिनेछ

स्मीता- कसको जीवन एकनासले सलल्ल बगेको होला ? जीवनका उतार चढावको हिसाव किताब लगाएर जोड घटाउ गर्न थाले अबको बाँकी जीवन त्यसैमा बित्दो हो। यो यथार्थ बुझेर वर्तमानमा बाँच्ने कला जानेका मान्छे संसारमा कति होलान्? कीर्तिपुरको धम्मकित्ति विपश्यना केन्द्रको छतमा बसेर काठमाडौं खाल्डोको कंक्रिट जंगलतिर आँखा तेर्स्याउँदै गर्दा एउटा सोचले मनलाइ छचल्कायो। भर्खरै ३ घण्टाको […]

Read more
हावर्ड पीएचडी होल्डरको विपश्यना यात्रा

हावर्ड पीएचडी होल्डरको विपश्यना यात्रा

व्यापारी, उद्योगपति, अर्थशास्त्री र आक्कलझुक्कल राजनीतिमा उपस्थितिले मात्र डा. ज्योतिको परिचय पूरा हुँदैन। गौतम बुद्धले २५०० वर्षअघि सुरु गरेको विपश्यना ध्यान सद्दे रूपमा (बिनापरिमार्जन) सिकाउने करिब ४ दर्जन नेपाली गुरु (आचार्य)मध्ये सिनियर आचार्य पनि हुन् उनी। प्रतिष्ठित व्यापारी स्वर्गीय मणिहर्ष ज्योतिका कान्छा छोरा डा. ज्योति सन् १९८७ मा हार्वर्ड विश्वविद्यालयमा विद्यावारिधि गर्दै थिए। कलेज बिदा […]

Read more