हिरोइन बनाउन बा-को चिन्ता

Tue Jul 31 0 Comments

भावना रेग्मी। तस्विर साभारः फिल्मीखबर डट कम
भारतीय राजनीतिको कान्छो भाइजस्तो देखिने नेपाली राजनीति र बलिउडे रेल पछ्याउँदै घस्रने हाम्रो कलिउडे टेम्पोमा केही समानता छन्। राहुल गान्धीको राजनीतिक करिअर उनका पितापुर्खाले सुरु गर्दिएजस्तै सोनम कपुर र रणवीर कपुरहरुका संघर्ष तिनका बा-हजुरबाले गर्दिएका हुन्। बलिउडलाई आदर्श मान्ने हाम्रो सिने क्षेत्र चै के कम ! देख्यो कपी-पेस्ट ठोक्यो। फिल्म पनि उतैका कपी ! शैली पनि उतकैको!!

कुनै बेलाका चलेका निर्देशक शिव रेग्मी यतिबेला त्यही बलिउडे शैलीमा छोरीको चिन्ता गर्दैछन्। ओम अस्पतालमा नर्सिङ पेशामा रहेकी छोरी भावनालाई हिरोइन कसरी बनाउने भन्ने ध्याउन्नमा छन् उनी। आफ्नै बा निर्देशक भएपछि कसले रोक्थ्यो र ?

शिवको सो सिम्पल भन्ने फिल्ममा भावना हिरोइन बन्दैछिन्। ‘उसको बाल्यकालदेखिकै इच्छा थियो त्यही भएर हिरोइनको रुपमा लिएको’, बा रेग्मीले भने।

यो फिल्ममा हिरो राजबल्लभ कोइराला केही फरक भूमिकामा देखिने रे ! ‘यो फिल्ममा म आर्मीको भूमिका गर्दैछु’, उनले टिगफसँग भने- ‘अपवादपछि म नयाँ गेटअपमा देखिँदैछु।’

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *