कर्ली हेयरवालीलाई मिस नेपाल-अमेरिकाको ताज

Sun Aug 12 0 Comments

कर्ल लुक्समा आस्था

कर्ली हेयर भएकी आस्था श्रेष्ठले मिस नेपाल यूएसए २०१२ को उपाधि जितेकी छिन्। १८ वर्षे आस्थाले २७ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले शनिबार सो ताज पहिरिएकी हुन्। गाउन र नृत्यकी सौखिन आस्था पेन्टिङ र समाजिक कार्यमा रुचि राख्छिन्। आस्थाले आफूलाई चिनाउन ३ शब्द काफी भएको प्रतिक्रिया दिइन्। भनिन्- ‘आर्टिस्टिक, प्यासोनेट र एम्बिसियस।’ मेरिल्याण्ड निवासी उनले गाएका ७ वटा कभर गीतहरु युट्युब च्यानल उपलब्ध छन्।

जर्ज म्यानसन युनिभर्सिटीको जोन्सोन सेन्टरमा भएको मिस नेपाल युएसए दोस्रो संस्करणमा टेक्ससकी नुर्जा श्रेष्ठले फस्ट रनर अपको उपाधि जितिन्। सेकेन्ड रनरअपको उपाधि न्युयोर्ककी आस्मा ढकालले जितिन्। जुन २ देखि अमेरिकाका विभिन्न सहरमा गरिएको अडिसनबाट छानिएका २८ जनाबीच फाइनल प्रतिस्पर्धा भएको थियो।

यो मिस नेपाल अमेरिकाको दोस्रो संस्करण हो।

मिस नेपालयूएस आस्था


फस्ट रनर अप नुर्जा

http://i48.tinypic.com/1znvlhu.jpg
सेकेन्ड रनर अप आसमा ढकाल

आस्थाको स्वर

Leave a Reply

Your email address will not be published. Required fields are marked *