भारतलाई रोक्यो नेपालले, किपर किरणको सानदार प्रदर्शन

Tue Aug 28 0 Comments

नयाँ दिल्लीमा जारी नेहरु कपमा माल्दिभ्स र क्यामरुनसँग लज्जास्पद पराजय ब्यहोरेको नेपालले मंगलबार भारतसँग ०–० को बराबरी नतिजा निकालेको छ। विम कुभर्मान्सको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारत बराबरीमा रोके पनि सिरियासँग खेल्न बाँकी छँदै नेपाल नेहरु कपबाट बाहिरिने निश्चित भएको छ।

पहिलो हाफमा आक्रमक देखिएको नेपालले दोस्रो हाफमा धेरै अवसरहरु पाए पनि गोलमा परिणत गर्न सकेन। रितेश थापाको स्थानमा उत्रिएका नेपाली गोल किपर किरण चेम्जोङले भारतीय आक्रमण निस्तेज पारे पनि नेपाली स्ट्राइकरहरु जम्न नसक्दा खेल बराबरीमै टुंगियो।

हाफ टाइम हुने समयमा ४५ मिनेटमा सन्दीप राईले पहेँलो कार्ड पाए भने भारतीय खेलाडी रोबिन सिंहलाई फल प्रहार गरेकोमा ६२ मिनेटमा बिराज महर्जनले पहेँलो कार्ड पाएका थिए। समय बर्वाद गरेको भन्दै ८२ मिनेटमा रोहित चन्दले पहेँलो कार्ड पाएका थिए। रेफ्रीलाई मिस बिहेव गरेको भन्दै विकास क्षेत्रीले ९० मिनेटमा रातो कार्ड पाएर मैदान छाडेका थिए।

९० मिनेटपछि १० खेलाडीमा सीमित नेपाली टोलीमाथि भारतीय खेलाडीले आक्रमण तीव्र पारेका थिए। तर नेपाली किपर किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनमा भारतीय खेलाडी निरास बन्न बाध्य भए। कमजोर टोली मानिएको माल्दिभ्ससँग पराजित भएदेखि नै नेपालको प्रदर्शनलाई लिएर निरासाका स्वरहरु सुनिँदै आएको थियो। जवाहरुलाल रंगशालामा भदौ ७ गते भएको खेलमा नेपाल मालदिभ्ससँग २–१ ले पराजय व्यहोरेको थियो। अर्को खेलमा नेपाल क्यामरुनसँग ५–० ले पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *