Archive | Life RSS feed for this section
सामान्य केटी झरना

सामान्य केटी झरना

गएको दसैंमा विपश्यना ध्यान गर्न बुढानिलकण्ठ पुगेका धेरैले उनलाई चिन्न नसकेर फर्की-फर्की हेरेका थिए। र, झुक्किँदै भनेका थिए, ‘तपाईं झरना बज्राचार्यजस्तै हुनुहुँदो रै’छ।’ उनलाई नचिन्नु स्वाभाविक थियो। म्युजिक भिडियो र सिनेमाको पर्दामा देखिने उनका मादक आँखा त्यतिबेला प्रकृतिको जिम्मामा थिए, कृत्रिम गाजलबिना। अरू सौन्दर्य साधनले पनि उनको शरीरलाई छोएको थिएन। नेपाली ग्ल्यामर दुनियाँकी ‘बोल्ड एन्ड […]

Read more
८६ वर्षमा जीपी गए

८६ वर्षमा जीपी गए

लामो यात्रा तय गरेपछि मान्छे फेरि एक पटक पुराना दिनमा फर्किन्छ भन्ने लेखक हर्मन हेस्से सही हुनुपर्छ। आज म गिरिजाबाबुसँगका ती दिन सम्झँदैछु जसमा राजनीति हैन ‘पुरानोपन’ छ। त्यो दिन अग्रज दाइहरुले दुगड फार्म हाउसमा ‘गिरिजाबाबुलाई नमस्ते गर्’ भन्नुभन्दा अघि नै कोइरालासँग मेरो एकोहोरो परिचय रेडियो नेपालले गराइसकेको थियो। त्यतिबेला उनी प्रधानमन्त्री बन्नुअघिका कांग्रेस महामन्त्री […]

Read more