Archive | Literature RSS feed for this section
सहजै ऊ गयो

सहजै ऊ गयो

घोत्लिने र सोचमा हराइरहने बानीले कहिले कहीँ मेरो पूरै दिनै कोठाभित्रै बित्छ। आज फेरि अफिस गइनँ, साथीहरु छाडिनु स्वभाविकै भयो। एक्लाइभित्र एउटा परिधि निर्माण गर्नु अनि त्यही परिधिभित्र रमाउँदै र दुःखी हुँदै बाँच्ने जीवनशैलीसँग म अभ्यस्त भइसकेँ। यसले मलाई कतिपय बाह्य विषयबाट अलग पारिरहेछ। प्रतिष्ठा र पैसा कमाउने अवसरले मलाई पछि छाडिरहेछन्। तर यसमा मलाई […]

Read more
त्यो यौन उन्माद, त्यो रियलाइजेशन

त्यो यौन उन्माद, त्यो रियलाइजेशन

‘तिम्रा लागि औषधि त त्यो पो थियो ?’, आफ्नो चेलासँग जिउ खप्टिएर निदाइरहेको अवस्थामा शालिन-सुन्दरी हा योलाई भेटेपछि बौद्ध भिक्षुको प्रश्न। जवाफ केही आउँदैन। हुन पनि हो जीवनले सबै प्रश्नहरुको जवाफ छाडेको पनि त हुँदैन। अनि आफ्नो मनोवैज्ञानिक रोगको उपचार सेक्स हो वा बौद्ध गुम्बाको परम्परागत औषधि भन्ने निर्क्योल फरक संसारमा हुर्किएर गुम्बा पुगेकी युवतीलाई […]

Read more
नहारेको मान्छे

नहारेको मान्छे

असारको तेस्रो साता विप्लव दाइले गुरुकुलमा नहारेको मान्छे सहित झन्डै तीन दर्जन कविता सुनाए। गुरुकुल डाँडोमा विपल्वदाइ भेटिएपछि ७ वर्षअघि लाजिम्पाटको एक भेटमा उनले भनेको सम्झिएँ- कुनै दिन यस्तो आउला, कविहरु सेलिब्रेटी होलान। अनि मेरो कविता सुन्न मान्छेहरु टिकट काटेर आउलान्। ७ वर्षपछि उनको त्यो सपना साकार हुँदै गर्दा म त्यही थिएँ। डेढ वर्ष जति […]

Read more
प्रेमले छोयो उसलाई

प्रेमले छोयो उसलाई

‘हो, मैले उसप्रति प्रेमको भावना राख्न चाहेकी हुँ, कहिलै प्रेमपत्र लेख्न नसकेकी पनि हुँ। लेखे पनि केरमेट गरेर फालेकी हुँ। लेखेर तम्तयार राखे पनि पठाउन हिचकिचाएकी हुँ। तर अब म उसलाई सम्झिएर नजिक भइरहनु पर्ने कारण थिएन। देशमा लोकतन्त्र आइसकेको थियो। म किन उसको सामन्ती प्रेमको बन्दी बनूँ ?’ बिहानको खाजापछि नारायण वाग्लेको मयूर टाइम्स […]

Read more
हजार ८४ की आमासँग १ सय ५२ मिनेट

हजार ८४ की आमासँग १ सय ५२ मिनेट

नेपालका पुष्पकमल दाहालले माओवादी विद्रोह थाल्नुभन्दा ५० वर्ष अघि नै सन् १९६७ मा भारतको नक्सलावाडीमा चारु मजुम्दारले ‘जनविद्रोह’को आगो सल्काएका थिए। सीपी मैनाली नेतृत्वमा झापामा भएको टाउको काट आन्दोलनदेखि दाहाल नेतृत्वको ‘सफाया’ त्यही मजुम्दार पथकै फोटोकपी थिए। मजुम्मदार नेतृत्वको नक्सलाइट आन्दोलनकै पथमा नेपालको पूर्वी-दक्षिण सीमाको भारतीय भूमिमा माओवादी ‘क्रान्ति’ अझै जारी छ।

Read more