मेक्सिको हुँदै अमेरिकामा पुगेका नेपाली युवाले आत्महत्या गरे

Sun Aug 26 0 Comments

मेक्सिको हुँदै दलालमार्फत् अमेरिका पुगेका एक नेपाली युवाले मेरिल्याण्डमा आत्महत्या गरेका छन्। मेरिल्याण्डको एन्नापोलिस बस्दै आएका कृष्ण केसी नामका युवाले आत्महत्या गरेका हुन्। शुक्रवार राती करिब नौ बजेतिर उनी घरबाट बाहिर निस्केका थिए। पछि उनलाइ अपार्टमेन्ट नजिकै रूखमा पासो लागेको अवस्थामा प्रहरीले भेटाएको थियो। कास्की जिल्लाको कास्कीकोट-६ काउलेका केसी डेढ वर्षदेखि एन्नापोलिसमा बस्दै आएका थिए।

Read More