Category | Spirituality

RSS feed for this section

नयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन्

Sat Oct 14 0 Comments

उनी राजकुमार थिए तर राजगद्दीमा बसेनन्। उनी दरबारमा हुर्किए तर राजकागज गरेनन्। राजकुमारीसँग विवाह गरे तर गृहस्थ जीवन बिताएनन्। तथागत बनेर मान्छेलाई शान्तिको बाटो देखाए तर महासागर तरेर उत्तर अमेरिका पुगेनन्। हो, उनी बुद्ध थिए र यो २६ सय वर्ष अघिको कुरा हो। बुद्ध जन्मे हुर्केको समय र अहिलेको मानव समाजबीच ठूलो अन्तर छ। यतिबेला […]

Read More

सर्वोच्चका न्यायाधीश विपश्यना ध्यान केन्द्रमा

Mon Aug 29 0 Comments

उनीहरुले दिनदिनै लेख्नुपर्छ, ‘तथ्य, सिद्धान्त र कानुनी व्यवस्थाको आधारमा प्रतिवादीहरुले ऐनअनुसार प्रतिकूल हुनेगरी सेवा प्रदान गरेको कारणले पीडितले क्षति ब्यहोर्नु परेको देखिँदा पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन।’ दिनदिनै भन्नुपर्छ, ‘संविधानको धाराअनुसार रिट निवेदन खारेज हुने ठहर्छ।’ हो, सर्वोच्च अदालतका न्यायाधीशहरुले दैनिक यस्तै आदेश दिनुपर्छ। यस्तै फैसला लेख्नुपर्छ। तर सर्वोच्च अदालतका ७ न्यायाधीशको २७ अगस्ट (२०२२) […]

Read More

विपश्यना ध्यानपछि नक्खुका कैदीले भने: ‘जेल पठाउनेलाई धन्यवाद छ’

Sun Mar 13 0 Comments

एउटा स्थान जहाँको बासले घृणा, द्वेष र प्रतिशोध पग्लेर जीवन स्नेह, करुणातर्फ सोझिन्छ भनेर कल्पनै गरिन्न। पीडा र पश्चताप खुशी, आनन्दमा रुपान्तरण हुनसक्छ भनेर सोच्दै सोचिन्न। हुन पनि ४ दिवारभित्र सीमित कैदी जीवन खुशीको विषय हुँदै होइन। तर १६ देखि २७ फागुनसम्म (२०७८) नक्खु कारागारका ३५ कैदीबन्दीले केही फरक अनुभव गरे। दश दिने शिविरमार्फत् विपश्यना […]

Read More

जो जिउने कला सिकाएर विदा भए

Wed Sep 23 0 Comments

जसले आफू बौद्ध हुँ भनेर कहिल्यै स्विकारेनन् तर विश्वभर बुद्धको शिक्षा फैलाए। जसले सम्प्रदायको साँघुरो घेरा कहिल्यै निर्माण गरेनन्, बरु सबै देशका मान्छेमा आश्चर्यजनक गहिराइबाट स्वतन्त्रताको चेतना जगाइदिए। जसको जीवनको सार भन्नु नै सबै वर्गका मानिसलाई समान ढंगले दुःखबाट आनन्द, घृणाबाट स्नेह करूणा अनि बन्धनबाट स्वतन्त्रताको बाटो देखाउनु रह्यो। विश्वका करोडौं गृहस्थसम्म विपश्यना ध्यान पुर्‍याउने […]

Read More

फेरि त्यो दिन सम्झेर

Fri Jul 24 0 Comments

साँझको समय भए पनि आज छ्याङ्ग उज्यालो छैन। बादल लागेर बाहिर धुम्म भइरहेछ। वर्षाको बेला छ र यहाँ पानी परिरहेछ। ‘कोह..उ, कोह…उ’ एउटा परिचित लाग्ने चरास्वर कानमा ठोक्कियो। त्यो कहाँ बसेर भाका हालिरहेछ खुट्याउन सकिनँ। बोल्न पाइन्थ्यो भने भन्दिन्थेँ, ‘मिस्टर नो बडी हो।’ तर इसारा त गर्न नपाइने ध्यान शिविरमा बोल्नु त शीलको ठाडै उल्लंघन […]

Read More
More posts