गणेशमान सिंह Archives - TGuff

ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन्
कांग्रेस नेता मनमोहन भट्टराईले सुप्रिम लिडर गणेशमान सिंहका बारेमा बताइरहँदा ध्यानबाट भर्खर जागेकाहरु हातले मुख छोपेर सुनिरहेका थिए। भाषण गर्न बानी परेका नेता न परे। दश दिने ध्यान शिविर सकेर बैरमुखी भएका विपश्वीहरु एसएन गोयन्का गुरुजीको स्प्रिच्युल डिस्कोर्स होइन राजनीतिक प्रवचन सुन्दै थिए। दश दिनदेखि थुनिएका मुखहरु खुलेको मै माहोल एक्साइटेड थियो। हामी थियौं नेपाल विपश्यना सेन्टर, मुहानपोखरी बुढानिलकण्ठमा। नेताका अघिपछि कार्यकर्ता होइन ध्यान गर्न गएका लेक्चरर, उद्योगी, आर्मीका रिटायर्ड अफिसर, पत्रकार र विद्यार्थी थिए।

‘एक दिन वीपीले गणेशमानको अंग्रेजी चेक गर्न भन्नुभयो’ तिलचाम्ले भइसकेका फ्रेन्चकट दारी मुसार्दै नेता बोले, ‘टिचर हुन पाएको मैले पनि गाह्रा गाह्रा शब्द छानी छानी सोधेँ’ धम्महल अगाडिको सिँढी छेउबाट शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलतर्फ आँखा तन्काउँदै उनी धाराप्रवाह बोलिरहेका थिए, ‘तर, मैले हारेँ, उहाँलाई त डिक्सनरीका सबै शब्द कण्ठस्थ पो रहेछन्।’

खेती नै राजनीति भएका गणेशमानले कसरी पढेछन् त ? एमए अर्थशास्त्रका विद्यार्थी हृदयेश शाहको प्रश्न भुइँमा खस्न नपाउँदै उत्तर आइहाल्यो, ‘उहाँ ट्वाइलेट जाँदा दुई घण्टाभन्दा बढी लगाउनुहुन्थ्यो, त्यो समयमा जहिले पनि पढ्ने।’

पञ्चायतले गणेशमानलाई बन्दी बनाएसँगै विभिन्न रोगहरुले पनि उहाँलाई बन्दी बनाएछन्। उहाँले चाहिँ अक्सफोर्ड डिक्सनरीलाई नै बन्दी बनाइदिनु भएछ। ‘विश्व इतिहासको टु एम्बीका आठवटै भल्युम, मार्क्सको दास क्यापिटल मैले जेल पर्दा नै पढेको, बाहिर निस्केपछि कहाँ फुर्सद पाउनु !’ नेता महोदय आफ्नै नोस्टालजिया पोख्न थाले। ‘खुबै पढिन्थ्यौ, हिजोआज त्यही ज्ञानलाई अपडेटको पोलिस लाएर सार्प एक्सप्रेशन दिने हो’- अर्का थिङ्कट्याङ्क प्रदीप गिरीले पनि त्यसै गर्ने गरेको उनले खुलासा गरे।

अब हामीले चाहिँ कसरी पढ्ने त ? मैले आफ्नो उपस्थिति जनाएँ। ‘विपश्यनाको अधिष्ठान (एउटै आसनमा हलचल नगरी आँखा नखोली, हातखुट्टा नचलाई बस्ने काम) गर्नाले घण्टौँसम्म पढाइमा केन्द्रित हुन सकिन्छ’, त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा डिग्री दोस्रो वर्षका विद्यार्थी सञ्जयले आफ्नो मत फ्लोरमा राखे। हुन पनि अधिष्ठान विपश्यनाको सबैभन्दा महत्वपूर्ण र एक्साइटेड अवस्था हो। दशौँ दिनमा मलाई यस्तो लाग्यो-अधिष्ठान बस्नेहरु जतिसुकै कठिन स्थितिमा पनि शान्त र खुशी रहन सक्छन्। विजयी अनुभव गर्न सक्छन्।

साँच्चै नै अधिष्ठानको अर्थ ‘स्ट्रोङ डिटरमिनेशन’ हो। त्यो एकाग्रता पढाइमा रुपान्तरण गर्दा त्यसले विद्यार्थीलाई नचिताएको फाइदा हुनेरहेछ। म विद्यार्थी पनि हुँ। तर मैले गणेशमानको जस्तो अक्स्फोर्ड लर्नर होइन, जे कृष्णमूर्तिको द फस्ट एण्ड लास्ट फ्रिडम पढिरहेको छु, अहिले। पढ्नै मात्र होइन विश्लेषण, चिन्तन, सोच र जीवनको क्षितिजलाई नै विपश्यनाले समस्त रुपमा परिवर्तन गराइदिएको छ। उमेशसँगै बुक एक्जिबिसन गएर किनेको पारिजातको शिरिषको फूल, जसलाई मैले यसअघि नै ३ पटक पढिसकेको थिएँ, लाई अहिले यसरी बुझेँ त्यो शब्दमा व्यक्त हुन सक्दैन। यति भन्छु, एउटा ‘निहिलिष्टक फिक्सन’ प्रतिको मेरो अनुभूति सपार्ट फेरिएको छ।

तपाइँ जीवनलाई रंगीन र खुशी राख्न हायत होटलको रक्स बार धाउनुहुन्छ ? रात्री जीवनको मस्ती मार्न एभरेष्टको ग्यालेक्सी डिस्को छिर्नुहुन्छ अथवा दोहोरी र डान्स बारमा टिल्ल भएपछि आधा रातमा हल्लिँदै ठमेल वा ‘किङ्ग्स वे’को प्लाटुनियम पुग्नुहुन्छ ? लाजिम्पाटको रोयल हानाको उफरोमा डुबेर जीवनको चरम आनन्द भोगेको ठान्नुहुन्छ वा ठमेलको हिमालयन जाभाको सोफामा पल्टिएर ‘ब्लडी मोक्का’ तान्दै बुद्धिविलासको दैनिकी गुजार्नुहुन्छ ? पैसामा मस्ती साट्न खोलिएका यस्ता जक्सनहरुले हामीलाई व्यस्त जीवनबाट एकैछिन् फुर्सदिलो हुँदा कथित खुशी र शान्तिको एक चोक्टा दिइरहेका छन्। रातभरिको खुशीको झोँक्का बिहान भइसक्दा उत्रिएर टाउको दुखाइमा परिणत हुन्छ। अब के गर्ने ? सुनौँ कुनै बेलाका (अल्कोहलिक?) थिंकर एवं कांग्रेसका उनै नेता भट्टराईलाई।

‘रक्सीमा आनन्द खोज्नु जति नै मूर्खता पुस्तकमा जीवन खोज्नु पनि हो। रक्सी पिउनुभन्दा बुक पढ्नु राम्रो। त्यसबाट किताबी ज्ञान प्राप्त हुन्छ। शास्त्रीय चिन्तनले मान्छे बाैद्धिक ज्ञानी बन्छ तर त्यो अनुभव तहसम्म पुग्दैन।’ ए… त्यसो भए किन जोड गर्ने ड्रिङ्क्स, डाङ्डुङ र डिस्कोमा ? काठमाडौंका एलिट र पार्टी एनिमलहरु पनि एक पटक अनुभव गर्ने कि विपश्यनाको ? कान्तिपथको ज्योति भवन पर्खिरहेछ।

The post ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन् appeared first on TGuff.