गिरिजाबाबु Archives - TGuff

८६ वर्षमा जीपी गए
लामो यात्रा तय गरेपछि मान्छे फेरि एक पटक पुराना दिनमा फर्किन्छ भन्ने लेखक हर्मन हेस्से सही हुनुपर्छ। आज म गिरिजाबाबुसँगका ती दिन सम्झँदैछु जसमा राजनीति हैन ‘पुरानोपन’ छ। त्यो दिन अग्रज दाइहरुले दुगड फार्म हाउसमा ‘गिरिजाबाबुलाई नमस्ते गर्’ भन्नुभन्दा अघि नै कोइरालासँग मेरो एकोहोरो परिचय रेडियो नेपालले गराइसकेको थियो। त्यतिबेला उनी प्रधानमन्त्री बन्नुअघिका कांग्रेस महामन्त्री थिए र म गुच्चा खेल्न च्याम्पियन एउटा फुच्चे केटो जसलाई हर्दम रेडियो सुन्नुपर्थ्यो। समाचारमा आउने गिरिजाप्रसाद ०४८ साल बैसाखको त्यो साँझ हाम्रो गाउँ गोविन्दपुर-४ सुनवर्षी (मोरङ) स्थित तोलाराम दुगडको फार्म हाउसमा थिए। लामो नाक, खुइलेको तालु, दुब्लो अनि अग्लो मान्छेको नजिकै पुग्दा मलाई एकजना ‘राजनीतिक सेलिब्रेटी’ अघिल्तिर छु भन्ने भान भएथ्यो। अनि लाज र धकले मुटु ढुकढुक गर्न थालेपछि गोदाम-बैठकबाट बाहिरिन मैले बहाना खोजेको थिएँ- ‘पिसाब लाग्यो।‘ आज उनको देहान्तको खबर नागरिकन्युजका लागि लेखिरहँदा मेरो नोस्टाल्जियामा ती सम्झनाहरु ताजा बनिरहेछन् जहाँ म बुझेर/नबुझेर गिरिजाबाबुको नजिक थिएँ।

त्यो दिन गिरिजाबाबु आफ्नो चुनावी क्षेत्र (मोरङ-१) का ६ वटा सभालाई सम्बोन गरिसकेपछि अपरान्ह इटहरा (मोरङ) आइपुगेका थिए। हामी केही उत्सुक ठिटाहरु चै प्रजातान्त्रिक नेताले के भन्लान् भनेर स्कूलै गयल गरेर बिहानैदेखि सभास्थलमा थियौं। २०५१ सालको संसदीय चुनाव अघिको कुरा हो- यो। त्यतिबेला उनी मुलुकका प्रधानमन्त्री थिए; मेरा दृष्टिमा चाहिँ कांग्रेस उम्मेद्वार मात्रै। इटहरा मदन भण्डारीको आधार क्षेत्र अर्थात् एमालेको गड। कोइरालाको खैरो खन्दा आनन्द मान्नेको जमात त्यहाँ हुनु स्वभाविकै भयो। टंटलापुर घाममा उनको प्रतीक्षा भइरहँदा ३ बजेतिर एउटा खबर आयो ‘काठे पुलको तख्ता केही व्यक्तिले झिकेका कारण कोइरालाको इटहरा आगमन अनिश्चित !’ एमालेको फन्दामा परेछन् बूढा अब पक्का पनि आउँदैनन् ! भोक र तिर्खाले लखतरान भइसकेका ठिटाहरु घरतिर साइकल सोझ्याउने तयारीमा थियौं। त्यति नै बेला सभास्थल सडक धुलोले कुइरिमण्डल पार्यो (त्यतिबेला इटहरा-उर्लाबारी सडक कालोपत्रे भइसकेको थिएन)। प्रहरी साइरनको हुइँ…! हुइँ…!! हुइँ…!!! आवाजले सबैको ध्यान खिच्यो। कोइरालाको प्रत्यक्ष विचार चौथो पटक सुन्न म तयार थिएँ। उनको देहान्तको खबर पाउनासाथ मेरो दिमागले पहिलो पटक १५ वर्षअघिको त्यो इमेज उतार्यो, जहाँ उनी इटहरा स्कूल दक्षिणमा बनाइएको त्यो मञ्चमा भाषण गरिरहेका थिए। कालोझन्डा देखाउने र पुल भत्काउने हर्कतलाई सालिन भाषामा भनिरहेका थिए- ‘कसैले कालो झन्डा देखाउँदैमा म डराउँदिन। म डेमोक्रेसीमा विश्वास गर्छु, कम्निज्ममा कालोझन्डा अँटाउनै सक्दैन।’

०४८ को चुनाव जितेर काठमाडौं फर्केपछि उनी प्रजातान्त्रिक नेपालको नयाँ शक्तिको रुपमा उदाए। मैले चाहिँ काठमाडौं आएपछि राजनीतिलाई किनारबाटै हेरेँ। त्यसर्थमा कोइराला परिवार निकट भइनँ। हुनसक्थेँ त्यो कोसिस मैले गरिनँ। भोटकै मूल्यको जिम्मामा छाड्दिएँ त्यो सम्बन्धलाई। पछिल्लो समयमा म बढी ‘सेल्फ सेन्टर्ड’ जीवन बाँच्न थालेँ र उनले आफ्नो राजनीतिक पखेँटा अन्तरार्ष्ट्रिय रुपमै फैलाए। तैपनि मेरो पेशा (पत्रकारिता) र उनको राजनीतिक आधार क्षेत्रको नाताले औपचारिक/अनौपचारिक भेटघाट भइरहे।

जनआन्दोलन-२ मा उनले निर्वाह गरेको भूमिकाका कारण थेग्नै नसक्ने आलोचना खपिरहेका कोइरालाको व्यक्तित्व एकाएक चुलियो। राजा ज्ञानेन्द्रलाई सडकबाटै झुकाउने तालु खुइलिएको त्यो अग्लो मान्छे ०६३ बैसाख दोस्रो साता प्रधानमन्त्री निवास प्रवेश गर्दा परेवा डट कमको रिपोर्टरको रुपमा म डीएसएलआर क्यामेरा, अडियो रेकर्डर र डायरी-कलम सहित बालुवाटारमा थिएँ। १२ वर्षे माओवादी हिंसाको शान्तिपूर्ण अवतरण गर्ने क्रममा पुष्पकमल दाहाललाई बालुवाटारमै भित्र्याएपछि १६ जुन २००६ को रात परेवामा समाचार (तस्विर र अडियो सहित) अपलोड गरिसकेपछि मार्कोपोलो बिजनेस होटलको बुर्जामा बसेर एक्लै गम्खाएँ- ‘बूढा अब मेरा सांसद रहेनन्। गज्जबै भो; राजनेता बने।‘

कोइरालाको त्यो बोल्ड र हठी स्वभाव सम्झन्छु। लोकले सम्झने भनेको जीवित हुँदाका कर्मलाई मात्रै हो। अन्यथा फगत एउटा मान्छे आफैँमा केही हैन। मृत्यु अकाट्य सत्य हो, प्रकृतिको नियम हो। उनी सम्झिइनेछन्- धेरै राजनीतिक विषयका लागि। ८६ वर्षमा उनी गए, म जानेछु। अनि तपाइँ पनि। उनको आत्माले शान्ति पावस्।

The post ८६ वर्षमा जीपी गए appeared first on TGuff.