पशुपति Archives - TGuff

ऊ भगवानको बच्चा
मैले उसलाई पशुपतिनामा भेटेँ। बागमतीको पुलबाट यताउता आँखा दौडाउँदा उ मेरो अघि थियो। तर उसलाई मैले चिन्न सकिनँ। चिन्नु पनि कसरी ? उसलाई पहिलो पटक म यसरी भेट्दै थिएँ। डल्बी डिजिटल कुमारी सिनेमा हलमा जब उ देखिएको थियो मलाई मानव सभ्यताप्रति नै एक किसिमको वितृष्णा भएथ्यो। त्यसको ह्याङओभर निकै समय रह्यो । उ त्यहाँ फिल्मको हिरो थियो। एउटा हिरो भेट्दा बजारेहरु अटोग्राफ माग्लान्। तर उसलाई कसैले बोलाउँदैन्। उसको जीवनको कहानी अलग छ। कुनै काल्पनिक कथाका हिरोहरुको जस्तो रहरलाग्दो हैन। सपना हारेर मृत्यु पर्खिरहेकाहरुको जस्तो। उसका लुगा फोहोर छन्। नकाटेको र ननुहाएको कपालबाट यसै एक किसिमको गन्ध आइरहेछ। ‘सर मलाई बोलाएको हो ?’ मैले उसको आवाज ठम्याएँ। त्यो त्यही आवाज थियो जसलाई मैले साउथ एशियन फिल्म फेस्टिबल २००९ मा ८९ मिनेट पुरुसँगै सुनेको थिएँ। उ अर्थात एलेक्स पौडेल,१२ ‘चिल्ड्रेन अफ गड ‘।

म बिहान ढिलोगरी पशुपति पुग्दा धेरै श्रद्धालुहरु यताउती गर्दै थिए। मर्निङ वाकमा निस्केकाहरु फर्किंदै थिए। एलेक्सकी आमा रक्सीले मातिसकेकी रहिछन्। र एलेक्सले बागमतीमा पैसा खोज्ने काम थालिसकेको थियो। मैले विस्तारै कुरा थालेँ। ‘पढ्न त मन लाग्छ नि तर बुवाले आमालाई पिट्छ। अनि कसले जोगाउँछ ? ‘

एलेक्सका प्रश्न यस्तो थियो मानौ उ घरको मूल गार्जियन हो र अरु उसको अन्डरमा छन्। हुन पनि कथा त्यस्तै रहेछ। १२ वर्षको एलेक्सको काँधमा ६ वर्षकी बहिनी पाल्ने जिम्मेवारी पनि छ। मैले दुवैलाई स्कूल जान प्रेरित गर्न खोजेँ। उसलाई हतार भइसकेको थियो। आर्यघाटमा जलाउन लाशहरु आइसकेका थिए। त्यहाँ चढाएको पैसा र सामान संकलन गर्नु उसको दैनिकी हो। ‘चुम्बक पनि फुट्यो अब त’ उसले सुनायो, मतिर एकोहोरिँदै भन्यो- ‘अब फूल पसलमा काम गर्न थालेको छु।’ दिनभरि कमाएको पैसाले एलेक्सले आफू र आफ्नी बहिनीका लागि खाना जुटाउनु पर्छ। आमालाई काम सघाउनु त छँदैछ। एकछिन् कुरा गरेपछि उ बागमतीतिर जान हतारियो। मेरा लक्ष्य अर्कै थियो। मैले उसलाई बस्न भनेँ। ‘सर तपाइँ कहिले जानुहुन्छ ?’ उसको प्रश्नले म मुस्काएँ। केही खाजा खर्च दिएर मैले एकछिन् गफ गर्न अनुरोध गरेँ। उ बस्यो।

‘यहाँ सुकिला मान्छे आउँछन्। पूजा गर्छन्। तर हाम्लाई हेर्दैनन्।’ एलेक्सले त्यसो भन्दा मैले पशुपतिनाथको पूर्व ढोकामा आँखा लगाएँ। त्यहाँ सहरका सुकिलाहरु ओहोर-दोहोर गर्दैथिए। तिनको उद्देश्य धर्म कमाउनु थियो। तिनीहरु पशुपतिनाथको मन्दिरमा भेटी चढाएर पूजा गरेर फर्किएका वा जाँदै गरेकाहरु थिए। हो तिनीहरुले एलेक्सलाई चिन्दैनन्। दैनिक हजारौँ दर्शनार्थी पशुपति पुग्छन्। तर एलेक्सलाई चिन्दैनन्। मूर्तिलाई चिन्छ समाज जीवनलाई चिन्दैन। ‘फिल्मको हिरो भएपछि त तिमीलाई भेट्न धेरै मान्छे आउन थाले होला नि ?’ उसले कुरा गर्न कम्फर्टेबल ठान्न थालेपछि मैले सोधेँ। ‘नेपालीहरुले त चिन्दैनन्, अम्रिकनहरुले धेरै भेट्छन्।’ उसले गफमा बढी सम्झिएका व्यक्ति फिल्म निर्देशक ‘कोरियस सर’ थिए। (चिल्ड्रेन अफ गडका निर्देशक कोरियन नागरिक यी सीयुङ हुन्।) कोरियन सर जानुभन्दा अघि मासु र भात खुवाएको सम्झना एलेक्ससँग छ। ‘साइकल लिएर आउँछु भन्थ्यो, अझै फर्केनँ।’

मेरो सबै गफको उद्देश्य उ र उसकी बहिनी पुजालाई स्कूल कसरी पुर्याउने भन्ने थियो। म पढाइबाट बञ्चित भएका तर पढ्न चाहने गरिब, असाय बालबालिका खोज्दैछु। आर्यघाटतर्फ बढाएको पाइलामा मलाई एलेक्सले प्रसन्न पारेनँ। उसलाई स्कूलको भन्दा पुनर्स्थापनाको खाँचो भइसकेको रहेछ। ४ कक्षामा पढ्दा पढ्दै उसले गत शैक्षिक वर्षमा स्कूल छाडेको रहेछ। मैले उसलाई भगवानको बच्चाबाट रुपान्तरण गर्न सकिनँ।

Saturday, Nov 7, 2009

आज हामी (अमिना र सिद्धार्थ सहित) उसलाई भेट्न फेरि पशुपतिमा थियौँ। झन्डै डेढ घण्टा खोजेपछि उ भेटियो। मैले आर्यघाटमा भेटेका बच्चाहरुमध्ये एलेक्स इनोसेन्ट छ। जिम्मेवार छ र इगोलेस छ। उसले झुठो बोलेनँ। उनीहरुको लाइफमा छुपाउनु पर्ने के नै पो छ र आखिर ! ठूलो एम्बिसन केही छैन। बिहान बेलुकाको खानाका लागि पैसा जुटाउनु अन्तिम लक्ष्य हो। ‘ग्लु लिएपछि पुलबाट तल हेर्दा कस्तो मज्जा आउँछ। राम्रो फुलबारी जस्तो देखिन्छ।’ आज उसले आफ्नो खराब बानी र त्यो लिँदाको अवस्था बारे खुलेर कुरा गर्यो। एलेक्सकी ६ वर्षे बहिनी पूजा, रविन र डेभिडलाई मेरो फेब्रेट कच्चा म्याङ्गो दिएँ। उनीहरुको खाना समय हुँदै थियो, मेरो चै अफिस समय। एलेक्सले उनीहरुको खाना खाने ठाउँ देखाउने भो। सफा नदेखिने एक होटलको खानेपानी ट्याङ्कीको नजिकै भातका सिताहरु फुलेको देखिन्थे। उसको समूह त्यही होटलमा पस्यो। अनि पालैपालो हामी पनि। भ्यान्टिलेसन नभएको साँघुरो कोठामा धुँवा उकुसमुकुस थियो। पूजाको खाना खानेशैली तीन वर्षअघिको भन्दा फरक भएको रहेछ। उ थालमा केन्द्रित भएर खाइरहेकी थिइ मैले उसले नियालेँ। ‘भोलि पनि आउनुहुन्छ ?’ निस्कनेबेलामा एलेक्सको प्रश्न गर्यो। केही भन्नै सकिनँ एकछिन्। उसलाई त्यहाँबाट फर्काउने मेरो इफोर्ट सायद उसले अझे बुझेनँ। त्यो राम्रो पनि हो कि जस्तो लाग्यो एक किसिमले। ‘आउने शनिबार आउँछु’- मैले त्यति मात्र भनेँ। हामी जयबागेश्वरीको उकालोतर्फ लम्किन खोज्यौँ। ‘भगवानका बच्चाहरु’ले हात हल्लाएर विदा गरे।

The post ऊ भगवानको बच्चा appeared first on TGuff.