समयको गर्भमा चुनौतीहरु Archives - TGuff

हाम्रा प्राथमिकता फरक थिए
जोन उडको बुक: लिभिङ माइक्रोसफ्ट टू चेञ्ज द वर्ल्ड। यो बुकको नेपाली भर्सन फाइन प्रिन्टले प्रकाशन गरेको हो।

-जोन उड

पाइला चाल्नुपर्ने निर्णायक क्षणबारे घोत्लिँदा अब म जागिर छाडेर जान लागेकोछु भन्ने कुराको बोध मेरा लागि उति सहज भएन। मैले आफ्नो तत्कालिक जगतको लागि महत्वपूर्ण हरेक कुरासँग सम्बन्धविच्छेद गर्न लागेको थिएँ। जस्तो कि सोफी (प्रेमिका) , माइकेल, माइक्रोसफ्ट र चीन। आउने महिनाहरु मेरो जीवनका सबैभन्दा कठोर महिना हुने कुरा मलाई थाहा थियो।

मेरो एउटा स्वभावले स्थितिलाई झनैक कठिन तुल्याएको थियो। त्यो के भने मलाई मानिसहरुलाई निरास तुल्याउन पटक्कै मन पर्दैनथ्यो। बाल्यकालदेखि नै आमा-बा, तिनको निकट मित्रमण्डली र मेरा गुरुहरुले सधैँ माया र आदार गर्ने ‘असल बच्चा’ थिएँ। बाल्यकालदेखि नै अरु मानिसलाई खुशी तुल्याउनु मेरो अन्तर्निहित स्वभाव थियो। अहिले भने चीनमा रहेका दुई घनिष्ट सोफी र माइकेललाई प्रशन्न तुल्याउनुको सट्टा म तीसँग सम्बन्ध विच्छेद गर्दै थिएँ। मेरो जीवनको योजना किन यसरी जगैदेखि परिवर्तन भएको हो र यो परिवर्तनमा उनीहरु किन फिट नहुने हुन् भन्ने कुरा उनीहरुलाई बुझाउन गाह्रो थियो। हामी आफूले रोजेको जागिरमा चमकधमकयुक्त जीवनमा बाँधिएका थियौं। यो सम्बन्धसूत्र तोड्न भनेको कविला गणलाई परित्याग गर्नु सरह थियो। हामीमध्ये सबैका लागि यो विछोड कति पीडादायी होला भन्ने कुरा मलाई जति थाहा थियो यो विछोड अनिवार्य हो भन्ने पनि त्यति नै थाहा थियो। माइक्रोसफ्टको घेरा बाहिर जीवन जिउने उमंगमय भावनामा उत्कट हुँदै गएको थियो। माइक्रोसफ्ट छाडेपछि जिइने जीवनका योजना र विचारले मेरा भावनाहरु धपक्कै बलेका थिए। हामीले बनाउन लागेका विद्यालय र खोल्न लागेका पुस्तकालय हेर्न र भावी योजना बनाउन म फेरि नेपाल जानुपर्ने थियो। आफ्ना सपनाहरुलाई पखेटा हालिदिने काममा बाधा पुर्‍याउने कुनै पनि अल्झोबाट मुक्त हुनैपर्छ भन्ने कुरा मलाई थाहा थियो।

माइक्रोसफ्ट कार्यालयमा आइपुगेर मैले मगमा फेरि चिया भरेँ अनि सोझै माइकेलको फराकिलो कार्यालयतिर लागेँ। मैले लामो सास तानेर ढोका ढकढक्याएँ अनि आमन्त्रणको प्रतीक्षा नै नगरिकन भित्र पसेर अतिथि बस्ने मेचमा बसेँ। अनि भूमिका नबाँधी सिधै कुरा सुरु गरेः

‘हेर्नोस्, म तपाइँलाई जे भन्न लागेको छु त्यो तपाइँलाई मन पर्ने छैन। उसो त तपाइँलाई खिन्न तुल्याउन मलाई पनि मन नपर्ने कुरा हो। तर वास्तविकता के हो भने अब उप्रान्त म यहाँ काम गर्न सक्दिनँ। मलाई यो सहर मन परेन, मलाई मेरो जीवन मन परेनँ। त्यसकारण मैले मेरो जीवनका प्राथमिकताहरु परिवर्तन गर्दैछु।’ उनी बीचमा बोल्न खोजे तर मैले दिइनँ। मैले निकै दिनदेखि यो कुरा फटाफट भन्न अभ्यास गरेको थिएँ। ‘केही महिनायता जीवनले गरी नखाने भो भनेर मैले भन्न खोजेको कुरा कसैले बुझ्न सकेन। अब मलाई विदेशी विज्ञ भइरहन मन छैन। न त मलाई प्राविधिक कार्यकारी भइरहन मन छ। अब मलाई नछोड्नोस् भनेर सम्झनाउनुको कुनै अर्थ छैन। तपाइँ र कम्पनीका लागि गर्नसक्ने यथासक्य कुरा म गर्ने नै छु। तर अब मेरो निर्णय बारे कुरा गर्नुको कुनै तुक छैन।’

त्यो अपरान्ह विमानबाट हङकङको बैठकमा भाग लिन जाने मेरो कार्यक्रम थियो। हङकङ अवतरण गर्दा मलाई चैनको अनुभूति भयो। दिउँसो मैले टोलीका सदस्यसँग दीर्घकालीन कार्यक्रमको कार्यान्वयन अभियानमा सँगै हुनेछैन भन्ने कुरा सुनाएँ। मेरो अघिल्तिर समयको गर्भमा चुनौतीहरु थिए। आफूले अठोट गरेको वाचामा अटल रहन अनि सोफी र मैले जीवनका फरक मार्गमा लागे हामी बढी सम्वृद्ध हुने छौं भनेर आफूलाई सल्लाह दिएँ। जसरी मलाई विदेशी वृत्तिसँग गाँसिएको चमकधमकयुक्त मुनाफादायी जीवनको चाहना थिएन उसैगरी उनलाई मेरो तेस्रो विश्वको यात्रा र मानवकल्याणसँग गाँसिएको नयाँ जीवनको चाहना थिएन। उसो त हामी दुवै गलत थिएनौं। म जे थिएँ त्यही नै थिएँ। हाम्रा प्राथमिकताहरु फरक थिए। तैपनि म उनलाई ज्यादै आदर गर्थें र उनले रोजेको बाटोमा राम्रो प्रगति देख्न चाहन्थेँ। यत्ति हो, म त्यो घिसेपिटेको पुरानो बाटोमा अल्झिरहन चाहन्नथेँ।

सोफीले एक पटक एउटा चित्र देखाएर मलाई चकित तुल्याएकी थिइन् जुन उनले हप्तौंको मिहिनेतबाट तयार पारेकी थिइन। चित्रमा विशाल वृक्षको आनन्दी छायाँमा काठको एउटा बेन्च थियो। उनले यो लामो जीवनको अन्त्यमा हामी शान्तसँग बस्ने एकान्तस्थल हो भनी बताएकी थिइन्। हाम्रो सयनकक्षको भित्तामा त्यो झुन्ड्याइएको थियो। अहिले त्यो चित्र र त्यसको सिसाफ्रेम चकनाचुर भएका छन्। यो दृश्य र म अतिथि कक्षमा सरेको कुराले अल्पकालीन भविष्यको पीडा र एक्लोपनको भावनालाई झनै बढाइदिए। जीवनको अर्को अध्याय सुरु गर्न मैले आफ्नो काम सक्दो छिटो सिध्याउने निधो गरेँ।

छ हप्तापछि पीडाको अन्त्य। मैले बिहीबार आफ्नो कार्यलय छाडेँ। अनि शुक्रवार बिहान सानफ्रान्सिस्को जाने विमान चढेँ।

(रुम टु रिडका संस्थापक जोन उडको ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ पुस्तकांश।)

The post हाम्रा प्राथमिकता फरक थिए appeared first on TGuff.