birds Archives - TGuff

सापकोटाको ‘वनको वैभव’मा वन्यजन्तुको रमाइलो बखान
लेखक ददि सापकोटा र उनको नयाँ पुस्तक वनको वैभव

पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ। फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तक कोरोना महामारीका कारण औपचारिक कार्यक्रमबिनै बजारमा ल्याइएको हो।

‘पन्छी जगत’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ पछि सापकोटाको यो चौथो पुस्तक हो।

पुस्तक चराचुरुङ्गी एवम् वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न, उनीहरूका यौनका रहस्यमय विषयबारे जान्न चाहनेहरूका लागि पनि उत्तिकै उपयोगी रहेको एनआरएनए पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछाने बताउँछन्। ‘पुस्तक रमाइलो पाराले लेखिएको छ, सबै पाठ रोचक छन्,’ उनी भन्छन्, ‘यसरी गम्भीर अध्ययनअनुसन्धान गरेर नेपालीमा कमै पुस्तक लेखिएका छन्।’

यो पुस्तक कतै पुस्तकालय, टेबलमा केही दिन, घण्टा बिताएर सिर्जना गरिएको होइन। तराईको चितवन, बर्दिया, पर्सा, कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पहाडी भेगका संरक्षित क्षेत्र, आरक्षण केन्द्रदेखि सामुदायिक वनसम्म चहारेर लेखकले चराचुरुङ्गीहरूको स्वभाव एवम् आनिबानीबारे चर्चा गरेका छन्।

‘भारतका केओदायो राष्ट्रिय निकुञ्ज, चितवनको भरतपुर चरा आरक्षण केन्द्रदेखि फ्रान्सका विभिन्न वन, पहाड, प्राकृतिक संरक्षण केन्द्र, नदीनाला चहार्दा देखेभोगेका तथ्यहरूको समग्र अनुभवलाई समेटेको छु,’ लेखक सापकोटा भन्छन्, ‘यो पुस्तक लेख्नुअघि मैले धेरै क्षेत्र घुमेर बनाएका नोटहरूको सहयोग लिएको छु। जीवजन्तुबारे प्रकाशित धेरै पुस्तक अध्ययन र टिभीका कार्यक्रम हेरेको छु। त्यसैले यो पुस्तक मेरो समग्र साधनाको उब्जनी पनि हो।’

पुस्तकमा जीवजनावरहरूको आनिबानी र स्वभावबारे रोचक चित्रण छ। पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको छ।

जनावरहरूका रमाइला र गुह्य विषय सर्वसाधारणसमक्ष पुग्नुपर्ने र उनीहरूलाई ती विषयबारे जानकारी मिल्नुपर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारी बताउँछन्। ‘वन्यजन्तु एवम् चराचुरुङ्गीका गुह्य कुरा रोचक पारामा लेखिएको पुस्तक पाउन गाह्रो छ,’ उनी भन्छन्, ‘ददि सापकोटाले त्यो अभाव पूर्ति गरिदिएका छन्।’ यति सुन्दर कृति प्रकाशन गर्न पाउनु खुसीको विषय रहेको उनी बताउँछन्।

पर्यटकीय क्षेत्रबाट पेसा सुरू गरेका सापकोटा विशेषगरी वातावरण, प्रकृति र जीवजन्तु विषयमा चासो राख्छन्। हाल उनी नेपाललाई कर्मथलो बनाएका युरोपेली, युरोपको नेपाली समुदाय र प्रकृतिका विविध पक्षको खोजीमा छन्।

The post सापकोटाको ‘वनको वैभव’मा वन्यजन्तुको रमाइलो बखान appeared first on TGuff.