Building Resilience Archives - TGuff
अकल्पनीय विपतपछि पनि बाँकी रहन्छ खुशी
अप्सन बी बुककी लेखक तथा फेसबुक सिओओ सेरियल सेन्डबर्ग। फोटोः गेट्टी इमेजज
नेपालमा नयाँ संविधानमा महिला प्रतिनिधित्वको बहस चलिरहँदा सन् २०१३—२०१४ मा बाँकी विश्व अर्कै चर्चा गरिरहेथ्यो। एउटा बुक आधारित। बच्चाबच्ची, परिवार र सम्बन्धहरुको झन्झट समाना गर्दै एउटी कामकाजी महिलाले नेतृत्वदायी भूमिकातर्फ कसरी झुकाव बढाउने?
कार्यस्थलमा महिलाले सामना गर्नुपर्ने विभेद के हुन्? फेसबुक सीओओ सेरियल सेन्डबर्गको ‘लीन इन’ एउटा यस्तै बुक हो जसले कामकाजी महिलाका चुनौती र मनोवैज्ञानिक उतारचढाव सुक्ष्म र सरल शैलीमा प्रस्तुत गर्छ।
फेसबुक साम्राज्य विस्तारको मास्टर माइन्ड मानिने सेरियलले प्रशसस्त उदाहरण दिँदै लेखेकी छन्, ‘निजी जीवनमा म त्यस्तो व्यक्ति होइन जो अनिश्चय अंकमाल गरोस्। जीवनसँग जोडिने विषयका क्रमबद्धता मलाई मनपर्छ।’ अन्तर्राष्ट्रिय बेस्ट सेलर बनेको ‘लिन इन’ एकादुई नेपाली कर्पोरेट महिलाको हातमा काठमाडौंमा पनि देखेथेँ। र, यो मैले सन् २०१८ मा न्युयोर्कबाट काठमाडौं फर्किंदा प्यासिफिक ओसनमाथि पढेको बुकको कुरा भो।
‘फेसबुक सिओओ सेरियल सेन्डबर्गको अप्सन बी बुक रिजिलियन्सबारे छ’, मेसेन्जर अडियो सम्वादमा उत्तमबाबुजीले सुनाए, ‘हजबेन्ड बितेपछिको दुःख र रिजिलियन्स विकास प्रयासबारे सारै सुक्ष्म ढंगले लेखकी छन्। पढ्नुहुन्छ भने पठाइदिन्छु नि।’
उनै ‘लिन इन’ लेखक!?
‘हस् हस्।’
घर बसाईमा के गर्नु र? ट्विटरमा बरालिने, बैठक सुरु, बैठक अन्त्य, ह्यान, त्यान, संक्रमित संख्या यति, उतिको गहन अध्ययन त हो। ‘अप्सन बी’को यात्रा त्यहीँबाट सुरु भा हो।
कुनै बेला सहरमा शुक्रबार हुने टीजीआईएफ जमघट कोरोना कथा भइसके। बरु मेरो फ्राइडे भिडियो क्लास सुपर भइरहेछ। लेखन प्रवाह टुट्न नदिनेबारे जुरिख, स्विट्जरल्यान्डबाट रोजले चर्चा गरिरहँदा झ्याल बाहिरबाट मधुरो आवाज सुनियो, ‘छि….र, छि…र।’ पानी परेको रहेछ। कुलमान भए पनि जुलाइ २४ शुक्रबार बत्ती झ्याप्प! क्लास टुट्यो। त्यसपछि अनलक गरेँ किन्डल। ब्राड थोरको बुक ‘नेभर डार्क’ले बाटो छेकी त हाल्यो। त्यसमा अडिने कुरै थिएन। शीर्षक बाहेक अरु नहेरी दाहिने हातको चोरी औंलाले स्वाइप गरेँ।
‘आई वील अलवेज लभ यू डेब’, १ मे २०१५ मा निधन भएका लाइफ पार्टनर डेबप्रति स्नेह दर्शाउँदै सेरियलले बुक उनैप्रति समर्पित गरेकी रहिछन्।
५ वर्ष अगाडि उनले जे सामना गरिन् त्यो आकस्मिक थियो। अनि एउटा जीवन हल्लाइदिने दुखान्त पनि। अप्सन बीमा त्यही अकल्पनीय दु:खको सुक्ष्म र सरल वर्णन छ। अनि त्यो दुःखद समयमा रिजिलियन्स विकास गर्न के गरिन्? रोमाञ्चक यो हो कि बुकले सम्झाइरहन्छ एउटा अनपेक्षित खुशी: जतिसुकै दुःखको समयमा पनि रिजिलियन्स विकास गर्न सकिन्छ, आशावादी हुन सम्भव छ। मनोवैज्ञानिक आदम ग्रान्ट सहलेखक रहेको बुक सरल शैलीमा छ। स-साना मानवीय विषय नछोडी सेरियलले उदार प्रस्तुति गरेकी छन्।
म पनि सारै हुस्सु र’छु। माल्दह आँप खोज्ने, बगैँचा मालिक नखोज्ने! नागरिकन्युजमा रहँदा पटक-पटक सर्भेमङ्की भन्ने अनलाइन सर्भे प्लेटफर्म प्रयोग गरेथेँ। डेब त्यही कम्पनीका साझेदार/सिइओ पो र’छन्। दुवै छुट्टी मनाउन मेक्सिको पुगेको बेला सेरियलले पार्टनर गुमाउँछिन्, सधैँका लागि। डेब सेरियलका अच्छा पार्टनर मात्र होइन दुई बच्चाका गतिविधिमा साथ रहने विशेष अभिभावक पनि हुन्छन्।
निजीदेखि प्रफोसेनल जीवनका सबै खाले समस्या र अनिश्चयमा कुम थापिदिने पार्टनर हुन्छन्-डेब।  कतै भौतिक त कतै जीवन विम्बको रुपमा सेरियलले डेबको काँधमा आफूले टाउको बिसाएको स्मरण गरेकी छिन्। जीवन अन्त्यसम्म शान्त र आनन्दपूर्ण यात्रा गर्न बनाइएको एउटा निर्दिस्ट गन्तव्य आर्टको फ्रेम चकनाचुर हुँदा कसलाई गाह्रो हुँदैन। तिनै पार्टनर मृत्युपछि आइलगेको कठिनाई सामना गर्दै रिजिलियन्स विकास र आनन्द खोजका लागि उनले गरेका प्रयासको कथा भन्छ— अप्सन बीले।
अब उनी छैनन् भन्ने तथ्यले सेरियलका आँखा रसाउँछन्, आँसु थामिँदैन। त्यही बेला एक दोस्तले साहनुभूति प्रकट गर्छन्। भन्छन्, ‘अप्सन ए छैन भने अप्सन बी उपयोग गरेर दुःखलाई लात मार।’ यसको अर्थ मान्छे अर्को खोज भन्रे होइन। खुशी भित्र्याउने अप्सन बी पनि त हुन्छन्। बोझिलो र अनिश्चयको समयमा उनले त्यो भनाइ आत्मसात गर्छिन्। आफू र दुई बच्चाहरुलाई दुःखबाट बाहिर निकाल्ने प्रयास गर्छिन्। ‘प्रतिकूलता र जीवन हल्लाउने ठूलो क्षतिपछि पनि फेरि अघि बढ्ने अवसर बाँकी रहन्छ’, बुकले भन्छ। र, अप्सन बी त्यस्तै अकल्पनीय विपत सामनापछि जीवनतर्फ खुशी निहुरिएको एउटा आशावादी बुक हो।
ब्लग लेखौं भनेको समीक्षाको बाटो लागियो कि के हो! बस् यति नै. 🙂
The post अकल्पनीय विपतपछि पनि बाँकी रहन्छ खुशी appeared first on TGuff.