Juli Pariyar Philanthropy Archives - TGuff

जुलीले सुरु गरिन् बैंकिङ करिअर
माइसन्सार डट कम मार्फत् उठाइएको आर्थिक सहयोगमा अध्ययन गरिरहेकी जुली परियारले बैंकिङ करिअर सुरु गरेकी छिन्। झण्डै १ हजार प्रतिस्पर्धीलाई पछाडि पार्दै जुलीले कृषि विकास बैंकको अन्तिम चरणमा नाम निकालेर बैंकिङ करिअरको थालनी गरेकी हुन्। उनको पोष्टिङ बैंकको पर्वत ह्वास शाखामा भएको छ। यो खबर टाइप गरिरहँदा जुली करिअर बनाउने क्रममा गृहजिल्ला पर्वत पुगिसकेकी छिन्। ‘स्याङ्जाको वालिङ पारिपट्टि पर्वतको ह्वास भन्ने स्थानमा म आइपुगेकी छु’, जुलीले काम सुरुवात गरे लगत्तै टेलिफोनमा सुनाइन्- ‘काम रमाइलो छ। सबै सरहरु सहयोगी हुनुहुन्छ।’

पत्रकारिताको करिअरमा कतिवटा समाचार लेखेँ कुनै गणना छैन। तर जुलीको पढाइका लागि सहयोग जुटाउन आग्रह गरेका लेखहरु सम्झेर सोचमग्न भइरहेछु। चल्तीको समाज फोरम्याटमा यो पेशा ठूल्ठूला गफ छाँट्ने बुद्धिविलासी चार्मको क्षेत्र हो। मलाई भने सामान्य कल्याणकारी काममा संलग्न हुन पाउँदा सन्तुष्टि मिल्छ। जुलीको पढाइ खर्च जुटाउन सघाउने सबैजना यो आनन्दको हकदार छन्, यो खुशीको हकदार छन्। उनका बारे सरोकार राख्ने सबैलाई धन्यवाद।

केही समय रेडियोमा समेत काम गरेकी जुलीले ३ वर्षअघि बीबीएसको पढाइ सुरु गर्दा ताका लेखेको डायरी पढ्नोस्।

पूरा गर्नेछु तपाइँको आशा अनि विश्वास

-जुली परियार

फलेबास खानीगाउँ-७ घर भएकी म जुली परियार हुँ। म एउटा त्यस्तो परिवारमा जन्मिएँ जहाँ गरिबी थियो र जन्मनुअघि नै मेरा पिताको निधन भइसकेको थियो। त्यसर्थ पिताको स्नेह कस्तो हुन्छ मैले अनुभव गर्न पाइनँ। मेरा बुवाको देहान्तको कारण ममीसँग सोध्ने आँट अहिलेसम्म मैले गरेकी छैन किनभने म उहाँलाई दुःखी भएको हेर्न सक्दिनँ। दुई दिदीहरुले जस्तै मैले पनि गाउँकै सरकारी स्कूल पढेँ। सिलाइ कटाइबाट हुने आम्दानीले परिवार चलेको छ। मैले एसएलसीमा फस्ट डिभिजन ल्याउँदा परिवारमा खुशी छायो। तर त्यो खुशीको अर्को पाटो पनि थियो- गरिबीको पीडा। जब भवानी उच्चमाविमा ११ कक्षाको प्रवेश परीक्षाको परिणाम आयो, म सर्वोत्कृष्ट भएँ। गरिबीलाई मेरो मेहेनतले पछारे जस्तै लाग्यो। मैले १००% प्रतिशत छात्रवृत्ति पाएँ। त्यसले मलाई थप मिहिनेत गर्न प्रेरित गर्‍यो। ११ को रिजल्टमा म कलेज टपर भएँ। एकातिर गरिबीको छटपटी अर्कोतर्फ ‘उत्कृष्ट विद्यार्थी’को ट्याग। मलाई कहिले कहीँ बोझ जस्तो पनि लाग्थ्यो।

फेरि १२ को रिजल्ट आयो। यो पटक त झन् जिल्लाभरिकै विद्यार्थी पछि पार्दै टपर भएछु। रिजल्टले रोमाञ्चित बनायो तर अगाडि पढ्न नपाइने शंकाले मन खिन्न भयो। मलाई केही गरौं भन्ने लागिरहन्छ। गाउँका भाइबहिनी जम्मा पारेर निःशुल्क पढाउन थालेँ। आफू पढेको भवानी उच्च माविमा पनि केही समय स्वय‍सेवक भएर पढाएँ। यो बीचमा काठमाडौं-पोखरा आउने जाने गर्दा बाटोमा युनिफर्म लगाएर हिँडेका विद्यार्थी देख्थेँ। अनि मन खिन्न हुन्थ्यो आफ्नो विद्यार्थी जीवन सकिएको पो हो कि भनेर। रेडियोमा एड्मिसन ओपनको सूचना आउँदा झसङ्ग हुन थालेकी थिएँ। मेरो अगाडिको बाटो अन्धकारमय भएजस्तै लाग्थ्यो। पढाइ छुट्ने पक्का जस्तै थियो। यस्तैमा एक दिन फलेबासकै समाजसेवी आदरणीय भोलानाथ शर्माले ‘केही हुन्छ नआत्तिय’ भनेर मेरो आशाको दियोमा घ्यू थपिदिनुभयो। म केही ढुक्क भएँ। त्यसको केही समय पश्चात उहाँले लिएर आउनुभएको व्यक्ति हुनुहुनुहुन्थ्यो स्याटेलाइट, जसले मलाई हाम्रो सिलाइकटाइको काम गर्ने स्थानमै भेट्नु भएको थियो। उहाँले मेरो पढाइको बारेमा र परिवारको अवस्था बारेमा सोध्नुभयो। १५ दिन जतिपछि फोन आयो- ‘तिम्रो पढाइको व्यवस्था मिल्ने भयो। सबै सर्टिफिकेट स्क्यान गरेर मेल गरिदिनु।’ मलाई थाहा छ त्यो दिन मेरो मन खुशीले फुरुङ भएको थियो। अनि मैले  मदर टेरेसा र जोन उडसँगै स्याटेलाइट र भोला सानुबुवालाई पनि सम्झेकी थिएँ। हाम्रो सानो परिवारमा चाड आए जस्तै भएको थियो।

खुशी त भएँ  तर सहयोग कसरी आएको होला भन्ने केही बुझेकी थिइनँ। मैले पछि मात्रै थाहा पाएँ, मेरो पढाइ अघि बढाउन माइसंसार डटकममा ब्लग प्रकाशित गरेर देशविदेशका पाठकहरुबाट पैसा संकलन गरिएको रहेछ। र, त्यसमा नागरिक दैनिकका कृष्ण ढुंगानाले सघाउनुभएको रहेछ। सामान्य इमेल मात्र चलाउन जान्ने मैले यो सब सोच्नै नसक्ने कुरा थियो। सबै थाहा पाएपछि म छक्क परेँ। माइसंसारका आदरणीय पाठकहरुले मलाई जीवनको उज्यालो र जिम्मेवारी दुवै दिएको अनुभव भयो।

अहिले म कीर्तिपुरको शहीद स्मारक कलेजमा बीबीएस पढ्न थालेको दुई महिना बढी भइसकेको छ। अंकल विष्णु तिवारीको रेखदेख र मार्गदर्शन र सल्लाहले मेरो काठमाडौं बसाइ सहज भएको छ। आज म हर्षित छु। म एक्लै छैन भन्ने लागिरहन्छ। आदरणीय भोलानाथ शर्मा, स्याटेलाइट, चिन्तामणी योगी, कृष्ण ढुंगाना, एलबी थापा, रमेश खनाल मेरो साथै हुनुहुनुहुन्छ। यसैगरी मलाई उज्यालो भविष्यतर्फ डोर्‍याउने शहीद स्मारक कलेजका प्रिन्सिपल मिलनमान महर्जन र अन्य गुरुहरु मेरो मार्गदर्शक हुनुहुन्छ। मेरो पढाइमा सघाउने सबैप्रति म कृतज्ञ छु। मेरो पढाइका लागि मीठो आशा साँच्ने माइसंसारका आदरणीय पाठक तथा मलाई पढाउन चाहनु हुने सबैलाई भन्न चाहन्छु- म मिहिनेत साथ पढ्नेछु। मलाई विश्वास गर्नेहरुको विश्वासलाई मुखले मात्र हैन मन, वचन र कर्मले सम्मान गर्नेछु।

कसरी उठ्यो पैसा ? लिंक पढ्नोस्

के जुलीले पढ्न पाउलिन् ?

जुलीको पढाइ सधैँ राम्रो रह्यो। कीर्तिपुरस्थित एसएस कलेजका प्रिन्सिपल मिलन महर्जन भेटै पिच्छे आग्रह गर्थे- ‘जुलीजस्तो विद्यार्थी भए फेरि ल्याउनोस्। स्कलरसीपको चिन्ता नगर्नोस्।’ काठमाडौंमा इङ्लिस मिडियममा पढिरहेकी जुलीले बीबीएस अन्तिम वर्षको पढाइ अब स्याङ्जाको वालिङमा हुनेछ।

जुली भइन् कलेजकै दोस्रो टपर

जुलीको पढाइ प्रगति बारेको छलफलमा बोल्दै एलबी थापा।

भोलानाथ शर्मा (दायाँ), केदार शर्मा पोखरेलका साथमा जुली।

प्रगति विवरण बुझ्न शहीद स्मारक कलेज पुगेको टोलीसँग छलफल गर्दै प्रिन्सिपल मीलनमान महर्जन (टाइ लगाएका)।

रमेश खनाल, विष्णु तिवारी, स्याटेलाइट र प्रिन्सिपल

भोलानाथ शर्मासँग गफ गर्दै एलबी थापा। शहीद स्मारक कलेजका एक विद्यार्थी।

The post जुलीले सुरु गरिन् बैंकिङ करिअर appeared first on TGuff.