Kedar Sharma Archives - TGuff

हाइवेले मिडिया मिसयुज गरेको खुलासा
[दीपक रौनियार निर्देशित फिल्म हाइवेले मिडिया मिसयुज गरेको खुलासा भएको छ। प्रदर्शनको चौथो दिन हलका सिट खाली हुँदै जाँदा निर्माण पक्षले न्युजरुमसम्म प्रत्यक्ष पहुँच बनाएर हाइवे निर्माण पक्षले पोष्टर समेत छाप्न दवाब दिएको खुलासा भएको हो। हाइवेका लेखक केदार शर्मा र ब्लगर उमेश श्रेष्ठबीचको फेसबुक अन्तरक्रियाले यस्तो खुलासा गरेको छ। उनीहरुबीचको अन्तरक्रिया जस्ताको तेस्तै पढ्नोस्]

केदार शर्मा : उमेश जी, कान्तिपुरमै यज्ञशले गरेको रिभ्यूलाई चाहिँ के भन्नुहुन्छ नि? (हुन त तपाईँले त्यसलाई पनि आफ्नो ब्लगमा नै उडाइसक्नु भएको छ।) मूल कुरा attitude को हो। तपाईँलाई त बडो निष्पक्ष भएर लेखेँ जस्तो लागिरहेको होला, तर यस विषयमा लेख्दा तपाईँका शब्द शब्दमा सन्निहित पूर्वाग्रहले तपाईँकै उचाइ घटाइरहेको अनुभव गर्ने तपाईँका शुभचिन्तकलाई पनि मैले भेटेको छ छु। तर म तपाईँ लगायत नेपाली फिल्मका केही स्वयम्भू पण्डितहरूलाई विशेष धन्यवाद दिन्छु, दीपक रौनियारलाई रातारात अत्यन्त ठूलो मान्छे बनाइदिएकोमा। उसलाई खौरिनका लागि खर्च भएको समय र सामर्थ्य हेर्ने हो भने ऊ नेपाली सिनेमाको एउटा अगुवा भइसक्यो भन्दा हुन्छ। फिल्म मन नपर्न पाउँदैन? भन्ने प्रश्न गरिएला। वा, मन नपरेका कुराका बारेमा लेख्न पाइँदैन? पनि भनिएला। तर तपाईँलाई थाहा छ, तपाईँ त्यति मात्र गरिहरनु भएको छैन। तपाईँ भनेको मेरालागि एउटा सामान्य ब्लगर मात्र होइन, ज्यान हत्केलामा राखेर एउटा उद्देश्य प्राप्तिका लागि काम गर्ने अभियन्ता पनि हो। तपाईँजस्तो मान्छेले यस्ता ससाना छुच्याईँहरूबाट आफूले हासिल गरेको त्यत्रो उचाइको अवमूल्यन नगरे हुन्थ्यो। धन्यवाद।

[केदार शर्माको यो कमेन्ट उमेश श्रेष्ठको ब्लग माइसन्सारमा हाइवेको रिभ्यु बन्दविरोधी भनिएको हाइवेले बन्दको पीडा दर्शाउँदैन र  यस कारण बुझिएन हाइवे आएपछिको आक्रोस हो। श्रेष्ठले लेखेका थिए- कान्तिपुरमा हाइवेको समीक्षा आएपछि सोमबार श्रेष्ठले आफ्नो फेसबुक स्ट्याटस लेखेका थिए- ‘Media partner हुँदा #conflictfInterest त हुन्छ-हुन्छ नत्र नागरिकमा http://www.nagariknews.com/ent/movies/43724-2012-07-22-05-48-51.html कान्तिपुरमा यस्तो http://www.ekantipur.com/nep/2069/4/8/full-story/351646.html आउने थेन। शर्माले यही स्ट्याटसमा कमेन्ट गरेका हुन्। श्रेष्ठको जवाफ तल हेर्नोस्।]

उमेश श्रेष्ठः Kedar Sharma दाइ, तपाईँ आफै यो फिल्ममा संलग्न हुनुभएकोले तपाईँलाई पर्न गएको दुःखप्रति क्षमा चाहन्छु। मेरो काम मैले देखेको सत्य देखाउनु र मिडियाको गलत प्रयोगको विरोध गर्नु हो। तपाईँले नेपाली फिल्मका स्वयम्भू पण्डित, छुच्याइँ र attiude र बडो निष्पक्ष भन्ने शब्द प्रयोग गर्नुभो। म पूर्वाग्रही भएको भए तपाईँ चाहिँ बिल्कुल निष्पक्ष हुनुभो ? के तपाईँहरु जस्ता महान पण्डितहरुले भनेको कुरालाई हामी सबै ‘जजमान’ हरुले हो, हो भनेर आँखा चिम्लेर पत्याउनु पर्ने हो ?

नराम्रा भन्ने दर्शकहरु पनि छन्, अझ धेरै नै छन्- उनीहरुको आवाज दबाउनुपर्ने ? उनीहरुको आवाज ल्याउनै नहुने ? राज्यविप्लव नै भएको ठूलो समाचार झैँ मध्यरात सम्पादकलाई फोन गर्न लगाएर हाइवेको समाचार अनलाइनमा हाल्न दबाब कसले दियो ? अरु फिल्मका बारेमा केही वास्ता नहुने, हाइवेको समाचारलाई चाहिँ पोस्टरसहित हाल कि हाल भनेर सम्पादक र उच्च तहबाट दबाब दिने काम कसले गर्‍यो ? प्रदर्शन हुनु अगावै हाइवेको समाचारलाई चाहिँ बढाइचढाइ प्रस्तुत गरेर मिडियाको दुरुपयोग गरिएको हो कि हैन ? दुई महिना तलब नदिने मिडियामा पहुँच र प्रभावका आधारमा फ्रीमा विज्ञापन छापेर आफ्नो फाइदाको लागि मिडियाको दुरुपयोग गरिएको हो कि हैन ? फिल्म प्रचारकोठेक्का लिएको मान्छेहरुबाटै प्रभावशाली मिडियामा समीक्षा लेखाउनु media ethics विपरीत हो कि हैन ? तर तपाईँ जसरी व्यक्तिगत रुपमा उत्रिनु भयो, म उत्रिएको छैन। यस्ता पर्दापछाडिका कुरा अझै धेरै छन्, मैले खोलेकै छैन। म चाहन्छु बाँकी खोल्न नपरोस्। मैले personally कसैलाई केही भनेको छैन र त्यो मेरो प्रवृत्ति पनि हैन। फिल्मको मैले सैद्धान्तिक हिसाबले तथ्यगत रुपमा ब्लग लेखेको हुँ। आउनुस्, ब्लगमा गएर त्यसबारे आधिकारिक रुपमा बहस गरौँ। यस्ता गल्ती कमजोरी कसैले औँल्याए न फरक धारका फिल्मको पनि विकास हुने हो ! आफूले गरेको नै सर्वोत्तम ठानेर गल्ती कमजोरीको विषय कसैले उठाउँदा पूर्वाग्रहमात्र देखेर जाइलाग्नु स्वस्थताको परिचय होइन।

नेपाली फिल्म क्षेत्रको यो प्रसंग मिडिया अनुसन्धानका लागि राम्रो सन्दर्भ सामग्री हो। मिडिया अनुसन्धान र मिडियाका विद्यार्थीका लागि यो पूरै प्रकरण एउटा गज्जबको अनुसन्धान नमुना बन्नेछ। यता आजै व्यवस्थित अर्काइभ सिस्टभ भएको इकान्तिपुर डट कमबाट हाइवेको समीक्षा हेर्न नमिल्ने बनाइएको छ। हिजो (July 23 2012) इकान्तिपुर डट कममा सुशील पौडेलद्वारा लिखित हाइवे समीक्षाले फिल्मको प्रशंसा गरेको थिएन। यसले अनुसन्धानलाइ अझ रोचक बनाउनेछ।

The post हाइवेले मिडिया मिसयुज गरेको खुलासा appeared first on TGuff.