Mahabir Pun Archives - TGuff

महावीर पुनको अनौठो जिन्दगी
नागरिक नायक भएको केही दिनपछि मोडल हस्पिटलमा महावीर पुन

म त्यस्तो प्रविधिमा विश्वास गर्छु जसले हाम्रा दैनिक क्रियाकलापलाई सहज र जिन्दगीलाई सजिलो बाटोतर्फ डोर्याधउँछ। प्रविधि जीवनका लागि हुनुपर्छ। म्याग्दीको नांगी गाउँमा परीक्षण गरिएको बेतारे प्रविधिकबाट दुर्गम गाउँहरुमा इन्टरनेट पुर्याउने प्रयासको सफलताले मेरो विश्वासलाई सार्थक र जिन्दगीलाई सफल बनाएको छ।

सुखी र सुशिक्षित जिन्दगीको खोजीमा किशोर बेलाको कुनै एक दिन चटक्क छोडेर हिँडेको गाउँमा वर्षौंपछि शिक्षा, सीप र आत्मविश्वास बोकेर फर्किंदा म एकैछिन झस्किएको थिएँ। त्यत्रो समयको अन्तरालमा पनि संसारमा आएको परिवर्तनको ज्यादी मिहिन अंश मात्र मेरो गाउँसम्म आइपुगेको थियो। म पढेको स्कूल अझै माध्यमिक हुन सकेको थिएन। गाउँ छोड्नेहरुको लर्को उस्तै थियो। जसरी म सानै छँदा पल्लो डाँडापारि के होला, कुन संसार होला भने गम खान्थेँ, गाउँका केटाकेटीका आँखामा मैले त्यही उत्सुकुता देखेँ। विशाल पहाड जहाँको त्यही थिए। बाटो, बत्ती, बिजुली, टेलिफोनजस्ता कुनै पनि सुविधा पुग्न सकेका थिएनन्। पहाडी जिन्दगी भनेको खाली पहाडहरुसँगको लडाइँ हो कि जस्तो लाग्थ्यो।

अमेरिकन डिग्री हातमा लिएर गाउँ छिरेको मैले गाउँलाई कर्मथलो बनाएर ती चुनौतीका पहाडसँग जुध्ने निर्णय लिएँ। सुरुमा गाउँको विद्यालयलाई माध्यामिक बनाएर गाउँमा अर्थोपार्जनका लागि विकल्पको खोजी गर्दै जाँदा एउटा समस्या टड्कारो देखियो। त्यो समस्या थियो गाउँ गाउँबीचको सञ्चार अभाव। एक गाउँको बोली अर्को गाउँसम्म पुग्न त ती पहाडले छेक्थे भने, बाहिरी संसारसँगको सम्बन्ध त असम्भव नै थियो। म आफैँ पनि हरेक महिना सात-सात घण्टाको यात्रा तय गरेर पोखरा आइपुग्थेँ- इमेल चेक गर्न। प्रकृतिका पहरेदार विशाल पहाडहरुसँग जोरी खोज्ने सामर्थ्य मसँग थिएन, त्यसैले पहाडलाई सजिलै नाघ्न सक्ने प्रविधि मैले खोज्नुपर्योि। त्यही खोजीका क्रममा बेतारे प्रविधिलाई प्रयोग गरेर गाउँघरमा इन्टरनेट ल्याउने कामको परीक्षण गरियो।

कैयौं समस्याका बाबजुद पनि मैले सम्भावनाका झिल्काहरु देखेँ। चुनौतीलाई मैले हाँसी हाँसी बेहोरेँ। दौडधुप गरेर साधनस्रोत जुटाएँ। आखिरमा परीक्षण सफल भयो। मेरो प्रयास र सबैको सहयोगले बेतारे प्रविधिबाट केही गाउँहरु इन्टरनेटमा जोडिए। परिणामतः आज मेरो गाउँबाट एक कल फोन या एउटा चिठी एक औंलाको थिचाइमै टुङ्गोमा पुग्छन्, पहिले झैँ ७-७ घण्टाको यात्रा तय गर्नु पर्दैन। प्रविधिको यो बरदानका कारण आज हाम्रो ग्रामीण पहाडी जिन्दगी सजिलोतर्फको यात्रामा लम्किरहेको छ। र, यही लम्काइ नै मेरो विश्वासको आकार, दृश्य र फेहरिस्त हो।

मलाई लाग्छ, हरेक मान्छे आफ्नो हिसाबले आफ्नो जिन्दगी बाँच्छ। बाँच्नका लागि कसैले के गर्छ, कसैले के गर्छ, कुरा यत्ति हो जसले जे गर्छ त्यसमा उसको मन र दिमाग दुवै खुशी हुनुपर्छ। र म जे गरिरहेको छु मेरो आत्मसन्तुष्टिका लागि नै गरिरहेको छु। देख्नेलाई मेरो जिन्दगी अनौठो लाग्न सक्छ। परिवार चितवनमा र पोखरामा, आफू चाहिँ गाउँ गाउँ घुमिरहने, न पैसा कमाएँ, न कुनै पद। तर यो बेतारे इन्टेरनेट प्रविधिले गाउँगाउँमा सञ्चारको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा जति योगदान दिइरहेको छ सायद त्यसले मेरो अनौठो जिन्दगीको सार्थकता झल्काउँछ। यो प्रविधिलाई नेपालको हरेक गाउँमा पुर्याोउने मेरो लक्ष्य छ। मैले प्रविधिमाथि विश्वास यत्तिकै गरिरहेको छैन। त्यो प्रविधिले गाउँहरुलाई साँच्चै मद्दत गरेको छ। त्यहाँका मानिसको दैनिकी हिजोभन्दा आज सज भएको छ। त्यसैले म यो ताररहित प्रविधिमा विश्वास गर्छु, जसले जीवनलाई सहज र सरल बनाउन सक्ने सामर्थ्य राखेको छ।

(एन्टेना फाउन्डेसनले प्रकाशन गरेको बुक  मेरो जिन्दगी, मेरो विश्वासबाट। मुम्बइमा सुभाष घइसँग फिल्म निर्देशन पढेर फर्केपछि साथी स्याटलाइट महावीर दाइको डकुमेन्ट्री बनाउन जोसिएथ्यो। माथिको फोटो मैले  त्यहीबेला मोडल अस्पतालमा खिच्या हो। त्यतिबेला महावीर दाइ जिल्लाहरूमा टेलिमेडिसिन पुर्याउन काम गरिरहनु भाथ्यो। )

The post महावीर पुनको अनौठो जिन्दगी appeared first on TGuff.