Nepali Sucide in USA Archives - TGuff

मेक्सिको हुँदै अमेरिकामा पुगेका नेपाली युवाले आत्महत्या गरे
मेक्सिको हुँदै दलालमार्फत् अमेरिका पुगेका एक नेपाली युवाले मेरिल्याण्डमा आत्महत्या गरेका छन्। मेरिल्याण्डको एन्नापोलिस बस्दै आएका कृष्ण केसी नामका युवाले आत्महत्या गरेका हुन्। शुक्रवार राती करिब नौ बजेतिर उनी घरबाट बाहिर निस्केका थिए। पछि उनलाइ अपार्टमेन्ट नजिकै रूखमा पासो लागेको अवस्थामा प्रहरीले भेटाएको थियो। कास्की जिल्लाको कास्कीकोट-६ काउलेका केसी डेढ वर्षदेखि एन्नापोलिसमा बस्दै आएका थिए।

बाल्टीमोरबाट प्रकाशित हुने अनलाइन ग्लोबनेपाल डट कमले जनाएअनुसार शुक्रबार राति घरबाट निस्केर धेरैबेरसम्म नफर्केपछि उनका भतिज र ज्वाईंले उनको फोनमा सम्पर्क प्रयास गरेका थिए। फोन नउठेपछि राति नै उनीहरुले प्रहरीलाई कृष्ण हराएको बारे जानकारी गराएका थिए। ११ बजेतिर प्रहरी उनी बसेको अपार्टमेन्टमा पुगेर आवश्यक जानकारी लिइ फर्केको थियो।

करीव ३५ वर्षीय मृतक केसीको शव पोष्टमार्टमका लागि हाल बाल्टिमोर डाउनटाउनस्थित एक अस्पतालमा राखिएको छ। कास्की जिल्लास्थित कास्कीकोट गाविस-६ काउलेका केसी करीब डेढ वर्षदेखि आफन्त र नातेदारसमेत रहेको एन्नापोलिस शहरमा बस्दै आइरहेका थिए। केसीका एक श्रीमती, एक छोरा (करीब ११ वर्ष) र एक छोरी (तीन वर्षीया) नेपालमै छन्। भाइ,भतिज,ज्वाइँ र अन्य आफन्तसँगै एन्नापोलिसमा बस्दै आएका उनी करीब दुई हप्ता न्यूयोर्कमा बसेर तीन दिन पहिलेमात्र एन्नापोलिस फर्किएका थिए।

यसअघि त्यहींको एक सेभेन इलेभेन स्टोरमा काम गर्दै रहेका उनी कागज बनाउने क्रममा न्यूयोर्क गएको उनका ज्वाईं भरत थापालाइ उदृत गर्दै ग्लोब नेपाल डट कमले जनाएको छ। उता न्यूयोर्कस्थित रिजउड नेप्लिज सोसाईटीका अध्यक्ष श्री पराजुलीले मृतक केसी रिजउडमै उनका आफन्त साजन केसीकोमा बसेको जानकारी दिंदै भने- म उनलाई सामान्य चिन्छु, गत शनिवार मेरी श्रीमतीले आयोजना गरेको एक कार्यक्रममा उनी निकै सक्रिय भएर सहयोग गरेका थिए। अलि रिजर्भ जस्तो देखिने उनको कागजी प्रक्रिया अघि बढिरहेको थियो। सोसल सेक्युरिटी र वर्क परमिट समेत प्राप्त गरिसकेका केसीले किन आत्महत्या गरे भन्ने बारे केही प्रष्ट हुन सकेको छैन |

उनको कागजी प्रक्रियामा सहयोग गरिरहेका पराजुली भन्छन्- केसीको केस पेंडिंगमा थियो। मैले थाहा पाएसम्म उनी अलि डिप्रेश थिए र त्यसबाट छुटकारा पाउन केही औषधी सेवन समेत गर्दथे। मेक्सिको हुँदै अमेरिका छिरेका उनी नेपालदेखि नै अलि डिप्रेश थिए। तर मृतक केसीका भतिज लक्ष्मण केसीले चाहिं यस बारेमा केही बताउन चाहेनन्। उनले बोल्न सक्ने अवस्थामा नरहेको बताए। ‘भोली चिकित्सकले पोष्टमार्टम रिपोर्टका लागि बोलाएको छ, त्यसपछि मात्र के भएको हो भन्न सकिन्छ’शनिवार साँझ उनले भने। मृतक केसी न्यूयोर्कबाट फर्केर भतिज लक्ष्मणसंग उनकै कोठामा बस्दै आएका थिए।

The post मेक्सिको हुँदै अमेरिकामा पुगेका नेपाली युवाले आत्महत्या गरे appeared first on TGuff.