Network of Nepali journalist Archives - TGuff

इन्जा फेलोसीप ७० पत्रकारलाई
आइतबारको इन्जा ग्लोबलको भर्चुवल बैठकमा अध्यक्ष गुणराज लुइँटेल

कोरोना महामारीबाट पत्रकारले रोजगारी गुमाउने, तलब कटौती हुनेसहितका समस्या झेलिरहेका बेला नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले ७० पत्रकारलाई फेलोसीप दिने भएको छ।

कोरोना कठिनाइमा परेका पत्रकारका लागि इञ्जाले जुलाईमा अनलाइन आवेदन आह्वान गरेको थियो। आवेदन गर्नेमध्ये आइतबार ७० जनाको अन्तिम सूची तयार पारिएको हो।

सरकारले नेपालमा सन् २०२० अप्रिलदेखि कोरोना लकडाउन गरेको थियो। त्यसयता नेपालका ठूला—साना मिडियाबाट ५०० बढी पत्रकारले रोजगारी गुमाएका छन्, धेरैको तलब कटौती भएको छ। कतिपय पत्रकार कोरोनाबाट संक्रमित छन्। कपिलवस्तुमा एक जना पत्रकारले ज्यान गुमाएका छन्।

‘कोरोना महामारीका बेला नेपाली पत्रकारलाई सहयोग गर्ने उद्देश्यले यो अवधारणा ल्याएका हौैं’, इञ्जा ग्लोबल अध्यक्ष गुणराज लुइँटेल भन्छन्, ‘यो पहिलो चरण मात्रै हो। पत्रकारिता अझ इफेक्टिभ बनाउन पत्रकार हितबारे हामी सम्वेदनशील छौं। थप योजनामा इन्जाले काम गरिरहेछ।’

फेलोसीप विजेताहरुले २ वटा सामग्री विकास गर्नुपर्नेछ। इन्जाका एशिया क्षेत्र अध्यक्ष टंक पन्तका अनुसार छनौटमा परेका पत्रकारले फेलोसीप रकम दशैँ अगाडि नै पाउनेछन्। सञ्चार सामग्री विधागत रुपमा प्रिन्ट, अडियो, भिडियो जे भए पनि हुनेछ।

यसअघि सेप्टेम्बरमा कोरोनाका कारण जागिर गुमाएका एवं आर्थिक कठिनाइमा परेका १० नेपाली पत्रकारलाई रोड आइल्यान्ड (अमेरिका) निवासी नारायण श्रेष्ठ अगुवाईमा फेलोसिप दिइएको थियो।

नोभेम्बरमा ग्लोबल सम्मेलन
पत्रकारको पेशागत हितसहितका कल्याणकारी काममा संलग्न नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले आगामी नोभम्बर महिनामा ग्लोबल मिडिया कन्भेन्सन गर्ने भएको छ। इन्जा वरिष्ठ उपाध्यक्ष विष्णु शीतलका अनुसार सम्मेलनमा पत्रकार र मिडियाले सामना गरिरहेका समस्यासहितका विषयमा वृहद् छलफल हुनेछ। अमेरिकाको वासिङ्टन डिसी मुख्यालय रहेको इन्जा अमेरिका, अष्ट्रेलिया, अफ्रिका, एशिया, युरोप क्षेत्र फैलिएको संस्था हो।

The post इन्जा फेलोसीप ७० पत्रकारलाई appeared first on TGuff.