NRNA – TGuff

शब्दले संसार घुमाउने नयाँ पुस्तक ‘देश देशावर’
लेखक जीवा लामिछाने र उनको नयाँ पुस्तक ‘देश देशावर’

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ। अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ।

‘सरसर्ती संसार’पछि लामिछानेको यो दोस्रो पुस्तक हो। पहिलो पुस्तक नेपालयबाट प्रकाशन गरेका उनको नयाँँ पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो। विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुस्तक सार्वजनिक गरियो।

लामिछानेले नितान्त नौलो क्षेत्रमा गएर नौलो विषय टिपेर मिहिनेतसाथ यो कृति तयार पारेको लेखक खगेन्द्र संग्रौला बताउँछन्। ‘यो अति सजिलो ढंगले लेखिएको छ। सामान्य मान्छेले यसलाई सजिलोसँग बुझ्छ, यो कृति पढ्दा उसले नयाँ भूगोल पढ्छ,’ उनी भन्छन्, ‘नयाँ संस्कृति पढ्छ, नयाँ मान्छे भेट्छ, नयाँ रमाइलो भेट्छ।’

लेखक अमर न्यौपाने भन्छन्,’देश देशावर एउटा यस्तो पुस्तक हो जसले शब्दको माध्यमबाट पाठकलाई संसार घुमाउँछ।’ पुस्तकले विशेषगरी चार अफ्रिकी देशहरुका युद्ध र शान्ति, विनाश र विकासको कथा पनि भन्छ। ‘संसार घुम्न चाहनेहरूका लागि यो किताब पथप्रदर्शक हो,’ उनी भन्छन्, ‘विकासप्रेमी एवम् राजनीतिज्ञहरूका लागि यसले आफ्नो देश बनाउन मार्गप्रशस्त पनि गर्छ।’ किताबमा युद्ध र द्वन्द्वका कारण ध्वस्त भएर पनि त्यहाँबाट माथि उठेर कविकसित भएका अफ्रिकी देशहरूका कथा छन्।

फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीका अनुसार किताबले भ्रमणको हुटहुटी जगाउँछ। पाठकलाई घुम्न प्रेरित गर्छ। ‘विभिन्न देश अनि ठाउँमा पुगेर तिनै विशेषता बताउँदै, पाठकलाई जाऊँजाऊँ बनाउन यो कृति सक्षम छ’, उनी भन्छन्। घुम्ने संस्कृति विकास हुँदै गरेको नेपालमा यो पुस्तकले त्यसका लागि सहयोगी भूमिका निर्वाह गर्न सक्ने उनको दाबी छ। आफू नपुगेका ठाउँबारे बुझ्न पुस्तक सहयोगी छ।

पुस्तकका लेखक जीवा लामिछानेका अनुसार एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहनेका लागि यो पुस्तक उपयोगी छ। ‘पुस्तकमा तपाईंले ठूलो लिटरेरी भ्यालु खोज्नुभयो भने त्यो पाउनुहुन्न,’ लेखक स्वीकार्छन्, ‘तर एउटै पुस्तकबाट संसारका विभिन्न देश एवम् ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्नेछ।’

डायरी लेख्ने बानी अनि केही रहर र केही लहडले जन्मिएको पहिलो पुस्तकबाट पाएको मायाले आफूलाई पुलकित बनाएको र लेखिरहने ऊर्जा थपिएको उनको बुझाइ छ। यात्रा गर्ने र त्यसलाई लिपिबद्ध गर्न रूचाउने लामिछानेले संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका छन्।

आइसल्यान्डको सुन्दर भूगोल होस् या बर्मुडा ट्र्याङ्गलको तिलस्मी संसार, पुस्तकमा वर्णित परिदृश्यले पाठकलाई ब्याकप्याक बोकेर ती ठाउँको भ्रमणमा जाऊँजाऊँ बनाउँछन्। जातीय युद्धको विभीषिकाबाट गुज्रिएको रूवान्डा र राष्ट्रवादको फेरो समातेर तानाशाही टिकाएको इदी अमिनको युगान्डा आफ्नो बिद्रुप इतिहासबाट कसरी माथि उठेर विकासको बाटो हिँडे भन्ने दृष्टान्त दिँदै पुस्तकले भन्छ, नेपालले पनि समृद्धिको बाटो समात्न सक्छ है।

The post शब्दले संसार घुमाउने नयाँ पुस्तक ‘देश देशावर’ appeared first on TGuff.