PSY Gangnam Style Nepal Archives - TGuff

गङ्नम स्टाइलले कति कमायो?
घोडचढी शैलीको डान्स सहितको गङ्नम स्टाइल गीतका कारण कोरियाली गायक पीएसवाई (पार्क जे साङ्ग) युट्युबमा सर्वाधिक चर्चित छन्। एक अर्ब १७ करोडभन्दा बढीले युट्युबमा यो गीत हिट् गर्दा जुम्ल्याहा छोरीका ३४ वर्षे पिता रातारात करोडौं डलरका मालिक भएका छन्। नहुन् पनि किन अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, युके सहित ३० देशका म्युजिक चार्टमा ग्याङ्नेम स्टाइल अहिले ‘टप पोजिसन’ छ।

संसार हल्लाउने कोरियाली गीतले पैसा चैँ कति कमायो? पीएसवाई र उनको कम्पनीले ८१ लाख डलर कमाएको आधिकारिक भनाइ छ। तर हिसाबकिताब लाउँदा करोडौं डलर कमाएको पुष्टि हुन्छ। पीएसवाईका आम्दानी क्षेत्रहरु के के छन्? क्यासेट बेचेर कमाउने जमानै छैन, निश्चय नै युट्युब, आइट्युन्स डाउनलोड र टिभी कमर्सियल उनका मुख्य आम्दानी स्रोत हुन्।

युट्युबले दियो २० लाख ६३ हजार डलर

२०१२ को जुलाइ १५ मा ग्याङ्नेम अपलोड हुँदा युट्युबमा ‘बेबे’ गायक जस्टिन बिबरको राज थियो। त्यसलाई तोड्न गङ्नमलाई धेरै समय कुर्नु परेन। अगस्टमा बेबेलाई पछि पारेको गङ्नमले २०१२ को डिसेम्बरसम्ममा २० लाख ६३ हजार डलर कमाएको छ। युट्युबलाई यसबापत १६ लाख ५० हजार डलर प्राप्त भएको एशोसिएटेड प्रेसको निष्कर्ष छ। युट्युब्मा एक हजार हिट्स बढ्दा पीएसवाईको करिब २ डलर कमाइ हुन्छ। गङ्नम प्यारोडी पनि युट्युबमा भाइरलकै रुपमा अपलोड भएका छन्। ३० लाख हिट्स हुँदा यसका ३३ हजार प्यारोडीलाई युट्युबले …डिटेक्ट’ गरेको थियो।  प्यारोडीउपर पीएसवाईले गुनासो गरे ती बन्द हुन्छन्। अन्यले युट्युबसँग कमाइ सेयर गर्नुपर्ने हुन्छ।

आइट्युन्समा लाखौँको कारोबार

गङ्नमस्टाइल अमेरिकाका २९ लाख बढी आईट्युन्स प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन्। आइट्युन्समा प्रति डाउनलोड १ डलर २९ सेन्ट पर्ने गीतको ३० प्रतिशत रकम एप्पललाई दिनुपर्छ। त्यो हिस्सा बुझाएर पीएसवाईले आइट्युन्सबाट २६ लाख डलर प्राप्त गरिसकेको छ। तर पीएसवाईको कमाइ कोरियामै भने उल्लेखनीय छैन। कोरियनहरुले मासिक १० डलर पनि संगीत किन्न खर्चेको देखिँदैन। ३६ लाख कोरियनहरुले गङ्नमस्टाइल डाउनलोड गर्दा जम्मा ६१ हजार डलर तिरेका थिए।

सामसङ-एलजीले तिरे ४६ लाख डलर

गङनमस्टाइल विश्वव्यापी भाइरल भएसँगै बहुराष्ट्रिय कम्पनीका आँखामा पीएसवाई परेका छन्। कोरियाका ठूला बहुराष्ट्रिय कम्पनी सामसङ र एलजीको टिभी कमर्सियलमा पीएसवाई देखिने निश्चित भइसकेको छ। नुडल्सका विज्ञापनमा पनि उनी देखिँदैछन्। टिभी कमर्सियलबाट उनले ४६ लाख डलर प्राप्त गरेका छन्। कन्सर्टबाट प्राप्त हुने कमाइ जोड्दा यी हाँस्यरसका कलाकार अझ धनी देखिनेछन्।

कस्तो दामी कमाइ ! ओपन गङ्नम स्टाइल!!

The post गङ्नम स्टाइलले कति कमायो? appeared first on TGuff.