Road accident Archives - TGuff

दशैँ पछिको यो जीवन
दशैँमा काठमाडौंमा चंगा उडाउँदै किशोर। तस्विरः केशव थोकर

दशैँ टीकाको पर्सिपल्ट काठमाडौं सडक करिब सुनसान छन्। सवारी साधन थोरै मात्र छन्। हप्ता दिन अघिसम्मको निरन्तर वर्षापछि छ्याङ्ग खुलेको मौसमले काठमाडौं सफा देखिइरहेछ। भन्छन् नि मनोरम प्रकृतिमा आँखा ठोक्किँदा मनमा खुशी तरङ्ग बढ्छ। अनि त्यो प्रकृति नागार्जुन डाँडाजस्तो मोहक भइदिए? प्राकृतिक सौन्दर्य आर्ट गर्ने फ्रेन्च कलाकार क्लोड मोने कीर्तिपुर उमामहेश्वर छेउछाउ एकवर्षे क्यानभाष चलाउँथे होलान्, चन्द्रागिरी हेर्दै ऋतुअनुसार फरक—फरक।

फेरि फर्केर आएको त्यस्तै रोमाञ्चक समयमा गुगल ड्राइभमा सुरक्षित एउटा आरटीएफ फोरम्याट फाइलले २०७६ सालको नेपालखबर डट कमको दशैँ सम्पादकीय योजना बताइरहेछ। स्मरण गराइरहेछ फरक क्षेत्रका २३ फरक स्टोरी। चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणदेखि ब्रुनाई सुल्तानको दरबारमा दशैँ मनाउने गोर्खालीसम्मका काथा र अरु पनि।

नियम पालना गर्दा पुगिएन घर

यो २०७६ सालको दशैँको कुरा हो। दशैँ अघिल्लो साल झैँ फर्कियो, उल्लास होइन काम लिएर। १० अक्टोबर २०१९ साँझ सधैँजस्तै म ब्लुबर्डमल, थापाथलीस्थित नेपालखबर डट कमको समाचार कक्षमै छु। घरिघरि टिडिङ—टिडिङ मोबाइलमा नोटिफिकेसन बजिरहेछन्। काममा लागेपछि मोबाइलतिर नहेर्ने बानीले कन्टेन्ट राम्रो बने पनि कहिले कहीँ जनसम्पर्क अप्ठ्यारोमा पर्छ। आदत से मजबुर भन्छन् नि म पनि त्यस्तै त हो, स्वभावको दास। स्टोरीमा झुन्डिएपछि त्यतै भूल्ने।

साँझ झमक्क भइसकेको छ। ‘टेडेङ—टेडेङ!’ मोबाइल र डेस्कटप दुवैमा निरन्तर बजेको एउटा मेसेन्जर नोटिफिकेसनले ध्यान खिच्यो।

‘तिमी कति बेला घर आउने?’, मेसेन्जरमा स्मीताको सन्देश अघि नै आइसकेको रहेछ।

विज्ञान फिचर र कृष्ण आचार्यजीले लेखेको पाइलट उद्धव घिमिरेको दशैँ अनुभवमा अझै केही काम बाँकी छ। मसिनो लयमा भने, ‘७:३० मा हिँड्छु। गाडी पाइन्छ होला।’

‘७ बजे निस्किन मिल्दैन?’, अब म बोलिनँ।

‘अलि छिटो गर, गाडी नपाउन सक्छ। ढिलो हुने भए फोन गर लिन आउँछु’, उसको अर्को स्नेही झोक्का फेरि आइपुग्यो। मस्तिष्क र शरीरमा खुशी सञ्चार भयो ! च्याट छोडेँ, काम छोडिनँ। काठमाडौंमा दशैँ बेला सार्वजनिक यातायातमा भरोसा गर्न सकिँदैन। आजलाई ढुक्क, गाडी नभेटे उसलाई यतै भेट्नेछु।

ब्लुबर्डमल, थापाथलीबाट त्रिपुरेश्वरतिर करिब पाँच सय पाइला हिँडेपछि आइपुग्छ एउटा जेब्राक्रस। कार्यालयबाट निस्केर जेब्राक्रस पार भएपछि सुरु हुन्छ मेरो कीर्तिपुर यात्रा। कहिले कहीँ सँगै निस्किँदा मणिजी र दीपकजीसँग छुट्टिने विन्दू पनि हो, यो। २०१९ अक्टोर १० करिब साँझ ७:३० बजे अफिसबाट निस्केर पुरानै लयमा जेब्रक्रसतिर लागेँ। तर देशको नियम, सडक कानुन पालना गर्ने बानीले यो पटक मलाई घर पुर्याएन।

‘अब जाँदैछु। म बितेपछि स्मीता र छोरा सुमेधको के हुन्छ?’ मस्तिष्कमा घुमरहेछ मृत्यु चेत र त्रास।

अनि फिल्म झैँ फन्का मारिरहेछन् जीवनसँग जोडिएका अरु स-साना घटना पनि। मोरङको गाउँमा सर्प, भ्यागुता, माछा मारेका, पुस्तकालय बनाउन खच्चडलाई किताब बोकाएर शिख देउराली (म्याग्दी) उकालो लागेका दृश्यहरु।

‘आए एम अफ द नेचर टु डाई’, मस्तिष्कले अर्को जम्प गर्यो।

म मृत्यु प्रकृतिकै मान्छे हुँ, आफ्नै काममा सवार भएर बाँचिरहेको! यो चेतसँगै मन पुगेको अर्को स्टेशन हो, शिवपुरीस्थित धम्मश्रृङ्ग।

शरीर कस्तो छ थाहा छैन। मन किन यसरी चक्कर काटिरहेछ पत्तो छैन। साथमा कोही भए नभएको चेत छैन। किन यो सब भइरहेछ, थाहा छैन। यति थाहा छ म जाँदैछु। र, अब त्रासको आँधी गति कम भइरहेछ। मन र टाउको अलौँ अनुभव गरिरहेछु।

आँखा घुमाएर म सुतेको बेडदेखि देब्रेतिर हेरेँ। हल्का निलो लुगा लगाएका दुई मान्छे पल्टिरहेछन्। त्यो सेटिङ अनि दृश्य दुवै फेमिलियर थिएनन्। कहाँ हो कहाँ!

‘तिमी ट्रमा सेन्टरमा छौ’, छेउमा उभिएकी स्मीताले सुनाएको कुरा मेरा लागि सामान्य थिएन। ए…! म त अस्पतालमा पो…।

मृत्यु नजिकको अनुभव माथिका १७५ शब्दमा अटाए पनि मैले त्यो अवधिमा ४०८ घन्टा अर्थात् १७ दिन बिताएँ- कहिले मृत्यु भयको आँधीमा रुमलिँदै त कहिले अति लो फिल गर्दै।

शम्भु गुरुङ सवार बा३३प २३७ मोटरसाइकलले शरीर करिब ५-६ फिट हावामा उडाएर सडकमा बजार्दा देब्रे टाउकामा लागेको चोट, टाउको दाहिनेपट्टि र पेटमा २ पटक गरिएका सर्जरी सिर्जित पीडाबीच घर बसाईमा कहिले कहीँ मानव संरचना हेर्न खोज्छु। शरीर (हार्डवेयर)मा चेतना (सफ्टवेयर) जडित यो संरचना रहस्यमय लाग्छ। दक्षिण पूर्व एशिया, युरोप र अमेरिकाका मानिस विदा हुँदै गर्दाका अन्तिम अनुभव पढ्छु, सुन्छु।

कोही दिनभरि पत्रिका पढ्ने, कविता लेख्ने, प्रकाशन खातिर रचना फाइनल गर्नेजस्ता नियमित काम गरेर साँझ शान्तसँग मृत्युतिर लाग्छन्। छक्क लाग्छ।

मानव शरीररसँग जोडिएर रहने कति वटा सफ्टवेयर अर्थात् चित्त वा मन छन्? र तिनका कति शाखा छन्? अनि कुन चित्त वा उप चित्तसँग रहँदा मानव मृत्यु एप्पल संस्थापक स्टिभ जब्स झैँ सरल  होला?  ‘ओ वाउ, ओ वाउ, ओ वाउ!!!’ भन्दै जब्स सन् २०११ को दशैँ बेला विदा भएथे। यसपछि सुरू हुन्छ मेरो मौनता।

मृत्यु तिनले सहज ह्यान्डल गर्लान् जो विचार, बितेका मेमोरी र अगाडिको बाटो चुपचाप सुपर कन्सियस तहबाट अनुसन्धान गर्न सक्षम छन्। मृत्युतिरको यो एक पाइले यात्रापछि यति मात्र भन्न सक्छु संसारबाट विदाई जीवन कालमा गरेका पूरै काम र तिनका परिणामको अन्त्य होइन। बरु तिनै काम वा कर्मका ‘डट’हरुसँग ‘कनेक्ट’ भएर अघि बढ्ने प्रस्थान विन्दू हो।

धन्यवाद!

प्रेम, समर्पण, सेवा, औषधि, पीडा, मृत्यु त्रास, दोस्ती बितेका ३६५ दिनमा सबै एकैसाथ अगाडि थिए। मैले पालैपाले छामे। अनुभव गरेँ— कहिले आभारी हुँदै त कहिले रिएक्ट गर्दै। कहिले मौन रहँदै त कहिले श्वास छाम्दै। यो समयले रियलाइज गरायो— मसँग विशेष प्रेमिल, समर्पित परिवार, मैत्री प्रवाह गर्ने कल्याण मित्र र अवर्णनीय साथी सर्कल छ।

ठक्कर, सर्जरी वा फेनिटोयिन औषधिले मस्तिष्क बोधो भइरहँदा कहिले कहीँ छतबाट काठमाडौं नियाल्छु। २०१९ अक्टोबर १० राति मेरो जीवन यतै फर्काउन तत्काल आइसियु बेड व्यवस्थापन गर्दिने डा.निलम खड्का, राति अनिँदो बसेर सर्जरी गर्ने डा.राजन शर्माको युनिटप्रति जाग्छ धन्यवाद। सर्जरी खातिर रक्तदान गर्ने शैलजजी, गणेश, जयश र आशिष सबैप्रति जाग्छ धन्यवाद। अनि त्यो रगतलाई तत्कालै ह्वाइट ब्लड सेल्स बनाउन भूमिका निर्वाह गर्ने डा.विज्ञान रिसालप्रति बढ्छ आभारी। र, होस फर्काउन निर्धारित ड्युटीमा अधिक मानवीय उपाय लगाउने नर्स गायत्री आचार्यप्रति जाग्छ धन्यवाद। ज-जसका वाणि, व्यवहारले नेशनल ट्रमा सेन्टर आइसियु ढोका बाहिर एउटा अनिश्चत परिणाम कुरिरहेकी स्मीतालाई सदैव मनोबल बढाइदिए जाग्छ सबैप्रति कृतज्ञता।

जीवनको बैभन्दा अप्ठ्यारो यो अवधिमा मैले सबैबाट केही न केही सिक्ने अवसर पाएको छु। सद्भाव छ सबैप्रति, सम्मान छ सबैप्रति। परिवर्तनशील जीवनको चेत/अचेत यो सेसनमा जहाँ जसलाई सानो पनि हानी पुर्याएँ माफी चाहन्छु सबैसँग। सबैको मंगल होस्!

The post दशैँ पछिको यो जीवन appeared first on TGuff.