Tilganga Institute of Ophthalmology Archives - TGuff

‘बस्, सकियो त कुरो!’
तिलगंगा आँखा केन्द्रका संस्थापक एवं आँखा डाक्टर सन्दुक रूइतको जीवनी पुस्तक

प्योङयाङ अवतरण गर्ना साथ उनीहरुको निजी स्वतन्त्रता कटौतीमा परिहाल्यो। सबैका मोबाइल फोन, क्यामेरा र पासपोर्ट जफत गरिए। उत्तर कोरियामा बाहिरी प्रभाव शून्य थियो। इन्टरनेट, रेडियो, पुस्तक वा पत्रपत्रिकाको पहुँच बर्जित थियो। उनीहरु बाँकी संसारसँग पूरापूर सम्पर्कबिहीन भए।

सन् २००६ मा नेशनल जियोग्राफिक टेलिभिजनका तर्फबाट उत्तर कोरियामा सन्दुक रुइतको साथ लागेकी अमेरिकी पत्रकार लिजा लिङको विचारमा सम्पर्कविच्छेद हुनु अत्यन्त हतोत्साहजनक कुरा हो। ‘विमान चढ्नुअघि हामीले नेपालका लागि उत्तर कोरियाली राजदूतलाई भेट्नुपर्‍यो। तिनले मेराबारे गुगलमा खोजी नगरेको देखेर म चकित भएँ। किनभने म अमेरिकाको एउटा राष्ट्रिय वार्ता कार्यक्रमको सञ्चालनमा संलग्न थिएँ। मेडिकल टोलीको संरक्षण अन्तर्गत जाने व्यवस्था मिलाएर अबोध रुपमै सायद ठिकै गरेकी थिएँ। किनभने त्यसबखत म पत्रकार हुँ भन्ने थाहा पाएको भए मलाई देश निकाला गर्ने थिए। पछि पत्रकारितामा संलग्न मेरी बहिनी लाउरा पक्राउ गरेपछि थाहा भयो, कोरियामा पक्राउको हालत त्योभन्दा धेरै खराब हुने रहेछ। (सन् २००९ मा पत्रकार लाउरालाई सीमा रक्षकले पक्राउ गरेका थिए। पक्राउपछि कठोर श्रमका साथ थुनामा राखेका थिए। पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन उनीहरुलाई मुक्त गर्ने प्रबन्ध मिलाउन प्योङयाङ अवतरण हुनुभन्दा एक दिन अघि किम जोङ इलले लाउरालाई क्षमा दान दिए।)

‘विमानबाट ओर्लिएपछि उनीहरुले हाम्रा पासपोर्ट र प्राविधिक उपकरण लिए। अनि ८ जना रक्षकले हाम्रो निगरानी सुरु गरे। कहाँसम्म भने उनीहरु हामी बसेकै अतिथि गृहमा बसे। तिनले मलाई बाहिर जान त दिए तर जगिङ गरिरहँदा चारैतिरबाट मेरो चियो गरिरहे। अमेरिकामा हुर्केकी हुनाले कम्युनिजमबारे मलाई केही अनुभव थिएन। मेरो झोलामा फेसनसम्बन्धी एउटा पत्रिका थियो। त्यस कारण मेरो रेखदेख गर्ने केटोले मलाई हप्कीदप्की गर्‍यो। पत्रिकाले मानिसमा गलत विचार फैलाउँछ भन्यो। मैले एक्लोपन अनुभव गरेँ। लाग्यो, मलाई केही भइहाल्यो भने कसैलाई थाहा हुने छैन। म आफ्नो दुर्शदशाबारे प्रियजनलाई केही बताउन पाउने छैन’, लिजा भन्छिन्।

pic.twitter.com/IRVZ2FpFQ9
— FinePrint (@fineprintbooks) September 26, 2019

अधिकारीहरुले उनीहरुलाई एउटा मर्सिडिज बेञ्च कारमा चढाए। राजधानीको बीचबाट अगाडि लगिँदा उनीहरुले चहकिला बत्ती बालिएका स्मारकहरु सिवाय अरु कुनै पनि साजसज्जा देखेनन्। ती स्मारकहरुमा ‘महान् नेता किम जोङ इल’ लेखेर स्तुतिगान गरिएको थियो। त्यहाँ कहीँ पनि होर्डिङ बोर्ड वा धिपधिप बत्ती बलिरहने विज्ञापनपाटीहरु थिएनन्। सबै मानिसले घुर्मैलो लुगा लगाएका थिए। राति बिजुली काटिने हुँदा सहर अन्धकार हुन्थ्यो। अनि वातावरण डरलाग्दो गरी चकमन्न हुन्थ्यो।

भोलिपल्ट उनीहरुले राजधानीको दक्षिणतिर त्यस्तै एक सय किलोमिटर दूरीमा पर्ने हाइजु नामक बन्दरगाह नगरीको भ्रमण गरे। यात्रामा रेलका झ्यालबाट फार्महरुमा शारीरिक श्रम गरिरहेका दुब्लापातला श्रमिक देखिए। ‘त्यस्ता दृश्य मैले नेपाल, अफ्रिका र एशियाका अनेक देशमा देखेको छु। त्यसैले ती दृश्यले मलाई स्तब्ध बनाएनन्’, सन्दुक रुइत भन्छन्।

तर एउटा ठूलो अस्पतालमा रुइतलाई पर्खिरहेका अन्धोपन ग्रस्त एक हजार मानिसका मोतियाबिन्दूको गम्भीर अवस्था देखेर भने उनी स्तब्ध भए। बिरामीहरुको जाँच गर्ने कोठा बालबालिका, किसान र पाका मानिसहरुले खचाखच थियो। ती सबैलाई सरकारले ठाउँठाउँबाट भेला पारेको थियो। उनीहरु सबै बर्षौंदेखि पूरापूर अन्धोपनमा थिए। रुइत निकै सहनशक्ति भएका व्यक्ति हुन्। त्यसैले उनी दैनिक सरदर ७० बिरामीको सजिलै सल्यक्रिया गर्न सक्छन्। तर तापक्रम माइनस १० डिग्री सेल्यिसेस भएको मौसमले उनको सहनशक्तिको वास्तविक परीक्षा लियो। काठमाडौंबाट मेडिकल टोलीले ल्याएको अत्यन्त आधारभूत औजार साहरामा मुटु कमाउने जाडोमा शल्यक्रियाहरु सफल पारिए।

रुइतसँग एउटा ज्याकेट र केही स्वेटर थिए। तैपनि जाडो यति खपिनसक्नु थियो कि उनले एक दुई कम्बल गुम्लुङ्ग ओेडेर शल्यक्रिया गर्नु पर्‍यो। हात न्यानो पार्न छिनछिनमा उनी हात मल्थे। त्यहाँ बिजुली थिएन। त्यस कारण खिम गुरुङलाई जेनेरेटर लिन प्योङयाङ पठाउनु पयो। अधिकांश बिरामीले त्यसअघि कहिलै डाक्टर देखेका थिएनन्। त्यस कारण उनीहरु ज्यादै डराएका देखिन्थे। रुइतले दोभासेमार्फत् उनीहरुसँग सकेसम्म सान्त्वनाकारी भाकामा कुरा गर्न कोसिस गरे। ११ दिनको बीचमा ठाउँठाउँबाट टिपेर ल्याइएका २ हजार २ सय ३० जना बिरामीमध्ये शल्यक्रिया गर्ने बिरामी छुट्याइयो। रुइतको टोलीले ७ सय २ जना बिरामीको नेत्रज्योति फर्काइदियो।

तर उत्तर कोरियामा फरक दृश्य देखियो। उनीहरुको ज्योति फर्कियो। तर रुइत र मेडिकल टोलीसँग उनीहरु मुस्काएनन्। हत्तपत्त दुगर्दै महान नेता किम जोङ इलका अजंगका शालिक सामु शिर झुकाए। ‘हामी दिल खोलेर हजुरको तारिफ गर्छौं’, गालाबाट आँसु बगाउँदै उनीहरुले भने।

‘त्यो बडो उराठ लाग्दो दृश्य थियो। बिरामीमध्ये धेरैको हालत देख्दा मेरो हृदय चिरा पर्‍यो। मैले त्यो हालतका बिरामी कहिलै देखेको थिइनँ। अधिकांश बिरामीका आँखा वर्षौंदेअि अन्धोपनमा गएका थिए। सबैजसोका आँखामा सेतो मोतयाबिन्दुको गाढा धब्बा लागेको थियो’, रुइत भन्छन्।

गुमेको अन्धोपन हटेर आँखामा ज्योति फर्किंदा बिरामीले गर्ने प्रतिक्रियाबारे रुइत र उनको टोली अभ्यस्त थियो। तर उत्तर कोरियामा फरक दृश्य देखियो। त्यसले उनीहरुलाई आश्चर्य चकित बनायो। उनीहरुको ज्योति फर्कियो। तर रुइत र मेडिकल टोलीसँग उनीहरु मुस्काएनन्। धन्यवाद भन्न पनि सकेनन्। त्यसको सट्टा उनीहरु हत्तपत्त दुगर्दै महान नेता किम जोङ इलका अजंगका शालिक सामु शिर झुकाए, स्तुतिगान गाए र आँखा बगाउँदै कृतज्ञता व्यक्त गरे। ‘हामी दिल खोलेर हजुरको तारिफ गर्छौं’, गालाबाट आँसु बगाउँदै उनीहरुले भने।

‘कतिपय मानिस यसलाई अचाक्ली व्यक्ति पूजा भन्लान् तर आफ्ना नेताप्रतिको उनीहरुको भक्तिभावबारे मलाई केही भन्नु छैन। मलाई धन्यवादको चाहना पनि छैन’, रुइत भन्छन्, ‘मैले आफ्नो काम राम्रोसँग पूरा गरेँ। अनि बिरामीहरुका अनुहारमा हजार शब्दले भन्न नसक्ने गहिरो हर्ष भाव छचल्कियो। बस्, सकियो त कुरो!’

(अलि ग्रिपरले अंग्रेजीमा लेखेको ‘द बियरफुट सर्जन’को नेपाली भर्सन ‘सन्दुक रूइत’को पुस्तक अंश। खगेन्द्र संगौलाले अनुवाद गरेको पुस्तक फाइन प्रिन्टले सन् २०१९ सेप्टेम्बरमा प्रकाशन गरेको हो। शुक्रबार आँखामा धुलो परेर आँखा अस्पताल पुगेँ। उपचारबाट घर फर्केपछि फेरि एक पटक पाना पल्टाउन मन लाग्यो। र, थोरै रोमाञ्चक लागेको अंश ‘लाइक दिस’ सेक्सनमा.)

The post ‘बस्, सकियो त कुरो!’ appeared first on TGuff.