Youngman Buddhists Association Archives - TGuff

तिमीले छोएको मान्छे
त्यो अप्रिल महिना सम्झन्छु। छक्क लाग्छ। सम्बन्धको अन्तिम विदाइका लागि उ मसँग थिई। ‘मेरा गल्ती कमजोरी भन। सुध्रिन्छु नि प्लिज मलाई नछाड।’ मेरो कुरा सुनेर ठिङ्ग उभिएको उसको त्यो इमेज फ्लासब्याकमा आइरहेछ। संसार नै खसेजस्तो भएको त्यो क्षण मैले आफ्ना सबै इगो पैतलामुनि कुल्चँदै बच्चाले झैँ अनुनय गरेको थिएँ- ‘म कोसँग सपिङ जानु नि ? प्लिज नछाड न।’ छातिमा टाउको राखेर रोएको सम्झनाले मलाई बेचैन बनाइरहेछ। बाटोसम्म बोलाएर लेज र रियल खुवाउँदै बच्चा फुलाए जसरी उ हरियो माइक्रो चढेर बाटो लागेकी थिइ। आँसुमा डुबेका ती दिन पाना पल्टाए झैँ एक एक गर्दै मेरो दिमागमा घुमिरहेछन्।

ओहो ! मान्छेको लाइफ कति डाइनामिक हुन्छ । दिल्ली (इन्डिया) को योङम्यान बुद्धिस्ट एशोसिएशन मेडिटेशन सेन्टरको गार्डेनमा टोलाइ रहँदा खै किन हो आज फेरि मैले ती दिन सम्झेँ। उसलाई सम्झेँ। एक्साभेटरले ढुंगो टिपेर पहाडको टुप्पोमा राखे झै मेरो जीवनलाई सर्लक्कै समातेर आजको स्थानमा ल्याइदिने उसको सम्यक प्रेम सम्झेँ। बिनाधरातल एम्बिसनको एकोहोरो रेसमा दौडिरहँदा मेरा स्ट्रगल र सपनासँग जोडिन आइपुगेकी थिई- उ। परिवार, किचेन, पढाइलेखाइ, लवाइखुवाइ, के मात्र छोएकी थिइन र उसले ! माया र केयरको त कुरै छाडौं वर्तमान र भविष्यका लागि मैले चाल्ने प्रत्येक पाइलामा उसँगै हुन्थी, उसको साथ हुन्थ्यो। उ मेरो जीवनका सबै पक्षको उर्जा स्रोत थिई। त्यो मायाको बेगलाई रोक्ने तागत कसैको हुँदैनथ्यो। प्रेमको त्यो प्रवाह पछ्याउन नसक्दा म इन्फेरियर फिल गर्थें, दुःखी हुन्थेँ र कुनै कुनै बेला आफू कमजोर प्रेमी नभएको ढोँग रच्थेँ।

अगस्ट २००६ मा बिरामी परेको सम्झन्छु। उ मिडियाको दौडधुप काममा थिई। कीर्तिपुरको घरबाट साढे पाँचबजे उठेर- साढे ६ मा मेरो रुममा आइपुग्दा औषधिले लठ्ठिएर म सुतिरहेको हुन्थेँ। दिनभरिको खानेकुरा र औषधि रेडी गरेर १० बजे उ अफिस पुग्थी। औषधि खुवाउन साँझ मेरो रुममा फर्किंदा दिनभरिको थकाइ र भोकले लखतरान उसको अनुहार यसै निन्याउरो भइसकेको हुन्थ्यो। तैपनि उसको बुझाइ हुन्थ्यो- ‘मैले हेर्नुपर्ने नै को छ ! यो मेरो जिम्मेवारी हो।’ सम्बन्धमा उसको लगाव देखेर मन गर्वले फुल्थ्यो, श्रद्धाले झुक्थ्यो तर मलाई उसले पाएको दुःख कहिलै मतलब भएन। सोच्थेँ यो त्याग र सम्बन्धप्रतिको लगाव सब समयका खेल हुन् अनि उ भाग्यले मेरो भागमा छुट्याइदिएको उज्यालो दीप हो। औषधिले भन्दा उसको स्पेसल केयरले म त्यतिबेला चाँडो निको भएँ।

उसको हिँडाइको चाल एउटा नियन्त्रित आँधीको जस्तो हुन्थ्यो जसले चाहेको पहाड सहजै उठाउन सक्थ्यो। अनि जीवनलाई इच्छाएको स्वरुपमा ढाल्न सक्थ्यो। ममाथि बाह्य विषयहरुको प्रभाव धेरै थियो, उ आफ्नै मौलिकतामा अडिग थिई। कसैमा नदेखिने त्यो शक्ति देखेर डराउँथेँ। रिसाउथेँ, झर्किन्थेँ, तर्क दिएर आफू ठूलो हुँ भन्ने स्थापित गर्न कोसिस गर्थें। अनि चित्तले शारीरिक आवश्यकता खोज्दा इमोशनल पनि बन्थेँ। भित्रैदेखि थाहा थियो म त्यस्तो विशेष केही थिइनँ। मरुभूमि जस्तो खोक्रो मेरो जीवनको उज्यालो पक्ष भनेको मात्र उ थिइ। अनि म सधैँ इगोले आफूलाई छोपेर उसको प्रेममय व्यवहारको प्रतिरक्षा गर्ने कोसिसमा हुन्थेँ। उचाहिँ कतिसम्म त्यागी थिइ भने बाबाले दिनैपिच्छे दिने ५० रुपैयाँ पकेटमनी मध्येको पैसा जोगाएर फाटेको मेरो बेडसिट फेरिदिन्थी। अनि आफू चाहिँ कलेजकै क्यान्टिनमा आलु-चना खान्थी साथीहरुसँग क्याफे नगइ नगइ। आज सोच्दैछु उसले नछोएको भए मेरो पढाइ कहाँ पुग्थ्यो ? अनि म कहाँ हुन्थेँ ?

लाइफको यो मोडमा यी सब कुरा सम्झनुको कुनै अर्थ छ वा छैन म ठम्याउन सक्दिन। मान्छे एउटा ठूलो दुर्घटनामा नपरी ब्युझँदैन सायद। उसले मसँग के चाहेकी थिइ मैले त्यतिबेला बुझ्नै सकिनँ। बुझ्थेँ होला त्यो कोसिस नै मैले गरिनँ। पाउँदा खुशी भएँ, गइ दुःखी भएँ। उ गएको यतिका वर्षपछि एउटा लामो यात्रामा निस्किएको म आज झन्डै झन्डै उसकै वे मा सोच्दैछु। बुझ्दैछु उसले प्राप्ति, आवश्यकता र सुखपूर्ण आशक्ति भन्दा माथि रहेर विद्यमान सम्बन्धका फोरम्याटभन्दा अलग प्रेम गरेकी थिई। प्राप्ति र स्वार्थलाई केन्द्रमा राखेर चल्ने सम्बन्धहरुका अघि उल्टोधारको प्रेम गरेकी थिई। अनि सम्यक पार्टनरसीपको पर्खाइमा दिन दिनै मर्न तयार भएकी थिई।

अनि म ? मलाई मेरो पर्शनल डेभलपमेन्टभन्दा बढी के नै मतलब थियो र ! तर उ गएपछि मैले सिकेको पाठहरु चानचुनै छैनन्। प्रेम-जीवन-मृत्यु-बजार सबै सबै एकैसाथ अगाडि थिए। मैले पालैपालो छामे। एक एक अनुभव गरेँ- कहिले उसलाई घृणा गर्दै त कहिले माया गर्दै। सम्बन्ध समयको उज्यालो दीप वा भाग्यको खेल हैन भन्ने रियलाइज गर्न मलाई यतिका वर्ष लाग्यो। संसारका धेरै भ्रमबाट मुक्त भइसकेपछि सिल, समाधि र प्रज्ञाको साहरामा चङ्गा बनेको एउटा खाली दिमागबाट उत्पन्न हुने शुद्ध प्रेमको प्रवाहका अघि महत्वकांक्षाको तनाव, भड्काउ र संघर्ष सामान्य गेम भन्दा बढी के नै हुने रहेछन् र ! लाइफको यो लेसन कसैले कसैलाई सिकाउन सक्ने विषय पनि हैन रहेछ। जब ब्युँझेको अनुभव गर्छु जीवनको पहिलो मार्गदर्शकको रुपमा उप्रति करुणा, सम्मान र मायाको आँधी छुट्न थाल्छ। भोग वा तृष्णाले सम्झेको हैन। उसकाप्रति द्वेष-रिभेञ्जको क्लेश मात्र पनि छैन। अब केही छ भने मैत्री, करुणा र प्रेम मात्रै। म ज्ञानी छैन, निःस्वार्थी पनि हैन। म उसले छोएको मान्छे हुँ, बस उसले बनाएको मान्छे।

The post तिमीले छोएको मान्छे appeared first on TGuff.