Covid-19 Pandemic Archives - TGuff

नागरिक मरिरहून्, सत्ता अमर रहोस्!
स्केच साैजन्य: कान्तिपुर दैनिक

प्राचीन भारतको बिहारस्थित नालन्दा विश्वविद्यालय भर्ना पाउन विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्थ्यो । १,५०० वर्षअगाडि नै त्यहाँ उत्कृष्टले मात्र भर्ना पाउँथे । करिब ८,५०० विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयका तीन फरक पुस्तकालय थिए ।

वेद, बौद्ध अध्ययनका सुत्त, विनय र अभिधम्म पिटक, व्याकरण, मानव र चिकित्सा विज्ञानका पुस्तकहरूले पुस्तकालय गुलजार थिए । मध्यएसियाकै अब्बल अध्ययन केन्द्र मानिने नालन्दा तेह्रौं शताब्दीमा ध्वस्त भयो । पुस्तकालयहरू जलाएर खरानी पारिए ।

सो विश्वविद्यालयका छात्र एवं चिनियाँ इतिहासकार ह्वेन साङले लेखेका छन्, ‘तीनवटै पुस्तकालयका पुस्तक जलेर खरानी हुन छ महिना लाग्यो ।’ त्यो बेला त्यहाँ लाखौं पाण्डुलिपि र हजारौं पुस्तक थिए । नालन्दामा आक्रमण गरेका माम्लिक साम्राज्यका सैनिक जनरल मोहम्मद बख्तियार खिलजीको फर्मान थियो, ‘सबै पुस्तक ध्वस्त पार्नू । कुरान पढे पुग्छ, अरू आवश्यक छैन ।’

सैनिक जनरलको आदेशबाट स्पष्ट छ : मानव सभ्यता र चेतनासम्पन्न समाज सत्तालाई खतरा हुन् । शासन चलाउन भारदार, आफ्ना आस्थावान् भए पुग्छ; अरू चाहिँदैनन् । प्राचीन नालन्दाका तीन पुस्तकालयहरू रत्नोदधि, रत्नसागर र रत्नरञ्जक खरानी भएयताका ८०० वर्षमा विश्वभर उत्कृष्ट शासकीय मोडल खोज गरिए, अपनाइए । कोशीको धेरै पानी बगेर गंगामा पुग्यो । नागरिकलाई स्वतन्त्रता र शासकलाई जिम्मेवार एकैसाथ बनाउने शासकीय मोडल यहाँ पनि अपनाइए । सम्राट्, राजा, महाराजा हुँदै शासकहरू प्रधानमन्त्री, राष्ट्रपतिमा बदलिए ।

तिनको नियुक्ति प्रक्रियामा ठूलै छलाङ भयो । तर यति बेला फेरि शासकीय शैलीले भनिरहेछ : सत्ता अमर राख्न भारदार, कार्यकर्ता भए पुग्छ । नागरिक मरिरहून् तर अमुक भगवान् अमर रहून् । यस्तो किन ? युनिभर्सिटी अफ न्यु हाम्सफारमा मिसेल डिलन र मेगन हेनलीले गरेको एउटा अनुसन्धानले भन्छ, ‘वैज्ञानिक सूचनाको पहुँचभन्दा टाढा हुनेहरू आफू आस्थावान् रहेको सम्प्रदायको नेताबाट छिटो प्रभावित हुन्छन् । यसलाई दलहरूले चुनावी फाइदाका लागि प्रयोग गर्छन् ।’ यो अमेरिकी सन्दर्भको कुरा हो । नेपालको यथार्थ अलि भयावह र फरक देखिँदै छ : सत्ता नागरिकलाई उपचार दिन नसकेको कमजोरी ठोरीमा निर्माण गरिने राम मन्दिरको गजुरले छोप्ने प्रयास गर्दै छ ।

निश्चय नै, धर्महरूले मानव अस्तित्वको व्याख्या गरेर अनुशासित जीवनको अवधारणा बुझाउन प्रयास गरेका छन् । र, अर्को तथ्य हो : धर्महरूको निरन्तरतालाई मानव अस्तित्व अनिवार्य सर्त हो । पैसा र सत्ताका लागि प्रभावशाली लयमा झुटो बोल्नु एउटा फरक क्षमता हो । यति बेला यो देशका नागरिकले भोगेको यथार्थ हो— शासक धार्मिक आस्थामा सवार भएर सत्ता दिगो बनाउन काम गरिरहेछन्, नागरिक बचाउनु ‘सेकेन्डरी’ हो ।

यदि त्यस्तो हुँदैनथ्यो भने माम्लिक साम्राज्य अन्त्यको ७३० वर्षपछि वीरगन्जमा उपचार नपाएर विष्णु लामाहरूले अल्पायुमै जीवन अन्त्य गर्नुपर्ने थिएन । आधा दर्जन अस्पतालले उपचार गर्न अस्वीकार गरेर विष्णु मृत्युवेदनामा छटपटाइरहँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन थप्न चासो नदिएर ठोरी र आसपासका जनप्रतिनिधिलाई फर्मान गरिरहेथे, ‘राम जन्मस्थल अयोध्या नेपालमै हो । ठोरीमा भव्य मन्दिर बनाऊ । ७८ सालमा त्यो उद्घाटन गर्नुपर्छ ।’ बालुवाटारबाट प्रधानमन्त्रीको फर्मान त्यति बेला भइरहेथ्यो, जतिखेर उपचार नपाएर नागरिकहरू काठमाडौंका कोठामा खोक्दै एक्लै छटपटाइरहेथे ।

समाजवाद स्थापनाको राजनीतिक दर्शन अँगालेका शासकको महामारी समयको यो फर्मान सैनिक जनरल खिलजीको भन्दा कति फरक छ ? सिद्धान्तमा आधारित भएर त्यसको शोध राजनीतिशास्त्रका विद्यार्थीहरूले बिस्तारै गर्लान् । अहिलेको मुख्य सवाल हो— यो समयमा शासकको प्राथमिकता के हुनुपर्छ : मन्दिर, मस्जिद, स्तूप वा मृत्युसँग संघर्ष गरिरहेका नागरिक ? महामारीलाई सत्ता, कमाइ र राजनीतिक दाउपेचको साधन नबनाउने हो भने जवाफ सहज छ : पहिलो कर्तव्य नागरिकको जीवन हो; उपचार, औषधि र अस्पताल व्यवस्थापन हो ।

महामारीमा २२८ नागरिकले ज्यान गुमाइसकेपछि अस्पतालमा स्वास्थ्यकर्मी र सेवा अभावको विषय फेरि सतहमा आएको छ । सरकारले प्रश्न गर्ने नागरिकप्रति जति ठूलो द्वेष देखाए पनि यो अवस्था बिनाकारण आएको होइन । कोभिड–१९ संक्रमित ५० जना नपुग्दै अनुसन्धान संस्था ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) ले सातै प्रदेशका ११० अस्पतालको सेवा स्थिति अध्ययन गरेथ्यो । वैशाखमा सार्वजनिक रूपमै जीआईआईएस प्रतिवेदनले भनेथ्यो, ‘सानामध्ये ८१ प्रतिशत, मध्यममध्ये ३९ प्रतिशत र ठूलामध्ये ३३ प्रतिशत अस्पतालमा एउटा पनि आइसोलेसन बेड छैन । ठूला अस्पतालका ५० प्रतिशत आईसीयू सञ्चालनमा छैनन् ।’

हुन त अहिले देखिएको चिकित्सक, भेन्टिलेटर, आईसीयू र बेड अभावको बीउ सरकारले ७ महिनाअघि नै रोपेको हो । तथ्यले देखाउँछ : २०७६ पुसमा चीनमा देखिएको कोभिड–१९ एक महिनाको यात्रापछि मात्र नेपाल आइपुगेको हो । त्यहाँदेखि अहिलेसम्म सरकारले ककसका लागि काम गर्‍यो ?

प्रधानमन्त्री र भारदारहरू नागरिकप्रति ‘रिएक्ट’ (रेस्पोन्स होइन) गरिरहेछन् : सरकारले गजब गरेको हो, मिडियाले बिगारे, आलोचकको मति सप्रियोस् । मानौं ओम्नी, सांसद अपहरण आलोचककै उपज हुन् । र, पीसीआर टेस्ट गर भन्नु अक्कल बिग्रनु हो ।तथ्य हो, शासकले बोलेको झुट कार्यकर्ता वा भुइँमान्छेले पत्याए पनि कोभिड–१९ ले औषधि–उपचारबाहेक अरू भाषा बुझ्न सकेन ।

तैपनि नेपाल र भारत दुई देशका शासक वीरतापूर्वक ८०० वर्षपछाडिको शासकीय शैली अभ्यास गर्न प्रतिस्पर्धा गरिरहेछन् : राम र बुद्ध हाम्रै हुन्, नागरिकको जीवन तपसिलको कुरा हो । शक्तिशाली सरकार स्वयंले मस्यौदा गर्ने नीति, कानुनबाट महामारीमा भएका अनियमितता र भ्रष्टाचारबाट शासक र तिनका मतियारले डराउनै पर्दैन । बकस दिएर राज्य अंगमा पठाइएका नातेदार, दास वा भेटी बुझाएर गएकाहरूले प्रभुको खातिरदारी नगर्ने कुरै छैन । १ लाख वर्ष लामो इतिहासमा सबैमाथि जित हासिल गर्ने आखिर मानव नै त हो । त्यो भन्दा बढी शक्तिशाली देखिएका प्रधानमन्त्री ओली सामु एउटा सामान्य सवाल छ : उपचार नपाएर नागरिक मरिरहँदा प्राथमिकता मठमन्दिर बनाएको विषय मानव विकास इतिहासमा कस्तो रङले लेख्ने- सुनौलो वा कालो ?

(कान्तिपुर दैनिकमा १७ भदाै २०७७ मा प्रकाशित)

The post नागरिक मरिरहून्, सत्ता अमर रहोस्! appeared first on TGuff.

अमेरिकी सहयोगका भेन्टिलेटर पुग्दैछन् सातै प्रदेश
स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्दै अमेरिकी राजदूत बेरी। तस्विरः स्वास्थ्य मन्त्रालय

कोभिड—१९ संक्रमित संख्या बढेर देशभरि भेन्टिलेटर अभाव भइरहेका बेला अमेरिकाले नेपाललाई १०० थान भेन्टिलेटर प्रदान गरेको छ। युएसएआईडीमार्फत् अमेरिकाले ती भेन्टिलेटर उपलब्ध गराएको हो। शुक्रबार अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका भेन्टिलेटरहरू अत्याआधुनिक छन्।

फोक्सोले पर्याप्त काम नगर्ने समस्या भएका कोभिड-१९ बिरामीका लागि जीवन रक्षा निम्ति भेन्टिलेटर महत्त्वपूर्ण मानिन्छ। अमेरिकाले प्रदान गरेका ब्रान्ड न्यु भेन्टिलेटर चुस्त परिचालनशील छन्।

‘असल, खराब दुवै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिबद्ध छ’, स्वास्थ्य मन्त्रालयमा आयोजित भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले भने, ‘यी भेन्टिलेटरमार्फत् हामी नेपाली परिवारलाई सघाउन चाहन्छौं। जसले कोभिड—१९ बाट अति प्रभावित प्रियजनलाई सहयोग पुगोस्।’

With 100 ventilators that were delivered to the @MOHPNepal last week, @USAIDNepal‘s #COVID19 support continues to strengthen Nepal’s capacity to contain & fight against the pandemic! As we’ve been doing for over 7 decades, we stand with the Nepali people to #beatthevirus! pic.twitter.com/B1YZMzLL2T
— Ambassador Randy Berry (@USAmbNepal) November 19, 2020

भेन्टिलेटर हस्तान्तरणपछि काठमाडौंस्थित अमेरिकी दूतावासले कोरोना महामारीविरुद्धको लडाइँमा नेपाली जनताको साथमा अमेरिका रहेको उल्लेख गरेको छ। ‘विश्वलाई अत्यन्त प्रभावित पार्ने कोभिड—१९ महामारीविरुद्धको लडाइँमा अमेरिका नेपाली जनताको साथमा छ’, दूतावासले भनेको छ, ‘अति दुर्गम समुदायलाई समेत सघाउन अत्यन्त बहुउपयोगी भेन्टिलेटर प्रदान गरिँदैछ।’

कहाँ लगिनेछ भेन्टिलेटर?
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा शुक्रबारसम्म कोभिड—१९ का ३७ हजार २२ सक्रिय संक्रिमत छन्। तीमध्ये १२ हजार ३३९ उपचार क्रममा छन्। देशभर भेन्टिलेटर संख्या भने ५ सय ७६ मात्र छन्। राजधानी काठमाडौंमै बिरामीले सहजै भेन्टिलेटर पाउन सक्ने अवस्था छैन।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदूत बेरी (बायाँ) । तस्विर: अमेरिकी दूतावास

प्रदेश १ मा ६ वटा मात्र भेन्टिलेटर छन्। बागमतीमा ३ सय ६१ वटा छन्। गण्डकीमा ५९, प्रदेश ५ मा १०६, कर्णालीमा १७ र सुदूर पश्चिममा १० वटा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारको तथ्यांकमा ८७ जना कोभिड—१९ संक्रमित बिरामी भेन्टिलेटर छन्।

यस्तो अवस्थामा अमेरिकी सहयोगमा प्राप्त १०० थान भेन्टिलेटर कहाँ लगिन्छ त? स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम भन्छन्, ‘अमेरिकाले प्रदान गरेका भेन्टिलेटर सातै प्रदेशलाई ७—७ वटाका दरले पठाउने तयारी छ। बाँकी ५१ वटा सरकारी अस्पतालमा २—२ वटाका दरले वितरण गरिनेछ।’ त्यसमा काठमाडाैंका संघीय अस्पताल पनि केही पर्नेछन्। उनका अनुसार प्रदेशमा भेन्टिलेटरहरू प्रदेश अस्पताल हेर्ने सामाजिक विकास मन्त्रालयलाई दिइनेछ। मन्त्रालयमार्फत प्रदेश अस्पतालले भेन्टिलेटर पाउनेछन्।

विपद, द्वन्द्व, प्राकृतिक प्रकोपजस्ता अप्ठ्यारोमा साझेदारीमार्फत अमेरिकाले नेपालीलाई सघाउँदै आएको छ। नेपाल—अमेरिका साझेदारीको इतिहास ७० वर्षभन्दा लामो छ। काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार भनेको छ, ‘त्यही सहकार्यलाई निरन्तरता दिँदै आज हामी नेपाली जनतालाई कोभिड—१९ महामारीको समयमा सहयोग गरिरहेछौं।’

कोभिड—१९ महामारीपछि युएसएआईडीले ११३ पालिकाका ‘सम्पर्क पहिचान तथा अनुसन्धान’ टोलीलाई सहयोग गरिरहेको छ। झन्डै २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श दिएको छ। कोभिड—१९ सम्बन्धी जनसञ्चार सन्देश १ करोड ४० लाखभन्दा बढी मानिस माझ पुर्‍याएको छ।

The post अमेरिकी सहयोगका भेन्टिलेटर पुग्दैछन् सातै प्रदेश appeared first on TGuff.