Kathmandu Archives - TGuff

ज्योति समूहमा विवाद: ४ करोड ३६ लाख भाडा असुलेर अस्पताल बन्द गराउन पद्म ज्योतिको कसरत
ज्योति समूहका अध्यक्ष डा.रूप ज्योति, जो ग्रान्डी सिटी अस्पताल सञ्चालनको पक्षमा छन्।

बुधबार दिउँसो बर्दी लगाएका एक ट्रक महानगर प्रहरी कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालभित्र प्रवेश गरे। नियोनेटल केयर युनिट (एनसीयु), इन्टेन्सिभ केयर युनिट (आइसीयु), हाइ केयर युनिट (एचएसयु) कक्षका इक्विपमेन्ट हटाउन ७ दिने सूचना टाँसेर फर्किए।

महानगरले हटाउनु भनेका उपकरणहरू अस्पतालका सबैभन्दा महत्वपूर्ण युनिटका सामानहरू हुन्। काठमाडौं महानगरपालिकाले सम्वेदनशील युनिटका उपकरण हटाउन दिइएको म्याद आज आइतबारसहित अब ३ दिन बाँकी छ। उपकरणको सहयोगमा श्वास फेरिरहेका बिरामीलाई कहाँ सार्ने वा यसै छोड्ने भन्ने विषयमा महानगर मौन छ।

सूचनामा भनिए झैँ महानगर प्रहरीले अस्पतालमा बल प्रयोग गर्यो भने एनसीयुमा बाँचिरहेका शिशुदेखि आइसीयुमा रहेका बिरामीलाई समेत घातक असर पर्नेछ। मुख्य युनिटहरू तोडफोड गरेपछि ग्रान्डी सिटी अस्पताल आगामी बुधबारदेखि बन्द पनि हुनसक्छ। अस्पताल स्रोतका अनुसार २०८१ असोज ६ गते पनि महानगरको टोलीले अस्पतालको अवलोकन गर्दै एनसीयु, आइसीयुको अवस्था अवलोकन गरेको थियो। बिरामीलाई असर नपर्ने गरी, सुरक्षितसँग सामान सार्न निर्देशन दिएको थियो।

अस्पतालले उपकरण सार्ने विस्तृत योजना र समय तालिका बनाएर महानगरलाई बुझायो। त्यस यताको एक महिनामा अस्पतालले केही उपकरण पहिला भएको स्थानबाट सारेको पनि छ।

‘महानगरको निर्देशनअनुसार हामीले नाक, कान, घाँटीसम्बन्धी मेसिन सारीसक्यौँ। अप्टिकल स्टोर हटाएका छौँ’, ज्योति समूहका अध्यक्ष डा.रुप ज्योति भन्छन्, ‘अस्पतालमा महत्वपूर्ण विभागहरुमा उच्च स्तरीय इन्टरनेट मेडिकल उपकरण जडान गरिएको छ। अस्पतालमा प्रहरीले बल प्रयोग गर्ने हो भने ४—५ करोड बढी मूल्यका ती इक्विपमेन्ट बिग्रिने खतरा हुन्छ। एनसीयु, आइसीयुमा रहेका बिरामीको जीवन खतरामा पर्छ।’

उनलाई लाग्छ, ग्रान्डी सिटी अस्पताल ज्योति समूहको एउटा गौरवको विषय हो, मानवहितमा गरिएको सम्झनलायक लगानी हो। व्यापार, व्यवसाय सँगसँगै सामाजिक उत्तरदायित्व सम्झेर अस्पतालमा लगानी गरेको उनी बताउँछन्।

‘अस्पताल ज्योति समूहको हो। अहिले पनि त्यहाँ प्रिमेच्वर अवस्थामा जन्मेका शिशु र तिनलाई जन्मदिने बिरामी आमाहरुको उपचार भइरहेको छ’, डा.रुप भन्छन्, ‘तपाईं हामी सबैलाई थाहा छ, स्वास्थ्य सेवा अरु व्यवसाय जस्तो होइन। स्थापनाको १० वर्षसम्म पनि यो घाटामै छ। हामीले सोसल रेस्पोन्सिबिलिटी महसुस गरेर अस्पताल चलाइरहेका छौँ।’

ग्रान्डी सिटीले एनआइसीयुमा प्रयोग गरेको प्रविधि थाइल्याण्डको समित्मिभेज अस्पतालसँगको सहकार्यमा जडान गरिएको उच्च गुणस्तरको प्रविधि हो। अस्पतालको बेडहेड प्यानलमै अक्सिजन, कम्प्रेस्ड एयर आउने प्रविधि छ। हावालाई किटाणुरहित बनाउन हाइ भोल्युम एयर कन्डिसन सिस्टम जडान गरिएको छ। महानगरको ताकेता यिनै उपकरण हटाउनका लागि भइरहेको हो।

अस्पतालका उपकरण हटाउन पटक पटकको ताकेता सहित अस्पतालमै किन बर्दीधारी प्रहरी ठाइरहेछ त? यो प्रश्नको जवाफ त्यति सरल छैन।

अस्पताल विवादको मूल जरो बुझ्न २०७७ भदौ देखिको ज्योति समूहमा हुँदै आएको दाजुभाइको किचलो थाहा पाउनुपर्छ।

पिता पद्म ज्योति दायाँ र पुत्र सराैभ बायाँ। उनीहरू अस्पताल बन्द गराउन पावर एक्सरसाइज गरिरहेछन्।

ग्रान्डी सिटी अस्पतालले दाजु पद्म ज्योति र भाइ डा.रुप ज्योतिको संयुक्त भवनको आधाआधा भाग ओगटेको छ। महानगरले बल प्रयोग गर्छु भनेर हटाउन चेतावनी दिएका उपकरणहरु पद्म ज्योति स्वामित्वको भवन पट्टिका हुन्। ५० बेड अस्पतालका एनसीयु, आइसीयु जस्ता महत्वपूर्ण युनिट त्यहीँ छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष उनले २०७८ सालमै अस्पतालले भाडा तिरेन त्यहाँ भएका उपकरण हटाई ठाउँ खाली गरी पाउँ भनी महानगरमा निवेदन दिएपछि यो प्रकरण सुरु भएको थियो। त्यति बेला उनले भाडाबापत १ करोड ५४ लाख ३२ हजार रूपैयाँ पाउन बाँकी रहेको दाबी गरेका थिए।

खोजी क्रममा मैले पाएका तथ्य प्रमाणअनुसार चाहिँ पद्म ज्योतिले अस्पतालसँग भाडाबापतको रकम नियिमत पाएका छन्। एड्भान्स सहित जोड्ने हो भने २०७१ देखि २०७७ असार मासन्तसम्म अस्पतालबाट उनले ४ करोड ३६ लाख ६१ हजार रूपैयाँ लिएका छन्। भाडा उठाएर गरेकाे यो कमाइ बापत उनले ४३ लाख ६२ हजार ३ सय ७५ रूपैयाँ कर पनि तिरेका छन्।

सम्झौताअनुसार अस्पतालले मासिक १ लाख ८० हजार रुपैयाँ उनलाई बुझाउनु पर्छ। एड्भान्स रकमको हिसाब हेर्दा पद्म ज्योतिले बुझिसकेको पैसाले अबको ९.६ वर्ष अस्पतालले भाडा नतिरे पनि हुने देखिन्छ।

यो विवादमा ‘युटुबे च्यानल’ (उनकै भाषामा है) हरुले झुटो कुरा फैलाए भनेर आफ्नो कुरो राख्न उनले आइतबार सेतोपाटी, र कान्तिपुरमा विज्ञापन प्रकाशन गरेका छन्। मिडियाले बिजनेस पाए, त्यो गजब भयो।

आइतबारको विज्ञापनमा पनि उनले ३ वर्षाअघि जस्तै अस्पतालबाट भाडा नपाएकाले उपकरण हटाउन प्रक्रिया थालेको हो भन्ने कुरा स्थापित गर्न बढो मिहिनेत गरेका छन्। मैले पाएका डकुमेन्टहरु विज्ञापनमा  उनले दाबी गरिएभन्दा ठिक विपरित छन्। बैंकमा पैसा डिपोजिट गर्दाका भौचर, बैंक स्टेटमेन्ट र घरभाडा बापत उनले बुझाएको कर कार्यालयका आधिकारिक कागजादले उनले विज्ञापनमा दाबी गरेका विषयलाइ एकमुस्ट खण्डन गर्छन्। ती कागजातहरूका अनुसार अस्पतालले २०७१ सालदेखि उनलाइ भाडा बुझाउँदै आएको छ।

यी दश वर्भाषमा भाडा बापत दिए/लिएको पैसासम्बन्धी हिसाबकिताब र तथ्यहरूको फाइल करिब ९० पेज लामो छ। मैले १-२ पाएँ, हेर्नुहोस्।

यी सबै तथ्य, प्रमाण हेरेर २०७८ मै महानगरपालिकाको न्यायिक समतिले निर्णय दिन्छ, ‘घर मालिकले चाहँदा बहालमा बस्ने व्यक्ति/कम्पनीलाई हटाउन सक्छ। अस्पतालले इक्विपमेन्ट तत्काल हटाउनू।’ महानगरको यो निर्णय हुँदा काठमाडौंको मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी थिए।

यो त्यो समयको कुरा हो जतिबेला ज्योति समूहमा दाजु पद्म ज्योति पक्ष र भाइ डा.रुप ज्योति पक्षबीच झगडा गहिरिएको थियो। अस्पतालविरुद्ध निवेदन परेको २०७८ भदौ पनि त्यही आसपासको समय हो।

महानगरपालिका न्यायिक समिति, जिल्ला, उच्च, सर्वोच्च अदालतमा यो बीचमा भएका विभिन्न खाले निवेदन र आदेश हुँदै ३ वर्षपछि फेरि विवादको फाइल महानगरमै आइपुगेको हो।

The post ज्योति समूहमा विवाद: ४ करोड ३६ लाख भाडा असुलेर अस्पताल बन्द गराउन पद्म ज्योतिको कसरत appeared first on TGuff.

र्‍यापर बालेनको हैसियत अब सहायक मन्त्री सरह
काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित र्‍यापर बालेन साह मत परिणाम घोषणा कार्यक्रममा।

सामाजिक सञ्जाल, डिजिटल र परम्परागत मिडियाले राम्रो स्पेस दिएका बालेन्द्र (बालेन) साह काठमाडौंको मेयर निर्वाचित भएका छन्। गाउँ, टोल, सहर र सिंगो देशमा चरम दलीय विभाजन रहे पनि स्वतन्त्र उम्मेदवार हैसियतमा बालेनले महानगरबासीको मन जिते। ६१ हजार ७३७ मत पाएर मेयर निर्वाचित भए।

आखिर बालेन को हुन्? के हुन्? बालेन के गर्छन्? के गर्दैनन्? कहाँ पढेका छन्? कुन विषय पढेका छन्? पहिला के गर्थे? पछि के गर्नेवाला छन्? कस्तो टोपी, चस्मा र कोट लगाउँछन्? सबै कुरामा स्टोरी बनिसके। काठमाडौंमा स्वतन्त्र युवा उम्मेदवारको विजयले परम्परागत राजनीति गर्ने दलहरुलाई कस्तो असर पर्छ? यसको पनि थोरबहुत विश्लेषण भइसक्यो।

बालेनको मेयर हैसियतमा गर्नुपर्ने कामबारे छलफल हुन बाँकी छ। नवनिर्वाचित मेयर बालेनको जति चर्चा छ, काम गरेर देखाउनु पर्ने चुनौतीहरू पनि त्यतिकै छन्। यो सामग्री उनको अधिकार क्षेत्र, मर्यादा क्रम, बजेट र गर्नुपर्ने काम केन्द्रित छ।

मन्त्री र बालेन उस्तै—उस्तै
२०७६ वैशाखमा केपी ओली सरकारले मन्त्रीहरुसहित राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादा हेरफेर गरेको थियो। सो व्यवस्थाअनुसार काठमाडौं मेयर बनेका ३२ वर्षीय र्‍यापर, इन्जिनियर बालेन शुक्रबारदेखि राज्यको १० औं मर्यादा क्रमका व्यक्ति भएका छन्।

सरकारको हालको वरियताक्र 👇

काठमाडौं महानगरपालिकाको प्रमुखलाई सरकारले संघीय सहायक मन्त्री, प्रदेश मन्त्री सरहको मर्यादा दिएको छ। यही हैसियतमा संघीय सांसद, प्रदेश उपसभामुख, नेपाल सरकारका मुख्य सचिव र प्रधान सेनापति पनि छन्। रेणु दाहालसहित अन्य महानगरका प्रमुखहरुको मर्यादाक्रम बालेनभन्दा तल ११ औं नम्बरमा छ।

बालेनसँग हुनेछ १९ अर्ब रुपैयाँको चाबी
स्थानीय तहमा मेयर कार्यकारी अधिकार सम्पन्न जनप्रतिनिधि हो। यद्यपि नगरपरिषदबाट पारित हुनुपर्ने विषय, बजेट निर्माण र कार्यान्वयनमा मेयरको एकल निर्णय चल्ने छैन। उपमेयर, वडा अध्यक्षहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ। संघीय सहायकमन्त्री र प्रदेशमन्त्री सरह हैसियत रहने काठमाडौं महानगरका मेयरको हातमा बजेट पनि करिब—करिब संघीय मन्त्रालय जति नै हुन्छ। चालू आर्थिक वर्षमा काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड ७७ लाख रुपैयाँ छ।

सो बजेट ६४ वटा सार्वजनिक निर्माणका काम गर्न विनियोजन गरिएको थियो। कतिपय ती अझै पूरा भएका छैनन्, अलपत्र छन्। तिनलाई पूरा गर्ने जिम्मा अब इन्जियिनर बालेनको काँधमा आइपुगेको छ। कोभिड महामारीबीच ल्याएको चालू आबको बजेटभन्दा अब नयाँ आर्थिक वर्षको बजेट आकार केही ठूलो हुनसक्छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसारको आन्तरिक आम्दानी तथा संघीय सरकारले प्रदान गरेको रकम एकीकृत गरी महानगरको बजेट बन्छ। बालेनले पदभार ग्रहण गरेको २ दिनपछि मे २९ मा संघीय सरकारले बजेट सार्वजनिक हुँदैछ। काठमाडौं महानगरले संघीय सरकारबाट कति रकम पाउँछ त्यसपछि थाहा हुनेछ। महानगरपालिकाले गरेको आम्दानी कति छ त्यो पनि आगामी असार मसान्तभित्र हिसाबकिताब भइसक्छ। दुवै शीर्षकको रकम एकीकृत पारेसँगै काठमाडाैंले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नेछ।

सार्वजनिक निर्माणपछि काठमाडौं महानगरमा ठूलो कार्यक्रम शिक्षा क्षेत्रमा छ। संविधानको अनुसूचि ८ ले माध्यामिक तहसम्मको शिक्षालाई स्थानीय तहको एकल अधिकार सूचीमा राखेको छ। ९२ वटा सामुदायिक विद्यालय भएको काठमाडौं महानगरले पनि त्यसैअनुसार काम, गतिविधि अघि बढाउनु पर्छ।

पूरा गर्नुपर्नेछ सिटी पुस्तकालय निर्माण
शिक्षाको काम अघि बढाउन महानगरले छुट्टै स्थानीय ऐन र कार्यविधि बनाउनु पर्छ। अघिल्लो कार्यकालमा काठमाडौं महानगरपालिकाले स्थानीय ऐन र कार्यविधि बनाउन थाले पनि त्यो पूर्ण छैन। यसलाई व्यवस्थित गरी प्रभावकारी बनाउने जिम्मेवारी बालेनको काँधमा हुनेछ। काठमाडौं महानगरमा विद्यालय विज्ञान प्रतिष्ठान, विद्यालय विज्ञान अन्वेषण केन्द्र, नेपाल भाषा पाठ्यक्रम पाठ्यपुस्तक परिमार्जन गर्नेसहितका काम बाँकी छन्।

अमेरिका, म्यासाचुसेट्स राज्य, वाल्थम सहरस्थित वाल्थम पब्लिक लाइब्रेरीको चिल्ड्रेन रूम। यो वाल्थम सिटीले सञ्चालन गरेको पुस्तकालय हो।

चालू आर्थिक वर्षमा २ लाख रुपैयाँ बजेट विनियोजन गरी अलपत्र छोडेको सिटी पुस्तकालय स्थापना गर्ने काम पनि अब बालेनको काँधमा आइपुगेको छ। पठन संस्कृतिको विकासमा महत्वपूर्ण कडी मानिने पुस्तकालय स्थापना र सञ्चालन विधि तथा प्रयोगको मोडालिटी बनाउने काम पूरै बाँकी छ।

यो बाहेक सामुदायिक विद्यालयहरुको जग्गा स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन, विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण, महानगरभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापनको काम बालेनले गर्नुपर्नेछ। काठमाडाै महानगरभित्र ९२ वटा सामुदायिक विद्यालय छन्।

टुँडिखेललाई बनाउन सक्लान् खुला सार्वजनिक पार्क?
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि स्थानीय तह महानगरपालिका हुन २१ मापदण्ड तोएिका छन्। ती मापदण्डअनुसार काठमाडौं महानगरपालिकासँग महानगरसँग हुनुपर्ने सबै चिज छैनन्।

सो कानुन मान्ने हो भने ३२ वटा वडामै खुला क्षेत्र तथा पार्क हुनुपर्छ। ‘पर्याप्त मनोरञ्जन स्थल र बाल उद्यान, ज्येष्ठ नागरिक मनोरञ्जन स्थल हुनुपर्छ।’ एका दुइ वडालाइ अपवाद मान्ने हो भने महानगरसँग खुला सार्वजनिक पार्क छैनन् भने पनि हुन्छ। यो अवस्थामा मेयर निर्वाचित बालेनले शुक्रबार विजय र्यालीमा निस्किनुअघि राष्ट्रिय सभागृहबाट भने, ‘काठमाडौंलाई हामी विश्वकै उत्कृष्ट सहर बनाउँछौं।’

राम्रा सहरहरुमा पर्याप्त खुला ठाउँ, पार्क र सार्वजनिक पुस्तकालय हुनु आधारभूत कुरा हुन्। टुँडिखेललाई सैनिक अतिक्रमणबाट मुक्त गरी खुला सार्वजनिक बनाउनुपर्छ भन्ने आवाज पछिल्लो समय बलियोसँग उठ्दै आएको छ। राज्यको मर्यादाक्रममा आफूसँगै रहने प्रधान सेनापतिसँग बालेन साहले यसबारेमा कुरा गर्छन् गर्दैनन्? टुँडिखेललाई सैनिक अतिक्रिमणबाट मुक्त गर्छन्, गर्दैनन्? यसमा बालेनको नेतृत्व क्षमताको वास्तविक परीक्षण हुनेछ।

महानगरको मेयर स्थानीय मुद्दा र विषयसँग मात्र जोडिँदैन। ऊ राष्ट्रिय सभा सांसद चुन्ने मतदाता पनि हो। राष्ट्रिय सभा सदस्य निर्वाचन नियमाली २०७६ अनुसार निर्वाचक मण्डलमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख हुन्छन्।  राष्ट्रिय सभा सदस्य मतदान बखत बालेनको १ भोटको मतभार १८ रहनेछ।

The post र्‍यापर बालेनको हैसियत अब सहायक मन्त्री सरह appeared first on TGuff.

दशैँ पछिको यो जीवन
दशैँमा काठमाडौंमा चंगा उडाउँदै किशोर। तस्विरः केशव थोकर

दशैँ टीकाको पर्सिपल्ट काठमाडौं सडक करिब सुनसान छन्। सवारी साधन थोरै मात्र छन्। हप्ता दिन अघिसम्मको निरन्तर वर्षापछि छ्याङ्ग खुलेको मौसमले काठमाडौं सफा देखिइरहेछ। भन्छन् नि मनोरम प्रकृतिमा आँखा ठोक्किँदा मनमा खुशी तरङ्ग बढ्छ। अनि त्यो प्रकृति नागार्जुन डाँडाजस्तो मोहक भइदिए? प्राकृतिक सौन्दर्य आर्ट गर्ने फ्रेन्च कलाकार क्लोड मोने कीर्तिपुर उमामहेश्वर छेउछाउ एकवर्षे क्यानभाष चलाउँथे होलान्, चन्द्रागिरी हेर्दै ऋतुअनुसार फरक—फरक।

फेरि फर्केर आएको त्यस्तै रोमाञ्चक समयमा गुगल ड्राइभमा सुरक्षित एउटा आरटीएफ फोरम्याट फाइलले २०७६ सालको नेपालखबर डट कमको दशैँ सम्पादकीय योजना बताइरहेछ। स्मरण गराइरहेछ फरक क्षेत्रका २३ फरक स्टोरी। चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणदेखि ब्रुनाई सुल्तानको दरबारमा दशैँ मनाउने गोर्खालीसम्मका काथा र अरु पनि।

नियम पालना गर्दा पुगिएन घर

यो २०७६ सालको दशैँको कुरा हो। दशैँ अघिल्लो साल झैँ फर्कियो, उल्लास होइन काम लिएर। १० अक्टोबर २०१९ साँझ सधैँजस्तै म ब्लुबर्डमल, थापाथलीस्थित नेपालखबर डट कमको समाचार कक्षमै छु। घरिघरि टिडिङ—टिडिङ मोबाइलमा नोटिफिकेसन बजिरहेछन्। काममा लागेपछि मोबाइलतिर नहेर्ने बानीले कन्टेन्ट राम्रो बने पनि कहिले कहीँ जनसम्पर्क अप्ठ्यारोमा पर्छ। आदत से मजबुर भन्छन् नि म पनि त्यस्तै त हो, स्वभावको दास। स्टोरीमा झुन्डिएपछि त्यतै भूल्ने।

साँझ झमक्क भइसकेको छ। ‘टेडेङ—टेडेङ!’ मोबाइल र डेस्कटप दुवैमा निरन्तर बजेको एउटा मेसेन्जर नोटिफिकेसनले ध्यान खिच्यो।

‘तिमी कति बेला घर आउने?’, मेसेन्जरमा स्मीताको सन्देश अघि नै आइसकेको रहेछ।

विज्ञान फिचर र कृष्ण आचार्यजीले लेखेको पाइलट उद्धव घिमिरेको दशैँ अनुभवमा अझै केही काम बाँकी छ। मसिनो लयमा भने, ‘७:३० मा हिँड्छु। गाडी पाइन्छ होला।’

‘७ बजे निस्किन मिल्दैन?’, अब म बोलिनँ।

‘अलि छिटो गर, गाडी नपाउन सक्छ। ढिलो हुने भए फोन गर लिन आउँछु’, उसको अर्को स्नेही झोक्का फेरि आइपुग्यो। मस्तिष्क र शरीरमा खुशी सञ्चार भयो ! च्याट छोडेँ, काम छोडिनँ। काठमाडौंमा दशैँ बेला सार्वजनिक यातायातमा भरोसा गर्न सकिँदैन। आजलाई ढुक्क, गाडी नभेटे उसलाई यतै भेट्नेछु।

ब्लुबर्डमल, थापाथलीबाट त्रिपुरेश्वरतिर करिब पाँच सय पाइला हिँडेपछि आइपुग्छ एउटा जेब्राक्रस। कार्यालयबाट निस्केर जेब्राक्रस पार भएपछि सुरु हुन्छ मेरो कीर्तिपुर यात्रा। कहिले कहीँ सँगै निस्किँदा मणिजी र दीपकजीसँग छुट्टिने विन्दू पनि हो, यो। २०१९ अक्टोर १० करिब साँझ ७:३० बजे अफिसबाट निस्केर पुरानै लयमा जेब्रक्रसतिर लागेँ। तर देशको नियम, सडक कानुन पालना गर्ने बानीले यो पटक मलाई घर पुर्याएन।

‘अब जाँदैछु। म बितेपछि स्मीता र छोरा सुमेधको के हुन्छ?’ मस्तिष्कमा घुमरहेछ मृत्यु चेत र त्रास।

अनि फिल्म झैँ फन्का मारिरहेछन् जीवनसँग जोडिएका अरु स-साना घटना पनि। मोरङको गाउँमा सर्प, भ्यागुता, माछा मारेका, पुस्तकालय बनाउन खच्चडलाई किताब बोकाएर शिख देउराली (म्याग्दी) उकालो लागेका दृश्यहरु।

‘आए एम अफ द नेचर टु डाई’, मस्तिष्कले अर्को जम्प गर्यो।

म मृत्यु प्रकृतिकै मान्छे हुँ, आफ्नै काममा सवार भएर बाँचिरहेको! यो चेतसँगै मन पुगेको अर्को स्टेशन हो, शिवपुरीस्थित धम्मश्रृङ्ग।

शरीर कस्तो छ थाहा छैन। मन किन यसरी चक्कर काटिरहेछ पत्तो छैन। साथमा कोही भए नभएको चेत छैन। किन यो सब भइरहेछ, थाहा छैन। यति थाहा छ म जाँदैछु। र, अब त्रासको आँधी गति कम भइरहेछ। मन र टाउको अलौँ अनुभव गरिरहेछु।

आँखा घुमाएर म सुतेको बेडदेखि देब्रेतिर हेरेँ। हल्का निलो लुगा लगाएका दुई मान्छे पल्टिरहेछन्। त्यो सेटिङ अनि दृश्य दुवै फेमिलियर थिएनन्। कहाँ हो कहाँ!

‘तिमी ट्रमा सेन्टरमा छौ’, छेउमा उभिएकी स्मीताले सुनाएको कुरा मेरा लागि सामान्य थिएन। ए…! म त अस्पतालमा पो…।

मृत्यु नजिकको अनुभव माथिका १७५ शब्दमा अटाए पनि मैले त्यो अवधिमा ४०८ घन्टा अर्थात् १७ दिन बिताएँ- कहिले मृत्यु भयको आँधीमा रुमलिँदै त कहिले अति लो फिल गर्दै।

शम्भु गुरुङ सवार बा३३प २३७ मोटरसाइकलले शरीर करिब ५-६ फिट हावामा उडाएर सडकमा बजार्दा देब्रे टाउकामा लागेको चोट, टाउको दाहिनेपट्टि र पेटमा २ पटक गरिएका सर्जरी सिर्जित पीडाबीच घर बसाईमा कहिले कहीँ मानव संरचना हेर्न खोज्छु। शरीर (हार्डवेयर)मा चेतना (सफ्टवेयर) जडित यो संरचना रहस्यमय लाग्छ। दक्षिण पूर्व एशिया, युरोप र अमेरिकाका मानिस विदा हुँदै गर्दाका अन्तिम अनुभव पढ्छु, सुन्छु।

कोही दिनभरि पत्रिका पढ्ने, कविता लेख्ने, प्रकाशन खातिर रचना फाइनल गर्नेजस्ता नियमित काम गरेर साँझ शान्तसँग मृत्युतिर लाग्छन्। छक्क लाग्छ।

मानव शरीररसँग जोडिएर रहने कति वटा सफ्टवेयर अर्थात् चित्त वा मन छन्? र तिनका कति शाखा छन्? अनि कुन चित्त वा उप चित्तसँग रहँदा मानव मृत्यु एप्पल संस्थापक स्टिभ जब्स झैँ सरल  होला?  ‘ओ वाउ, ओ वाउ, ओ वाउ!!!’ भन्दै जब्स सन् २०११ को दशैँ बेला विदा भएथे। यसपछि सुरू हुन्छ मेरो मौनता।

मृत्यु तिनले सहज ह्यान्डल गर्लान् जो विचार, बितेका मेमोरी र अगाडिको बाटो चुपचाप सुपर कन्सियस तहबाट अनुसन्धान गर्न सक्षम छन्। मृत्युतिरको यो एक पाइले यात्रापछि यति मात्र भन्न सक्छु संसारबाट विदाई जीवन कालमा गरेका पूरै काम र तिनका परिणामको अन्त्य होइन। बरु तिनै काम वा कर्मका ‘डट’हरुसँग ‘कनेक्ट’ भएर अघि बढ्ने प्रस्थान विन्दू हो।

धन्यवाद!

प्रेम, समर्पण, सेवा, औषधि, पीडा, मृत्यु त्रास, दोस्ती बितेका ३६५ दिनमा सबै एकैसाथ अगाडि थिए। मैले पालैपाले छामे। अनुभव गरेँ— कहिले आभारी हुँदै त कहिले रिएक्ट गर्दै। कहिले मौन रहँदै त कहिले श्वास छाम्दै। यो समयले रियलाइज गरायो— मसँग विशेष प्रेमिल, समर्पित परिवार, मैत्री प्रवाह गर्ने कल्याण मित्र र अवर्णनीय साथी सर्कल छ।

ठक्कर, सर्जरी वा फेनिटोयिन औषधिले मस्तिष्क बोधो भइरहँदा कहिले कहीँ छतबाट काठमाडौं नियाल्छु। २०१९ अक्टोबर १० राति मेरो जीवन यतै फर्काउन तत्काल आइसियु बेड व्यवस्थापन गर्दिने डा.निलम खड्का, राति अनिँदो बसेर सर्जरी गर्ने डा.राजन शर्माको युनिटप्रति जाग्छ धन्यवाद। सर्जरी खातिर रक्तदान गर्ने शैलजजी, गणेश, जयश र आशिष सबैप्रति जाग्छ धन्यवाद। अनि त्यो रगतलाई तत्कालै ह्वाइट ब्लड सेल्स बनाउन भूमिका निर्वाह गर्ने डा.विज्ञान रिसालप्रति बढ्छ आभारी। र, होस फर्काउन निर्धारित ड्युटीमा अधिक मानवीय उपाय लगाउने नर्स गायत्री आचार्यप्रति जाग्छ धन्यवाद। ज-जसका वाणि, व्यवहारले नेशनल ट्रमा सेन्टर आइसियु ढोका बाहिर एउटा अनिश्चत परिणाम कुरिरहेकी स्मीतालाई सदैव मनोबल बढाइदिए जाग्छ सबैप्रति कृतज्ञता।

जीवनको बैभन्दा अप्ठ्यारो यो अवधिमा मैले सबैबाट केही न केही सिक्ने अवसर पाएको छु। सद्भाव छ सबैप्रति, सम्मान छ सबैप्रति। परिवर्तनशील जीवनको चेत/अचेत यो सेसनमा जहाँ जसलाई सानो पनि हानी पुर्याएँ माफी चाहन्छु सबैसँग। सबैको मंगल होस्!

The post दशैँ पछिको यो जीवन appeared first on TGuff.

फेरि त्यो दिन सम्झेर
साँझको समय भए पनि आज छ्याङ्ग उज्यालो छैन। बादल लागेर बाहिर धुम्म भइरहेछ। वर्षाको बेला छ र यहाँ पानी परिरहेछ। ‘कोह..उ, कोह…उ’ एउटा परिचित लाग्ने चरास्वर कानमा ठोक्कियो। त्यो कहाँ बसेर भाका हालिरहेछ खुट्याउन सकिनँ। बोल्न पाइन्थ्यो भने भन्दिन्थेँ, ‘मिस्टर नो बडी हो।’ तर इसारा त गर्न नपाइने ध्यान शिविरमा बोल्नु त शीलको ठाडै उल्लंघन भइहाल्यो नि। ध्यान केन्द्रमा हामी जति छौं सबै चुपचाप। सबै मौन भएको ठाउँमा आक्कल झुक्कल बोल्ने चरा मात्रै हुन्।

ध्यान केन्द्र सँगै रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज थरिथरि चराको बासस्थान हो। १३ वर्ष अगाडि राजनीतिक असाइनमेन्टका लागि पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टर काठमाडौं आएथे। प्रचण्डसँगको बैठकसँगै उनी चराको चिरबिर सुन्न यहीँ माथिको निकुञ्ज पसेथे। प्राकृतिक संसारमा मानवनिर्मित कुटनीतिक प्रोटोकोल के अर्थ…! चराहरुले बुढालाई अहिलेजस्तै भने हेलान्, ‘कोह…उ?, कोह…उ??’

ट्याङ्….! ड्याङ !! झरिले रुझेको साँझ घन्टीको आवाज सुनियो। १० दिने ध्यान शविरको आज तेस्रो दिन हो। यतिबेला घन्टी बज्नुको अर्थ साँझ ६ बजेको ग्रुप सिटिङ संकेत पनि हो। धम्मश्रृङ्गको आर—९ (मेरो आवास नम्बर) बेडमा पल्टिरहँदा मन उँडु उँडु गरिरहेछ। एकाग्र हुनुपर्ने बेला यो किन चञ्चल?

‘ह्या‍… एकछिन् चरा झैँ उडोस्। अहिले यसलाई ठिक ठाउँमा ल्याउँला’, मेघास्लिमबाट एक घुड्को तातोपानी पिएँ। र दुवै खुट्टा एकपछि अर्को चलेको अनुभव गर्दै तल ओर्लिएँ। ‘खासमा यो खुट्टा चालको रिमोट पनि माइन्डसँगै हुन्छ कि के हो?’, अर्को मन बाठो भइरहेछ। हुनसक्छ नि!

सम्झिएँ— जेब्रा क्रस प्रयोग गर्दा झन्डै श्वास हावा बनेर उडेथ्यो। ‘अब त्यही श्वासको सुक्ष्म वैज्ञानिक परीक्षण गर भाइ।’ १० अक्टोबर, २०१९ को त्यो राति ट्रमा सेन्टरका डाक्टर निलम खड्काले आइसीयु बेड व्यवस्थापन नगरेको भए, डाक्टर राजन शर्मा अनिँदो बसेर टाउकाको सर्जरी नगरेको भए? त्यो सफल नभएको भए? चेट ! श्वास सधैँलाई हावा बन्थ्यो ! साँच्चै हावा श्वास बन्नु र श्वास हावा बन्नु बीचमा केही निमेषको झिनो अन्तर त हुन्छ।

हुन त मृत्युबिनाको जीवन कसको छ र? एप्पल, पिक्सार र नेक्स्टका संस्थापक स्टिभ जब्स हाकाहाकी भन्थे, ‘स्वर्ग नै जाने भए पनि मान्छे मर्न चाहँदैन।’ मजस्तो आममान्छेको के कुरा भो र !

अलि ठिक भएपछि दोस्त, डाक्टर, नर्सहरुबाट सुनेँ, दुर्घटनासँग जोडिएका तथ्यहरु। उपचार क्रममा नर्स, डाक्टर, औषधि, मेडिकल एशेसोरिज र अरु व्यवस्थापनका दुःखहरु। म वार कि पारको स्थितिमा रहँदा उसले चाहिँ सिङ्गो समाज अनुभव गरिछेः मैत्रीय, स्नेही, सहयोगी, करुणामयी, प्रेरणादायी, लोभी, क्षुद्र दानबीय सबै सबै।

कतै पढेथेँ भेन्टिलेटरमा लडेपछि महाराजै भए पनि उसका लागि त्यहाँ श्रीपेचधारी हुनुको अर्थ फोकस आउट फोटो बराबर हो— शून्य। म नाथे आममान्छेको के कुरा! तर समयले सिकाउँछ नि। कोमामा उपचाररत बिरामी कसको साथमा छ, उपचार प्रक्रियामा त्यो अर्थपूर्ण हुने र’छ। स्मरण पनि कति हुन् यार। श्रृङ्खला उर्लिएर डिस्टर्भ गर्छ कि के हो?

‘ध्यान केन्द्रमा धेरै नबहकिई भाइ’, फेरि अर्को रेफ्री मनमा जाग्यो, ‘जे उद्देश्यका लागि आएको हो त्यो काम गर। यी कथा पछि लेख्नु।’

म उँभिएको ध्यान हल जाने बाटोबाट झन्डै ५ सय मिटर दूरीमा शिवपुरी राष्ट्रिय निकुञ्जको घना जंगल छ। वर्षायाम भएर होला जंगल हुस्सुको घुम्टोभित्र पसे झै छ। असारमा पनि ध्यान केन्द्रमा थरिथरि फूल फुलेका छन्। विस्तारै पगोडा गजुरतिर फर्केर हेर्दा देख्छु, मानव जीवन बढा गतिशील छ। लगभग आकाशबाट परिरहेको पानी र त्यसबाट बनेका थोपाजस्तै। बन्ने, एकछिन् तैरिएर केही पर पुग्ने अनि फुट्ने। बन्ने, तैरिने र फुट्ने यो प्रक्रिया जीवनसँग पनि ननस्टप चल्छ कि के हो!  हुन त को चाहँदैन आनन्द र शान्तिको जीवन? सबै चाहन्छन्। तर विज्ञानको आसान नियमले देखाउँछ, तीतेपाती बिरूवा रोपेर हुर्केपछि त्यसमा आँप फल्दैन। माल्दह आँप फलाउन के गर्ने त? आफ्नो-आफ्नो बुद्धि, आफ्नो-आफ्नो विवेक!

‘फट्याक्क…’ यो आवाज छाताको हो, बन्द गर्दा निस्केको। ओडेको छाता बन्द गरेर त्यसको करङ बारमा अड्काइदिएँ। ६ बजेको ध्यान सुरु हुँदैछ। आफ्नै खुट्टा चाल अब्जर्ब गर्दै म फेरि धम्महल प्रवेश गर्दैछु, श्वास अनुसन्धान गर्न।

विपश्यना ध्यानमा बोल्न, पढ्न, लेख्न, फोन, चलाउन पइँदैन। यी सम्झनाहरु १० दिवसीय ध्यानबाट फर्किएपछि सम्झेर लेखेको हो।

लिभाइज जुत्तामा ब्रेक कहाँ !

‘जोन्सोन बेबी सपले तिमीलाई राम्रो गर्छ’, भाटभटेनीको सामाजिक दूरी सपिङमै उसले नुहाउने साबुन छानी। यो पटक ध्यान जाने तयारी त्यहीँबाट सुरु भएको हो। शरीरले चिसो धेरै सहँदैन। असार भएकाले झरीको समय छ। अप्ठ्यारो समयमा ध्यान जान मन गरेँ, उसले सबै व्यवस्था गरिदिई। तातोचिसो दुवै मौसमलाई फरक—फरक लुगा, छाता, टोपी, हल्का ट्राउजर, टिसर्ट, स्वेटर, ओड्ने, नुहाउने—लुगाधुने साबुन, घडि, चप्पल, दाँत माझ्ने ब्रस, पेस्ट सबै सबै। अनि तातोपानी राख्ने मेघास्लिम र चिसोपानीका लागि अर्को एउटा बोतल पनि।

लकडाउन छ, घर बसाईमा के गर्नु र? आदत से मजबुर भन्दछन् नि। म नि त्यस्तै त हो, ट्विटरमा बरालिने, ‘नियर डेथ एक्स्पिरियन्स स्टोरी’ पढ्ने/हेर्ने, कहिले कहीँ लेख्ने। घर छोड्ने अघिल्लो रात तर्कहरु मोबाइल नोटिफिकेसन बजेझैँ टिडिङ—टिडिङ चलिरहेछन्। निदाउनुअघि फेरि अर्को पाना पल्टाएँ। ‘मनोपुबङ्गमा धम्मा, मनोसेट्ठा मनोमया अर्थात् मन सबै प्रवृत्तिको अगुवा हो’, बुद्धले भनेका र’छन्। यसको सुक्ष्म परीक्षण अब गरौंला नि।

कतै हिँड्दा विदा मिलाउनु पर्ने झन्झट मे महिनादेखि छैन। अनलाइनमा लेखन कक्षाकी रोज ट्राभर्सलाई सकेसम्म पोलाइट्ली इमेल लेखेँ, ‘अबको २ हप्ता असाइनमेन्टहरु गर्न असर्थ छु। शुक्रबारे भिडियो क्लासमा अनुपस्थित हुँदा असामान्य नठान। दश दिनका लागि म ध्यान गर्न जाँदैछु। सुरक्षित रहू्, प्रशन्न रहू।’

लकडाउनमा सवारी साधन बन्द छन्। विश्व महामारी बनेको कोरोना फैलिन नदिन बजार बन्द छ तर सरकारका कार्यालय विदा छैनन्। जुन १४ को त्यो बिहान म ध्यान जाने भनेर अलि एक्साइटेड भइरहेथेँ। अफिस हिँड्नुअघि उसले सानो श्वरमा स्नेहपूर्वक बोली। ‘तिमी दुर्घटनामा परेको ९ महिनापछि पहिलो पटक एक्लै हुन जाँदैछौ। आफ्नो ख्याल गर, औषधि नछुटाउ, अलिकति पनि अप्ठ्यारो भए टिचर वा स्वयंसेवकलाई सुनाऊ’, उसले भनी। मैले चै बुझेँ, ‘ध्यान जान सबै व्यवस्था मिलाइदिए पनि मेरो स्वास्थ्यबारे स्मीता ढुक्क छैन।’ उ निस्किुनअघि मैले आफ्नो मनको कुरो सुनाएँ। ढुक्क पार्ने प्रयास गरेँ, ‘मेरो बास मैत्री र स्नेहको वातावरणमा त सर्न लागेको हो। फेरि नभएको कुरा विपश्यनामा केही आउँदैन बाँकी सबै समाना गर्न म सक्छु।’

ध्यान केन्द्र हिँड्ने दिन बिहान केही छुट्यो कि भनेर फेरि ब्याग चेक गरेँ। सबै ठिक छ। एउटा प्रश्न बाँकी रह्यो। पैदल यात्रुसँग दुईटा कार कसरी हुनु र ! लकडाउन छिचोल्दै कसरी शिवपुरी पुग्नु? जोरबिरजोरका कारण एउटा नम्बर प्लेटवाला गाडी एक दिन मात्र चल्छन्। ‘मेरो भाइ नवराज गाडी लिएर २ बजे सीता पेट्रोलपम्प आइपुग्छ है। त्यहाँसम्म आउन समस्या त हुँदैन?’, शीतल दाहालले फोनमा भनिन्, ‘अलि अगाडि नै जान मन भए उसलाई पहिलै भन्नुभए हुन्छ।’

‘हस्! हस्!!’

२ बज्न लाग्दै थियो। फेरि घडी हेरेँ १ः४० बजेछ। लिभाइज जुत्ताको तुना कसेँ। बल्खु—कलंकी बीचको सीता पेट्रोलपम्प पुग्न अब धेरै छैन। यस्तो बेला पइताला रोक्न सकिँदैन नि। फेरि जिन्स पाइन्ट वाला लिभाइजको जुत्तामा ब्रेक छैन। शीतलको सहयोगले निर्धारित समयमा शिवपुरीस्थित धम्मश्रृङ्ग पुगेँ। फर्किने बेला अजित दाईको व्यवस्थापनमा ज्योति भवनसम्म। ‘हामी निस्कि हाल्यौं तपाईं बस्दै गर्नु’, प्रभा भावीजीको श्वर फूर्तिलो सुनियो। आई-टेन कार चलाउँदै उमेश—भावी आइपुगेछन्। र जुन २६ को दिन फर्किएँ कीर्तिपुर।

यो पनि:

१.  के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?

२. ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन्

३. पूर्वमा अस्ताए मदन बा

४. यो पनि बद्‌लिनेछ

५. हावर्ड पीएचडी होल्डरको विपश्यना यात्रा

६. यत्ति थाहा छ, केही थाहा छैन

The post फेरि त्यो दिन सम्झेर appeared first on TGuff.

पूर्वमा अस्ताए मदन बा
मदन तुलाधर जसलाइ म मदन बा भन्थेँ। तस्विर साैजन्य: सरिता मानन्धर

जसले आफ्नो सम्पूर्ण जीवन सेवामा समर्पित गरे, गृहस्थी त्यागेनन् तर सादगी ब्रह्मचारी सन्तको जीवन बिताए। उनको जीवनको सार भन्नु नै सबै तहका मानिसलाई समान ढंगले दुःखबाट आनन्दतिर र बन्धनबाट स्वतन्त्रतातिरको बाटो देखाउनु रह्यो।

नेपाल र अन्य धेरै देशका भिक्षु एवं गृहस्थ साधकहरुका प्रेरणा स्रोत उनै विपश्यना आचार्य मदन तुलाधरको ७१ वर्षको उमेरमा निधन भएको छ। वि.सं. २००६ मंसिर ११ मा असनमा जन्मिएका उनी युवा कालमै बुद्ध विद्यातर्फ आकर्षित भएका थिए।

उनको अध्यात्म यात्राका मार्गदर्शक विश्व विपश्यना आचार्य सत्य नारायण गोयन्का हुन्। बुद्ध जन्मको २ हजार ५ सय वर्षपछि सन् १९८१ मा बुद्ध विद्या बोकेर गोयन्का बुद्ध जन्मभूमि नेपाल प्रवेश गर्दा यहाँको वास्तविकता फरक थियो। नेपालले बुद्धलाई जन्माएको थियो तर उनको विद्या के हो, कसरी अभ्यास गरिन्छ, असर के हुन्छ, पत्तो थिएन। भिक्षुका एक दुई बिहारबाहेक अन्त यो पहिलै लोप भइसकेको थियो। यो त्यति बेलाको कुरा हो जतिबेला विपश्यना गृहस्थहरुका लागि होइन केवल भिक्षुहरुका लागि हो भन्ने भ्रम व्याप्त थियो।

नेपाल आएका आचार्य गोयन्काले स्वम्भुस्थित आनन्दकुटी बिहारमा पहिलो विपश्यना शिविर सञ्चालन गरे। नेपालमा ऊ बा खिन परम्पराअनुसार सञ्चालन भएको त्यो नै पहिलो विपश्यना ध्यान शिविर थियो। मदन तुलाधर त्यही शिविरमा सहभागी हुन चाहन्थे।

‘तर २५० निर्धारित सिट पहिलै बुक्ड भइसकेकाले त्यहाँ उहाँले अवसर पाउनु भएन। त्यसपछि एक्लै भारतको सिमला पुगेर पहिलो औपचारिक दश दिने शिविर लिनुभयो’, विपश्यनाका पुराना आचार्य आनन्द शाक्य भन्छन्, ‘अनौपचारिक रुपमा त्योभन्दा अगाडिदेखि नै हामी ध्यान बस्ने गर्थ्याैं।’

नेपालमा विपश्यना भित्र्याउने श्रेय दुई व्यापारीहरु यदुकुमार सिद्धी र मणिहर्ष ज्योतीलाई जान्छ। त्यसपछि यो ध्यानको विकास, विस्तारमा जीवन समर्पित गर्ने पहिलो चरणका थोरै आचार्यहरुमध्ये तुलाधर एक जना हुन्। सन् १९८२ मा स्थापना भएको धम्मश्रृङ्ग विस्तार हुँदै जाँदा उनले आफ्नो अन्तर्मनको यात्रा पुष्ट गर्दै लगे। भनिन्छ, आफू नजिक आइरहेका मानिसको स्थिति उनी पहिलै थाहा पाउन सक्थे। जतिसुकै अप्ठ्यारा बोकेर उनी समक्ष पुगे पनि समाधान पहिल्यादिन्थे। साधकहरु उनलाई आदरपूर्वक ‘मदन बा’, ‘मदन गुरु बा’ नामले सम्बोधन गर्थे। स्नेह र मैत्रीपूर्ण व्यवहारका कारण मदन बा युवाबीच विशेष प्रिय थिए। हाँसोठट्टाको राम्रो चेत भएका उनी चियाका पारखी थिए। भेट गर्न जानेहरुलाई थरिथरि चिया चखाउँथे।

‘मान्छेको बुझाइको स्तर हेरेर उहाँले डिल गर्नुहुन्थ्यो। एक पटक मात्र बोलेको मान्छेलाई दशौं वर्षपछि भेट्दा समेत नामले नै बोलाउनु हुन्थ्यो। यस्तो क्षमता कमैमा हुने गर्छ’, आचार्य शाक्य भन्छन्, ‘एक पटक उहाँसँग साक्षात्कार गरेका साधक साधिका उहाँका प्रशंसक बनेर फर्किन्थे।’

प्रेरक जीवन

आचार्य गोयन्काको जीवनकालमा विश्वभरि १७५ वटा ध्यान केन्द्र निर्माण भए। तीमध्ये इगतपुरी (भारत) बाहेक उनले सबैभन्दा बढी समय बिताएको केन्द्र मुहान पोखरीस्थित धम्मश्रृङ्ग हो। विपश्यनाका कतिपय पुस्तक आचार्य गोयन्काले यही केन्द्रमा लेखेका छन्। आफ्ना गुरु लामो समय काठमाडौंमा रहँदा उनले सम्पूर्ण जीवन अध्यात्मतर्फ समर्पित गरिसकेका थिए। यो सन् १९८० को अन्त्यदेखि ९० दशकको कुरा हो। त्यसपछि मदन बाले सम्पूर्ण जीवन नै ध्यानसँग सम्बन्धित काममा समर्पित गरे। त्यसबापत केही लिएनन्, दिए मात्रै। कतिसम्म भने केन्द्रको सबै काम पूरा गरेर मध्यराति आफ्नै घरमा बास बस्न फर्किन्थे। पछिल्लो समय उनी धम्मश्रृङ्ग नजिकै पुर्ख्याैली सम्पत्तिबाट खरिद गरेको घरमा बस्दै आएका थिए। शारीरिक आरामको लागि उनी छोटो समय मात्र सुत्थे, धेरै समय ध्यान र सेवामा बिताउँथे।

नेपालको पहिलो विपश्यना ध्यान केन्द्र धम्मश्रृङ्ग व्यवस्थापनमा उनको महत्वपूर्ण योगदान रह्यो। सधैँ नै करिब २ सय साधक ध्यानमा रहने केन्द्रमा  सेवकको खाँचो परिरहन्छ। सारै अप्ठ्यारो परे उनी आफैँ समाधान निकाल्न अग्रसर हुन्थे। त्यसका लागि उनले पुराना साधकहरुको एउटा सर्कल नै तयार पारेका थिए। उनीहरूमा सम्मान डिग्री यो तहमा थियो कि मदन बाले प्रस्ताव गर्दा कसैले ‘हुन्न’ भन्दैनथ्यो।

विपश्यना आचार्य एवं उद्योगपति डा.रुप ज्योती उनले एउटा उदाहरणीय जीवन बाँचेको बताउँछन्। ‘मदन दाईले जसरी आफ्नो अन्तिम समयसम्म धर्म सेवा गर्नुभयो त्यो हाम्रा लागि प्रेरक छ’, उनी भन्छन्, ‘त्यसबाट हामी सबैले प्ररेणा लिनु पर्दछ।’

फिक्कलको ध्यान केन्द्रबाट सूर्योदयको सुनाैलो दृश्य देखिन्छ। त्यही भएरै केन्द्रको नामै ‘धम्म सुरियो’ राखिएको छ। धेरै साधकको मनमा बस्न सफल मदन बा सूर्यले बिहानै स्पर्श गर्ने त्यहीँबाट अस्ताए। प्राण छोड्ने अन्तिम समयसम्म पनि उनी सेवामै संलग्न रहे। भदाै ३१ मा काठमाडाैंबाट इलाम पुग्दा त्यहाँ १० दिने शिविर सञ्चालन भइरहेको थियो। उनले त्यहाँ अन्तिम श्वास नत्यागेसम्मै काम गरे। ३ असोजमा १० औं दिनको मंगल मैत्रीमा सहभागी भए। केन्द्र विस्तारका अन्य काम गरे। राति सेविकाहरुलाई निर्देशन दिए। ११ औं दिन हुने अन्तिम मैत्रीको केही भाग प्रवचन समेत सुने। त्यसपछि रात्री आरामका लागि गएका उनी फर्किएनन्। निवासमै सहज, शान्तपूर्वक प्राण त्यागे।

मदन बाको निधनले हजारौं विपश्यना साधक स्तब्ध भएका छन्।

आजीवन अविवाहित उनको शव हेलिकोप्टरबाट काठमाडौं ल्याएर शनिबार शोभा भगवतीमा अन्त्येष्टि गरिएको छ। घाटमा भेला भएका पुराना साधकले एक घन्टा सामूहिक साधना गरी उनलाई अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनले जीवनमा सबैभन्दा धेरै समय बिताएको मुहानपोखरीस्थित धम्मश्रृङ्गमा असोज ११ गते शनिबार बिहान ८ देखि ९ बजेसम्म सामूहिक साधना आयोजना गरी उनीप्रति मंगल मैत्री गरिँदैछ।

के हो विपश्यना?
विपश्यना साधना स्वनिरीक्षणद्वारा चित्तशुद्धी गर्ने ध्यान विधि हो। यसको अभ्यासले मान्छेमा दुःख हट्दै जान्छ। मन, मस्तिष्कमा द्वेष, घृणा कम भएर करुणा, प्रेमले भरिन्छ। विपश्यना एउटा गैरसाम्प्रदायिक ध्यान विधि हो। यसले कहीँ कतै साम्प्रदायिक घेरामा बाँध्दैन। २ हजार ५ सय वर्षअघि नै लोप भइसकेको यो ध्यान पद्धतिलाई बुद्धले खोज गरी विश्वभर फैलाएका थिए। पछिल्लो समय सत्यनारायण गोयन्काले यसलाई फेरि विश्वव्यापी बनाएका हुन्।

विपश्यना सिक्न योग्यताप्राप्त आचार्यको सानिध्यमा १० दिनको आवासीय शिविरमा सहभागी हुनु पर्दछ। शिविर अवधिमा लेखपढ, पूजापाठ र अन्य क्रियाकलाप गर्न पाइँदैन। सहसाधकसँग कुराकानी गर्न हुँदैन। साधनासम्बन्धी वा भौतिक समस्याबारे आचार्य वा सेवकसँग कुराकानी गर्न भने रोक लगाइँदैन। विपश्यना सिकाइका तीन चरण छन्– शील, समाधि र प्रज्ञा। शील पालनाले मन शान्त बनाउँछ, अगाडिको काम सजिलो हुन्छ। समाधिमा ‘आनापान’ ध्यान सिकाइन्छ। यसले सास आइरहेको र गइरहेको महसुस गर्न सिकाउँछ। तेस्रो चरणमा साधकले आफूभित्र प्रज्ञा जगाएर शरीर चित्त दुवै तहका बिकारहरुलाई आश्चर्यजनक गहिराइबाट निकाल्छ। मुहानपोखरीस्थित धर्मश्रृङ्ग, कीर्तिपुरको धम्मकित्तिसहित देशभरिका १० ठाउँमा सञ्चालित ध्यान केन्द्रहरुमा नयाँ साधहरुकलाई १० दिने र पुराना साधकलाई ९ दिने सतिपठ्ठानलगायत २०, ३० र ४५ दिने शिविर सञ्चालन हुने गर्छन्। (नेपालखबरमा २२ सेप्टेम्बर २०१९मा प्रकाशित)

The post पूर्वमा अस्ताए मदन बा appeared first on TGuff.

के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?
नेपाल विपश्यना केन्द्रस्थित पगोडा

-स्मीता

उनको दाँया कम्मरदेखि तीघ्रासम्म अल्फ्रेड लर्ड टेनिसनको कविता ट्याटु गरिएको थियो। ट्याटु कविता खोज गर्दै हिँड्ने एउटा बिन्दास मान्छे बारे थियो। उनी आफूलाई त्यही यायावरसँग तुलना गर्दै थिइन्। तिनकी साथीको गर्दनमा खोपिएको थियो- ‘कर्म’। ध्यान गर्न धर्मश्रृंङ्ग विपश्यना केन्द्रतिर हिँडेका झन्डै २ सय ध्यानीमध्येका यी दुई रसियन युवतीले सबैको ध्यान तानेका थिए।

छेवैमा देखिने अग्लो सुनौलो पगोडाको मुनी अवस्थित ध्यान केन्द्र आफैंमा एउटा स्वहिरासत हो। यहाँ हुनु परिवार र प्रेमीसँग टाढा हुनु हो। शब्दबाट र संसारबाट पनि टाढा। आफूभित्रको यो यात्रामा खोज तीव्र हुन्छ। विगतका सम्झनाहरु निस्क्रिय ज्वालामुखी विस्फोट भएझैं एकपछि अर्को गर्दै लाइन लागेर आउन थाल्छन्। विचारहरु सुनामीजस्तै मडारिन थाल्छन्। आजसम्म हामीले आफूसँग लिएर हिँडेको स्वभावको चिरफार हुन थाल्छ। हामी आफू भित्रका घटनालाई चलचित्र हेरेजस्तो हेरिरहन्छौं। विना कुनै प्रतिक्रिया, विना कुनै राग वा द्वेष। विपश्यनामा ध्यान मात्र पलपलको सँच्चाइलाई स्वीकार गर्नु सँग सम्बन्धित छ। श्वासबाट सुरु गरेर विस्तारै शारीरिक वेदना हेर्दै शरिरको यात्रा यथार्थको दर्शन भन्दा पर पुग्दैन। आफूबारेको यथार्थ आफ्नै दर्शन गरेर थाहा पाउने कला- विपश्यना।

१० दिने मौन ध्यान आफ्नै श्वासको आवागमन बारे सचेत हुनुबाट सुरु हुन्छ। बुद्धको युगमा बोलिने पाली भाषामा यो प्रक्रियालाई आनापान भनिन्छ। यो श्वास प्रश्वासप्रतिको सचेतताले मनलाइर्ल केही हदसम्म मात्रै भए पनि बसमा राख्न सहयोग गर्छ। ३ दिनसम्मको यो चञ्चल मनलाई बसमा ल्याउने खेलमा विजेता बनेर निस्कनु कठिन भए पनि यसले मनको स्वभावको बारेमा बुझ्न सघाउँछ। विचारका ज्वारभाटासँगै लहँसिदै कहिले विगत र कहिले भविष्यतर्फ छलाङ्ग लगाइरहने मनलाई वर्तमानमा टिकाउन नसक्दा आफूबारेको पहिलो सत्य अगाडि आउँछ- बिचारहरुको हाँगामा समातेर यता उता भागिरहने बाँदर मन लिएर हिँड्ने हामी अधिकांश समय अशान्तै त हुँदा रहेँछौं। वर्तमानलाई बेवास्ता गरेर, यथार्थलाई पन्छाएर– बितिसकेको विगत र आउँदै नआएको भविष्यको कल्पनाको छलाङ लाउँदै त हामी बाँच्दा रहेछौं।

आनापानसँगै सुरु भएको मनको अप्रेसन चौथो दिनको विपश्यनासँगै अझै तेज हुन्छ। पाली भाषामा विपश्यनाको अर्थ जे जस्तो छ त्यस्तै रुपमा हेर्नु वा दर्शन गर्नु हुन्छ। यो आत्मदर्शनको प्रक्रियामा शरीरका संवेदनाहरुप्रति सचेत हुने कला सिकाइन्छ। बिना कुनै राग, द्वेष वा प्रतिक्रिया मनमनै शरीरका संवेदनाप्रति सचेत हुँदा दबेका कर्मसंस्कार विस्तारै सतहमा आउन थाल्छन्। अर्थात् बाहिर प्रकट हुन थाल्छन्। र ती पनि बिना प्रतिक्रिया हेर्दाहेर्दै समाप्त हुन्छन्। हामी मात्र एउटा प्रत्यक्षदर्शी बन्छौं। मनको र शरीरको सम्बन्ध बारेमा सचेत हुन सिक्ने यो कलाले मनको भित्री तहसम्म विगतदेखि थुप्रिएका कर्मसंस्कारलाई विस्तारै पखाल्दै मनलाई शान्त र निर्मल गराउँछ।

पालीमा मेत्ता भावना भनिने मंगल मैत्री सँगै १० दिने विपश्यना यात्रा सकिन्छ। मैत्री भावनामा आफूले दश दिन कमाएको पुण्य, मन निर्मल गरेर पाएको आनन्द सबैलाई बाँडिन्छ।र भित्री मनदेखि नै कामना गरिन्छ- सबको मंगल होस्। अनुभव हुन्छ- दुःखको कारण आफू भित्रैबाट सुरु हुन्छ। यसरी बोधीको बाटोले आफूभित्रै डोर्याोउँछ। अनुभव हुन्छ- सुखको खोज आफूभित्रै गएर टुङ्गिन्छ। विपश्यनाले मानिलाई आत्मअनुभवद्वारा यो ज्ञान सिकाउँछ।

हामी बाहिरी संसारलाई आफ्नो सुख र दुःखको लागि जिम्मेवार मानेर आफूअनूकूल संसारलाई परिवर्तन गर्न चाहान्छौ। तर जबसम्म आफू भित्रै बाटै परिवर्तन आउँदैन। हाम्रो दुःखको अन्त्य कहिलै हुनेछैन। १० दिनको एउटा शिविर बस्दैमा बुद्धत्व प्राप्त नभए पनि यसले जीवन जिउने कलाको रफस्केच भने अवश्य ड्राफ्ट गर्छ।

बाँच्ने कला नजानेर हामी भएको सम्पत्ति र शक्तिका कारण दुःखी छौं। कति मानिस फेरि केही नभएरै दुःखी छन्। मानिसले यो सबबाट उन्मुक्तिका लागि भग्ने बाटाहरु असंख्य बनाएको छ। तर जति खुशी (दु:खी) भोगेँ भनेर भागे पनि वास्तविकताको तहमा हामीलाई पाँच इन्द्रिय र मन बाहेक अन्त केही भोगिरहेकै हुँदैनौं रहेछौ‌। कोही टेन्सन हुँदा रक्सीको बोतलतिर भाग्छन्, कोही चुरोटको बट्टातिर एवं कोही सिनेमा हल र थियटरतिर। तर एक छिनलाई भागे पनि मस्तिष्कको तहमा तनाव उस्तै रहन्छ। दिमागबाट त्यसलाइ डिलिट गर्ने तागत न त सिनेमासँग छ न त नशालु पदार्थहरुसँगै। दश दिनको पूर्ण मौन र साधनाले मानिसलाई आफूबारेको यो नांगो यथार्थ अगाडि ल्याएर तेर्साइइदिन्छ। यो साधना यथार्थलाई भागेर हैन सामना गरेर सम्यक र शान्त जीवन जीउने बाटो हो।

हामीसँगै शिविर बसेकाहरू १० दिनको साधनापछि बोल्न पाउँदा साधकहरु निकै शान्त र बेग्लै चमकमा देखिए। सबैको अनुहार प्रफुल्ल थियो। पहिलो पटक गएकाहरु अनौठो मान्दै आफ्नो अनुभाव बाँड्दै थिए। पुराना साधकहरु नयाँका जिज्ञासा मेट्दै थिए। टेनिसनको कविता खोपेकी रसियन युवती भन्दै थिइन् ‘मेरो खोजको अन्त्य म भित्रै गएर भएको छ (माइ सर्च ह्याज इन्डेड इन्साइड माइसेल्फ)। आफूभित्रको यात्रा पूरा गरेर १२ औं दिन बिहान फेरि हामी संसार र शब्दतिर फर्कियौं। फर्किंदा संसार तनाव, भागदौड, टेन्सनमा पहिला जस्तै रफ्तार लाइरहेको थियो। फरक थियो त केवल हामीले सिकेको विद्या- जीवन स्वीकार्ने कला।

अर्को रमाइलो अनुभव पढ्नोस् : गणेशमानले त्यसरी पो पढेछन्

[विपश्यना अनुभव गराउने ध्यान विधि हो। त्यसैले यसबाट लाभान्वित हुन स्वयं शिविरमा बस्नैपर्ने हुन्छ।]

ध्यान शिविर जान यो लिङ्कमा क्लिक गरेर नेपालका सेन्टरहरुको ठेगाना पाउन सक्नुहुन्छ।

नेपाल बाहिर बस्नुहुन्छ भने यो लिङ्कमा क्लिक गरेर नजिकको ध्यान केन्द्र ठेगाना पत्ता पाउन सक्नुहुन्छ।

ध्यान केन्द्र रहेको शिवपुरीबाट यस्तो देखिन्छ राजधानी काठमाण्डू

The post के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा? appeared first on TGuff.