Kathmanu Archives - TGuff

जेन—जी समूह जनमतबाट परीक्षण हुन तयार छ?
भदौ २३ गतेको प्रदर्शनका सहभागीहरू, जसमध्ये अधिकांश किशोर र युवा थिए। संसद भवन अगाडि प्रदर्शन भइरहँदा यो फोटो नभेष चित्रकारले खिचेका हुन्।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका मतदातामध्ये एक सयमा ३३ जना मतदाता जेनेरेसन जी (जेन जी) हुनेछन्। सन् १९९६ पछि जन्मिएको यो पुस्ताका धेरैजसो सदस्य मतदान गर्न योग्य उमेरका भएका छैनन् तर उनीहरुमध्ये सबैभन्दा जेठा सदस्यहरु २८ वर्ष पुग्दै गर्दा, कूल १ करोड ८१ लाखले फागुनमा हुने चुनावमा मतदान गर्ने अवसर पाउनेछन्। मतदान गर्ने उमेर पुग्नेको संख्या वर्षैपिच्छे थप हुँदा राजनीतिमा यो पुस्ताको प्रभाव निरन्तर बढ्दै जानेछ।

यो त्यही जमात हो, जसले अहिले राष्ट्रिय राजनीतिलाई उथलपुथल बनाइदिएको छ। यो त्यति बेला हुर्किएको जनसंख्या हो जति बेला नेपालीका हातमा मोबाइल फोन आइसकेको थियो। इन्टरनेट सहजै उपलब्ध हुन थालेको थियो। फेसबुक, युट्युब जीवनशैली बन्दै गएको थियो।

इन्स्टिच्युटमा गएर कम्प्युटर सिक्दै वयस्क बनेको मिलेनियल्सभन्दा फरक यो नयाँ पुस्ताले स्वदेशमै रोजगारी, शासनमा पारदर्शिता र राजनीतिक जवाफदेहिताको खोजी गर्‍यो। अघिल्लो पुस्ताले झैँ काम पाउन झोला बोकेर नेताको वरिपरि घुम्नुपर्ने अवस्थामा परिवर्तन चाह्यो। जोखिमयुक्त कामका लागि खाडी र अन्य देश जानुपर्ने अवस्था बदल्न अवाज उठायो। यी कुनै नयाँ विषय होइनन्। नेता संरक्षित ठूला भ्रस्टाचार काण्ड जेन(जीले मात्र देखेका होइनन्। अघिल्लो मिलेनियल्सले पनि अनुभव गरेका विषय हुन्। फरक यति हो, स्मार्टफोन आमप्रयोगमा आउनु अघिका घटना जेन जीहरूका सम्झनामा नहुन पनि सक्छ। स्मार्टफोनको टच स्क्रिन स्वाप गर्दै अहिलेको अहिलै सूचना उपभोग गर्ने सुविधा यो पुस्तासँग छ। प्रविधिले गर्दा विश्वभरिका सीमाहीन अवसर हेर्दै हुर्कियो। खुला सत्य हो, सरकार सञ्चालकले नीति, कानुन फेरेर भए पनि आफ्ना मानिसलाई लोभलाग्दो जागिर र करोड रुपैयाँको ठेक्का दिए। परिवार सदस्यलाई अघि बढाए। यहाँनेर नेताहरूले आम मानिसलाई साँच्चै भेदभाव गरेका हुन्।

अघिल्लो पुस्ताभन्दा यो खास छ, फरक छ। तैपनि यो पहिलेको मिलेनियल्ससँग धेरै कुरा मिल्दाजुल्दा छन्। जेन जीहरु अघिल्ला सबै पुस्ताभन्दा सांगठनिक रुपमा बढी विविध र सैद्धान्तिक रुपमा लचक देखिन्छन्। आफ्ना बाबुआमा र हजुरबुबा-हजुरआमाको तुलनामा बढी अन्तरिक र अन्तरदेशीय यात्रा गर्नसक्ने, संसारको अर्को कुनाको साथी पाउन सक्ने यो जेनेरेसन नेपालको इतिहासमै अहिलेसम्मको सबैभन्दा शिक्षित पुस्ता हुने क्रममा छ। बसाइँसराइ, केटा वा केटी साथीका विषयमा खुलेर विचार राख्नसक्ने यो पुस्ता ‘ग्लोबल सिटिजन’को भावनाबाट प्रेरित नेपालको पहिलो पुस्ता पनि हुँदैछ।

अर्को आँखाले हेर्दा उनीहरु ती डिजिटल पुस्ताका सदस्य हुन्, जसले खुलामञ्चमा भेला हुनेभन्दा १० गुणा बढी जनता दुई दिनको आह्वानमा डिस्कर्डमा भेला पार्न सक्छन्। क्लबहाउस वा डिस्कर्डजस्ता प्लेटफर्ममा निश्चित सर्भर वा समुह बनाएरै आफ्ना विचार स्वतन्त्र सम्प्रेषण गर्न सक्छन्। यस्ता छलफलमा अर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको उपस्थिति अपवाद हो।

‘नेपोबेबी’ संस्कृतिविरुद्ध आक्रोश

जेन जी आन्दोलनको आह्वान सामाजिक सञ्जाल प्रतिबन्धको विरोध गर्नकै लागि सुरु भएको थियो तर यथार्थ त्यति मात्र होइन। कुनै योग्यता र सीप नभएका नेताको आर्थिक उन्नति र तिनका छोराछोरीको विलाशी जीवनशैलीसँग आफूलाई तुलना गर्दा युवाको मनोविज्ञान तल झर्नु र आफैँप्रति हीन भावना सिर्जना हुनु सम्वेदनशील कुरा हो। खुला समाजमा रहेर शक्तिशालीले कमजोरमाथि घृणा, हेपाइ र अहंकारको शासन गर्नु शासकीय कुरुपताको पराकाष्टा हो। लोकतन्त्र विरोधी पनि हो। नेपालमा नेताले प्रायः योग्यताभन्दा सम्बन्धलाई महत्व दिएकै हुन्।

फागुन २१ को निर्वाचनमा एक तिहाइ मतदाता जेन जी हुनेछन्। डिस्कर्डमा दुई दिनमै ५ लाख मान्छे जुटाउन सक्ने यो पुस्ताले नेपालको राजनीतिक भविष्य परिभाषित गर्न सक्छ- यदि आन्दोलनका उपलब्धि जनमतमार्फत संस्थागत गर्न सकेमा।

फागुन २१ को निर्वाचनमा एक तिहाइ मतदाता जेन जी हुनेछन्। डिस्कर्डमा दुई दिनमै ५ लाख मान्छे जुटाउन सक्ने यो पुस्ताले नेपालको राजनीतिक भविष्य परिभाषित गर्न सक्छ- यदि आन्दोलनका उपलब्धि जनमतमार्फत संस्थागत गर्न सकेमा।

एउटा तथ्य हेरौँ। रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुन्। उनी पार्टी अध्यक्ष पुष्पकमल दाहालकी छोरी पनि हुन्। २ दशकभन्दा बढी समय पार्टी नेतृत्वमा नभएका भए उनी कहाँ हुन्थिन्रु माओवादी नेता भन्न सक्दैनन्। यस्तै शेरबहादुर देउवाकी पत्नी नभएको भए आरजु राणा परराष्ट्र मन्त्री हुन्थिन् कि हुने थिइनन्रु कांग्रेस नेताहरु भन्न सक्दैनन्। नर्थवेस्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिको मालिक पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक नहुँदा के गौतमबुद्ध विमानस्थल निर्माणको पेटी कन्ट्र्याक नर्थवेस्टले पाउँथ्योरु कसैले भन्न सक्दैन।

नेताका छोराछोरी, प्रसिद्ध व्यक्ति वा उनीहरुको अर्को पुस्ता बिना क्षमता स्वतः शक्तिशाली र प्रसिद्ध बन्ने चलन नेपालमा वर्षौंदेखिकै हो। बुवाआमाको शक्ति वा ख्यातीको ओत लागेर अघि जाने यो प्रवृत्तिदेखि आमयुवा वाक्क हुनु स्वभाविक हो। आन्दोलन क्रममा ह्यासट्याग नेपोबेबिज ट्रेन्डिङको आधारभूमि पनि यही नै हो। यसर्थ, आन्तरिक वादविवाद र वैचारिक मतभेदमा नअल्जिए जेन जी आन्दोलन अझै नरोकिन पनि सक्छ।

‘केरा गणतन्त्र’तर्फ

नेपालको संविधान जारी भएपछि यताका १० वर्षमा काँग्रेस, एमाले र माओवादीका ३ जना नेताभन्दा बाहेक अरु कोही प्रधानमन्त्री भएका छैनन्। कांग्रेस सभापति शेरबहादुर देउवा ८० वर्ष पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली ७३ वर्षका भए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ७१ भए। उनीहरूले कस्तो शासन गरे (त्यो करिब बनना रिपब्लिक) ‘केरा गणतन्त्र’ शैलीको देखिन्छ।

तीन शीर्ष नेतासँग अर्थिक मिलेमतो गर्दा वा रिझाउँदा करोड, अरबका ठूला भ्रस्टाचार काण्ड अनुसन्धानको घेरामै परेनन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गिरिबन्धु टी स्टेट र विचौलियाको निर्देशनमा राज्यको कर दर परिवर्तन भएका घटना सार्वजनिक नै छन्। पोखरा विमानस्थल निर्माणमा गर्न भनेर नेपाल राज्यले ऋण लियो। कूल ऋणमध्ये कम्तिमा १० अर्ब रूपैयाँ अदृश्य रूपमा शासकको गोजीमा पुग्यो, विमानस्थल निर्माणमा प्रयोग भएन। त्यो रकमको वित्तिय दायित्व अहिले नेपाल देशको टाउकोमा छ, देशले ऋण तिरिरहेछ करिब बनना रिपब्लिक अर्थात् केरा गणतन्त्रको शैलीमा। राजनीतिशास्त्रमा’केरा गणतन्त्र’ले त्यस्तो अस्थिर राज्यलाई जनाउँछ जहाँ शासक वर्ग अफ्नो विशेष नाफाको लागि पूरै देशलाई एक निजी व्यावसायिक उद्योगको रूपमा चलाउँछ।

शासन गर्ने नेताले बेवास्ता गरेकै हन्, २८ वर्षभन्दा मुनिको आम जेन जी जनसंख्याले कसरी सोच्छ र कस्ता आकांक्षा पाल्छ भन्ने कुरा। वर्तमान कसरी बाँचिरहेछ र भविष्यको लागि के कल्पना गरिरहेछ भन्ने कुरा। यी सवालहरुको जवाफ नखोजी अथवा उनीहरुको निरासाका कारण नपहिल्याई यो आन्दोलनको जरोसम्म पुग्न सकिँदैन। प्लस टू पढ्दै गरेको युवा किन देशमा ब्याचलर पढ्न चाहँदैनरु आफ्नो देशमा भविष्य देख्दैनरु यो आन्दोलनको पृष्ठभूमि कुनै माओवाद वा कुनै कम्युनिस्ट सिद्धान्तको विचार स्थापित गर्न होइन, यस्तै जनजीविकाका सवाल केन्द्रित भएको हो।

प्रभाव र परिणाम

यथार्थ हो, ७५ जनाको मृत्यु हुने गरी भएको जेन जी आन्दोलनको बलमा केपी शर्मा ओलीको सरकार ढलेको छ। वर्तमानका मुख्य दलहरु काँग्रेस, एमाले र माओवादी रक्षात्मक बनेका छन्। सेना वा बन्दूकधारी शक्तिसँग शासनको चाबी पुगेजस्तो देखिन पनि देखिँदैछ। यो लेख तयार पार्ने क्रममा मैले आन्दोलनमा सहभागी भएका, जंग्गी अड्डामा प्रधान सेनापतिसँग वार्ता गरेका सहित ५ जना जेन जी अगुवासँग कुराकानी गरेको थिएँ।

स्मार्टफोन र इन्टरनेटसँगै हुर्केको नेपालको जेन जी पुस्ताले भ्रष्टाचार, नेपोटिज्म र राजनीतिक जवाफदेहिता माग्दै सडकमा उत्रिँदा ७५ जनाको मृत्यु भयो। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो—तर यो आन्दोलन कुनै विचार वा नेताविहीन भएकोले यसको भविष्य अझै अनिश्चित छ।

युजिन राजभण्डारी शंखमुलको एउटा गल्लीभित्रको क्याफेमा थप ३ जना साथीसहित थिए। मुल सडकबाट हेर्दा नदेखिने त्यो एक किसिमको गोप्य क्याफे हो। रजनीष पन्तसँग टेलिफोनमा गफ गरेँ। अब जेन जी आन्दोलनको गन्तव्य कहाँ होरु यसले आन्दोलनका उपलब्धिलाई कसरी संस्थागत गर्लारु यी २ विषयमा ब्लग लेख्ने सोच बनाएर लेख्न थाल्दैछु। यो पहिलो ब्लग आन्दोलनको नेचर कस्तो थियो भनेर केलाउन कोसिस गर्दैछु।

(१) विचारको घेरा बाहिरः नेपालको सन्दर्भमा हेर्दा पुष्पकमल दाहालहरुले माओवादको सैद्धान्तिक मैदानमा छापामार युद्ध सुरु गरेका हुन्। नेकपा एमाले आन्दोलनको सैद्धान्तिक धरातल माक्र्सवाद, लेनिनवाद हो। काँग्रेसले सधैँ लोकतान्त्रिक समाजवादलाई आफ्नो विचार मानेर आन्दोलनमा होमिँदै आएको छ। जेन जी आन्दोलनको अनौठो विशेषता भनेको यो कुनै एउटा विचार वा सिद्धान्त आधारित भएर उठेको आन्दोलन होइन। एक जनाले नेतृत्व गरेको पनि देखिँदैन। प्रत्येक पाइलामा भ्रस्टाचार, विचौलिया र नेता केन्द्रित शासनशैलीप्रति चरम असन्तुष्टि र निरासाको पृष्ठभूमिमा यो उठेको देखिन्छ। उनीहरुले लोकतन्त्रको विकल्प वा गणतन्त्रको फेर्ने चाहना राखेका पनि होइनन्। उनीहरुले चाहेको सुशासन, जवाफदेही नेतृत्व, नागरिकमैत्री लोकतान्त्रिक सरकार अनि अभिव्यक्ति स्वतन्त्रता हो।

(२) राष्ट्रवाद होइन देशभक्तिः राष्ट्रवाद र देशभक्तिबीचको बोर्डर लाइन के हो रु खिचडी बन्दै गएको राजीतिमा यसको फरक छुट्याउन गाह्रै पर्छ। भारतविरोधी राष्ट्रवाद नेपाली राजनीतिको एउटा अदृश्य कम्पोनेन्ट नै हो। केपी शर्मा ओली, पुष्पकमल दाहालसहितका नेताहरुले यसलाई भिन्न भिन्न समयमा फरक फरक ठाउँमा उपयोग गरेका छन्। राष्ट्रवादीे दरिन अमेरिका वा चीनको विरोध गर्नुपर्ने दृश्यहरु पनि पछिल्लो समय देखिँदैछन्। राज्यका संस्था र परम्परालाई हेर्ने दृष्टिकोणमा यो पुस्ता मिलेनियल्सभन्दा खास फरक दृष्टिकोण राख्ने रहेछ। राष्ट्रवादलाई परम्परागत नारा र सैद्धान्तिक परिभाषाको घेराभन्दा बाहिर नागरिकको जीवन भोगाइबाट हेर्नुपर्ने उनीहरुको मत छ। जेन जीहरुका लागि राष्ट्रभक्त (राष्ट्रवादी होइन) हुनुको मतलब देशको गौरव र संस्कृतिको रक्षा तथा भ्रस्टाचार, कुशासन र सामाजिक समानता कायम गर्नु हो।

स्मार्टफोन र इन्टरनेटसँगै हुर्केको नेपालको जेन जी पुस्ताले भ्रष्टाचार, नेपोटिज्म र राजनीतिक जवाफदेहिता माग्दै सडकमा उत्रिँदा ७५ जनाको मृत्यु भयो। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो—तर यो आन्दोलन कुनै विचार वा नेताविहीन भएकोले यसको भविष्य अझै अनिश्चित छ।

(३) व्यवहारिक माग- शिक्षा, सीप र रोजगारः नेपालमा यसअघि ठूला आन्दोलनहरु सत्ता पल्टाउन भए। जेन जी आन्दोलन यी भन्दा विल्कुल फरक र जनतासँग सिधा जोडिएका व्यवहारिक माग राखेर भएको छ। अध्ययनपछिको करिअर तथा उज्यालो भविष्यका लागि शैक्षिक प्रणालीमा आमूल परिवर्तन उनीहरुको एउटा माग हो। सैद्धान्तिक ज्ञानभन्दा सीपमा आधारित शिक्षा, प्राविधिक तालिम र उद्यम विकासलाई प्राथमिकता अर्को चाहना रहेछ। यी कुराहरुको लक्ष्य प्राप्ति हुँदा युवा देशबाहिर जानुपर्ने बाध्यकारी अवस्था परिवर्तन हुने उनीहरुको बुझाइ रहेछ। रोजगारी सिर्जनाका लागि सरकारी जागिर वा परम्परागत पेशामा मात्र निर्भर नभई र सूचना प्रविधि, स्टार्टअप र सिर्जनात्मक उद्योग खडा गर्नुपर्ने गर्नुपर्ने मार्गचित्र यी युवाको छ।

(४) संविधान भित्रै समाधानको खोजीः जेन जी आन्दोलनले राजनीतिक मुद्दाहरुलाई पुराना राजनीतिक दलहरुले केही फरक कोणबाट हेर्ने रहेछन्। संविधानले परिकल्पना गरेको सुशासन, जवफादेहिता र न्यायको सिद्धान्तजस्ता विषय व्यवहारमा लागू नभएकोमा उनीहरुमा चर्को असन्तुष्टि रहेछ। संविधानमा भएको व्यवस्थाको व्यवहारिक फल पाउन सडक प्रदर्शन, सामाजिक सञ्जाल अभियानको बाटो समातेको उनीहरुको बुझाइ छ। उनीहरुले मागेका कुराहरु अहिलेको संविधानमै छन्। संविधान होइन त्यसको कार्यान्वयनको पक्षलाई उनीहरुले उठाएका छन्।

(५) राजा समाधान होइनन्ः जेन जी पुस्ता केवल परम्परागत राजनीतिक प्रणालीबाट मात्रै प्रभावित नभई सामाजिक न्याय र समान अवसरबारे पनि सचेत देखिन्छ। आन्दोलनको एउटा मुख्य माग सामाजिक र राजनीतिक चेतनालाई फराकिलो बनाउने रहेछ। देश राजनीतिक दलहरुले चलाउने हो तर नेतालाई भ्रस्ट हुने छुट छैन भन्ने उनीहरुको विचार तिखो सुनियो। सामाजिक सञ्जाललाई गलत सूचना, दुष्प्रचार र घृणा फैलाउने कामविरुद्ध लड्न र डिजिटल माध्यमबाटै सशक्त नागरिक समाज निर्माण गर्न उपयोग गरेको सुनाए। उनीहरुले भनेका छन्, नेताको सट्टा राजा ल्याउन नचाहेको होइन।

निर्वाचन हुन्छ होला?

भदौ २३ र २४ गते जेन—जी आन्दोलन देशभरि करिब करिब एकै साथ देखियो। करिब करिब अँधीबेहेरी शैलीमा। पूर्वतयारी बिना यति ठूलो आन्दोलन भयो भनेर म चाहिँ पत्याउँदिन। सिंहदरबार खरानी पार्ने, संसद भवन ध्वस्त पार्ने र सर्वोच्च अदालत जलाउने जस्ता ध्वंसात्मक कार्यमा पहिलो दिनको प्रदर्शनमा देखिएका जेन—जीहरु थिएनन्। नेपत्थ्यबाट आन्दोलनको नेतृत्व कसले गरिरहेको हो ? अझै रहस्यमै छ। काठमाडौंका मेयर बालेन्द्र साह सामाजिक सञ्जालबाट देखिएका छन्। शक्तिको स्रोत अदृश्य देखिए पनि आन्दोलनले ओली सरकार ढल्यो, पुराना नेता रक्षात्मक भए, परिवर्तन भयो। यसलाई वैधानिक लिकमा ल्याउन अर्थात् भनौँ न संस्थागत गर्न निश्चित प्रक्रिया भएर गुज्रनै पर्छ। के फागुन २१ को निर्वाचनमा बालेन शाहले पार्टी बनाएर वा अरु कुनै रुपमा आफ्ना नेतालाई चुनाबमा पठाउनेछन् ? कांग्रेस, एमाले, माओवादीहरु निर्वाचनमा भयरहित हुनसक्छन् ?

नेपत्थ्यबाट आन्दोलनको नेतृत्व कसले गरिरहेको हो र? अझै रहस्यमै छ। काठमाडौंका मेयर बालेन्द्र साह सामाजिक सञ्जालबाट देखिएका छन्। शक्तिको स्रोत अदृश्य देखिए पनि आन्दोलनले ओली सरकार ढल्यो, पुराना नेता रक्षात्मक भए, परिवर्तन भयो। यसलाई वैधानिक लिकमा ल्याउन अर्थात् भनौँ न संस्थागत गर्न निश्चित प्रक्रिया भएर गुज्रनै पर्छ। के फागुन २१ को निर्वाचनमा बालेन शाहले पार्टी बनाएर वा अरु कुनै रुपमा आफ्ना नेतालाई चुनाबमा पठाउनेछन् रु कांग्रेस, एमाले, माओवादीहरु निर्वाचनमा भयरहित हुनसक्छन्?

The post जेन—जी समूह जनमतबाट परीक्षण हुन तयार छ? appeared first on TGuff.