Opinion Archives - TGuff

नागरिक मरिरहून्, सत्ता अमर रहोस्!
स्केच साैजन्य: कान्तिपुर दैनिक

प्राचीन भारतको बिहारस्थित नालन्दा विश्वविद्यालय भर्ना पाउन विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्थ्यो । १,५०० वर्षअगाडि नै त्यहाँ उत्कृष्टले मात्र भर्ना पाउँथे । करिब ८,५०० विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयका तीन फरक पुस्तकालय थिए ।

वेद, बौद्ध अध्ययनका सुत्त, विनय र अभिधम्म पिटक, व्याकरण, मानव र चिकित्सा विज्ञानका पुस्तकहरूले पुस्तकालय गुलजार थिए । मध्यएसियाकै अब्बल अध्ययन केन्द्र मानिने नालन्दा तेह्रौं शताब्दीमा ध्वस्त भयो । पुस्तकालयहरू जलाएर खरानी पारिए ।

सो विश्वविद्यालयका छात्र एवं चिनियाँ इतिहासकार ह्वेन साङले लेखेका छन्, ‘तीनवटै पुस्तकालयका पुस्तक जलेर खरानी हुन छ महिना लाग्यो ।’ त्यो बेला त्यहाँ लाखौं पाण्डुलिपि र हजारौं पुस्तक थिए । नालन्दामा आक्रमण गरेका माम्लिक साम्राज्यका सैनिक जनरल मोहम्मद बख्तियार खिलजीको फर्मान थियो, ‘सबै पुस्तक ध्वस्त पार्नू । कुरान पढे पुग्छ, अरू आवश्यक छैन ।’

सैनिक जनरलको आदेशबाट स्पष्ट छ : मानव सभ्यता र चेतनासम्पन्न समाज सत्तालाई खतरा हुन् । शासन चलाउन भारदार, आफ्ना आस्थावान् भए पुग्छ; अरू चाहिँदैनन् । प्राचीन नालन्दाका तीन पुस्तकालयहरू रत्नोदधि, रत्नसागर र रत्नरञ्जक खरानी भएयताका ८०० वर्षमा विश्वभर उत्कृष्ट शासकीय मोडल खोज गरिए, अपनाइए । कोशीको धेरै पानी बगेर गंगामा पुग्यो । नागरिकलाई स्वतन्त्रता र शासकलाई जिम्मेवार एकैसाथ बनाउने शासकीय मोडल यहाँ पनि अपनाइए । सम्राट्, राजा, महाराजा हुँदै शासकहरू प्रधानमन्त्री, राष्ट्रपतिमा बदलिए ।

तिनको नियुक्ति प्रक्रियामा ठूलै छलाङ भयो । तर यति बेला फेरि शासकीय शैलीले भनिरहेछ : सत्ता अमर राख्न भारदार, कार्यकर्ता भए पुग्छ । नागरिक मरिरहून् तर अमुक भगवान् अमर रहून् । यस्तो किन ? युनिभर्सिटी अफ न्यु हाम्सफारमा मिसेल डिलन र मेगन हेनलीले गरेको एउटा अनुसन्धानले भन्छ, ‘वैज्ञानिक सूचनाको पहुँचभन्दा टाढा हुनेहरू आफू आस्थावान् रहेको सम्प्रदायको नेताबाट छिटो प्रभावित हुन्छन् । यसलाई दलहरूले चुनावी फाइदाका लागि प्रयोग गर्छन् ।’ यो अमेरिकी सन्दर्भको कुरा हो । नेपालको यथार्थ अलि भयावह र फरक देखिँदै छ : सत्ता नागरिकलाई उपचार दिन नसकेको कमजोरी ठोरीमा निर्माण गरिने राम मन्दिरको गजुरले छोप्ने प्रयास गर्दै छ ।

निश्चय नै, धर्महरूले मानव अस्तित्वको व्याख्या गरेर अनुशासित जीवनको अवधारणा बुझाउन प्रयास गरेका छन् । र, अर्को तथ्य हो : धर्महरूको निरन्तरतालाई मानव अस्तित्व अनिवार्य सर्त हो । पैसा र सत्ताका लागि प्रभावशाली लयमा झुटो बोल्नु एउटा फरक क्षमता हो । यति बेला यो देशका नागरिकले भोगेको यथार्थ हो— शासक धार्मिक आस्थामा सवार भएर सत्ता दिगो बनाउन काम गरिरहेछन्, नागरिक बचाउनु ‘सेकेन्डरी’ हो ।

यदि त्यस्तो हुँदैनथ्यो भने माम्लिक साम्राज्य अन्त्यको ७३० वर्षपछि वीरगन्जमा उपचार नपाएर विष्णु लामाहरूले अल्पायुमै जीवन अन्त्य गर्नुपर्ने थिएन । आधा दर्जन अस्पतालले उपचार गर्न अस्वीकार गरेर विष्णु मृत्युवेदनामा छटपटाइरहँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन थप्न चासो नदिएर ठोरी र आसपासका जनप्रतिनिधिलाई फर्मान गरिरहेथे, ‘राम जन्मस्थल अयोध्या नेपालमै हो । ठोरीमा भव्य मन्दिर बनाऊ । ७८ सालमा त्यो उद्घाटन गर्नुपर्छ ।’ बालुवाटारबाट प्रधानमन्त्रीको फर्मान त्यति बेला भइरहेथ्यो, जतिखेर उपचार नपाएर नागरिकहरू काठमाडौंका कोठामा खोक्दै एक्लै छटपटाइरहेथे ।

समाजवाद स्थापनाको राजनीतिक दर्शन अँगालेका शासकको महामारी समयको यो फर्मान सैनिक जनरल खिलजीको भन्दा कति फरक छ ? सिद्धान्तमा आधारित भएर त्यसको शोध राजनीतिशास्त्रका विद्यार्थीहरूले बिस्तारै गर्लान् । अहिलेको मुख्य सवाल हो— यो समयमा शासकको प्राथमिकता के हुनुपर्छ : मन्दिर, मस्जिद, स्तूप वा मृत्युसँग संघर्ष गरिरहेका नागरिक ? महामारीलाई सत्ता, कमाइ र राजनीतिक दाउपेचको साधन नबनाउने हो भने जवाफ सहज छ : पहिलो कर्तव्य नागरिकको जीवन हो; उपचार, औषधि र अस्पताल व्यवस्थापन हो ।

महामारीमा २२८ नागरिकले ज्यान गुमाइसकेपछि अस्पतालमा स्वास्थ्यकर्मी र सेवा अभावको विषय फेरि सतहमा आएको छ । सरकारले प्रश्न गर्ने नागरिकप्रति जति ठूलो द्वेष देखाए पनि यो अवस्था बिनाकारण आएको होइन । कोभिड–१९ संक्रमित ५० जना नपुग्दै अनुसन्धान संस्था ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) ले सातै प्रदेशका ११० अस्पतालको सेवा स्थिति अध्ययन गरेथ्यो । वैशाखमा सार्वजनिक रूपमै जीआईआईएस प्रतिवेदनले भनेथ्यो, ‘सानामध्ये ८१ प्रतिशत, मध्यममध्ये ३९ प्रतिशत र ठूलामध्ये ३३ प्रतिशत अस्पतालमा एउटा पनि आइसोलेसन बेड छैन । ठूला अस्पतालका ५० प्रतिशत आईसीयू सञ्चालनमा छैनन् ।’

हुन त अहिले देखिएको चिकित्सक, भेन्टिलेटर, आईसीयू र बेड अभावको बीउ सरकारले ७ महिनाअघि नै रोपेको हो । तथ्यले देखाउँछ : २०७६ पुसमा चीनमा देखिएको कोभिड–१९ एक महिनाको यात्रापछि मात्र नेपाल आइपुगेको हो । त्यहाँदेखि अहिलेसम्म सरकारले ककसका लागि काम गर्‍यो ?

प्रधानमन्त्री र भारदारहरू नागरिकप्रति ‘रिएक्ट’ (रेस्पोन्स होइन) गरिरहेछन् : सरकारले गजब गरेको हो, मिडियाले बिगारे, आलोचकको मति सप्रियोस् । मानौं ओम्नी, सांसद अपहरण आलोचककै उपज हुन् । र, पीसीआर टेस्ट गर भन्नु अक्कल बिग्रनु हो ।तथ्य हो, शासकले बोलेको झुट कार्यकर्ता वा भुइँमान्छेले पत्याए पनि कोभिड–१९ ले औषधि–उपचारबाहेक अरू भाषा बुझ्न सकेन ।

तैपनि नेपाल र भारत दुई देशका शासक वीरतापूर्वक ८०० वर्षपछाडिको शासकीय शैली अभ्यास गर्न प्रतिस्पर्धा गरिरहेछन् : राम र बुद्ध हाम्रै हुन्, नागरिकको जीवन तपसिलको कुरा हो । शक्तिशाली सरकार स्वयंले मस्यौदा गर्ने नीति, कानुनबाट महामारीमा भएका अनियमितता र भ्रष्टाचारबाट शासक र तिनका मतियारले डराउनै पर्दैन । बकस दिएर राज्य अंगमा पठाइएका नातेदार, दास वा भेटी बुझाएर गएकाहरूले प्रभुको खातिरदारी नगर्ने कुरै छैन । १ लाख वर्ष लामो इतिहासमा सबैमाथि जित हासिल गर्ने आखिर मानव नै त हो । त्यो भन्दा बढी शक्तिशाली देखिएका प्रधानमन्त्री ओली सामु एउटा सामान्य सवाल छ : उपचार नपाएर नागरिक मरिरहँदा प्राथमिकता मठमन्दिर बनाएको विषय मानव विकास इतिहासमा कस्तो रङले लेख्ने- सुनौलो वा कालो ?

(कान्तिपुर दैनिकमा १७ भदाै २०७७ मा प्रकाशित)

The post नागरिक मरिरहून्, सत्ता अमर रहोस्! appeared first on TGuff.

चुनावको नयाँ रणमैदान
पछिल्लो समय विश्वभर प्रविधिले आर्थिक उत्पादन र सेवाको कार्यक्षमता बढाएको छ । सञ्चार प्रविधि र सञ्चारमाध्यमले संरचना र आधारभूत स्वरूप परिवर्तन गरेका छन् । नेपालमा सर्वसाधारण पनि मोबाइल फोन बोक्छन्, सूचना र सञ्चार सामग्री इन्टरनेटबाट प्राप्त गर्छन् । सहरी बासिन्दा त घरै बसीबसी मन पर्ने पुस्तक, सामान मात्र होइन, खानेकुरा पनि मगाउँछन् । अझ, केही दशकअघिसम्म अस्तित्वमै नभएका सामाजिक सञ्जाल र स्मार्टफोनले अहिलेको निर्वाचन र उम्मेदवार–मतदाता सम्बन्धमै आनका तान फरक पारेका छन् ।

दूरसञ्चार प्राधिकरणको गत जुन महिनाको रिपोर्ट भन्छ— नेपालमा ३ करोड ८६ लाख मोबाइल सिम खरिद भएका छन् । २ करोड ७७ लाख मानिससँग इन्टरनेट पहुँच छ । र, कुल इन्टरनेट प्रयोगकर्तामध्ये ७० प्रतिशत जीएसएम मोबाइलबाट इन्टरनेट चलाउनेहरू छन् । इन्टरनेट प्रयोगकर्ताका अधिकांश डिजिटल डिभाइसमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकजस्ता सोसल मिडिया एप छन् । अडियो–भिडियो कलिङ एप इमो र मेसेन्जर छन् । इन्स्टेन्ट मेसिजङ तथा भाइबर र ह्वाट्सएप लगायत छन् । मेसेन्जर र अरू यस्तै एपहरूबाट उनीहरू सञ्चार गर्छन्, प्राप्त सूचना उपभोग गर्छन् ।

डिजिटल माध्यमका फरकफरक प्लाटफर्महरू पछिल्लो समय लोकतान्त्रिक निर्वाचनका नयाँ रणमैदान भएका छन् । अनि स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउन तमाम समस्याबीच अर्को एउटा समस्या थप भएको छ, मिथ्या सूचनाको समस्या । र, सँगसँगै अपुष्ट र भ्रामक सूचनासृजित व्यवधान ।

डिजिटल युगमा मिथ्या सूचनाले विश्वलाई चिन्तित तुल्याए पनि झुटको प्रचार नयाँ चीज भने होइन । आधुनिक मानव सभ्यताको सुरुआतदेखि नै सूचना शक्तिको एउटा महत्त्वपूर्ण स्रोत रहँदै आएको छ । परापूर्वकालमा काल्पनिक कथालाई विश्वासमा परिणत गराउन जति मिहिनेत गर्नुपर्थ्यो, खुला समाजमा कुनै विषयप्रति विश्वास जगाउन त्योभन्दा बढी चुस्त प्रचार गर्नुपर्छ । नभएको कुरा भएजस्तो बनाउन संगठित प्रचार गर्नैपर्छ । प्रामाणिकता र तथ्य जाँचको प्रक्रियाबाट गुज्रिनु नपर्ने सोसल मिडियाहरू यी सबै कामका लागि उपयुक्त प्लाटफर्म बन्दै गएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ प्रविधिमा आधारित सर्च इन्जिन गुगलबाट एउटा घटनालाई हेर्दा नेपालमा सोसल मिडियाबाट हुने मिथ्या, अपुष्ट र भ्रामक सूचना प्रवाहको सांगोपांग चित्र देखिन्छ । २०७८ को फागुन १५ गते संसद्ले पारित गरेको ‘एमसीसी’ शब्द अहिले गुगल गर्दा ०.४५ सेकेन्डमा ४ लाख ५८ हजार पेज भेटिन्छन् । गुगल सर्चमा देखिने अनलाइन लिंक कतिपय भ्रामक छन् र केही तथ्यपरक । एमसीसी पारित भएको ९ महिनापछि इन्टरनेटमा खोजी पस्दा सबैभन्दा डरलाग्दो चित्र त सोसल मिडियामा देखिन्छ । झुटा, अपुष्ट र अप्रमाणित सामग्री फैलाउन प्रतिष्ठित अनलाइन, छापा, रेडियो, टेलिभिजनभन्दा पनि फेसबुक, युट्युब र टिकटक प्रयोग भएका छन् । मिथ्या सूचना बृहत् रूपमा फैलिएपछि मात्रै एमसीसीले राष्ट्रिय राजनीति तरंगित बनाएको तथ्य सोसल मिडियाका फरक–फरक ग्रुपमा भएका बहसको समयरेखा छुट्याएर हेर्दा प्रस्टिन्छ ।

समाज, सेवा, व्यापार र जीवनशैलीसँगसँगै पछिल्लो समय सोसल मिडियासँग नेपाली राजनीति पनि गहिरोसँग जोडिएको छ । लोकतान्त्रिक र खुला समाजमा उम्मेदवारले मतदाताबाट समर्थन पाउन, विश्वास जित्न संगठित र चुस्त प्रचार गर्नु सामान्य कुरा हो । र, नेपालमा प्रचारको यो प्रवृत्ति २०१५ सालमा लेटर प्रेसमा प्रकाशित श्यामश्वेत छापा सामग्रीबाट सुरु भएथ्यो । २०६४ सालको संविधानसभा निर्वाचनमा रेडियोकेन्द्रित रहेथ्यो । र अहिलेको निर्वाचनको प्रचार डिजिटल प्लाटफर्मकेन्द्रित छ । निर्वाचन प्रचारका माध्यम फेरिएसँगसँगै तिनले सृजना गर्ने समस्याका स्वरूप पनि फेरिएका छन् ।

सूचना प्रविधिको विकास र पहुँच विस्तारले परम्परागत चुनाव प्रचार शैली फेरिएका उदाहरण अनेकन् छन्, अमेरिकादेखि भारतसम्म ।

कुनै समय सूचना र तथ्यांकको आडमा राजा–महाराजाहरू जनतामाथि शासन गर्थे तर लोकतान्त्रिक खुला समाजमा नेताहरू सधैं जनताको निगरानीमा रहन विवश छन्। प्रविधिले नेताहरूलाई जिम्मेवार बन्न दबाब बढाएको यो यथार्थ जति भरलाग्दो छ, त्यत्ति नै डरलाग्दो छ सिक्काको अर्को पाटो— मतदातामाथि आफ्नो वरिपरि घुमिरहेका लाखौं टेगाबाइट मिथ्या, अपुष्ट र भ्रामक सूचनाबाट बच्नुपर्ने चुनौती।

सन् २००८ मा फेसबुक सशक्त हुनुभन्दा अगाडि एवं सन् २०११ मा भिडियो सेयरिङ प्लाटफर्म युट्युबको मातृ कम्पनी गुगलले नेपालमा क्यास सर्भर राख्नुभन्दा अगाडि भ्रामक सूचना फैलाउन अहिलेजति सहज थिएन । सोसल मिडियाहरूले विश्वको प्रत्येक कुनाका समुदायलाई आफ्नो आवाज राख्न मञ्च दिए । विश्वभरका मानिसलाई एकैसूत्रमा जोडे । यिनको अँध्यारो पाटो पनि छ । यी बेलगाम छन् । यिनमा आउने सामग्रीले प्रमाण, पुष्टि र सत्य जाँच प्रक्रिया पूरा गर्नुपर्दैन । आम मतदाता चनाखो हुनुपर्ने यस्तै अप्रमाणित सूचनाहरूमा हो, जोगिनुपर्ने यस्तै मिथ्या र भ्रमपूर्ण प्रचारहरूमा हो, ताकि लोकतन्त्रको धुकधुकी मानिने निष्पक्ष र स्वतन्त्र निर्वाचन प्रक्रियामा मिथ्या सूचनाहरू बाधक नबनून् । अहिले जुनसुकै बेला आफ्नो बढाइचढाइ गर्न, विरोधीको छवि ध्वस्त पार्न र भ्रम छर्न सृजनशील ‘मिम’ वा सन्देश मतदाताको मोबाइल फोन वा सोसल मिडिया टाइमलाइनमा आइपुग्न सक्छन् । राजनीतिक कार्यकर्ताले फर्जी वा वास्तविक नामबाट जानीजानी यस्तो झुट फैलाइरहेका हुन्छन् । र, यस्ता मेसेजको भुङ्ग्रोमा अनजानमै निर्दोष मतदाता पर्न सक्छन् ।

डिजिटल समाज सौहार्दपूर्ण, तथ्यपरक र शान्त राख्ने जिम्मेवारी प्रत्येक इन्टरनेट प्रयोगकर्ताको हो । निर्वाचनका सन्दर्भमा झुटो सन्देश फैलाउने प्रवृत्ति अहिले नै रोकिएन भने साइबर सेना परिचालन गरी वा डलर तिरेर सोसल मिडिया टाइमलाइनमा पुर्‍याइएका सत्य तथा यथार्थमा आधारित प्रचार सामग्री पनि बिस्तारै कसैले पत्याउनेछैनन् । यो व्यवहारले इन्टरनेटमा पाइने सामग्रीप्रति मान्छेको विश्वास घटाउनेछ । इन्टरनेट पहुँच विस्तार भइरहेको नेपालमा इन्टरनेट सामग्रीप्रति विश्वास टुट्नु भनेको डिजिटल वालेटदेखि डिजिटल बैंकिङसम्मलाई असर पर्नु हो । योभन्दा भयानक विषय त स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनलाई असर पर्नु हो । समग्रमा राजनीतिक प्रणालीलाई नोक्सान पुर्‍याउनु हो । तसर्थ, सम्बन्धित सबैले डिजिटल सामग्रीको सत्यतामाथि जोड दिनु आवश्यक छ ।

(कान्तिपुर दैनिक, कार्तिक ६, २०७९)

The post चुनावको नयाँ रणमैदान appeared first on TGuff.

A Letter to Unborn You
Waltham Public Library

Dear Granddaughter,

I don’t know where you exist right now in this mysterious universe. Your grandparents, as humans, are living in a corner of a terrestrial planet called Earth along with your father. Earth is politically divided. That division has given birth to too many countries, along with Nepal. Human beings have made different calendars to make life easier by counting the day, week, month, and year. Today is Wednesday and I am writing this letter from the small town of Waltham, Massachusetts, United States of America. The United States is one of 195 countries that have divided the earth.

This is a pandemic time. And humans on earth are suffering from a small virus called COVID-19. We are losing some of our relatives and friends. They are dying alone in the hospital. They are taking their last breath without their loved ones even seeing them.

Your grandparents moved here from Nepal along with your father while the earth was suffering from the pandemic. Your grandma and I believe that only education can change people’s lives in our lifetime. That’s why we brought your father here with us. That is the reason your father has been going to school in the USA. That is the reason your father loves books and the library. That is the reason your father is fluent in different languages in different parts of the world.

Honey,

Yes, Homo sapiens on earth have different nationalities, different languages, and different gods. At the core of nature, a human being is a human being. Not only the humans of the East but also those of the West are all taking the same breath. You may be proud of your caste. You may be reluctant to have a love affair, marry a so-called lower caste person. You have to be aware of it from the beginning. There is no difference between being born into this caste and that caste, this religion and that religion, this country and that country. It is just a superficial, human-made division. And naturally, we are all humans. But we can not avoid context. That’s why you should be careful about freedom. That’s why you should be sensible about happiness. And you should be conscious of both the dark and bright sides of life.

Today I want to share one of my own experiences—the human mind doesn’t always get what it wants; what it doesn’t want always happens. But you don’t have to worry too much. The door of your grandparents’ house will always be open for you.

When I write to you in a small room in Waltham, I am remembering a man who wore a simple turtleneck t-shirt. I don’t know what caste Steve Jobs belonged to. I just know his work and contribution to the world as a business magnate and silent philanthropist. He was a co-founder of Apple, Pixar, and NeXT. He was a god to my generation who were interested in computers and technology. His personality was as high as Mt. Everest for his perfect and genuine contribution to technology and innovation.

Speaking at the Stanford University commencement in 2005, he said, “Stay Hungry. Stay Foolish.’ It has been ten years since he passed away. And I want to repeat that to you now.

Stay Hungry! Stay Foolish!!

Waltham, Massachusetts, USA, 31 March 2021

(Originally published in the Waltham Public Library’s publication WINDOW TO OUR WORLD, June 2021)

The post A Letter to Unborn You appeared first on TGuff.

मानव जातिका जोखिमहरु
दयानन्द बज्राचार्य-

जैविक विकासको विभिन्न कालखण्डमा जीवका विभिन्न प्रजाति यस पृथ्वीबाट लोप भएका छन्। जीवका प्रजातिहरू लोप हुने प्रकृया आज पनि निरन्तर चलिरहेको छ। संरक्षणविद्हरूले विश्वभरका लोपोन्मुख वनस्पति तथा प्राणीको लामो सूची तयार पारेका छन्। केही वैज्ञानिक जीवका सबै प्रजाति एक निश्चित समयावधिपछि लोप हुने भविष्यवाणी गर्छन्। यसै क्रममा मानव जाति पनि कुनै दिन यस पृथ्वीबाट लोप हुनसक्ने उनीहरू बताउँछन्।

केही समयअघि वैज्ञानिकहरूले मानव जातिको अस्तित्वलाई सबैभन्दा बढी जोखिममा पार्नसक्ने १० ठूला खतराह (थ्रेट्स) को सूची तयार पारेका छन्। तीमध्ये पाँच मानव सिर्जित स्वभावका खतरा छन् भने पाँच प्राकृतिक स्वभावका। मानव सिर्जित स्वभावका खतरामा जैविक आतंक, स्वचालित यन्त्र (रोबोटहरू), आणविक युद्ध, जलवायु परिवर्तन र केही वैज्ञानिक प्रयोग पर्छन्। त्यस्तै प्राकृतिक स्वभावका खतरामध्ये प्राणघातक रोगको महामारी, पृथ्वीबाहिरका प्राणी(एलियन्स्) द्वारा आक्रमण, ज्वालामुखीको विष्फोटन, अन्तरिक्षबाट पृथ्वीमा खस्ने आकाशीय पिण्डहरू र कृष्णविवरहरू (ब्लाय्क होल्स) पर्छन्। यस लेखमा यिनै १० खतराबाट मानव जातिलाई पर्नसक्ने सम्भावित प्रतिकूल असरबारे चर्चा गरिएको छ।

केही समययता आतंकवाद गम्भीर अन्तर्राष्ट्रिय समस्या बनेको छ। आतंककारीहरूले आफ्नो लक्ष्य हासिल गर्न विभिन्न साधन प्रयोग गर्दै आएका छन्। भविष्यमा लक्ष्य हासिल गर्न आतंककारीले प्राणघातक जीवाणुहरू प्रयोग गर्नसक्ने सम्भावना भएको विज्ञहरू बताउँछन्। यस्ता जीवाणुहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा हावा, पानी, श्वासप्रश्वास वा सम्पर्कबाट सजिलै सर्न सक्छन्। आधुनिक हवाइ यातायातको सुविधाका कारण यस्ता जीवाणुहरू केही दिनमै विश्वभर फैलिन सक्छन्। यसरी जैविक आतंक सम्पूर्ण मानव जातिका लागि ठूलो खतरा प्रमाणित हुनसक्छ।

मानव जातिको अस्तित्वका लागि अर्को ठूलो खतरा मानिन्छ- मानव निर्मित स्वचालित यन्त्र (रोबोट्स)। यस्ता यन्त्र विशेषगरी मानव क्षति कम गर्न जोखिमपूर्ण कामका लागि प्रयोग गरिन्छ। कतिपय यस्ता यन्त्र कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टलिजेन्स)को गुणले सम्पन्न हुन्छन् र आवश्यकताअनुसार मानिसको निर्देशनविना पनि आफंै परिचालन हुन सक्छन्।

विशेषगरी युद्धमा प्रयोग गरिने यस प्रकारका स्वचालित यन्त्रहरू मानव जातिको अस्तित्वका लागि खतरनाक भएको विज्ञ बताउँछन्। उदाहरणका लागि कतिपय विकसित मुलुकले मानवरहित लडाकु विमान निर्माण गरेका छन्। यसैगरी आणविक हतियारसमेत बोक्न सक्ने क्षेप्यास्त्र पनि मानवरहित र स्वचालित हुन्छन्। केहीगरी मानिसको नियन्त्रणभन्दा बाहिर गएमा वा कुनै प्रकारको प्राविधिक गडवडी उत्पन्न भएमा यस्ता यन्त्रले मानव जातिलाई अकल्पनीय क्षति पुर्यागउन सक्छन्।

पछिल्लो समयमा विकास गरिएको नानो प्रविधिको मद्दतले यस्ता स्वचालित यन्त्र पनि निर्माण गर्न सकिने भएका छन्, जसले मानिसको सहयोगबिना नै आफ्नो प्रतिरूप (क्लोन) निर्माण गर्न सक्छन्। मानिसलाई ठूलो क्षति पुर्यातउने यस प्रकारका यन्त्रहरू जानी वा नजानी कसैले निर्माण गरेमा ती यन्त्र मानिसको नियन्त्रणभन्दा बाहिर जान सक्छन् र सम्पूर्ण मानव जातिकै लागि निकै खतरनाक हुन सक्छन्।

संयुक्त राज्य अमेरिका, रसिया, फ्रान्स, बेलायत, चीन, भारत र पाकिस्तान जस्ता देश आणविक हतियारबाट सुसज्जित छन्। यसैगरी उत्तर कोरिया, इजरायल र इरानसँग पनि आणविक हतियार भएको शंका गरिन्छ। आणविक हतियार कति खतरनाक हुँदोरहेछ भन्ने प्रमाण दोस्रो विश्व युद्धमा देखिसकिएको छ। अमेरिकाले हिरोसिमा र नागासाकीमा खसालेका आणविक बमले लाखौँ मानिसको तत्काल मृत्यु भएको थियो। भनिन्छ, रसिया र अमरिकासँग भएका आणविक हतियारमात्र पनि सम्पूर्ण मानव जातिको अन्त्य गर्न पर्याप्त छन्।

कुनै दुई देशबीच आणविक युद्ध भएमा र ठूलो संख्यामा आणविक हतियार प्रयोग भएमा त्यसले आणविक शीतकाल (न्युक्लियर विन्टर)को अवस्था उत्पन्न हुनेछ र सम्पूर्ण मानव जातिमा प्रतिकूल असर पार्नेछ। युद्धका क्रममा ठूलो संख्यामा आणविक बम बिष्फोट गराइएमा लाखौँ वा करोडौँको संख्यामा मानिसको तत्काल मृत्यु हुनेछ। साथै आणविक बम बिष्फोटबाट उत्पन्न भएका धुँवा र ध्वाँसोले वायुमण्डल ढाकिनेछ। यसले गर्दा महिनौँ वा वर्षांैसम्म पृथ्वीको सतहमा सूर्यको किरण छिर्न सक्ने छैनन्। फलस्वरूप पृथ्वीको तापक्रममा अत्यधिक कमी आउनेछ र शीतकाल आरम्भ हुनेछ। यसरी उत्पन्न भएको आणविक शीतकालले विश्वकै जलवायुमा प्रतिकूल परिवर्तन ल्याउनेछ। अत्यधिक चिसोले गर्दा कृषि क्षेत्र प्रभावित भई खाद्यान्नको आपूर्ति बन्द हुनेछ र मानव जातिकोे अन्त्य हुनेछ।

मानव जातिको अस्तित्वका लागि अर्काे ठूलो खतरा हो, जलवायु परिवर्तन। तीव्र औद्योगिकीकरण तथा शहरीकरण, जैविक इन्धनको अत्याधिक खपत, वन जङ्गलको तीव्र विनाश जस्ता मानव सिर्जित गतिविधिबाट पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ। तापक्रम वृद्धिले विश्वको जलवायुमा ठूलो परिवर्तन आएको छ र यसको असर विश्वका सबै भागमा देखिन थालेका छन्। कतै खडेरी बढ्न थालेको छ भने कतै अति वर्षा भई बाढीको प्रकोप बढ्न थालेको छ। विश्वका उच्च भूभागका हिउँ पग्लन थालेको छ। हिमाल क्रमशः नाङ्गो पहाडमा परिणत हुँदैछन्। समुद्रको सतह बढिरहेको छ। समुद्री तटका मुलुकहरू डुबानमा परी अस्तित्व गुमाउने खतरामा छ। जलवायु परिवर्तनले सम्पूर्ण प्राणी र वनस्पतिलाई प्रतिकूल असर पार्दै आएको छ। समयमै समाधानका उपाय नसोच्ने हो भने जलवायु परिवर्तनद्वारा सिर्जित विपत्तिले निकट भविष्यमा मानव जातिको अन्त्य हुनसक्ने विज्ञ बताउँछन्।

फ्रान्स र स्विट्जरल्यान्डको सिमानामा अवस्थित सर्न (सिइआरएन, युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च)को प्रयोगशालामा गरिने केही भौतिकशास्त्रसम्बन्धी प्रयोगबाट पनि मानव जातिको अस्तित्वमा खतरा उत्पन्न हुनसक्ने केही वैज्ञानिक बताउँछन्। उक्त प्रयोगमा जमिनमुनि निर्माण गरिएको लामो सुरुङभित्र प्रकाशको गतिमा विभिन्न प्रकारका आणविक कणलाई ठोक्काइन्छ। उक्त प्रयोगको मूल उदेश्य ‘बिग ब्याङ’ सिद्धान्त र ब्रह्माण्डको उत्पत्तिसम्बन्धी वैज्ञानिक परीक्षण गर्नु रहेको छ। कतिपय वैज्ञानिकका अनुसार यस प्रकारका प्रयोगमा ब्रह्माण्डको उत्पत्ति र विकासको समयमा जस्तै कृष्ण विवरहरू (ब्ल्याक होल) उत्पन्न हुन सक्छन्। यसरी उत्पन्न भएको ब्ल्याक होलमा पृथ्वी विलिन हुने सम्भावना हुन्छ। उच्च गुरुत्वाकर्षणका कारण ब्ल्याक होलले नाजिकका जुनसुकै ग्रह वा पिण्डलाई आफूतर्फ खिच्छन् र ती पिण्ड वा ग्रह ब्ल्याक होलमा विलिन हुन्छन्। ब्ल्याक होलको गुरुत्वाकर्षण यति उच्च हुन्छन् कि त्यसबाट प्रकाश पनि भाग्न सक्तैनन्। त्यसैले यी ब्ल्याक होल अदृष्य हुन्छन्।

प्रकृतिमा नयाँ प्रकारका रोगका जीवाणु देखापर्न थालेका छन्। यी जीवाणुले आफ्नो आनुवंशिक गुण छिटोछिटो परिवर्तन गर्ने भएकाले यस्ता रोगको सफल उपचार चिकित्साशास्त्रले विकास गर्न सकेका छैनन्। मानिसबीच सजिलै सर्न सक्ने यी जीवाणुले रोगको महामारी फैलाउने प्रबल सम्भावना भएको विज्ञ बताउँछन्। हवाई यातायातमार्फत् कुने देशमा देखापरेका यस्ता माहामारी सजिलै विश्वभर फैलिने डर हुन्छ। यसरी विश्वभर फैलने रोगको महामारीलाई समयमै सफल उपचार तथा नियन्त्रण गर्ननसके सम्पूर्ण मानव जातिको अस्तित्व नै जोखिममा पर्नसक्छ। बर्डफ्लु, स्वाइनफ्लु भाइरसहरू केही यस्ता घातक रोगका जीवाणु हुन्। केही गरी यी जीवाणुमा आनुवंशिक गुण परिवर्तन भई मानिसबीच विभिन्न माध्यमबाट सजिलै सर्नसक्ने क्षमता विकास भए यसले सम्पूर्ण मानव जातिलाई प्रतिकूल असर पार्नसक्छ।

हालसम्म पृथ्वीबाहिर जीवको अस्तित्व भएको प्रत्यक्ष प्रमाण भेटिएको छैन। तर कतिपय वैज्ञानिकका अनुसार यस ब्रह्माण्डमा सौर मण्डलबाहिर पनि कैयौँ यस्ता ग्रह छन्, जहाँ जीवको विकास हुने प्रवल सम्भावना छन्। जसरी मानिस पृथ्वीबाहिरका जीवको खोजीमा छन्, त्यसैगरी पृथ्वीबाहिरका प्राणी (एलियन्स) पनि हाम्रो खोजीमा हुन सक्छन्। केही गरी आफूलाई मानव जातिबाट खतरा भएको महसुस गरेमा यी प्राणीले मानव जातिमाथि आक्रमण गर्न सक्छन्। यसैगरी पृथ्वीको प्राकृतिक स्रोत कब्जा गर्न वा पृथ्वीमा बसाई सर्न पनि पृथ्वीबाहिरका प्राणीले मानिसलाई आक्रमण गर्न सक्छन्। यस्तो आक्रमणबाट मानव जातिको अन्त्य हुने सम्भावना भएको केही वैज्ञानिक बताउँछन्।

पृथ्वीमा केही यस्ता ज्वालामुखी पनि छन्, जसको बिष्फोटनबाट मानिसको अस्तित्वमा गम्भीर असर पर्न सक्छ। यस्ता ज्वालामुखी ‘सुपरभल्क्यानो’ को नामले चिनिन्छ। यस्ता ज्वालामुखी सामान्य ज्वालामुखीभन्दा हजारौँ गुणा ठूला हुन्छन्। यसको एउटा उदाहरण हो- संयुक्त राज्य अमेरिकाको येलोस्टोन राष्ट्रिय निकुञ्जमा अवस्थित ‘येलोस्टोन सुपरभल्क्यानो’। यस्ता ज्वालामुखी पर्वत फुट्दा निस्कने आगो (लाभा) र खरानी हजारौँ वर्ग किलोमिटरसम्म फैलिने गर्छन्। यसरी निस्केका खरानी लामो समयसम्म वायुमण्डलमा रहिरहनाले पृथ्वीको सतहमा सूर्यको किरण प्रवेश गर्न पाउँदैनन् र उक्त क्षेत्रको तापक्रममा ठूलो कमी आउँछ। फलस्वरूप उक्त क्षेत्र हिमखण्डमा परिणत हुन्छ र त्यहाँका सम्पूर्ण जीवजगतको अन्त्य हुन्छ। ‘येलोस्टोन सुपरभल्क्यानो’ सबैभन्दा पछिल्लो समय करिब ६ लाख ४० हजार वर्षअघि फुटेको थियो। उक्त ज्वालामुखी कुनै पनि बेला यसैगरी फेरि फुट्नसक्ने वैज्ञानिकहरू बताउँछन्।

समय-समयमा ‘मिटियर’ र ‘एस्टेराइडं’ नाम गरेका आकाशीय पिण्डहरू पृथ्वीमा खस्ने गर्छन्। सामान्यतया यी पिण्ड स-साना पत्थर हुने गर्छन् र तिनले पृथ्वीलाई कुनै गम्भीर असर पार्ने गरेका छैनन्। तर ठूलठूला आकाशीय पिण्डले पृथ्वीलाई गम्भीर क्षति पुर्या्उन सक्छन्। पृथ्वीलाई गम्भीर क्षति पुर्यारउने प्रकारको ठूलो आकाशीय पिण्ड सबैभन्दा पछिल्लो समय करिब साढे ६ करोड वर्षअघि खसेको थियो, जसबाट त्यतिबेला ठूलो संख्यामा पाइने जनावर ‘डाइनासोर’ यस पृथ्वीबाट सदाका लागि लोप भएको थियो। केहीगरी यस्तै विशाल आकाशीय पिण्ड पृथ्वीसँग ठोक्किएमा मानव जातिको अन्त्य हुने सम्भावना हुन्छ।

ब्रह्माण्डमा अनगिन्ति तारा छन्। बलेर नष्ट भएपछि यी तारा कृष्ण विवर (‘ब्ल्याक होल) मा परिणत हुन्छन्। स-साना ब्ल्याक होलहरू एकापसमा गाभिएर ठूला आकारका ब्ल्याक होल बन्छन्। कतिपय यस्ता ब्ल्याक होल तीव्र गतिमा ब्रह्माण्डमा भौँतारिरहेको विश्वास गरिन्छ। माथि उल्लेख गरिएजस्तै ब्ल्याक होलको गुरुत्वाकर्षण अति उच्च हुन्छ र यसले नजिकका जुनसुकै ग्रह वा पिण्डलाई आफूतर्फ खिच्छन्। यसैले कारणवश पृथ्वी यस्ता भौतारिरहेका शक्तिशाली ब्ल्याक होलको नजिक पर्न गएमा पृथ्वी ब्ल्याक होलभित्र विलिन हुनेछ। यसरी पृथ्वी र मानिसलगायत्का सम्पूर्ण जीवको अन्त्य हुनेछ।

यसरी विभिन्न कारणले गर्दा मानव जातिको अस्तित्व जोखिममा रहेको पाइन्छ। तर वैज्ञानिकहरूका अनुसार पृथ्वीको निश्चित भूभागमा मात्र बाँच्न सक्ने जीवका प्रजातिको तुलनामा पृथ्वीको विभिन्न भूभागमा बाँच्न सक्ने क्षमता भएका मानिसजस्ता जीवको प्रजाति लोप हुने सम्भावना कम छन्। त्यसैगरी मानिस एकमात्र यस प्रकारका जीवका प्रजाति हुन्, जसलाई आफ्नो अस्तित्व खतरामा भएको पूर्व जानकारी छ। प्राणी जगतमा सबैभन्दा विकसित र तीक्ष्ण बुद्धि भएको प्राणी भएकाले मानिसले आफ्नो प्रजातिको रक्षा गर्न र अन्त्य हुन नदिन समयमै आवश्यक कदम चाल्ने अपेक्षा गर्न सकिन्छ।

The post मानव जातिका जोखिमहरु appeared first on TGuff.

सन्त डाक्टरको सत्याग्रह
स्केच : देवन/नागरिक

डा. सरोज धिताल

डाक्टर गोविन्द केसी दुईपटक आमरण अनशन बसे छोटो अन्तरालमा। हामी सबैको सौभाग्य, उनले मृत्युवरण नै गर्नुपर्ने स्थिति भने आएन। दुवै चोटी कुनै किसिमले ‘माग पूरा’ भयो, अनशन तोडियो तर त्यो अनशनसँगै नेपाली आकाशमा जुन ध्वनि तरंगित भएको छ, त्यसलाई निरन्तर सुनिरहन, बुझिरहन आवश्यक छ। उनको यो संघर्षले धेरैको साथ पायो। मायाँ त यसै पनि पाएकै थिए यी असल मान्छेले। व्यक्तिगत लोभ लालचबाट अत्यन्त टाढा रहेका यी साधु डाक्टर आफ्नो सत्याग्रहमा दृढतापूर्वक अडिरहँदा उनका शरीरका सारा अंग, अवयव तन्तु र कोशिकाहरुले समेत आपतकालीन बन्दोबस्त गरेर उनलाई साथ दिइरहेका थिए। धन्य! देशको जस्तो अराजकता र राज्यविहीनता उनको शरीरका प्रणालीमा अझै आइसकेको रहेनछ। राम्रो थिति बसेको समाजमा जस्तोगरी ‘आपतका बेला सबै मिलेर बाँच्ने प्रयत्न गरौं, एकार्कालाई साथ दिउँ’ भनेर आ-आफ्ना किसिमले योगदान र आत्मबलिदान गरिरहेका थिए तिनको शरीरका एक एक कोशिकाले। कुनै ठूलो रोगव्याधिबाट यी शाकाहारी, अल्पाहारीको त्यो दुब्लो शरीर त कसो अझै मुक्त रहेछ। देशमा भने मानव शरीरको जस्तो थिति बसेको छैन। मनपरीतन्त्रको चपेटामा रोइरहेको देश बेसरी बिरामी छ। धन्न यही बिरामी देशमा पनि असल मानिस छन्। ती पनि गोविन्दको संघर्षको मूल उद्देश्यमा अनेक किसिमले समर्थन जनाइरहेका थिए। अनशनका कारण अस्पतालभित्र सृजित असाधारण स्थितिमा पनि दुःखै पाइरहेका बिरामी समेत उनलाई भेट्न गए, उनको मागमा समर्थन जनाए। चिकित्सक साथीहरुको त साथ छँदै थियो। नागरिक समाज र मिडियाको पनि अभूतपूर्व साथ रह्यो। गोविन्दले जिते।

यो संघर्षबाट, यो बलिदानबाट, यसका निमित्त विभिन्नरुपमा व्यक्ति र समाजले तिर्नुपरेको मूल्यबाट प्राप्त उपलब्धि के त? कति महँगो पर्यो यो उपलब्धि? कहाँ के/कति परिवर्तन भयो? यति र यस्तै परिवर्तनका लागि फेरि यत्तिकै मूल्य तिर्नुपर्ने कि नपर्ने? भोकभोकै आलसतालस भएर पल्टिरहेका गोविन्दको साधु अनुहारमा हरेक चोटी देखिएको मुस्कान र दृढता अनि पछिल्लो अवधिमा अलिअलि देखिन थालेको छटपटीको सम्झनाले अझै छोडेको छैन। त्यो चित्र फर्किफर्की सजीव भएर देखापर्छ मानसपटलमा। र, त्यो मानसचित्रसँगै यी प्रश्न हल्ला गर्दै आउँछन् मनमा।

उनको मागको केन्द्रमा रहेको आशय हो- राजनीतिक हस्तक्षेपबाट शिक्षण तथा स्वास्थ्य संस्थाहरुको मुक्ति। तर विडम्बना, कुनै न कुनै किसिमले, कतै न कतैबाट उनको संघर्षको नै राजनीतिकरण भइरह्यो। गोविन्दको माग सम्बोधित हुनेगरी निर्णय भइसकेको कुरा अघिल्लो दिनदेखि नै सुनिए तापनि त्यो निर्णय कतै अल्मलिइरह्यो। कागज नै लिएर शिक्षामन्त्री अनशनस्थलमा पुग्नु केही अघिसम्म पनि अन्योल कायमै थियो। डाक्टरहरु चिन्तित भएर कुराकानी गरिरहेका थिए। त्यतिखेरका निम्ति सबभन्दा महत्वपूर्ण र तात्कालिक चासोको कुरा थियो- गोविन्दको जीवनरक्षा। जे गर्दा त्यो सम्भव हुन्छ, त्यो नगरी नहुने स्थिति थियो। अनि त्यसपछि पनि शिक्षण तथा स्वास्थ्य संस्थाको गैरराजनीतिकरणका निम्ति के गर्ने भन्ने अहम् प्रश्न त अझै अग्लो पहाडका रुपमा उभिइ नै रहेको थियो। नाघ्नैपर्ने यो ठूलो पहाड अझै त्यसैगरी उभिइरहेको छ।

अहिले अनशन तोडिएको केही दिन भइसकेको छ। विस्तारै उनी स्वास्थ्यलाभ गरिरहेका छन्। उनको अनशनसँगै बिरामी परेको संस्था पनि विस्तारै स्वास्थ्यलाभ गरिरहेको होला तर त्यो संघर्षको केन्द्रमा रहेको तत्व (संस्थाहरुको गैरराजनीतिकरणको सवाल) जबसम्म सधैंका निम्ति हुने गरी सम्बोधित हुँदैन, गोविन्दको मन कसरी स्वस्थ रहला? उनकै जस्ता अनगिन्ती मन कसरी स्वस्थ होलान्? शिक्षण संस्था र शिक्षण अस्पतालहरु कसरी साँच्चै स्वस्थ रहलान्?

सुनिन्छ, अझ नांगो राजनीतिकरणका अभ्यास भइरहेका छन्। पाटन चिकित्सा विज्ञान प्रतिष्ठान त्यस्तो संस्था हो, जसले देशलाई चाहिने किसिमको चिकित्सक उत्पादन गर्न शिक्षण विधि, विद्यार्थी भर्ना प्रक्रिया, छात्रवृत्ति, सामुदायिक संलग्नतालगायत्का सवालमा अत्यन्त साहसिक नीति अख्तियार गरेको छ। वर्षौंसम्मको सक्रिय तयारी, संसारभरका प्रतिष्ठित संस्था र चिकित्सा शिक्षाविदहरुसँगको सार्थक अन्तरक्रिया, अत्यन्त समर्पित धेरै असल मानिसको समर्पण आदिका कारण विभिन्न कठिनाईबीच पनि ज्यादै छोटो समयमा नै अन्तर्राष्ट्रिय ख्याति कमाइरहेको संस्था हो त्यो। यस्ता संस्थाहरुको भविष्य सुनिश्चित गर्न कम्तिमा स्थापनापछिको केही समयसम्म त्यसको दर्शन र स्वत्व बुझेका मानिसको नेतृत्व रहनु जरुरी हुन्छ। राजनितिक भागबण्डाका निम्ति त्यो दर्शनदेखि टाढाका कसैलाई क्षमता र दिशाबोधको ख्याल नराखी जिम्मा दिइयो भने त्यसले के फाइदा गर्ला? कति जना गोविन्दजस्ता साधु डाक्टरले बारम्बार आमरण अनशन गरिरहनुपर्ने होला यस्तो स्थिति अन्त्यका निम्ति?

हाम्रो जस्तो देशमा ‘राजनीति’ भन्ने शब्दले जे बुझाउँछ, त्यो भनेको अत्यन्त पुरानो, मृत्युन्मुख, परम्परागत, सत्ता प्राप्तिको फोहोरी खेल हो, जो आफूइतर सबैको निषेधमा, बहिष्करणमा र दानवीकरणमा आधारित छ। जब यो खेलमा अपवित्र लेनदेन मिस्सिन्छ, त्यो अझै कुरुप हुन पुग्छ। गोविन्दको अनशन प्रकरणले फेरि एकचोटि यो देशका नागरिकलाई चिच्याई चिच्याई सचेत बनाउन खोजिरहेको छ- बहिष्करणमा आधारित यो परम्परागत राजनीतिबाट अब देशलाई मुक्त गरौं। साँच्चैको समावेशीकरणको त्यो राजनीति सुरुवात् गरौं, जसले राजनीतिकर्मीहरुबाट एउटा नयाँ सामर्थ्य र कला माग गर्छ- सुन्ने कला, अर्काको दृष्टिकोणबाट पनि हेर्न सक्ने कला, विविधताबीच समानता पहिल्याउन सक्ने त्यो सुन्दर मानवीय कला। यो असम्भव छैन, किनकि मानव सभ्यताको विकासमा नै यो कलाको बीज सुरक्षित छ।

सम्झनैपर्ने, बुझ्नैपर्ने अरु पनि अनेक पक्ष छन् यो अनशन प्रकरणसँग जोडिएका। यो डरलाग्दो र घिनलाग्दो परम्परागत राजनीतिको शिकार अनावश्यकरुपमा अरु असल मानिस पनि भएका छन्। अन्याय तीमाथि पनि भएको छ। डा. धर्म बास्कोटा जस्ता असल मानिस नाहकमा यो फोहोरी राजनीतिका शिकार भए। बलिको बोका जस्ता भए ती। उनको मनमा लागेको घाउ पनि गोविन्दको शरीरले भोगेको दुःखभन्दा कम पीडादायी नहोला। र, त्यो अनाहकमा दुःखेको मनले स्वास्थ्यलाभ गर्न झनै गाह्रो पनि हुनसक्छ। डा. प्रकाश सायमी विशुद्ध प्राज्ञिक चिकित्सक हुन्, जो कहिल्यै कुनै व्यवस्थापकीय पदमा रहन रुचाएनन्। ती सोझा डाक्टरलाई राजनीतिको फोहोर खेलले कसरी कति दुःख दिन खोज्ने होला, हेर्न पनि बाँकी नै छ। तिनलाई जोगाउनुपर्छ।

यो देशलाई, यो समाजलाई चाहिएका असल मानिस यही देशमा छन्, यही समाजमा छन्। राजनीतिको कायापलट गर्नका निम्ति आवश्यक मानिस पनि त्यही राजनीतिको फोहोर आहालभित्रै छन्- अनेक पार्टी वरिपरि अल्मलिइरहेका। संघ/संस्थालाई चाहिने असल मानिस पनि त्यहीँभित्र छन् कुना कुनामा मिल्किइरहेका। तर ती असल मानिसलाई जोगाउन झन् झन् गाह्रो हुँदैछ। किनकि निषेधको पोखरीमा ती पनि निषेधित हुन्छन्, बहिष्करणको कुसंस्कारमा ती पनि बहिष्कृत हुन्छन्, अरुलाई दानवीकरण गरेरै आफ्नो आयु लम्ब्याउने सैतानी छलछामको अभ्यासका बीच ती पनि दानविकृत हुन्छन्।

तैपनि आशा छ। फोहोरी राजनीतिका निरर्थक नाराले कुरुप पारेका शहरका पर्खाललाई जीवनको उज्यालो बोकेका युवा हातले चित्रकलाको माध्यमबाट सुन्दर लुगा ओढाइरहेका छन्। खिसीटिउरी गर्नेहरु भए पनि ‘फेसबुक जेनरेशन’ का अनाम अदृश्य तर ज्युँदा मानिसले संसारभरीकै अन्यायविरुद्ध सत्याग्रह गरिरहेका छन्। बहिष्करण, प्रतिबहिष्करण र नवबहिष्करणको चक्रब्युह चिरेर युवाहरु विश्वबन्धुत्वको सुन्दर गीत गाइरहेका छन्। नयाँ पुस्ताका कवि, स्रष्टाहरु कालजयी रचना गरिरहेका छन्। असल मानिस गाउँगाउँलाई सञ्चार प्रविधिले जोड्न लागिरहेका छन्। देशलाई, मानव जातिलाई बेसरी माया गर्ने मानिसहरु चूपचाप वर्तमानमा ध्यानस्थ भएर भविष्यको जग बनाइरहेका छन्। अब परम्परागत राजनीतिको बलिवेदीमा हजारौंका ज्यान लिने हिंसापूर्ण आन्दोलन होस् वा मानिसका चेतमा थोरै जागरण ल्याउन भनेर अत्यन्त असल मानिसले आत्मदाह गर्नुपर्ने बाध्यता होस्- महंगा आन्दोलनबाट समाजले मुक्ति पाउनुपर्छ। गोविन्द, प्यारो साथी, तिमीले फेरि अनशन बस्न नपरोस्।

(डाक्टर धितालले यो लेख अगस्ट २०१२ मा लेख्नु भएको हो।)

The post सन्त डाक्टरको सत्याग्रह appeared first on TGuff.

किन फ्लप भयो हाइवे?
एकबेला ट्वीटर-फेसबुकमा हाइवे फिल्म बारे थोरै मात्र पनि वास्तविकता लेख्यो भने जवाफ नपाउने कुरै थिएन। उँचो उँचो स्वरमा भन्थे– ‘फर्मुला फिल्म हेर्न बानी परेका मूर्खहरुले यो बुझ्दैनन्। क्रिटिक्सहरुले बुझ्छन्, बौद्धिकहरुले बुझ्छन्।’ लाखौं खर्चेको विज्ञापनका पछिको यस्तो चलाखीपूर्ण प्रचाराशैलीले प्रदर्शनअघि सुपर हिट हाइवे प्रदर्शनपछि सुपर फ्लप भएको छ। हलहरुमा एक साता पनि नटिकेको हाइवे यतिबेला राजधानीका सबै मल्टिप्लेक्ससहित राजधानीका सबैजसो हलहरुबाट उत्रिसकेको छ।

किन फ्लप भयो हाइवे ? यो प्रकरण १९ औं शताब्दीको लोकप्रिय कथा इम्पोरर्स न्यु क्लोथ्स जस्तै छ।

कथामा मुर्खहरुले मात्र बादशाहलाई नांगो देख्छन् भन्ने ठगहरुको चतुर्याइपूर्ण प्रचारपछि बादशाहलाई हुक्के चिलिमे, बैठकै, भारदार, मन्त्री, प्रधानमन्त्रीसँगै आमजनता पनि भन्छन्– ‘ओहो! कस्तो सुहाउँदिलो बुट्टेदार लुगा। यो लुगामा हाम्रा बादशाह क्या हिरो देखिएका।’ बादशाहले यस्तो मिठास सुन्नुमा कारण थियो– आश, त्रास र सम्बन्धको मनोविज्ञान। नांगै सहर परिक्रमा गरिरहँदा भीडको बीचबाट एक बालकको आवाजले बादशाहलाई झसंग बनाउँछ। ‘हाम्रा बादशाह त नांगै हिँडिरहेका छन्!’ त्यसपछि यसो तल हेर्छन् त सबै माल छर्लङ! कथामा यसरी ठगहरुको चतुर्यातइँ प्रचारशैली खुलासा हुन्छ।

हाइवेको उतारचढाव ठिक यही शैलीमा भएको छ। निर्माण पक्षले सुरुदेखि आक्रमक प्रचारमा उत्रियो। न्यु नेपाली सिनेमा सहितका सोसल जक्सनमा हाइवे बारे थोरै मात्र पनि वास्तविकता लेखे दर्शक ललकार्न भाडाका छापामार तयार राखियो। अर्कोतर्फ आश, त्रास र सम्बन्धबाट प्रभावित गिनेचुनेका केही पत्रकारहरुले लेखे– ‘ओहो! एउटा ऐतिहासिक मौलिक फिल्म जसले नेपाललाई पहिलो पटक संसारभर चिनाउँदैछ। तर यो फिल्म हेर्न चै जान्नुपर्छ। मसला फिल्ममा रेखा थापा हेर्नेहरुलाई यो मन पर्नेछैन। यो त ती भन्दा धेरै उँचो विश्वस्तरको नेपाली सिनेमा हो।’ 🙂 भाडाका छापामारको काम २४ घण्टै हाइवेको प्रचार गर्नु थियो कसैले अलिकति मात्र पनि आलोचना लेखे तिनलाई शाब्दिक आक्रमण गरी ठेगान लगानु तिनको मुख्य ड्युटी हुन्थ्यो।

यस कारण प्रदर्शनअघि खुब हिट भयो हाइवे। तर हिट हाइवे जब दर्शकबीच आयो दर्शक रेखा थापाको सिनेमासँग जति पनि सन्तुष्ट हुन सकेनन्। ठगिएको अनुभव गरेका दर्शकहरुले निर्माताको मुखिन्जेल नै नारा घन्काए– ‘तिम्रो सिनेमा ९० मिनेटको यातना हो, हाम्रो ३ सय फिर्ता देउ।’

मिडिया बहस

हाइवेले केही मिडिया बहस पनि जन्माइदिएको छ। को हैन क्रिटिक्स ? कसले लिन्छ क्रिटिक्सको ठेक्का ? मूलधारे मिडियाका फिल्म पत्रकार सोसल मिडियाको समीक्षा अघि रक्षात्मक बनेको विषय पनि रोचक छ। हाइवेको परस्पर विरोधी समीक्षासँगै गिनेचुनेका फिल्म क्रिटिक्समाथि नैतिक प्रश्न झुण्डाइदिएको छ– कसका लागि समीक्षा गर्ने निर्देशक–निर्माताका लागि वा दर्शकका लागि? फिल्मको लजिकल समीक्षा गर्ने हो वा प्रतिरक्षात्मक प्रचार? निर्माता–निर्देशकको कोचिङ क्लास लिएर समीक्षा गर्ने हो वा क्रिटिक्सको स्वतन्त्र हैसियत हुनुपर्छ?

रेखा थापालाई  किन गाली ?

हाइवे निर्माण पक्षले प्रचारका क्रममा सुरुदेखि नै मुलधारे नेपाली सिनेमालाई गाली गरेर आफूलाई अब्बल सावित गर्न खोज्यो। तर आफ्ना राम्रो पक्ष के हो भनेर सावित गर्न कहिलै सकेन। ‘रेखा थापाको तीघ्रा हेर्न बानी परेकालाई यो सिनेमा मन पर्ने छैन। हामी फर्मुला फिल्म हैनौं’ जस्ता स्ट्याटस निर्माता र उनका सहयोगीको टाइमलाइनमा अझै छन्। अरुलाई खसालेर स्थापित हुने चिन्तन, सोचको मूल्य यतिबेला हाइवले चुकाएको छ। वास्तविकता के हो भने ४–५ वर्षमा एउटा फिल्म बनाउने अनि बाँकी समय गफ चुटेर बिताउने फरकधारेहरुका लागि मूलधारे (नेपाली, हिन्दी, इङ्लिस) सिनेमाहरुले नै दर्शक तयार पार्दिएर गुन लाएका हुन्। अर्को वास्तविकता के पनि हो भने अझै पनि नेपाली सिनेमा उद्योगको मेरुदण्ड रेखा थापा र भुवन केसीहरुले बनाउने सिनेमा नै हुन्।

निर्देशकले फिल्म कस्तो बनायो? राम्रो (मेकिङ र बजारको दृष्टिले) बनायो कि बनाएन? कथा भन्न सक्यो कि सकेन?  नेपाली सिनेमाका लागि यी कुराले महत्वपूर्ण अर्थ राख्ने हुन्। हाइवे स्ट्रक्चरको हिसाबले फरकधारको सिनेमा हो। तर के फरकधारको हुँदैमा उसले मेकिङलाई झुस्ताङ बनाउने छुट हुन्छ ? फरकधारको हुँदैमा कथामाथि कथा खप्टेर कथाबिहीन बनाउने छुट हुन्छ ? कुन क्रिटिक्सले भन्न सक्छ छरिएका कथाहरुमा पात्रहरुका मनोदशा मेसिनले मात्र काट्ने हो मनोविज्ञानको जरुरी पर्दैन ? नेपाली सन्दर्भमा हाइवे फरकधारको फिल्म पक्कै हो। तर रेखा थापाको कसले चोर्यो मेरो मन जति पनि कथालाई सम्हाल्न नसक्नेहरुले फर्मुला फिल्मलाई गाली गर्नु आफैँमा मजाक हो।

नेपाली दर्शकले फरकधारका सिरियस सिनेमा रुचाएका प्रशस्त उदाहरण छन्। श्यामश्वेत ‘आर्टिष्ट’ काठमाडौंमा झण्डै एक महिना चलेको थियो। ‘धोविघाट’ले पनि दर्शकको ताली पाएकै हो। भोलि पनि फरकधारे सिनेमा चल्ने नै छन्। तर किन चलेन हाइवे ? युनिभर्सल एप्रोचको सिनेमा मिडियमलाई यो ऐनाबाट हेर, उसरी हेर, फलनाको रिभ्यु हेरेर बुझ भनेर दर्शकलाई सिकाउनुपर्ने अवस्था आफैँमा फिल्म फ्लपको स्थिति हो जसको सुरुवात निर्माण पक्ष आफैँले गरेको थियो।

बुड्डी लडा पासा, बुड्डी!

अकबरी सुनलाई कसरी लाइरहनु पर्दैन। राम्रो सिनेमा निर्माण गर्न सके ‘नेपाललाई संसारमा चिनाउने हाइवे हो’ भनेर उत्तेजक प्रचार गर्नै पर्दैन। सिनेमा राम्रो भए ट्वीटर-फेसबुकमा भाडाका छापामारलाई निर्देशकको घरमा डिनर खुवाई यसो यसो गरी समीक्षा गर्ने भनेर कोचिङ दिनु पनि पर्दैन। दर्शकीय सर्वोच्चताको युग हो जहाँ राम्रो फिल्मको प्रचारमा दर्शक आफैँ समय खर्चिन तयार छन्। उदाहरण हाम्रा सामु छः लुट। र नराम्रोलाई ठिक लाउन पनि दर्शक आफैँ तयार छन्। उदाहरण हाम्रा सामु छः हाइवे।

यो प्रकरणले ट्विटर-फेसबुकका केही मै हुँ भन्ने ठालुहरुलाई किनेर आफू अनुसार परिचालित गर्दैमा उनीहरुले चाहे जस्तो परिणाम आउँदैन भन्ने गतिलो शिक्षा दिएको छ। राम्रो  सामान्य दर्शकमाथि उनीहरुले आफ्नो विचार जतिसुकै थोपर्न खोजे पनि अन्ततः स्वतन्त्र विचार नदब्ने प्रमाण पनि हो यो।

निर्माता समीर दीक्षितको ट्वीट नमुना।

The post किन फ्लप भयो हाइवे? appeared first on TGuff.

अग्रगमनतिर
स्याटेलाइट र झरनासँग पुस्तक बालुवाटार पुर्‍याएर अफिस आउँदा इम्बक्समा ५ इमेल थिए। यूरोपतिर बस्ने एक पाठकको इमेल पढेपछि एकैछिन भए पनि हाँस उठ्यो। मन फुरुङ्ग भयो। आफूलाई नजिक्याउँदै लेखेकी रहिछन्- ‘हिजोआज तपाइँलाई ब्लगमा क्यै लेख्न मन लाग्दैन है ! नलेख्नुस पनि ! लेखे मसी सिद्दिन्छ। बिन्दास लेख्ने मान्छे के बिधि अल्छी भा को ?…’  🙂

कुनै बेला ‘बियोन्ड इन्टलेक्ट’ अनुभव गर्थें। अनि लेख्नु एउटा केटाकेटी खेल हुन्थ्यो। कुनै लक्ष्य बिना जबरजस्ती शब्दहरु थुपार्न मन लाग्दैन। हिजोआज बुद्धिको तहभन्दा सधैँ आफूलाई तल पाउँछु, जहाँ लेख्नलाई बडो बल चाहिन्छ। फेरि लेखनमा म बढी नै चुजी छु- ओरिजिनल राइटिङ मनपर्छ। ओरिजिनल राइटिङ अहिलेको फोरम्याटको एकेडेमिक राइटिङभन्दा फरक कुरा हो। फलना नित्से इश्वरको मृत्यु भएको घोषणा गर्छन्, चिलाना फुको पावर-डिस्कोर्स र ट्रुथ बारे उसो भन्छन् भनेर लेख्न सहज छ। (भलै जीविको चलाउन मैले पनि संसारको त्यही डोमिनेन्ट फोरम्याटमा काम गर्नुपर्छ) गाडीमा सीतापाइलाबाट बालुवाटार आइरहँदा झरनालाई मैले लेख्न नसकेको त्यही कुरा सेयर गरेँ। ‘कमजोर फिल गर्छु हिजोआज भित्रैदेखि। ओरिजिनल राइटिङको स्रोत हो ओरिजिनल थिङ्किङ। त्यसका लागि हिजोआज म लयाक छैन।’

‘त्यति रियलाइजेशन भए त पुगिहाल्यो नि। किन चिन्ता गर्छौ।’ उसको निर्धक्क जवाफ।

हुन्डाइको रातो गाडी चक्रपथबाट सोह्रखुट्टेतिर लाग्दै गर्दा मैले त्यही विषयलाई अर्को कोणबाट अवलोकन गरेँ। साइकोलोजीकल्ली बलियो बन्ने चाहनाले मलाई कमजोर बनाइरहेको त हैन ? यसै पनि जीवनको यो पूरै फेनोमेना कारण र त्यसका अनगिन्ती असरको चक्रमा घुम्ने इन्द्रियातित सर्कल हो, जसलाई बुद्धिले नाप्ने तागतै राख्दैन। मेरो अवस्थाका पछाडि पनि प्रशस्त कारणहरु छन्। र तिनको जन्मदाता म स्वयं हो। अरे कुनै कुराको सिर्जना मैले गर्छु भने त्यसको निराकरणको अन्तिम डाक्टर म बाहेक को हुनसक्छ ?

वर्तमानका कार्य र विगतका कर्मसँग डोरिएर एउटा जीवन अनवरत चलिरहेछ। जीवनले मेरो भागमा छुट्याइदिएको त्यो विषाक्त क्षण पिउन म विवश छु। कार्य र कर्मको परिणामलाई भाग्यको खेल भनेर वा समयलाई दोषी बनाएर म आफूलाई धोका दिन सक्दिनँ। सकेसम्म अरुको कुभलो हुने काम (बोली, विचार र व्यवहारबाटै) गरेको छैन। आफ्ना सपनाका खातिर अरुलाई दुःख दिएको पनि हैन।

‘अनि ?’

रातो हुन्डाइ कार भाटभटेनीतिर सोझिँदै गर्दा मैले सुनाएँ- ‘सम्भवत जुलाईको अन्त्यदेखि म आफ्नो फर्ममा फर्कने छु।’

हामी (झरना, स्याटेलाइट, उमेश र म) बनाउँदैछौ एउटा पुस्तकालय। संखुवासभाको खाँदबारीस्थित बागेश्वरी उच्चमाविमा। ठूलो मन भएका दाताहरुले दिएका छन् २५ सय बढी पुस्तक। अनि एक लाख बढी रकम। संसार दुस्टहरुको मात्र हैन् सन्तहरु पनि हो, मधुर वाणि कमजोरी हैन शान्ति हो। लाग्छ जीवनमा विषाक्त चिज मात्र छैन, अमृतको अस्तित्व पनि छ।

(घर फर्केर हेर्दा त अफिसमा लेखेको ओरिजिनल ब्लग र फोटो नै पो छैन। नाराज छु आफ्नो चकचके बानीदेखि। माथिका लाइन पछि सम्झेका हुन्।)

The post अग्रगमनतिर appeared first on TGuff.