TGuff

लेख्न गएको थिएँ, शोकको साक्षी बनेँ
विपिन जोशीको शव अन्त्येष्टिका लागि महाकाली नदी, घाटतर्फ लैजान लाग्दा नातेदार महिला भावविह्वल बनेका थिए। तस्विर: प्रकाश चन्द्र तिमिल्सिना।

भीमदत्त नगरपालिका ३, चौधरीमार्गस्थित एकतले घर उही हो तर जोशी निवास अब पहिले जस्तो छैन। विपिनको कोठा यथावत छ, जहाँ उनले घण्टौँ पढ्थे तर अब त्यो कोठामा मौनता छ। त्यो मौनतामा पीडा छ। जसले विपिनको अभाव सम्झाउँछ। बिर्सन कोसिस गरेको हो वा सम्झनाले दुखाएको हो, बुवा महानन्द जोशी विपिनको तस्विर अगाडि घण्टौं बस्छन्, केही नबोली। सायद, इमोसनका लहरोमा लामो समय लहरिरहनु गहिरो पीडामा डुब्नु पनि हो।

छोराको अन्त्येष्टि आफैँले गर्नुपर्ला भन्ने कल्पना कुन बुवाको मनमा हुन्छ होला र! तर यहाँ वास्तविकता फरक थियो र बुवाको हातले आफ्नै छोराको दाहसंस्कार गर्नु परेको थियो। घर होस् वा घाट, दुवै ठाउँमा उनको आँखामा एउटा प्रश्न देखिन्थ्यो। अनि त्यसको जवाफ कोहीसँग थिएन। आखिर किन यस्तो भयो ?

कुनै बुवाले यस्तो दिन देख्न नपरोस्!

बहिनी पुष्पा जोशी भावविह्वल थिइन्। सबै ठिकठाक हुँदो हो त दाइ घर फर्किंदैछ भन्ने खबरले उनमा उमंग ल्याउँथ्यो होला।  तर उनका दाइको फर्काइ फरक थियो। आलिङ्गन, हाँसो, पुरना कथा, किस्सा सम्जना केही थिएन। अब बाँकी थिए केवल सम्झना, बाल्यकालका खेल, स-साना झगडा र दाइले सधैँ साथ दिने भनेको प्रतिज्ञा जो अधुरो भएको थियो।

जसले साथीहरुसँग क्रिकेट, फूटबल खेल्दै प्रेरणा जगाए, संगीतको लय मिलाउँदै कलाको स्वाद चखाए, बहिनीलाई उज्यालोतर्फको सपना देखाए। अहिले विश्वले भनिरहेछ, उनी कृषि वैज्ञानिक बन्न पढ्दै थिए तर उद्देश्य त्यति मात्रै थिएन। निलो रंगको उनको गितारले देखाइरहेथ्यो, उनी संगीतमा रुचि राख्थे, बजाउन र गाउन पनि चाहन्थे। र म्युजिक भिडियोमा अभिनय गर्न रूचाउँथे।

फेरिएको यथार्थले आमा पदमालाईग पीडा थपिरहेथ्यो। छोरा जीवित फर्काउन उनले के मात्रै गरेकी थिइनन्, सिंहदरबार छिरेर सरकारको ढोका ढकढक्याएकी थिइन्। इजरायल पुगेर बेञ्जामिन नेतान्याहूसँग गुहार मागेकी थिइन्। न्यूयोर्क पुगेर राष्ट्रसंघका महासचिव एन्टोनियम गुटरेससँग याचना गरेकी थिइन्। नेपाल सरकारले कुटनीतिक कदमहरु चालेको थियो। इजरायल सरकारले भरमग्दुर पहल गरेको थियो। अनि ती सबै कोसिस असफल भएका थिए। अथवा हुनसक्छ, कसैले पनि पर्याप्त कोसिस गरेकै थिएनन्। परिणाम— विद्रोही समूह हमासको अपहरणमा परेका विपिनले संसार छाडेका थिए। २०२५ अगस्ट १५ को दिन इजरायल सरकारले यो तथ्य पुष्टि गरेको थियो। कञ्चनपुर जिल्ला,  भीमदत्त—३, चौधरीटोल-६० स्थित घर निकै गहिरो पीडामा डुबेको थियो।

विपिनको परिवार भेटेर रिपोर्टिङ गर्न धनगढी जाने टिकट खल्तीमा हालेर घरबाट निस्किँदा उनको शव काठमाडौं आउने बाटोमै थियो। जहाजमै आउँदा पनि इजरायली सहर तेलअभिभदेखि काठमाडौंको बाटो लामै पर्छ। अझ दुबई—काठमार्डौं—दुबई रुटका धेरै यात्रु नेपाली नै हुन्छन्। त्यही दुबई ट्रान्जिट भएर विपिनको शव स्वदेश आउँदै थियो। सन् २०२५ अक्टोबर १९ को फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ५३९ को उडान एउटा नियमित उडान मात्र थिएन। त्यो विपिन जोशीको अन्तरदेशीय शव यात्रा पनि थियो। जहाज काठमाडौं आइपुगेको सूचनाले यता कञ्चनपुरमा आमा पदमाको भक्कानो फुटेको थियो। शव घर आउनु अगाडि नै परिवार शोकमा डुबेको थियो। बहिनी पुष्पा पहिलैदेखि स्तब्ध थिइन्। बुवा महानन्द बोल्न सक्ने अवस्थामै थिएनन्। जोशी परिवारको लामो प्रतीक्षा समाप्त भएको थियो र प्रतीक्षाको यस्तो फल कसैले चाहेको थिएन।

विपिन लगेजमा लुगा र मनमा सपना साँचेर सन् २०२३ अगस्टमा इजरायल पुगेका थिए। हाँस्दै विदा लिएर गएका उनी घर फर्किंदा मौन फर्किएका थिए। कफिनमा बाँधिएर फर्किएका थिए।  जुन छोराले हाँसेर विदा लिएको थियो, शिर झुकाएर आमाको आर्शीवाद थापेको थियो, त्यो अब कंकाल मात्रै बाँकी थियो। यो वास्तविकता स्वीकार्न आमा पदमालाई असाध्यै कठीन भएको थियो। २०२५ अक्टोबर १९ को राति करिब ८:४५ बजे शव कफिनमा घर आइपुग्दा उनले डाको छोडेर पीडा पोखकी थिइन्। अर्धचेत भएपछि पानी छम्केर ब्युँताउनु परेको थियो। विदाइका बखत आर्शीवादको हात छोराको शिरमा परेको थियो, अनुहारमा गर्व थियो। अब उनीसँग केवल सम्झनाका झलक, फोटोको फ्रेम र ढोकामा राखेको कलश मात्र बाँकी थिए। र उनका लागि यी अब सन्तापको स्रोत बनेका थिए।

जोशी निवासको घरभित्र प्रवेश गर्ने मुख्य ढोकामाथि रातो लुगामा ‘वेलकम’ लेखिएको सन्देश झुन्डाइएको छ। राति नै भए पनि शव घरैमा आइपुगेको थियो तर त्यो सन्देशले विपिनलाई स्वागत गर्न सकिहरेको थिएन। स्नेहपूर्वक घरभित्रै बेलाए पनि उनले कसरी पो स्वागत ग्रहण गर्न सक्थे र !? विपिनको श्वास पहिलै हावा बनेर उडेको थियो। सग्लो शरीर इजरायलमै गुमको थियो। बाहिरबाट ल्याएको शवलाई घरभित्र राख्ने परम्परा थिएन। शव छुन महिलालाई बर्जित थियो। सोमबार राति उनको शव घर बाहिरै परेको थियो।

पिता महानन्द, ठूलो बुवा रामदत्त, अन्त्येष्टि गराउने पण्डितजी र केही पुरुष आफन्तले कफिन भित्रको चिज हेरेका थिए। कफिनभित्र जतनसँग पहेँलो कपडाले एकमुस्ट बाँधिएका कंकालहरू राखिएका थिए। सावधानीपूर्वक राखिएका ती कंकालहरू कालो बन्दै गएका देखिन्थे। भोलिपल्ट बिहान शवयात्रामा मलामीले फरक—फरक यथार्थ बताइरहेका थिए। कोही भनिरहेथे टाउकोमा गोली लागेको छ, खुत्रुक्कै पारेछन् बज्याहरुले। कोही भनिरहेथे कोखामा दुई गोली हानेको र’छ। होइन, चक्कुले रेटेर मारेको र’छ नि। अनि कोही चाहिँ घाँटी काटेर दुई टुक्रा पारेको र’छ भन्दै थिए।

कफिनभित्र सग्लो शरीर थिएन, सग्लो टाउको थिएन। कंकाल मात्र थियो जसलाई खरानी हुन ४५ मिनेट लागेको थियो। शव राखेको कफिन प्लेनमा लोड गर्दा १० केजी मात्रै थियो।

सन् २०२५ अक्टोबर २० मंगलबार बिहान महेन्द्रनगरको मौसममा थोरै तुँवालो थियो। तराईमा गर्मी घट्दै जाँदा वातावरण सीतल थियो। भाषी (विपिनको निवास भएका टोल) बाट सुरु भएको शवयात्राका सहभागीहरुले मृतात्मको शान्तिको कामना गरेका थिए।

कोही टोलको नाम भाषीको सट्टा विपिन टोल बनाउनुपर्छ भनिरहेथे। कोही विपिन एक जना राष्ट्रिय शहीद भएको बताइरहथे। शव वरपर हिँडिरहेका मलामीले एकै पटक ‘राम नाम सत्य हो, जाने बाटो यतै हो’ भन्दा एक किसिमको अनित्य तरंग फैलिरहेथ्यो। नेता, प्रशासक, सामाजका अगुवा, साथी सबैले विपिनको आत्माको शान्ति कामना गरेका थिए। कैलाली, काठमाडौं, गोरखाबाट आएका साथीहरु एउटा नचाहेको यात्रामा सहभागी भएका थिए। महाकाली नदी घाट पुगेर मानव जीवन अनित्य भएको महसुस गरेका थिए।

१३ दिने संस्कारमा बसेका विपिनका बुवा, ठूलो बुवा र अर्का एक जना नातेदार। तस्विर: गोकुल जोशी

घरको पश्चिमपट्टिको कोठाको एउटा कुनामा, बुवा, ठूलो बुवा र परिवारजन मौन छन्। यहाँ हिन्दू परम्पराअनुसार १३ दिने संस्कार सुरू भएको थियो।

इजरायल—हमास युद्धको हिसाब किताबमा विपिनको मृत्यु केवल एउटा संख्या थप भएको थियो। दुई वर्षमा त्यहाँ विपिन सहित ६७ हजार ७५ जनाले ज्यान गुमाएका थिए। अनुसन्धानकर्ताहरुले मृत नम्बर गणना गर्दै खाद्यान्न, लुगाकपडा र स्वास्थ्य उपचारको योजना व्यापक फेरबदल गर्नुपर्ने बताइरहेका थिए।

तर त्यति मात्रै हुनै सक्दैन।

सत्य हो मान्छे एउटा अंक वा गणनाको युनिट मात्र हुनै सक्दैन। मेरो मात्र के कुरा भयो र खुशी, त्रास, उल्लास, साहस, चिन्ता, सन्ताप, वेदना, बिरह, आशा, निरासाजस्ता इमोसनका कथा प्रत्येकसँग छन्। मानिसहरु भन्छन्, समयले पीडाका चोट निको पार्छ तर केही घाउ चट्टानमा खोपेका खापजस्ता भइदिन्छन्। जो निको हुन साह्रै कठिन हुन्छ अथवा कहिलै निको हुँदैनन्।

तर विपिन,

तिमी मरेर पनि बाँचिरहनेछौ,

आमाको मुटुमा, बहिनीको सपनामा, पिताको गौरवमा,

अनि,

साथीहरुको सम्झनामा ।

(विपिन जोशीको परिवारसँग भेटेर रिपोर्टिङ गर्ने क्रममा म फोटो पत्रकार प्रकाशचन्द्र तिम्लिसेनासँग तीन दिनसम्म महेन्द्रनगर, कञ्चनपुरमा थिएँ। तीन हप्ता अगाडिदेखि बनाएको रिपोर्टिंग योजनाअनुसार काम नहुँदा मन खिस्रिक्क भए पनि महेन्द्रनगरमा केही राम्रा साथीहरूसँग चिनजान भयो। दुई पत्रकार देवेन्द्र खड्का र शंकर अवस्थीले हाम्रो काममा धेरै मद्दत गरे। म यो सधैँ सम्झिरहनेछु। नेपालखबरकर्मी गोकुलसँगको भेट निकै स्मरणीय रह्यो। फर्किने क्रममा बर्दियाको बसाइमा मैले यो लेखेँ।)

The post लेख्न गएको थिएँ, शोकको साक्षी बनेँ appeared first on TGuff.

जेन-जी आन्दोलनको गन्तव्य कहाँ हो?
भदौ २३ गतेको प्रदर्शनका सहभागीहरू, जसमध्ये अधिकांश किशोर र युवा थिए। संसद भवन अगाडि प्रदर्शन भइरहँदा यो फोटो नभेष चित्रकारले खिचेका हुन्।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका मतदातामध्ये एक सयमा ३३ जना मतदाता जेनेरेसन जी (जेन-जी) हुनेछन्। सन् १९९६ पछि जन्मिएको यो पुस्ताका धेरैजसो सदस्य मतदान गर्न योग्य उमेरका भएका छैनन् तर उनीहरुमध्ये सबैभन्दा जेठा सदस्यहरु २८ वर्ष पुग्दै गर्दा, आगामी निर्वाचनका लागि ५९ लाख जेन-जी मतदान गर्न योग्य हुँदैछन्। वर्षैपिच्छे उमेर थप हुँदै जाँदा राजनीतिमा यो पुस्ताको प्रभाव निरन्तर बढिरहनेछ।

यो त्यही जमात हो, जसले अहिले राष्ट्रिय राजनीतिलाई उथलपुथल बनाइदिएको छ। यो त्यति बेला हुर्किएको जनसंख्या हो जति बेला नेपालीका हातमा मोबाइल फोन आइसकेको थियो। इन्टरनेट सहजै उपलब्ध हुन थालेको थियो। फेसबुक, युट्युब जीवनशैली बन्दै गएको थियो।

इन्स्टिच्युटमा गएर कम्प्युटर सिक्दै वयस्क बनेको अघिल्लो मिलेनियल्स पुस्ताभन्दा फरक यो नयाँ पुस्ताले स्वदेशमै रोजगारी, शासनमा पारदर्शिता र राजनीतिक जवाफदेहिताको खोजी गरेको थियो। अघिल्लो पुस्ताले झैँ काम पाउन झोला बोकेर नेताको वरिपरि घुम्नुपर्ने अवस्थामा परिवर्तन चाहेको थियो। जोखिमयुक्त कामका लागि खाडी र अन्य देश जानुपर्ने अवस्था बदल्न अवाज उठाएको थियो। र यी कुनै पनि विषय नयाँ होइनन्। नेता संरक्षित ठूला भ्रस्टाचार काण्ड जेन-जीले मात्र देखेका होइनन्। मिलेनियल्सले पनि अनुभव गरेको हो। फरक यति हो, स्मार्टफोन आम प्रयोगमा आउनु अघिका घटना जेन-जीहरूका सम्झनामा नहुन पनि सक्छ।

अघिल्लो पुस्ताभन्दा यो खास छ, फरक छ। आफ्ना बाबुआमा र हजुरबुबा-हजुरआमाको तुलनामा बढी अन्तरिक र अन्तरदेशीय यात्रा गर्नसक्ने, संसारको अर्को कुनाको साथी पाउन सक्ने यो जेनेरेसन नेपालको इतिहासमै अहिलेसम्मको सबैभन्दा शिक्षित पुस्ता हुने क्रममा छ। बसाइँसराइ, केटा वा केटी पार्टनरको विषयमा खुलेर विचार राख्नसक्ने यो पुस्ता ‘ग्लोबल सिटिजन’को भावनाबाट प्रेरित नेपालको पहिलो पुस्ता पनि हुँदैछ। जेन-जी अघिल्ला सबै पुस्ताभन्दा सांगठनिक रुपमा बढी विविध र सैद्धान्तिक रुपमा लचक पनि छ।

अर्को आँखाले हेर्दा उनीहरु त्यो डिजिटल पुस्ताका सदस्य हुन्, जसले खुलामञ्चमा भेला हुनेभन्दा १० गुणा बढी जनता दुई दिनको आह्वानमा डिस्कर्डमा भेला पार्न सक्छन्। क्लबहाउस वा डिस्कर्डजस्ता प्लेटफर्ममा निश्चित सर्भर वा समुह बनाएरै आफ्ना विचार स्वतन्त्र सम्प्रेषण गर्न सक्छन्। यस्ता छलफलमा अर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको उपस्थिति अपवाद हो।

‘नेपोबेबी’ संस्कृतिविरुद्ध आक्रोश

जेन जी आन्दोलनको आह्वान सामाजिक सञ्जाल प्रतिबन्धको विरोध गर्न भएको थियो तर वास्तविकता त्यति मात्र थिएन। यसको पृष्ठभूमिमा वर्षाैँदेखि थुप्रिएको असन्तुष्टि, निराशा र आक्रोश पनि छ। कुनै औपचारिक शिक्षा, योग्यता र सीप नभएका राजनीतिक नेताहरूको अपत्यारिलो आर्थिक उन्नति— विलासी गाडी, भव्य दरबारजस्ता घरहरू र तिनका छोराछोरीको विलासी जीवनशैलीसँग आफूलाई तुलना गर्दा भुइँमान्छेको मनमा आक्रोश भरिनु सामान्य हो। रोजगारीका लागि खाडी धाउनुपर्ने, भिसा लाइनमा घण्टौं उभिनुपर्ने, विदेशमा ज्यानको जोखिम मोल्नुपर्ने युवाले नेताका सन्तानहरू बिना परिश्रम प्रभाव र पैसा कमाइरहेको देख्दा गहिरो हीनता अनुभव गरेका थिए, आन्दोलनको सुत्रधार यो पनि हो।

फागुन २१ को निर्वाचनमा एक तिहाइ मतदाता जेन जी हुनेछन्। डिस्कर्डमा २ दिनमै १० लाख मान्छे भेलापार्न सक्ने यो पुस्ताले नेपालको राजनीतिक भविष्य परिभाषित गर्न सक्छ- यदि आन्दोलनका उपलब्धि जनमतमार्फत संस्थागत गर्न सके।

भ्रष्टाचारमा डुबेका, घृणाको विष भरिएका र अहंकारले रंगमगिएका शासकले गरिब र कमजोर नागरिकमाथि क्रूर शासन गरेकै हुन्। यो मात्र शासकीय कुरूपता थिएन, लोकतन्त्रको नाममा चलाइएको नयाँ किसिमको सामन्ती सत्ता पनि थियो। विषयगत ज्ञान, अनुभव केही नभए पनि नेताका सन्तानहरूले मन्त्रालय, राजदूत, महानगरको नेतृत्व, करोडौंका ठेक्का र सरकारी जग्गा पाउने कुरा राजनीतिकको नयाँ संस्कृति बनाउने को हो? एउटा तथ्य हेरौँ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन्। यदि प्रचण्ड २ दशकभन्दा बढी समय माओवादी पार्टीको नेतृत्वमा नभएका भए उनी कहाँ हुन्थिन् होला माओवादी नेता भन्न सक्दैनन्। आरजु राणा शेरबहादुर देउवाकी पत्नी नभएको भए परराष्ट्र मन्त्री हुन सक्थिन् होला? निर्भिक खनाल झलनाथ खनालको छोरो नभएको भए गौतमबुद्ध विमानस्थलको अर्बौंको ठेक्का पाउन सक्थे होला?

नेताका छोराछोरी वा प्रसिद्ध व्यक्तिको अर्को पुस्ता बिनाक्षमता स्वतः शक्तिशाली र प्रसिद्ध बन्ने चलन नेपालमा वर्षौंदेखि चल्दै आएको कुरा हो। सार्वजनिक रूपमा जवाफदेही र जनउत्तरदायी हुनुपर्ने नेताहरूले राज्यलाई निजी पैतृक सम्पत्तिजस्तै बाँडफाँड गर्नु ठूलो अनियमिता थियो। नेताको यो अभ्यासले चुलिएको असन्तुष्टि भदाै २३ मा विस्फोट भयो। सामाजिक सञ्जाल प्रतिबन्धको विरोध गर्ने कार्यक्रम मात्र ट्रिगर बनेको हो।

त्यो ‘बनना रिपब्लिक’ तर्फको अभ्यास थियो

नेपालको संविधान जारी भएपछि यताका १० वर्षमा काँग्रेस, एमाले र माओवादीका ३ जना नेताभन्दा बाहेक अरु कोही प्रधानमन्त्री भएका छैनन्। कांग्रेस सभापति शेरबहादुर देउवा ८० वर्ष पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली ७३ वर्षका भए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ७१ भए।

खुला सत्य हो, तीन शीर्ष नेतासँग अर्थिक मिलेमतो गर्दा वा रिझाउँदा करोड, अरब रूपैयाँका ठूला भ्रस्टाचार काण्ड अनुसन्धानको घेरामै पारिएनन्। पोखरा विमानस्थल निर्माणमा गर्न भनेर नेपाल राज्यले चीनसँग ऋण लियो। कूल ऋणमध्ये कम्तिमा १० अर्ब रूपैयाँ अदृश्य रूपमा शासकको गोजीमा पुग्यो, विमानस्थल निर्माणमा प्रयोग भएन। त्यो रकमको वित्तिय दायित्व अहिले नेपाल देशको टाउकोमा छ, देशले ऋण तिरिरहेछ करिब ‘बनना रिपब्लिक’शैलीमा। राजनीतिशास्त्रमा बनना रिपब्लिकले त्यस्तो अस्थिर राज्यलाई जनाउँछ जहाँ शासक वर्ग अफ्नो विशेष नाफाको लागि पूरै देशलाई एक निजी व्यावसायिक उद्योगको रूपमा प्रयोग गर्छन्।

शासन गर्ने नेताले बेवास्ता गरेकै हन्, २८ वर्षभन्दा मुनिको आम जेन-जी जनसंख्याले कसरी सोच्छ र कस्ता आकांक्षा पाल्छ? वर्तमान कसरी बाँचिरहेछ र भविष्यको लागि के कल्पना गरिरहेछ? यी सवालहरुको जवाफ नखोजी अथवा उनीहरुको निरासाका कारण नपहिल्याई यो आन्दोलनको जरोसम्म पुग्न सकिँदैन। प्लस टू पढ्दै गरेको युवा किन देशमा ब्याचलर पढ्न चाहँदैन? आफ्नो देशमा भविष्य देख्दैन? यो आन्दोलनको पृष्ठभूमि माओवाद वा कुनै कम्युनिस्ट सिद्धान्तको विचार स्थापित गर्न अथवा शासन प्रणााली परिवर्तन गर्न होइन, यस्तै जनजीविकाका सवाल, नागरिकको जीवनस्तर परिवर्तन केन्द्रित देखिन्छ।

प्रभाव र परिणाम

यथार्थ हो, ७५ जनाको मृत्यु हुने गरी भएको जेन-जी आन्दोलनको बलमा केपी शर्मा ओलीको सरकार ढलेको छ। वर्तमानका मुख्य दलहरु काँग्रेस, एमाले र माओवादी रक्षात्मक बनेका छन्। यो लेख तयार पार्ने क्रममा मैले आन्दोलनमा सहभागी भएका, जंग्गी अड्डामा प्रधान सेनापतिसँग वार्ता गरेका सहित ५ जना जेन-जी अगुवासँग कुराकानी गरेको थिएँ।

सुशीला कार्की नेतृत्वमा निर्वाचन गराउन अन्तरिम सरकार गठन भएको छ। तर निर्वाचनमा बालेन्द्र शाहको भूमिका, परम्परागत दलहरूको सहभागिता र मनोबल गिरेको नेपाल प्रहरीको अवस्था अझै स्पष्ट छैन। आन्दोलनका उपलब्धि संस्थागत गराउन निर्वाचन अपरिहार्य छ। निर्वाचन गराउन यी ३ पक्षहरू महत्वपूर्ण छन्।

युजिन राजभण्डारी शंखमुलको एउटा गल्लीभित्रको क्याफेमा थप ३ जना साथीसहित थिए। मुल सडकबाट हेर्दा नदेखिने त्यो एक किसिमको गोप्य क्याफे हो। अर्का अगुवा रजनीष पन्तसँग टेलिफोनमा गफ गरेको हो। अब जेन-जी आन्दोलनको गन्तव्य कहाँ हो? आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने मार्गचित्र के छ? मैले यी २ विषय केन्द्रित रहेर लेख्ने चाहेको हो। यो ब्लग आन्दोलनको प्रकृति केलाउनका लागि पनि हो।

(१) विचारको घेरा बाहिरः नेपालको सन्दर्भमा पुष्पकमल दाहालहरुले शासन प्रणाली परिवर्तन गरी माओवादको सैद्धान्तिक धरातलमा छापामार युद्ध गरेका हुन्। नेकपा एमाले आन्दोलनको सैद्धान्तिक धरातल मार्क्सवाद, लेनिनवाद हो। काँग्रेसले सधैँ लोकतान्त्रिक समाजवादलाई आफ्नो विचार मानेर आन्दोलनमा होमिँदै आएको छ। यी पार्टीहरूले शासन प्रणाली फेर्न आन्दोलन गरे। जेन-जी आन्दोलनको अनौठो विशेषता भनेको यो कुनै एउटा विचार वा सिद्धान्त स्थापित गर्नका लागि वा शासन प्रणाली फेर्नका लागि उठेको होइन। कोही एक जनाले नेतृत्व गरेको पनि देखिँदैन। लोकतन्त्रको विकल्प खोज्ने जस्ता विषय उनीहरूको मागमा छैनन्।  सुशासन, जवाफदेही नेतृत्व, नागरिकमैत्री लोकतान्त्रिक सरकार अनि अभिव्यक्ति स्वतन्त्रता मागहरूको सूचिमा छन्।

(२) राष्ट्रवाद होइन देशभक्तिः राष्ट्रवाद र देशभक्तिबीचको बोर्डर लाइन के हो ? खिचडी बन्दै गएको राजीतिमा यसको फरक छुट्याउन गाह्रै पर्छ। भारतविरोधी राष्ट्रवाद नेपाली राजनीतिको एउटा अदृश्य कम्पोनेन्ट नै हो। पूर्व राजा ज्ञानेन्द्र, केपी शर्मा ओली, पुष्पकमल दाहालसहितका नेताहरुले यसलाई भिन्न भिन्न समयमा फरक फरक ठाउँमा उपयोग गरेका छन्। अहिले राष्ट्रवादी दरिन अमेरिका वा चीनको विरोध गरेका घटना पनि देखिन थालेका छन्। राष्ट्रवादलाई परम्परागत नारा र सैद्धान्तिक परिभाषाको घेराभन्दा बाहिर नागरिकको जीवन भोगाइबाट बुझ्नु पर्ने जेन-जीहरूको मत छ। देशले गौरव गर्ने तत्वहरूको रक्षा तथा सुशासन, जवाफदेही बन्नु, भ्रस्टाचार उन्मुलन तथा सामाजिक समानता स्थापना राष्ट्रभक्त (राष्ट्रवादी होइन) हो भन्ने बुझाई उनीहरूमा देखिन्छ।

स्मार्टफोन र इन्टरनेटसँगै हुर्केको नेपालको जेन जी पुस्ताले भ्रष्टाचार, नेपोटिज्म र राजनीतिक जवाफदेहिता माग्दै सडकमा उत्रिँदा ७५ जनाको मृत्यु भयो। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो—तर यो आन्दोलन कुनै विचार वा नेताविहीन भएकोले यसको भविष्य अझै अनिश्चित छ।

(३) व्यवहारिक माग- शिक्षा, सीप र रोजगारः नेपालमा यसअघि ठूला आन्दोलनहरु राजनीतिक प्रणाली फेर्नका लागि भए। यो आन्दोलन ती भन्दा विल्कुल फरक छ। अध्ययनपछिको करिअर तथा उज्यालो भविष्यका लागि शैक्षिक प्रणालीमा आमूल परिवर्तन उनीहरुको एउटा माग हो। सैद्धान्तिकभन्दा सीपमा आधारित शिक्षा, प्राविधिक तालिम र उद्यम विकासलाई प्राथमिकता अर्को माग छ। यी कुराहरुको लक्ष्य प्राप्ति हुँदा युवा देशबाहिर जानुपर्ने बाध्यकारी अवस्था परिवर्तन हुनेछ। रोजगारीका लागि सरकारी जागिर वा परम्परागत पेशामा निर्भर नभई र सूचना प्रविधि, स्टार्टअप र सिर्जनात्मक उद्योग खडा गर्नुपर्ने गर्नुपर्ने मार्गचित्र युवासँग देखिन्छ।

(४) संविधान भित्रै समाधानको खोजीः आन्दोलनका अगुवाहरूले राजनीतिक मुद्दाहरुलाई पुराना राजनीतिक दलहरुले भन्दा फरक कोणबाट हेरेका छन्। संविधानले परिकल्पना गरेको सुशासन, जवफादेहिता, सामाजिक न्याय र समान अवसरका विषय व्यवहारमा लागू नभएकोमा चर्को असन्तुष्टि देखिन्छ। संविधान कार्यान्वयनको पक्षलाई उनीहरुले निकै जोडसँग उठाइरहेका छन्। उनीहरूको अर्को एउटा माग प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने भन्ने छ। यो माग यही संविधानको संशोधनबाट सम्बोधन हुन सक्छ, अर्को संविधान लेख्नु पर्दैन।

(५) राजा समाधान होइनन्ः दुर्गा प्रसाइँ नेतृत्वको एउटा समूहले आन्दोलनमा घुसपैठ गरेर ध्वंस मच्चायो। प्रधान सेनापति अशोकराज सिग्देलले जेन-जी समूहलाइ वार्तामा बोलाउने क्रममा प्रसाइँलाई पनि बोलाएका थिए। युवा जंग्गी अड्डा प्रवेश गर्दा प्रसाइँ पहिलै सिग्देलसँग बसिरहेका थिए। ‘आन्दोलनमा सहभागी एउटा समूह राजतन्त्रको कुरा पनि गरिरहेको छ’, प्रधानसेनापतिले भनेका थिए। ‘राजतन्त्रको विषयमा कुनै वार्ता हुँदैन, हामीले राजा ल्याउन आन्दोलन गरेको होइन, यो विषयमा प्रवेशै नगराैँ’, भन्दै रक्षा बमसहितका जेन-जी अगुवा कुरै नगरी जंग्गी अड्डाबाट बाहिरिएका थिए। लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र होइन। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो तर नेतालाई भ्रस्ट हुने छुट छैन भन्ने उनीहरूको विचार सशक्त छ।

निर्वाचन हुन्छ होला त?

भदौ २३ र २४ गते जेन—जी आन्दोलन देशभरि करिब करिब एकै साथ देखिएको हो, आँधीबेहेरी शैलीमा। आन्दोलनको प्रकृति केलाउँदा यसको पृष्ठभूमि पनि हेर्नुपर्छ। सतहमा हेर्दा यो एकाएक भएजस्तो देखिए पनि पूर्वतयारी बिना यति ठूलो आन्दोलन भयो भनेर मैले चाहिँ पत्याइँन। सिंहदरबार खरानी पार्ने, संसद भवन ध्वस्त पार्ने र सर्वोच्च अदालत जलाउनेसहितका ध्वंसाहत्मक कार्यमा पहिलो दिनको प्रदर्शनमा सहभागीहरू कमै थिए।

नेपत्थ्यबाट आन्दोलनको नेतृत्व कसले गरिरहेको हो ? त्यो शक्ति अझै रहस्यमै छ। काठमाडौंका मेयर बालेन्द्र साह सामाजिक सञ्जालमा देखिए, बस् त्यति हो। निश्चय नै परिवर्तन भएको छ। यसलाई वैधानिक लिकमा ल्याउन अर्थात् आन्दोलनका उपलब्धि संस्थागत गर्न निश्चित लोकतान्त्रिक प्रक्रियामा जानैपर्छ। त्यसकै लागि निर्वाचन गराउने म्यान्डेडसहित सुशीला कार्की नेतृत्वमा नयाँ सरकार बनेको हो।

आन्दोलनका उपलब्धि संस्थागत गर्न निर्वाचन आवश्यक छ र अबको सबैभन्दा ठूलो चुनाैती पनि त्यहीँ छ। के २०८२ फागुन २१ को निर्वाचनमा बालेन शाह नेतृत्वको पार्टी बन्छ वा उनको छाहरीमा जेन-जी समूह निर्वाचनमा जान्छ? कांग्रेस, एमाले, माओवादीसहितका दल स्वत:स्फूर्त निर्वाचनमा सहभागी होलान्? अनि हतियार खोसिएर मनोबल गिरेको नेपाल प्रहरीले अहिलेको अवस्थामा निर्वाचनमा सुरक्षा दिन सक्छ?

The post जेन-जी आन्दोलनको गन्तव्य कहाँ हो? appeared first on TGuff.

ज्योति समूहमा विवाद: ४ करोड ३६ लाख भाडा असुलेर अस्पताल बन्द गराउन पद्म ज्योतिको कसरत
ज्योति समूहका अध्यक्ष डा.रूप ज्योति, जो ग्रान्डी सिटी अस्पताल सञ्चालनको पक्षमा छन्।

बुधबार दिउँसो बर्दी लगाएका एक ट्रक महानगर प्रहरी कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालभित्र प्रवेश गरे। नियोनेटल केयर युनिट (एनसीयु), इन्टेन्सिभ केयर युनिट (आइसीयु), हाइ केयर युनिट (एचएसयु) कक्षका इक्विपमेन्ट हटाउन ७ दिने सूचना टाँसेर फर्किए।

महानगरले हटाउनु भनेका उपकरणहरू अस्पतालका सबैभन्दा महत्वपूर्ण युनिटका सामानहरू हुन्। काठमाडौं महानगरपालिकाले सम्वेदनशील युनिटका उपकरण हटाउन दिइएको म्याद आज आइतबारसहित अब ३ दिन बाँकी छ। उपकरणको सहयोगमा श्वास फेरिरहेका बिरामीलाई कहाँ सार्ने वा यसै छोड्ने भन्ने विषयमा महानगर मौन छ।

सूचनामा भनिए झैँ महानगर प्रहरीले अस्पतालमा बल प्रयोग गर्यो भने एनसीयुमा बाँचिरहेका शिशुदेखि आइसीयुमा रहेका बिरामीलाई समेत घातक असर पर्नेछ। मुख्य युनिटहरू तोडफोड गरेपछि ग्रान्डी सिटी अस्पताल आगामी बुधबारदेखि बन्द पनि हुनसक्छ। अस्पताल स्रोतका अनुसार २०८१ असोज ६ गते पनि महानगरको टोलीले अस्पतालको अवलोकन गर्दै एनसीयु, आइसीयुको अवस्था अवलोकन गरेको थियो। बिरामीलाई असर नपर्ने गरी, सुरक्षितसँग सामान सार्न निर्देशन दिएको थियो।

अस्पतालले उपकरण सार्ने विस्तृत योजना र समय तालिका बनाएर महानगरलाई बुझायो। त्यस यताको एक महिनामा अस्पतालले केही उपकरण पहिला भएको स्थानबाट सारेको पनि छ।

‘महानगरको निर्देशनअनुसार हामीले नाक, कान, घाँटीसम्बन्धी मेसिन सारीसक्यौँ। अप्टिकल स्टोर हटाएका छौँ’, ज्योति समूहका अध्यक्ष डा.रुप ज्योति भन्छन्, ‘अस्पतालमा महत्वपूर्ण विभागहरुमा उच्च स्तरीय इन्टरनेट मेडिकल उपकरण जडान गरिएको छ। अस्पतालमा प्रहरीले बल प्रयोग गर्ने हो भने ४—५ करोड बढी मूल्यका ती इक्विपमेन्ट बिग्रिने खतरा हुन्छ। एनसीयु, आइसीयुमा रहेका बिरामीको जीवन खतरामा पर्छ।’

उनलाई लाग्छ, ग्रान्डी सिटी अस्पताल ज्योति समूहको एउटा गौरवको विषय हो, मानवहितमा गरिएको सम्झनलायक लगानी हो। व्यापार, व्यवसाय सँगसँगै सामाजिक उत्तरदायित्व सम्झेर अस्पतालमा लगानी गरेको उनी बताउँछन्।

‘अस्पताल ज्योति समूहको हो। अहिले पनि त्यहाँ प्रिमेच्वर अवस्थामा जन्मेका शिशु र तिनलाई जन्मदिने बिरामी आमाहरुको उपचार भइरहेको छ’, डा.रुप भन्छन्, ‘तपाईं हामी सबैलाई थाहा छ, स्वास्थ्य सेवा अरु व्यवसाय जस्तो होइन। स्थापनाको १० वर्षसम्म पनि यो घाटामै छ। हामीले सोसल रेस्पोन्सिबिलिटी महसुस गरेर अस्पताल चलाइरहेका छौँ।’

ग्रान्डी सिटीले एनआइसीयुमा प्रयोग गरेको प्रविधि थाइल्याण्डको समित्मिभेज अस्पतालसँगको सहकार्यमा जडान गरिएको उच्च गुणस्तरको प्रविधि हो। अस्पतालको बेडहेड प्यानलमै अक्सिजन, कम्प्रेस्ड एयर आउने प्रविधि छ। हावालाई किटाणुरहित बनाउन हाइ भोल्युम एयर कन्डिसन सिस्टम जडान गरिएको छ। महानगरको ताकेता यिनै उपकरण हटाउनका लागि भइरहेको हो।

अस्पतालका उपकरण हटाउन पटक पटकको ताकेता सहित अस्पतालमै किन बर्दीधारी प्रहरी ठाइरहेछ त? यो प्रश्नको जवाफ त्यति सरल छैन।

अस्पताल विवादको मूल जरो बुझ्न २०७७ भदौ देखिको ज्योति समूहमा हुँदै आएको दाजुभाइको किचलो थाहा पाउनुपर्छ।

पिता पद्म ज्योति दायाँ र पुत्र सराैभ बायाँ। उनीहरू अस्पताल बन्द गराउन पावर एक्सरसाइज गरिरहेछन्।

ग्रान्डी सिटी अस्पतालले दाजु पद्म ज्योति र भाइ डा.रुप ज्योतिको संयुक्त भवनको आधाआधा भाग ओगटेको छ। महानगरले बल प्रयोग गर्छु भनेर हटाउन चेतावनी दिएका उपकरणहरु पद्म ज्योति स्वामित्वको भवन पट्टिका हुन्। ५० बेड अस्पतालका एनसीयु, आइसीयु जस्ता महत्वपूर्ण युनिट त्यहीँ छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष उनले २०७८ सालमै अस्पतालले भाडा तिरेन त्यहाँ भएका उपकरण हटाई ठाउँ खाली गरी पाउँ भनी महानगरमा निवेदन दिएपछि यो प्रकरण सुरु भएको थियो। त्यति बेला उनले भाडाबापत १ करोड ५४ लाख ३२ हजार रूपैयाँ पाउन बाँकी रहेको दाबी गरेका थिए।

खोजी क्रममा मैले पाएका तथ्य प्रमाणअनुसार चाहिँ पद्म ज्योतिले अस्पतालसँग भाडाबापतको रकम नियिमत पाएका छन्। एड्भान्स सहित जोड्ने हो भने २०७१ देखि २०७७ असार मासन्तसम्म अस्पतालबाट उनले ४ करोड ३६ लाख ६१ हजार रूपैयाँ लिएका छन्। भाडा उठाएर गरेकाे यो कमाइ बापत उनले ४३ लाख ६२ हजार ३ सय ७५ रूपैयाँ कर पनि तिरेका छन्।

सम्झौताअनुसार अस्पतालले मासिक १ लाख ८० हजार रुपैयाँ उनलाई बुझाउनु पर्छ। एड्भान्स रकमको हिसाब हेर्दा पद्म ज्योतिले बुझिसकेको पैसाले अबको ९.६ वर्ष अस्पतालले भाडा नतिरे पनि हुने देखिन्छ।

यो विवादमा ‘युटुबे च्यानल’ (उनकै भाषामा है) हरुले झुटो कुरा फैलाए भनेर आफ्नो कुरो राख्न उनले आइतबार सेतोपाटी, र कान्तिपुरमा विज्ञापन प्रकाशन गरेका छन्। मिडियाले बिजनेस पाए, त्यो गजब भयो।

आइतबारको विज्ञापनमा पनि उनले ३ वर्षाअघि जस्तै अस्पतालबाट भाडा नपाएकाले उपकरण हटाउन प्रक्रिया थालेको हो भन्ने कुरा स्थापित गर्न बढो मिहिनेत गरेका छन्। मैले पाएका डकुमेन्टहरु विज्ञापनमा  उनले दाबी गरिएभन्दा ठिक विपरित छन्। बैंकमा पैसा डिपोजिट गर्दाका भौचर, बैंक स्टेटमेन्ट र घरभाडा बापत उनले बुझाएको कर कार्यालयका आधिकारिक कागजादले उनले विज्ञापनमा दाबी गरेका विषयलाइ एकमुस्ट खण्डन गर्छन्। ती कागजातहरूका अनुसार अस्पतालले २०७१ सालदेखि उनलाइ भाडा बुझाउँदै आएको छ।

यी दश वर्भाषमा भाडा बापत दिए/लिएको पैसासम्बन्धी हिसाबकिताब र तथ्यहरूको फाइल करिब ९० पेज लामो छ। मैले १-२ पाएँ, हेर्नुहोस्।

यी सबै तथ्य, प्रमाण हेरेर २०७८ मै महानगरपालिकाको न्यायिक समतिले निर्णय दिन्छ, ‘घर मालिकले चाहँदा बहालमा बस्ने व्यक्ति/कम्पनीलाई हटाउन सक्छ। अस्पतालले इक्विपमेन्ट तत्काल हटाउनू।’ महानगरको यो निर्णय हुँदा काठमाडौंको मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी थिए।

यो त्यो समयको कुरा हो जतिबेला ज्योति समूहमा दाजु पद्म ज्योति पक्ष र भाइ डा.रुप ज्योति पक्षबीच झगडा गहिरिएको थियो। अस्पतालविरुद्ध निवेदन परेको २०७८ भदौ पनि त्यही आसपासको समय हो।

महानगरपालिका न्यायिक समिति, जिल्ला, उच्च, सर्वोच्च अदालतमा यो बीचमा भएका विभिन्न खाले निवेदन र आदेश हुँदै ३ वर्षपछि फेरि विवादको फाइल महानगरमै आइपुगेको हो।

The post ज्योति समूहमा विवाद: ४ करोड ३६ लाख भाडा असुलेर अस्पताल बन्द गराउन पद्म ज्योतिको कसरत appeared first on TGuff.

नयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन्
बल्ल बुकको किन्डल भर्सन बन्यो है 😃😃

उनी राजकुमार थिए तर राजगद्दीमा बसेनन्। उनी दरबारमा हुर्किए तर राजकागज गरेनन्। राजकुमारीसँग विवाह गरे तर गृहस्थ जीवन बिताएनन्। तथागत बनेर मान्छेलाई शान्तिको बाटो देखाए तर महासागर तरेर उत्तर अमेरिका पुगेनन्। हो, उनी बुद्ध थिए र यो २६ सय वर्ष अघिको कुरा हो।  बुद्ध जन्मे हुर्केको समय र अहिलेको मानव समाजबीच ठूलो अन्तर छ। यतिबेला बुद्ध कुनै न कुनै स्वरुपमा प्रशान्त र हिन्द महासागर पारी पुगेका छन् अनि अधिकांश देशमा राजकुमार छैनन्।

स्थायी खुशी, शान्ति र आनन्दको जीवनयापन कसको रोजाईमा पर्दैन र ? घृणा, हिंसा, इर्श्या र प्रतिशोध जगाएर प्वाल परेको बकेट भर्न दौडडिरहेका हरुका लागि चेतना गहिराइबाट शान्ति र खुशीका ‘सिग्नल’ उत्पन्न गर्नु उल्लासकै कुरा हो । नाक, कान, आँखा, जिब्रो र ‘स्किन’का ‘सिग्नल’हरू अत्यन्त तीब्र गतिमा मस्तिष्कलाई सञ्चार गर्ने सेपियन्स (आधुनिक मानव) को विशेषता हामी सबैको उस्तै हो। सम्भवतः यही तथ्य अनुभव गरेपछि हुनुपर्छ, वैज्ञानिक अल्बर्ट आन्स्टाइनले सन् १९३० देखि भन्न थालेका थिए, ‘बुद्धको शिक्षा धर्म सम्प्रदाय होइन बरु यो मस्तिष्क विज्ञान हो।’ हुन पनि बुद्धवाणि वाला पुस्तक धम्मपदको पहिलो गाथाले प्रस्टसँग भन्छ- मनोपुब्बङ्गमा धम्मा, मनोसेट्ठा मनोमया अर्थात मस्तिष्क सबै प्रवृत्तिको अगुवा हो।  त्यसैले प्राचीन बुद्ध विद्या आर्टिफिसियल इन्टेलिजेन्स युगका हाम्रा लागि चासोको विषय हो। स्थायी खुशी र चेतना गहिराइको शान्ति सरोकारको विषय हो।

२ लाख वर्षको आधुनिक मानव इतिहासमा २६ सय वर्ष निकै छोटो समय हो। तर समाज विकासको पाटो केलाउँदा त्यो र यो समयबीच प्रशस्त फरक भेटिन्छन्। हिजोआज प्रशान्त महासागरमाथि प्लेनमा उडिरहँदा एयरपडमा निर्देशन सुनेर ध्यान गर्नेहरु भेटिनु सामान्य हो। यो अहिलेको विज्ञान, प्रविधि, अर्थ व्यवस्थाले सम्भव बनाएको हो। सिद्धार्थले पनि एउटा यस्तै सामाजिक, राजनीतिक तथा अर्थ व्यवस्थाको परिवेशमा रहेर बुद्धत्व हाँसिल गरेका हुन्। उमाकान्त पौड्यालको गैरआख्यान पुस्तक ‘बुद्धकालीन समाज’ले त्यो समयको पेशा, व्यवसाय, प्रविधि, उपकरणदेखि विवाह शैलीसम्मलाई केलाउँछ। २६ सय वर्षअघिको कपिलवस्तु तथा उत्तर भारतका राज्यहरुको इतिहास, शाषन प्रणाली, जीवन शैली र सामाज व्यवस्थाको फेहरिस्त भन्छ।

परिशिष्ट बाहेक १० च्याप्टरमा विभाजित ३०० पृष्ठको पुस्तकले त्रिपिटकका गाथा एवं अट्ठ कथाहरुको विश्लेषण गरेको छ। लेखकले बौद्ध साहित्यमा समावेश कतिपय चामत्कारिक, काल्पनिकजस्ता लाग्ने प्रसंगलाई तथ्य र तर्कको कसी लगाएर प्राज्ञिक विधिमा जाँचेका छन्। बुद्धलाई चामत्कारिक, अलौकिक शक्ति होइन वास्तविक मानिसको रुपमा व्याख्या गरेका छन्। बुद्धको जन्मसँग सम्बन्धित कतिपय विषयहरु अस्वभाविक अतिरिञ्जितजस्ता रहेको लेखकको बुझाइ छ।

बौद्धकालीन समय वैचारिक उथलपुथलको हिसाबले पूर्वीय सभ्यताको जबरजस्त इतिहास हो। ज्ञानको खोजी, विस्तारका क्रममा त्यो समयलाई बुद्धले कुन कुन पक्षमा छोए ? जातिवाद, पशुबली प्रथाले गहिरो जरा गाडेको समाजमा हत्या—हिंसा बिरोधी सिद्धान्त कसरी फैलियो ? ऐतिहासिक सामाग्रीको प्रमाणिकता र त्यसबारे त्रिपिटकमा उल्लिखित सन्दर्भको अध्ययन नगरी त्यो इतिहास पर्गेल्न असम्भ छ। फेरि त्रिपिटक बौद्ध धर्मको केवल एकल ग्रन्थ होइन । बुद्धका उपदेश, वाणि र सुत्रका तीन अलग—अलग विधाहरू सुत्त, विनय र अभिधम्मको संयुक्त नाम हो—त्रिपिटक। भनिन्छ, बुद्ध परिनिर्माणको तीन महिनापछि भिक्षु महाकश्यपको अगुवाईमा ८२ हजार बुद्धवाणि र २ हजार अग्रणी भिक्षुका उपदेशलाई ५ सय (कसै कसैले ७ सय  पनि भन्ने गरेका छन्। भिमराव अम्बेडकर, बुद्ध एन्ड हिज धम्म, पेज नं.७) अरहन्त भिक्षुले अनुमोदन गरेका थिए । ईपु ४८३ मा अनुमोदित त्यो सामाग्री नै संयुक्त रुपमा त्रिपिटक भनेर चिनिँदै आएको छ । भनिन्छ, अहिले पनि समय समयमा त्यसको प्रमाणिकता जाँच हुनेगर्छ। त्यही त्रिपिटकलाई रचना आधारभूमि मान्दै लेखकले त्यो समयको संस्कृति, भिक्षुसंघ, वर्ण व्यवस्था, पेशा, जीविका र जीवनशैलीदेखि यौनकर्मीसम्मको अवस्था उजागर गरेका छन्। पुस्तक पढिरहँदा कतिपय प्रसंग पाठकलाई सनसनीपूर्ण लाग्न सक्छन्। अट्ठगाथालाई उदृत गर्दै पुस्तकको महिला र दासदासी च्याप्टरमा लेखिएको छ, ‘काशी राज्यको सम्पूर्ण आम्दानी भन्दा त्यहाँकी एक जना नगरबधु अट्ढकाशीको कमाई बढी थियो।’

‘अध्यात्मिक प्रगतिका लागि गृहस्थ जीवन बन्धनयुक्त हुने भएकाले स्वतन्त्रताका लागि सिद्धार्थले गृहत्याग गरेका हुन्।’

बुद्धकालीन समय थुप्रै विषयका कारण खोजिने र पढिने इतिहास हो। वैदेकि कालदेखि चल्दै आएका कतिपय प्रथाहरु परिवर्तन, सामाजिक सौहार्दता एवं तल्लो जात उत्थानको सशक्त हस्तक्षेपका लागि त्यो सबैभन्दा महत्वपूर्ण समय हो। ‘बुद्धकालीन समाजमा’ त्यो एक एउटा सिंगो युगको सामाजिक एवं धार्मिक जीवनका रोचक तथा प्रमाणिक विवरण उपलब्ध छन्। बुद्धको समयमा संस्कृत भाषा विद्वान ब्राह्मण, महाराज र दरबारभित्र बोलिने कुलिन भाषा थियो। दरबारमा हुर्किए पनि बुद्धले साधना सिकाउने प्रयोजनका लागि संस्कृत प्रयोग गरेनन्। उनले त्यो बेलाका जनताले बोल्ने पाली भाषामा प्रवचन दिए, साधना विधि सिकाए। अध्यात्मिक उपलब्धिलाई दार्शनिक सिद्धान्त र बौद्धिक वर्णनको गह्रौँ विषय बनाएनन्। सिधै शील, सामाधि र प्रज्ञा सिकाए। जनताको भाषामा सबैले बुझ्ने गरी बताए— दुःख छ, दुःखको कारण छ, दुःख निदानको उपाय छ। प्रवचन मात्र दिएनन्, अनुभव नै गराइदिए। गम्भीर विषयको सरल प्रस्तुति, प्रवचन मात्र हैन परीक्षणमार्फत अनुभव गराउने विध एवं जनताको बोली भाषाको प्रयोगका कारण बुद्ध विद्या अत्यन्त तीब्र गतिमा फैलियो। विस्तृत समुदायलाई स्वीकार्य भयो।

वर्ण व्यवस्थासहित बुद्धकालका विशेषताहरु तथा बुद्धत्व प्राप्तिका पहिला वर्षहरुमा बुद्धले महिलालाई भिक्षुणी बन्न अनुमति नदिएका प्रसंगहरु पुस्तकमा छन्। आफूलाई हुर्काउने सानिमा प्रजापतिलाई समेत बुद्धले सुरुमा भिक्षुणी बनाउन अस्वीकार गरेको, पछि अुनमति दिए पनि महिलाका लागि थप ८ वटा नियम थपेको तथ्य लेखकले पेश गरेका छन्। सुरुवाती अवस्थामा त्रिपिटक लिपीबद्ध नभएको र पछि लिपीबद्ध गर्दा कुनै भिक्षुले यो प्रसंग मिसाएको हुन सक्ने शंका लेखकको छ। बुद्धकालीन राज्य संरचना केलाएको पुस्तकले कतिपय आधुनिक राजनीतिक सिद्धान्तलाई सिधै छोएको छ। राजनीतिक सिद्धान्तको अनुसन्धानकर्ताका लागि ग्रिक दार्शनिक प्लेटोको ‘आइडियल स्टेट’ अध्ययनको पहिलो चरण हो। प्लेटोले रिपब्लिक पुस्तकमा राज्य हुन आवश्यक तत्व र राज्यको दायित्वबारे सुक्ष्मसँग प्रस्ट्याएका छन्। ईपु ३०० तिर लेखेका विशेषता भएका राज्यहरु प्लेटो जन्मनुभन्दा करिब ५० वर्ष अगाडि नै अस्तित्वमा रहेको सन्दर्भ ‘बुद्धकालीन समाज’ले उजागर गरेको छ। बुद्धको राज्यसम्बन्धी अवधारणा नागरिकलाई अधिकतम खुशी दिने, मानव कल्याण, समानता, समृद्धि, न्याय, सत्य र अहिंसा आधारित थियो। प्लेटोको ‘आइडियल स्टेट’ यो भन्दा धेरै फरक छैन। लेखकले त्यो बेलाका ऐतिहासिक तथ्यहरुलाई त्रिपिटकका गाथा, अट्ठकथा एवं अन्य लेखकहरुका पुस्तक उदृत गर्दै प्रस्ट्याएका छन्। पुस्तक समाजशास्त्र, इतिहास र बुद्धदर्शनका विद्यार्थी तथा अध्येताका लागि उपयोगी छ।

निश्चित रुपमा त्रिपिटकको विशाल महासागरबाट ३०० पृष्ठको पुस्तकमा सामाजिक परिवेश झिक्नु चुनौतीपूर्ण र कठिन काम हो। तर लेखकले त्यो समयको समाजका साङ्गोपाङ्गो विशेषता र घटनाहरु तथ्य र तर्कसंगत रुपमा निकाल्न सफल भएका छन्। राजकुमार सिद्धार्थले किन र कसरी गृह त्याग गरे? हामीले पढ्दै, आएका छौं— उनले मृतक, रोगी, वृद्ध र सन्यासी देखेर बैराग्य भई दरबार त्यागेका हुन्। सुन्दै आएका छौं— पत्नी यशोधरा निदाइरहेको बेला मध्यरातमा सुटुक्क दरबार बाहिर निस्केका हुन्। यही भाष्य र कहानी अहिले नेपालमा चलनचल्तीमा छन्। यस विषयमा धेरैको मनमा गडेको विश्वास भन्दा फरक विषय लेखकले उजागर गरेका छन्। पुस्तक भन्छ, सिद्धार्थ मध्यरातमा सुटुक्क हिँडेको नभई बाबुआमाको इच्छाविपरित उनीहरुकै अगाडि सन्यासी भेष धारण गरी गृहत्याग गरेका हुन्। यो तथ्य उजागर गर्न लेखकले दीग्घनिकाय—१ सोणदण्ड सुत्तको तथ्य पेश गरेका छन्। यो तर्कलाई अझ बलियो टेको लगाउन लेखकले बुद्धका पर्सनल सेक्रेटरी भिक्षु आनन्दको एउटा भनाइ उल्लेख गरेका छन्, ‘अध्यात्मिक प्रगतिका लागि गृहस्थ जीवन बन्धनयुक्त भएकाले स्वतन्त्रताका लागि सिद्धार्थले गृहत्याग गरेका हुन्।’

पौड्यालले बुद्धकालीन समाजका प्रसंगहरु यसरी पेश गरेका छन् कि तत्कालीन समयका अध्यात्मिक र ऐतिहासिक तथ्यहरुले ठाउँ ठाउँमा पाठकको मस्तिष्क हल्लाउँछ। थुप्रै प्रश्नहरु जन्माइदिन्छ। त्रिपिटक अध्येता कोसम्भी, भदन्त आनन्द कौसल्यायन, भीमराव अम्बेटकरसहितका बौद्ध विद्वानका तथ्य र तर्क उदृत गरिएको बुक पढ्दा लाग्छ, लेखकले अन्त्यसम्मै पुस्तकको शीर्षक ‘बुद्धकालीन समाज’ सार्थक पार्न कुनै कसर बाँकी राखेका छैनन्। राज्य व्यवस्था, धार्मिक सम्प्रदाय, भिक्षु संघ, वर्ण व्यवस्था, संस्कृति, पेशा तथा दास प्रथा, विवाह, यौनकर्मी, खानपान, बस्त्रआभुषण, लोकमहोत्सव, शिक्षा आदिलाई कोण कोणबाट केलाएका छन्।

पुस्तक: बुद्धकालीन समाज

लेखक: उमाकान्त पाैड्याल

प्रकाशक: फाइन प्रिन्ट

विधा: इतिहास

(यो बुक पढ्न प्रेरित गर्ने पत्रकार स्वेच्छा राउतलाई धेरैधेरै धन्यवाद।)

तलको जसरी लेख्न सुरू गरेको माथिको जसरी अन्त्य भयो 😃
२ हजार ६ सय वर्षको अवधिमा मान्छेले राजनीतिक, समाज, विज्ञान र प्रविधिमा ठूलो क्रान्ति गरेको छ। दैवी शक्तिहरुको बल होइन, प्रविधिको आविस्कारले मानव जीवन सहज बनाएको छ। कुनै बेला दैवी चमत्कार मानिने विषयहरु अहिले वैज्ञनिक प्रयोगशालामा सृष्टि भइरहेछन्। मानिसले जैविक वस्तुमा आफूले चाहेको गुण, रुप र स्वाद भर्न थालेको छ। तै पनि पछिल्ला केही तथ्य मस्तिष्क चक्राउने खालका छन्। युद्ध र हिंसाका कारण  वर्षेनी २ लाख मानिस मारिँदा रहेछन्। यो भन्दा भयवावह अवस्तथा त अर्को युद्धको पो रहेछ- चुपचाप, मनभित्र हुने युद्ध। छक्क पार्ने कुरा त यो रहेछ- परिवार, साथीभाइ र समाजलाई ‘ठिक छु’ भन्ने धेरै दोस्तहरू आफूभित्र ‘बेठिक’ पनि हुँदा रहेछन्। ७ लाख अर्थात युद्धमा मारिने भन्दा ३ गुणा बढी मान्छेले त डिप्रेसन, आत्महत्याबाट पो जीवन अन्त्य गर्दा र’छन्। आफूभित्र मनोबलमा पराजित हुँदै गरेकाहरुमा आशा र खुशीको एक बुँद पुर्याउने विधि अझै किन बनेन होला? युकेकी राजकुमारी केट मिडल्टन मेन्टल हेल्थबारे चासो राख्दिरहिछन्, उनले विद्यार्थीसँग अन्तरक्रिया गरेको एउटा खबर बीबीसीले बनाएछ। आज अक्टोर १० अर्थात मेन्टल हेल्थ-डे। झ्याल बाहिरबाट छिरिरर… आवाज आयो। मैले बाहिर तिर आँखा घुमाएँ। पानी पर्न थालेको रहेछ। यो पाली वर्षायाम सकिए पनि पानी पर्न रोकिएको छैन। ल्यापटपलाइ ‘सटडाउन’ कमान्ड दिँदा दिँदै मेरो दाहिने हात सिरानी भन्दामाथि पुगिसकेको थियो। त्यहाँबाट एउटा किताबले मलाइ निकै दिनदेखि हेरिरहेछ। अर्थात मैले उसलाइ हेरिरहेछु। यो नयाँ किताब अब पढ्नुपर्छ- बुद्धकालीन समाज।

The post नयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन् appeared first on TGuff.

ताता दिनहरू आउनेछन्
Bill Gates and his book How to Avoid a Climate Disaster

मान्छेले दिनदिनै जीवनयापनका सुविधा र उपभोग क्षेत्र थप्दै गइरहको छ । हातहातमा चल्ने स्मार्टफोनको ब्याट्री आयु बढाउनेदेखि, लाखौं टेगाबाइट डाटा भण्डारण गर्ने क्लाउड सेन्टरसम्म । खाना पकाउने चुल्होदेखि एउटा बटन दबाउँदा तातो/चिसो पानीले दिशा धुने ट्वाइलेट ब्रससम्म । प्रत्येक दिन सूर्य उदाउँदा करोड डलर कमाइ गर्ने ठूला उद्योगदेखि लिफ्टको सहारामा चढ्नुपर्ने गगनचुम्बी व्यापारिक भवनसम्म । रिमोट दबाउँदा घरकै ताप आफूअनुकूल बनाइदिने एयर कन्डिसनदेखि सिटमा मसाज सुविधा भएका सवारी साधनसम्म ।

सिमेन्ट निर्मित घर, कार र सुविधायुक्त सहरिया जीवन पाउँदा को खुसी हुँदैन ? अझ विकासशील देशमा बसोबास गर्ने, परम्परागत पेसा अपनाउँदै आएका मानिसका लागि यस्तो आधुनिक जीवनशैली ठूलै उल्लास हो । तर, ब्रह्माण्डीय संरचनाको सामान्य नियम छ– अन्धाधुन्ध प्रकृति दोहन र ऊर्जा खपत जसले गरे पनि त्यसको सजाय पृथ्वीवासीले पाउँछन् । शासनका लागि मानिसले पृथ्वीलाई राजनीतिक, आर्थिक एकाइमा विभाजन गरे पनि प्राकृतिक तहमा यो एउटा ग्रह मात्रै हो । त्यसका संरचनामा पर्ने अप्ठ्यारो यहाँका प्राणीका लागि विपत हो । त्यसैले अन्धाधुन्ध प्रकृति दोहन र जैविक इन्धन (कोइला, पेट्रोलियम पदार्थ र ग्यास) सहितको ऊर्जा खपतका कारण वायुमण्डलमा उत्सर्जन हुने ग्रिनहाउस ग्यास पृथ्वीवासी मानिसका सरोकारका विषय हुन् । जलवायु परिवर्तनको विपत् मानव स्वास्थ्य र जीवनसँग सीधै जोडिने विषय हो । अमेरिकी लेखक एवं माइक्रोसफ्ट संस्थापक बिल गेट्सको नयाँ गैरआख्यान किताब ‘हाउ टु अभोइड अ क्लाइमेट डिजाइस्टर ः द सोलुसन वी ह्याब एन्ड द ब्रेक थ्रुज्स वी निड’ ले जलवायु परिवर्तन खतराको फेहरिस्त भन्छ । किताबले हरितगृह ग्यास उत्सर्जनको विपत् सामना गर्ने व्यावहारिक मार्गचित्र पेस गर्छ । किताबलाई ‘न्युयोर्क टाइम्स’ सहितका पत्रिकाहरूले ‘बेस्ट सेलर’ सूचीमा राखेका छन् ।

परिचयबाहेक १२ च्याप्टरमा विभाजित २७५ पृष्ठको पुस्तकमा बिल गेट्सले आर्थिक समृद्धिको सीधा सम्बन्ध पृथ्वीको तापक्रम वृद्धि र प्रकृति दोहनसँग रहेको तथ्य केलाएका छन् । किताब मूलतः दुई अंकवरिपरि घुमेको छ, ५१ बिलियन र शून्य । मानव निर्मित प्रदूषणले बर्सेनि वायुमण्डलमा थप भइरहेको हरितगृह ग्यासको परिमाण ५१ बिलियन टन हो । पर्यावरणीय सन्तुलन मिलाउन यो कतिमा झर्नुपर्छ ? असाध्यै कठिन भए पनि त्यो संख्या शून्य हुनुपर्ने लेखको बुझाइ छ । सारा विश्व ऊर्जा खपत दौडमा प्रतिस्पर्धा गरिरहँदा करिब असम्भव लाग्ने यत्रो परिवर्तन किन आवश्यक छ ? बिल गेट्स लेख्छन्, ‘पृथ्वीको तापक्रम बढ्नुको कारण वायुमण्डलमा थुप्रिएको ग्रिनहाउस ग्यास हो । वायुमण्डलमा त्यो जति धेरै थुप्रिनेछ, पृथ्वी उति धेरै तात्दै जानेछ । त्यसैले अब कार्बन डाइअक्साइड उत्सर्जनको दौड घटाइनुपर्छ ।’

जलवायु परिवर्तनको आर्थिक सम्बन्ध

किताबको दोस्रो च्याप्टरले जैविक इन्धनसँग मानवीय गतिविधिको सम्बन्ध उजागर गर्छ । बिहान उठेर दाँत माझ्नेदेखि राति ओछ्यानमा पल्टिने बेलासम्म मानिसको जीवनशैली ऊर्जा–खपत र कार्बन–उत्सर्गनसँग अलग हुनै नसक्ने गरी जोडिएको छ । र, किताबले त्यो घटाउन आइपर्ने चुनौतीको उपाय सुझाउँछ । स्वस्थ जीवन बाँच्दै आयु लम्ब्याउनेदेखि आर्थिक संबृद्धि गर्नेसम्म मान्छेले पछिल्ला शताब्दीमा गजब राम्रा आविष्कार गर्‍यो । तर, करिब ती सबै नै जैविक इन्धन र ऊर्जा खपतमा आधारित छन् । जैविक इन्धन र सिमेन्टको प्रयोग व्यापक नभइसकेको औद्योगिक क्रान्ति अर्थात् १८ औं शताब्दीअघि पृथ्वी तात्ने अनुपात अहिलेजस्तो थिएन । लेखकले पात्रो पल्टाएरै देखाएका छन्, आधुनिकीकरणको सुरुआतसँगै वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन अत्यधिक थप भएको हो ।

किताबमा अमेरिकी उदाहरण धेरै प्रयोग भए पनि एकै विधिमा आधारित ऊर्जा प्रयोग, आधुनिक जीवनशैली, सम्भावित जोखिम र न्यूनीकरणका फेहरिस्त सबैका लागि उपयोगी छन् । क्याम्ब्रिज विश्वविद्यालयका इन्जिनियरिङका प्रोफेसर डेभिड म्याकीको तथ्यांकको साहरामा किताब भन्छ, ‘प्रतिव्यक्ति आय र ऊर्जा खपतको सम्बन्ध छ । बढी कमाउनेले धेरै ऊर्जा खपत गरिरहेछन् र थोरै कमाउनेले थोरै ।’

पछिल्लो समय चीनको चर्चा आर्थिक उन्नति, कम्युनिस्ट सत्ता, सस्तो श्रम बजार, विशाल भौतिक संरचना निर्माण र दक्षिण पूर्व एसियाको उदाउँदो शक्ति केन्द्रका लागि विश्व मञ्चहरूमा हुनेगर्छ । उपभोग गर्न पाउनेका लागि आधुनिक जीवनयापन खुसीकै विषय हो । तर, जलवायु परिवर्तनको दृष्टिले चीनको अर्को चित्र किताबले देखाएको छ । सन् २००६ देखि अमेरिकालाई उछिनेर वायुमण्डलमा बर्सेनि अत्यधिक कार्बन उत्सर्जन गर्ने देशहरूमध्ये पहिलो नम्बरमा छ चीन । पृथ्वी तात्ने विपत् नजिक आइरहे पनि भारत र नाइजेरिया चीनलाई भेट्न त्यही बाटोमा छिटोछिटो दौडिरहेका छन् । औद्योगिक क्रान्तिको सुरुआतका सन् १७६० देखि अहिलेसम्मका १८१ वर्षलाई फर्केर हेर्दा मानिसले पहिले आर्थिक गरिबी घटाउन अन्धाधुन्ध प्रदूषण बढाउने र पछि स्वच्छ वातावरणको खोजी गर्ने प्रवृत्ति देखिँदै आएको छ । यो परिवर्तनको गर्न नयाँ अवधारणा बिलले सार्वजनिक गरिदिएका छन् । लेख्छन्, ‘पृथ्वी तातेर वातावरणीय संकट गहिरिनुमा यो नै मुख्य कारण हो । अब आधुनिक जीवनयापन र आर्थिक समृद्धि प्राप्ति प्रक्रियामा वातावरण विनाशको पासोमा नपर्ने उपायको खोजी गर्नुपर्छ ।’

सरकारका नीतिले अर्थ राख्नेछ

किताबले तथ्यांक केलाउँदै सन् १८५० देखि अहिलेसम्म मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम १ डिग्री सेल्सियस बढेको प्रस्ट चित्र देखाउँछ । सुन्दा सानो लागे पनि पृथ्वीको तापक्रम १ डिग्री सेल्सियसले वृद्धि हुनु सामान्य होइन । यो विपत्को संकेत हो । तथ्यांक केलाउँदै पुस्तकले देखाएको छ, ‘सन् २०६० सम्म न्युयोर्क आकारका ठूला सहर प्रत्येक महिना थप भइरहने छन् । अहिलेकै अनुपातमा विश्व अघि बढिरहे सन् २०५० सम्ममा ऊर्जा माग ५० प्रतिशतले बढ्नेछ । र, हरितगृह ग्यास उत्सर्जन अनुपात पनि करिब ५० प्रतिशत नै बढेर जानेछ ।’ बहुकोणबाट तथ्यांक केलाउँदै पुस्तकले औंल्याएको छ, ‘यदि यो वृद्धिदर रोकेनौं भने सन् २०५० सम्म पृथ्वी १.५० देखि ३ डिग्री सेल्सियससम्म तात्नेछ । यो शताब्दीको अन्त्यसम्म पृथ्वी ४ देखि ८ डिग्री सेल्सियस तात्नेछ ।’ पृथ्वी तात्न रोकिएन भने नि ? बिलले तथ्यांकलाई सरल शैलीमा पेस गर्दै जवाफ दिएका छन्, ‘ताता दिनहरू आउनेछन् । मान्छेले नयाँ स्वास्थ्य चुनौती सामना गर्नेछन् । नयाँ ठाउँहरूमा लामखुट्टे बसाइँ सर्नेछन् । औलो (मलेरिया) प्रकोप नयाँ ठाउँमा भेटिनेछ । ‘पोलार आइस’ पग्लिनेछ । सामुद्रिक सतह बढ्नेछ ।’

ग्रिनहाउस ग्यास उत्सर्जनले पृथ्वी तात्दै गए त्यसबाट सबैभन्दा पहिले अविकसित देशका गरिब मानिसलाई असर पर्ने पुस्तकको निष्कर्ष छ । भारत, सिरियासहित कतिपय देशमा जलवायु परिवर्तनको असरस्वरूप खडेरी पर्नेदेखि भूमि अवक्रमण (ल्यान्ड डिग्रिगेसन) सम्म देखिन थालेको छ । पृथ्वी तात्तिँदै जाँदा हुने मरुभूमीकरण र उत्पादन कमीको सम्बन्ध कृषकदेखि उपभोक्तासम्मै रहेको चित्र पुस्तकले देखाउँछ । भारतमा किसानहरूले गरिरहेको आत्महत्यादेखि सिरियामा कृषि पेसाबाट पलायन लाखौं मानिसको मर्मस्पर्शी कथालाई लेखकले जलवायु परिवर्तनको असरको रूपमा औंल्याएका छन् ।

आधुनिक जीवनयापनसँगैसँगै कार्बन उत्सर्जन न्यून पार्ने र सकेसम्म शून्यमै झार्ने नयाँ उपायको खोजी पुस्तकमा छ । सौर्य, हावा (विन्ड) मिलजस्ता नवीकरणीय ऊर्जाको प्रयोग अहिले पनि भइरहेको छ । हावाबाट उत्पादन हुने बिजुलीको पंखा सधैं घुम्दैन र सूर्यबाट पनि सधैं ताप आइरहँदैन । पुस्तक भन्छ, ‘नवीकरणीय ऊर्जा छँदैछ । योबाहेक छलाङ मार्ने नयाँ प्रविधिको अविष्कार अबको आवश्यकता हो ।’ जैविक इन्धन उत्पादनस्थलमै उपकरण उपयोग गरी कार्बन ‘क्याप्चर’ गर्दा कार्बनडाइअक्साइडको उत्सर्जन न्यून पार्न सकिने अर्को उपाय किताबमा छ । तीन चीज एकैसाथ सँगै लगेर जलवायु विपत्बाट जोगिन सकिने उपाय किताबले देखाएको छ– जलवायु टेक्नोलोजी, नीति र बजार । यसमा पनि सरकारी नीतिले महत्त्वपूर्ण अर्थ राख्नेछ । जलवायु विपत्बाट जोगिन सरकारहरूले अपनाउनुपर्ने ७ मार्गचित्र पुस्तकमा प्रस्तुत छ ।

जलवायु परिवर्तन झनै घातक

कोभिड—१९ महामारीले विश्व विक्षिप्त भएको समयमा सार्वजनिक पुस्तकले जलवायु परिवर्तनको विपत्को असरबाट जोगिन प्रत्येक तहका मानिसले काम गर्नुपर्ने विधि सुझाएको छ । सार्वजनिक बहसदेखि नीति निर्माणका लागि मार्गनिर्देश गरेको छ । लेखकले जलवायु परिवर्तन विपत्लाई कोभिड–१९ महामारीसँगै तुलना गरेर तथ्यांक देखाइदिएका छन् । ‘यदि पृथ्वी तात्ने कार्य नरोकिए यो शताब्दीको मध्यसम्म पुग्दा जलवायु परिवर्तनबाट कोभिड–१९ जत्तिकै मानवीय, आर्थिक क्षति हुनेछ’, तथ्यांक केलाउँदै पुस्तक भन्छ, ‘शताब्दी अन्त्यसम्म यो क्षति बढेर पाँच गुणा पुग्न सक्छ । त्यतिबेला आर्थिक तस्बिर पनि धमिलो हुनेछ ।’ यस्तो लाग्छ, लेखकले अन्त्यसम्म पनि पुस्तकको शीर्षक ‘जलवायु विपत्बाट कसरी बच्ने’ लाई सार्थक पार्न कुनै कसर बाँकी राखेका छैनन् । कोण–कोणका पक्ष केलाएका छन् । कम्प्युटर सफ्टवेयरको मौलिक सोचलाई विश्वव्यापी रूपमा स्थापित गर्न सफल बिलले वैज्ञानिक तथ्य र तथ्यांकलाई यसरी केलाएका छन् कि त्यसले पाठकको मस्तिष्क तरंगित बनाउँछ । र, सत्ताकेन्द्रित राजनीतिक नेता तथा विकसित–अविकसित, लोकतान्त्रिक–तानाशाही सबैखाले देशका शासकलाई प्रचलित विकास मोडलबारे घोत्लिन बाध्य पार्छ ।

(कान्तिपुर दैनिकमा २०७८, १९ शनिबारीय कोशेलीमा प्रकाशित)

The post ताता दिनहरू आउनेछन् appeared first on TGuff.

नागरिक मरिरहून्, सत्ता अमर रहोस्!
स्केच साैजन्य: कान्तिपुर दैनिक

प्राचीन भारतको बिहारस्थित नालन्दा विश्वविद्यालय भर्ना पाउन विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्थ्यो । १,५०० वर्षअगाडि नै त्यहाँ उत्कृष्टले मात्र भर्ना पाउँथे । करिब ८,५०० विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयका तीन फरक पुस्तकालय थिए ।

वेद, बौद्ध अध्ययनका सुत्त, विनय र अभिधम्म पिटक, व्याकरण, मानव र चिकित्सा विज्ञानका पुस्तकहरूले पुस्तकालय गुलजार थिए । मध्यएसियाकै अब्बल अध्ययन केन्द्र मानिने नालन्दा तेह्रौं शताब्दीमा ध्वस्त भयो । पुस्तकालयहरू जलाएर खरानी पारिए ।

सो विश्वविद्यालयका छात्र एवं चिनियाँ इतिहासकार ह्वेन साङले लेखेका छन्, ‘तीनवटै पुस्तकालयका पुस्तक जलेर खरानी हुन छ महिना लाग्यो ।’ त्यो बेला त्यहाँ लाखौं पाण्डुलिपि र हजारौं पुस्तक थिए । नालन्दामा आक्रमण गरेका माम्लिक साम्राज्यका सैनिक जनरल मोहम्मद बख्तियार खिलजीको फर्मान थियो, ‘सबै पुस्तक ध्वस्त पार्नू । कुरान पढे पुग्छ, अरू आवश्यक छैन ।’

सैनिक जनरलको आदेशबाट स्पष्ट छ : मानव सभ्यता र चेतनासम्पन्न समाज सत्तालाई खतरा हुन् । शासन चलाउन भारदार, आफ्ना आस्थावान् भए पुग्छ; अरू चाहिँदैनन् । प्राचीन नालन्दाका तीन पुस्तकालयहरू रत्नोदधि, रत्नसागर र रत्नरञ्जक खरानी भएयताका ८०० वर्षमा विश्वभर उत्कृष्ट शासकीय मोडल खोज गरिए, अपनाइए । कोशीको धेरै पानी बगेर गंगामा पुग्यो । नागरिकलाई स्वतन्त्रता र शासकलाई जिम्मेवार एकैसाथ बनाउने शासकीय मोडल यहाँ पनि अपनाइए । सम्राट्, राजा, महाराजा हुँदै शासकहरू प्रधानमन्त्री, राष्ट्रपतिमा बदलिए ।

तिनको नियुक्ति प्रक्रियामा ठूलै छलाङ भयो । तर यति बेला फेरि शासकीय शैलीले भनिरहेछ : सत्ता अमर राख्न भारदार, कार्यकर्ता भए पुग्छ । नागरिक मरिरहून् तर अमुक भगवान् अमर रहून् । यस्तो किन ? युनिभर्सिटी अफ न्यु हाम्सफारमा मिसेल डिलन र मेगन हेनलीले गरेको एउटा अनुसन्धानले भन्छ, ‘वैज्ञानिक सूचनाको पहुँचभन्दा टाढा हुनेहरू आफू आस्थावान् रहेको सम्प्रदायको नेताबाट छिटो प्रभावित हुन्छन् । यसलाई दलहरूले चुनावी फाइदाका लागि प्रयोग गर्छन् ।’ यो अमेरिकी सन्दर्भको कुरा हो । नेपालको यथार्थ अलि भयावह र फरक देखिँदै छ : सत्ता नागरिकलाई उपचार दिन नसकेको कमजोरी ठोरीमा निर्माण गरिने राम मन्दिरको गजुरले छोप्ने प्रयास गर्दै छ ।

निश्चय नै, धर्महरूले मानव अस्तित्वको व्याख्या गरेर अनुशासित जीवनको अवधारणा बुझाउन प्रयास गरेका छन् । र, अर्को तथ्य हो : धर्महरूको निरन्तरतालाई मानव अस्तित्व अनिवार्य सर्त हो । पैसा र सत्ताका लागि प्रभावशाली लयमा झुटो बोल्नु एउटा फरक क्षमता हो । यति बेला यो देशका नागरिकले भोगेको यथार्थ हो— शासक धार्मिक आस्थामा सवार भएर सत्ता दिगो बनाउन काम गरिरहेछन्, नागरिक बचाउनु ‘सेकेन्डरी’ हो ।

यदि त्यस्तो हुँदैनथ्यो भने माम्लिक साम्राज्य अन्त्यको ७३० वर्षपछि वीरगन्जमा उपचार नपाएर विष्णु लामाहरूले अल्पायुमै जीवन अन्त्य गर्नुपर्ने थिएन । आधा दर्जन अस्पतालले उपचार गर्न अस्वीकार गरेर विष्णु मृत्युवेदनामा छटपटाइरहँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन थप्न चासो नदिएर ठोरी र आसपासका जनप्रतिनिधिलाई फर्मान गरिरहेथे, ‘राम जन्मस्थल अयोध्या नेपालमै हो । ठोरीमा भव्य मन्दिर बनाऊ । ७८ सालमा त्यो उद्घाटन गर्नुपर्छ ।’ बालुवाटारबाट प्रधानमन्त्रीको फर्मान त्यति बेला भइरहेथ्यो, जतिखेर उपचार नपाएर नागरिकहरू काठमाडौंका कोठामा खोक्दै एक्लै छटपटाइरहेथे ।

समाजवाद स्थापनाको राजनीतिक दर्शन अँगालेका शासकको महामारी समयको यो फर्मान सैनिक जनरल खिलजीको भन्दा कति फरक छ ? सिद्धान्तमा आधारित भएर त्यसको शोध राजनीतिशास्त्रका विद्यार्थीहरूले बिस्तारै गर्लान् । अहिलेको मुख्य सवाल हो— यो समयमा शासकको प्राथमिकता के हुनुपर्छ : मन्दिर, मस्जिद, स्तूप वा मृत्युसँग संघर्ष गरिरहेका नागरिक ? महामारीलाई सत्ता, कमाइ र राजनीतिक दाउपेचको साधन नबनाउने हो भने जवाफ सहज छ : पहिलो कर्तव्य नागरिकको जीवन हो; उपचार, औषधि र अस्पताल व्यवस्थापन हो ।

महामारीमा २२८ नागरिकले ज्यान गुमाइसकेपछि अस्पतालमा स्वास्थ्यकर्मी र सेवा अभावको विषय फेरि सतहमा आएको छ । सरकारले प्रश्न गर्ने नागरिकप्रति जति ठूलो द्वेष देखाए पनि यो अवस्था बिनाकारण आएको होइन । कोभिड–१९ संक्रमित ५० जना नपुग्दै अनुसन्धान संस्था ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) ले सातै प्रदेशका ११० अस्पतालको सेवा स्थिति अध्ययन गरेथ्यो । वैशाखमा सार्वजनिक रूपमै जीआईआईएस प्रतिवेदनले भनेथ्यो, ‘सानामध्ये ८१ प्रतिशत, मध्यममध्ये ३९ प्रतिशत र ठूलामध्ये ३३ प्रतिशत अस्पतालमा एउटा पनि आइसोलेसन बेड छैन । ठूला अस्पतालका ५० प्रतिशत आईसीयू सञ्चालनमा छैनन् ।’

हुन त अहिले देखिएको चिकित्सक, भेन्टिलेटर, आईसीयू र बेड अभावको बीउ सरकारले ७ महिनाअघि नै रोपेको हो । तथ्यले देखाउँछ : २०७६ पुसमा चीनमा देखिएको कोभिड–१९ एक महिनाको यात्रापछि मात्र नेपाल आइपुगेको हो । त्यहाँदेखि अहिलेसम्म सरकारले ककसका लागि काम गर्‍यो ?

प्रधानमन्त्री र भारदारहरू नागरिकप्रति ‘रिएक्ट’ (रेस्पोन्स होइन) गरिरहेछन् : सरकारले गजब गरेको हो, मिडियाले बिगारे, आलोचकको मति सप्रियोस् । मानौं ओम्नी, सांसद अपहरण आलोचककै उपज हुन् । र, पीसीआर टेस्ट गर भन्नु अक्कल बिग्रनु हो ।तथ्य हो, शासकले बोलेको झुट कार्यकर्ता वा भुइँमान्छेले पत्याए पनि कोभिड–१९ ले औषधि–उपचारबाहेक अरू भाषा बुझ्न सकेन ।

तैपनि नेपाल र भारत दुई देशका शासक वीरतापूर्वक ८०० वर्षपछाडिको शासकीय शैली अभ्यास गर्न प्रतिस्पर्धा गरिरहेछन् : राम र बुद्ध हाम्रै हुन्, नागरिकको जीवन तपसिलको कुरा हो । शक्तिशाली सरकार स्वयंले मस्यौदा गर्ने नीति, कानुनबाट महामारीमा भएका अनियमितता र भ्रष्टाचारबाट शासक र तिनका मतियारले डराउनै पर्दैन । बकस दिएर राज्य अंगमा पठाइएका नातेदार, दास वा भेटी बुझाएर गएकाहरूले प्रभुको खातिरदारी नगर्ने कुरै छैन । १ लाख वर्ष लामो इतिहासमा सबैमाथि जित हासिल गर्ने आखिर मानव नै त हो । त्यो भन्दा बढी शक्तिशाली देखिएका प्रधानमन्त्री ओली सामु एउटा सामान्य सवाल छ : उपचार नपाएर नागरिक मरिरहँदा प्राथमिकता मठमन्दिर बनाएको विषय मानव विकास इतिहासमा कस्तो रङले लेख्ने- सुनौलो वा कालो ?

(कान्तिपुर दैनिकमा १७ भदाै २०७७ मा प्रकाशित)

The post नागरिक मरिरहून्, सत्ता अमर रहोस्! appeared first on TGuff.

नयाँ किताब भन्छ: नेपालमा धनीले सबै चिज किन्न सक्छन्, सत्य पनि
‘तिम्रो यो रकेर्डिङ ९५ प्रतिशत बकवास, झुठ र एक पक्षीय छ । …पख्… म देखाइदिन्छु…’, लेख्न थालेको पुस्तक पूरा नहुँदै एउटा अडियो सुनेपछि खोज पत्रकार/लेखक टम बर्जिसलाई ब्रिटेनका व्यवसायी मोहम्मद अमेरसीले धम्की दिए।

नेपालदेखि स्वीडेन र रसियादेखि उज्बेकिस्तानसम्म टेलिकम व्यापारका अदृश्य खेलाडी अमेरसी राजनीतिक पार्टीका चन्दादाता हुन्। उनको अर्को पहिचान लोकल्याणकारी काम गर्ने समाजसेवीको पनि छ। राजनीतिक नेता, सरकारी निकाय, कानुन र कतिपय मिडियालाई आफू अनुकूल उपयोग गर्न सक्ने शक्तिशाली व्यक्तिको धम्की पछि पत्रकार टम दोधारमा पर्छन्— अगाडि अब के गर्ने !

‘तिम्रा प्रकाशकले यो अडियो सुन्नुपर्छ। उनले थाहा पाउनुपर्छ कि तिमी कति फटाहा छौ भनेर’, ब्रिटेनका राजा चार्ल्सको संस्था र कञ्जरभेटिभ पार्टीका चन्दाता समेत रहेका शक्तिशाली व्यक्तिको धम्कीले धम्की अन्यौल बढाउँछ— अब पुस्तक प्रकाशन गर्ने कि नगर्ने ?

चर्को दवाब र अनिश्चयबीच बर्गिसले प्रकाशकलाई पाण्डुलिपी बुझाए। प्रतिष्ठित प्रकाशक कम्पनी विलियम कोलिन्सले फरक निर्णय गर्यो। राज्य शक्तिका खेलाडीलाई झुम्राको पुतली झैँ नचाउने अमेरसीका अश्लिल गाली र माथि उल्लिखित धम्की जस्ताको तस्तै राखेर लेखिएको गैरआख्यान पुस्तक प्रकाशन गर्दियो— कुकुल्यान्डः ह्वेर द रिच वन द ट्रुथ।

उन्नत लोकतन्त्र अभ्यास गर्ने देशहरुले लागू औषध कारोबार, कालोधन र भ्रस्टाचार रोक्न शक्तिशाली संयन्त्रहरु बनाएका छन्। ब्रिटेनको क्राउन अभियोजन सेवा जस्तै नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभाग जस्ता राज्य अंग खडा गरेको छ। तिनले साँच्चै प्रभावकारी काम गरेका छन् त ? यो किताबले भ्रस्टाचारको जालो केलाएको छ। नेपालको दूरसञ्चार व्यवसायमा सत्ता, शक्ति र पदमा बसेकाहरूले गरेको अनियमितताको बाक्लो पर्दा पनि उदांग पारिदिएको छ।

यो त्यही किताब हो, जसलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री रहँदा २०८० चैत २३ मा खण्डन गरेका थिए।

‘कुकुल्यान्ड भन्ने पुस्तकमा लेखिएजस्तो केही पनि होइन। पुस्तकले टेलिकम भ्रष्टाचारमा उठाएका विषय कपोलकल्पित हुन्,’ उनले पापमोचनी एकादशीको दिन गोरखा पुगेर भनेका थिए।

त्यति बेला काठमाडौं नआइसकेको र एकाधबाहेक नेपालीका हातमै नपरेको बेला प्रधानमन्त्रीले खण्डन गरेको त्यो किताब अहिले काठमाडौंका पसलहरूमा उपलब्ध छ। परिचय र सन्दर्भ सामग्रीबाहेक ३२० पृष्ठको पुस्तकले राजनीतिक संरक्षणमा बिचौलियामार्फत् हुने दूरसञ्चार व्यवसायको अन्तरदेशीय भ्रष्टाचारको जालो केलाउँछ। वेब सिग्नलमार्फत् चल्ने मोबाइल टेलिकम विश्वभरि नै प्रमुख व्यवसाय बन्दै गएको समय नेपाल कसरी अन्तर्राष्ट्रिय विचौलियाको खेलमा पर्‍यो भनेर केस्राकेस्रा वर्णन गर्छ।

किताबले नेपालमा निजी क्षेत्रबाट टेलिकम कम्पनीहरूको स्थापना, सेयर खरिदबिक्री तथा नवीकरणमा भएका अनियमितताको उत्खनन् गरेको छ।

तत्कालीन राजा, क्रान्तिकारी माओवादी, देशभर संगठन भएका एमाले र कांग्रेसका सबै नेता भ्रष्टाचारविरूद्ध प्रतिबद्ध रहँदा कालोधनको अर्बौं रूपैयाँ कसरी नेपाल भित्रियो?

टम लेख्छन्, ‘४० घन्टा राजा बनेर दीपेन्द्रको मृत्यु भएपछि ज्ञानेन्द्रले श्रीपेच पहिरिए। राजाका ज्वाइँ राजबहादुर सिंहसहित परिवार सदस्यले व्यापारिक लाभ लिए। यसको गहिराइमा पुग्न हेटौंडाका एक जना महत्त्वाकांक्षी युवाको अवस्था हेर्नैपर्छ।’

हेटौंडाको सामान्य परिवारका अजय सुमार्गीको उदय र सम्पत्ति वृद्धिको मुख्य टर्निङ पोइन्ट युवराज दीपेन्द्रले गरेको भनिएको दरबार हत्याकाण्ड हो भन्ने दाबी किताबमा छ। किताबमा दीपेन्द्रको छोटकरी नाम ‘दीप्पी’ उल्लेख गरिएको छ।

हेटौँडामा हुँदा सुमार्गी परिवार सम्पन्न नभएको पुस्टि गर्न लेखकले स्थानीयसँग अन्तर्वार्ता गरेका छन्। ती रमाइला प्रसंगहरुले पाठकलाई किताब नछोड्न प्रेरित गर्छ। एउटा प्रसंगमा उनी लेख्छन्, पैसा अभाव हुँदा सुमार्गीकी आमाले किन्न चाहेको खशीको मासु छोडेर ब्रोइलर कुखुराको मासु किन्थिन्। गैरआख्यान पुस्तकमा तथ्यहरुको डिटेलिङलाई आख्यान र वर्णनात्मक दुवै शैलीमा हलौँ तर सशक्त ढंगले प्रस्तुत गरिएको छ।

दुई भाग र १७ अध्यायमा विभाजित पुस्तकले नेपालको दूरसञ्चार सेवामा व्यापारिक चलखेल ज्ञानेन्द्र शाह राजगद्दीमा बसेको समय अर्थात् सन् २००१ पछि सुरू भएको विवरण समय-तालिका बनाएर देखाइदिएको छ। अमेजनसहितका प्लेटफर्मले ‘बेस्ट सेलर’ सूचीमा राखेको पुस्तकले तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाइँ टेलिकम व्यापारमा आएको पृष्ठभूमि केलाउँदै उनको जीवनशैली पेस गरेको छ। राजाका ज्वाइँ जति बेला पनि काठमाडौंका क्यासिनो र होटलमा बरालिने गरेको प्रसंग नेपाली पाठकका लागि रोचक लाग्छ।

किताबअनुसार तत्कालीन ‘मेरो मोबाइल’ को मातृ कम्पनी स्पाइस नेपालले सेवा सञ्चालन प्रक्रियामा ‘लेटर अफ इन्टेन्ट’ पाउँदा उक्त कम्पनीको स्वामित्व नेपालको खेतान समूह र भारतको मोदी ग्रुपसँग थियो। तर सेवा सञ्चालन हुनुअघि नै शाही कालमा मोदी ग्रुप फर्कियो। अपहरण र ज्यान मार्ने धम्की खेपेका राजेन्द्र खेतानले पनि कम्पनी छाडे। त्यसपछि स्पाइस नेपालले नयाँ मालिक पायो।

राजा वीरेन्द्रले अपुतालीमा पाएको छाउनीस्थित १५ रोपनी १ आना जग्गा छोरी श्रुतिलाई दाइजोस्वरूप दिएका थिए। दरबार हत्याकाण्डमा वीरेन्द्रको परिवारै मारिएपछि राजा बनेका ज्ञानेन्द्रले त्यही सम्पत्ति सन् २००२ मा आफ्नी छोरी प्रेरणालाई दाइजो दिए। तर त्यो सम्पत्ति वीरेन्द्रको भएको बताउँदै सरकारले नेपाल ट्रस्टको हुने निर्णय गरेको थियो। त्यही सम्पत्ति प्रेरणाको नाममा फर्काउन गोप्य कागजात मिलाउने काममा सुमार्गीको भूमिका रहेको किताबले भन्छ।

राजनीतिक नेता, न्यायालय र सरकारी अधिकारीहरूसँग उठबस गर्ने शक्तिशाली पहिचान स्थापित गरेपछि ज्ञानेन्द्रका ज्वाइँले सुमार्गीलाई पत्याएको र त्यसपछि टेलिकम व्यवसायीका रूपमा उनको उदय भएको विवरण लेखकले दिएका छन्।

अब प्रश्न उठ्छ, ब्रिटिस लेखकले लन्डनबाट प्रकाशन गरेको किताबलाई हाम्रा प्रधानमन्त्रीले किन खण्डन गर्नुपरेको हो?

यो प्रश्नको जवाफ पुस्तकको ‘एक्स वाई’ अध्यायले दिएको छ। किताबअनुसार अन्तरदेशीय टेलिकम भ्रष्टाचारको घेरामा पुष्पकमल दाहाल पनि छन्। लेखकले नेपालको टेलिकम व्यवसायमा भएको अनियमितता खोतल्ने क्रममा माओवादी अध्यक्ष प्रचण्ड, व्यवसायी सुमार्गी र तत्कालीन राजाका ज्वाइँ जोडिएका प्रशस्त विवरण पुस्तकमा राखिदिएका छन्।

पुस्तकमा एउटा प्रसंग लाजिम्पाटको प्रचण्ड निवासको छ। प्रसंग पुरानै भए पनि त्यो घर कसरी खरिद गरिएको थियो र खरिद गर्ने पैसा कहाँबाट आएको थियो भन्ने विवरण पाठकलाई रोचक लाग्छ। प्रचण्ड उत्कृष्ट ब्रान्डका रक्सीको सोखिन भएको र त्यो कमजोरीको फाइदा उठाउँदै सुमार्गीले त्यहाँ ब्रान्डेड  रक्सीको खोलो बगाएको विवरण किताबमा छ।

परम्परागत शक्ति राजदरबार कमजोर हुँदै गएको र छापामार युद्धबाट माओवादी राज्यसत्तामा आएको त्यो समय नेपालको आधुनिक इतिहासमै एक जटिल र गहिरो संक्रमणकाल थियो। त्यही समय टेलियासोनेरा नेपाल प्रवेशका लागि माओवादीसँग राम्रो सम्बन्ध बनाउन भरपर्दो सूत्रधारको खोजी गरिरहेथ्यो। अजय सुमार्गीले टेलियासोनेराका सल्लाहकार तथा टेलिकम बिचौलिया मोहम्मद अमेर्सीलाई सरकार सञ्चालक, माओवादी शीर्षनेताहरूसँग परिचय गराइदिएपछि मात्र नेपालमा अन्तर्राष्ट्रिय टेलिकम विचौलियाको उद्देश्यले मूर्तरूप पाएको तथ्य किताबले उजार गर्छ।

अमेर्सीकै आशीर्वादमा हेलो नेपालमा २० करोड डलरभन्दा बढी लगानी आएको र त्यो लगानी सुमार्गीको राजनीतिक प्रभाव कायम राख्न र माओवादी नेताहरूलाई रिझाउन प्रयोग गरिएको लेखकले दाबी गरेका छन्।

यो नेपालको विषयमा मात्र लेखिएको किताब होइन। पुस्तकको ३२० मध्ये ४५ पृष्ठ मात्र नेपालको भागमा परेको छ। बाँकी भागमा रसिया, स्वीडेन, ब्रिटेन लगायतका युरोप र तजाकिस्तानजस्ता एसियाली देशको टेलिकम व्यापारमा अन्तर्राष्ट्रिय गिरोहको चिरफार गरिएको छ। लेखकले अवैध कारोबारको केस्राकेस्रा केलाउँदै विश्व अर्थ व्यवस्था र आधुनिक युगमा कसरी भ्रष्टाचार तथा राजनीतिक प्रभावको दलाली भइरहेको छ भन्ने वर्णन गरेका छन्।

पुस्तकमा केही कमजोरी पनि छन्। कतिपय घटनाको सूचना स्रोत उल्लेख छैन। विषय एकोहोरो अघि बढ्छ तर स्रोत नदेखिँदा कतिपय ठाउँमा पाठकमा संशय पैदा हुन्छ। हुन त अतिगोप्य र वैध-अवैध सुरक्षा घेराभित्रबाट सूचना प्राप्त गरेकाले कतिपय विषय गोप्य राख्नुपरेको स्पष्टोक्ति उनले सुरूमै दिएका छन्। ‘यो पुस्तकमा धन्यवादका हकदार ती छन्, ती सबैकाे नाम म यहाँ लिनै सक्दिनँ,’ उनले सुरूमै भनेका छन्। टमले सार्वजनिक रूपमा आभार प्रकट गरेका व्यक्तिहरूमध्ये न्यूवर्क टाइम्सका पत्रकार भद्र शर्मा पनि एक जना हुन्।

अन्तर्राष्ट्रिय विचौलियाको प्रभावमा राजनीतिक नेतृत्वले गरेका नीतिगत निर्णयहरुको फेहरिस्त केलाएका लेखकले निकै साहसपूर्वक स—साना र दिलचस्पी तथ्यहरु पाठक समक्ष राखिदिएका छन्। उनले खुलस्त पारिदिएका छन् नेपाल एउटा यस्तो देश हो जहाँ दलालको प्रलोभन, धाकधम्की, राजनीतिक शक्ति, मिडिया, सोसल मिडियाको  बहसमार्फत सत्यको सिर्जना हुन सम्भव छ। सत्यको खरिदि बिक्री सम्भव छ। किताबको नाम ‘जहाँ सत्यको मालिक धनाढ्य छन्’ भन्ने विषय पुस्टि गर्न टमले तथ्यका एक एक थोपा संकलन गरेका छन्। स्पष्ट देखाइदिएका छन्— नेपालमा धनीहरुले सबै कुरा किन्न सक्छन्। सत्य पनि।

यो किताब भ्रष्टाचारको खतरनाक परिणाम तथा त्यसले लोकतन्त्रमा पार्ने गम्भीर असरबारे एउटा सशक्त चेतावनी हो। राज्यशक्ति र सम्पत्तिको दुरूपयोग बुझ्न चाहनेहरूका लागि यो एउटा दस्तावेज नै हो।

पुस्तकः कुकुल्यान्डः ह्वेर द रिच वन द ट्रुथ।
लेखकः टम बर्जिस
प्रकाशकः विलियम कोलिन्स
मूल्य: ९६० रुपैयाँ
विधाः नन फिक्सन

The post नयाँ किताब भन्छ: नेपालमा धनीले सबै चिज किन्न सक्छन्, सत्य पनि appeared first on TGuff.

मिसिसिपी किनारबाट मनको घोषणापत्र
स्मीता

‘एलेक्सा । टर्न अफ द टीभी।’

रिमोट तान्ने जाँगर नचलेपछि मैले ‘एलेक्सा’ लाई सोफामा सुतेरै आदेश दिएँ । उसले खुरुक्क मानी।

फेरि सोचेँ उसलाई अर्को आदेश दिऊँ, ‘एलेक्सा। यो उधुम गर्मीमा बाहिर घुम्न निस्कने मेरो धृष्टताविरुद्ध मौन विद्रोह गरिरहेको मनमा अलिकति उत्प्रेरणा र उत्साह भरिदेऊ।’ मनको मामिलामा मेसिनले परिणाम दिँदैन। त्यो हावा सोचलाई दिमागबाट फुत्किन दिएँ, यसै।

एलेक्सा अमेजनले विकास गरेको भर्चुअल असिस्टेन्स टेक्नोलोजी हो। अमेजन दाबी गर्छ, ‘उसले आवाज अन्तर्क्रियामार्फत संसार नियन्त्रण गर्छ।’ हाम्रो अहोभाग्य भनौँ, संसार नियन्त्रण गर्ने महाशक्तिशाली मेसिनको पनि मनमाथि नियन्त्रण चल्दैन। त्यसैले त मन मनजस्तै रहन पाएको छ। मान्छे मेसिन हुनबाट जोगिएर मान्छे नै रहिरहेछ।

मलाई यो वातानुकुलित कोठा छोडेर दिनभरि एलिगेटर र इतिहास खोज्न निस्किनु । म दोस्रोपटक आइपुगेको अमेरिकाको लुजियाना राज्यस्थित न्यु अर्लिन्स शहरमा यी दुई चीज छ्यापछ्याप्ती भेटिन्छन्। तर, यहाँको गर्मीसँग लाप्पा खेल्न सक्ने पूर्वसर्तमा मात्रै। तर, मसँग त्यसको विकल्प छैन। पढाइको चाँजोपाँजो मिलाएर मजस्ता विद्यार्थीले खोजमा निस्किने मौका पाउने भनेको यस्तै उखरमाउलो गर्मीमा नै हो।

फेरि एकपटक मौसम जाँचे। ‘न्यु अर्लिन्सको तापक्रम ९६ डिग्री फरेनहाइट (करिब ३७ डिग्री सेल्सियस) छ’, एलेक्साले बाहिर चर्को गर्मी भएको सुनाई।

‘न्यु अर्लिन्स समर ड्राउन्स इन थिक, ड्यांक स्टिलनेस’, बाहिरको तापक्रमले १४ वर्षपहिला हेरेको चलचित्रको एउटा संवाद सम्झायो । ‘अ लभ सङ फर बबी लङ’ भन्ने अंग्रेजी फिल्ममा न्यारेटरले न्यु अर्लिन्सको गर्मीयाम बाक्लो र ओसिलो स्थिरतामा डुब्छ भनी किन वर्णन गरे ? त्यसको गहिराइ बुझ्न यहाँको गर्मी  स्वयम् महसुस गर्नुपर्ने रहेछ। कुनै ‘वेदर एप’बाट हैन, कविमनबाट।

‘न्यु अर्लिन्स इज अ साइरन अफ अ सिटी, अ प्लेस अफ फेबल्स एण्ड इल्युजन्स…’ त्यही कवितात्मक चलचित्रको सुरुवाती कथन सम्झेर मन फेरि विगतमै फर्कियो। यो चलचित्रमार्फत न्यु अर्लिन्स कल्पना गरिरहँदा म त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरको विद्यार्थी थिएँ। न्यु अर्लिन्स आइपुग्दा फुल ब्राइट छात्रवृत्तिअन्तर्गत म फेरि स्नातकोत्तरकै विद्यार्थी छु।

सायद निश्चित समय हिँडिसकेपछि सरल रेखा बाङ्गिएर जीवन वृत्ताकारमा घुम्न थाल्छ- प्रयास र प्राप्तिको पुनरावृत्तिजस्तो। त्यसैले होला, बगेर जति पर पुगेँ भन्ने लागे पनि कहिलेकाहीँ जीवन फेरि उद्गममै फर्किने रहेछ।

मन र मौसमको गर्मीलाई एकसाथ जितेर एक घण्टा परको जिन लफिट नेसनल पार्कमा पुग्दा दुईवटा एलिगेटर आफूलाई घाममा सेकाउँदै थिए। खासमा यहाँका स्वाम्प (सिमसार) मजस्ता वनस्पति र प्राणी विज्ञानको ज्ञान नभएकालाई आफ्नो ‘रेजिलियन्स’को परीक्षण गर्ने ठाउँ मात्र हो, जुन मैले पोहोर जुलाईकै घाममा पूरा गरेथेँ। तर, जोखिम मोल्न मानिसले नयाँ-नयाँ उत्प्रेरणा आविष्कार गरिरहन्छ। यसपटकको मेरो उत्प्रेरणा जसरी पनि लुजियानाको पर्यायजस्तै बनेका एलिगेटर हेर्नु थियो, जुन पोहोर साल देखिएको थिएन।

दलदले हिलोमाथिको काठेपुलमा उभिएका हामी एक हुल मान्छे र दलदलमा लम्पसार एलिगेटरको दूरी मुस्किलले दुई फिट हुँदो हो। तर, उसले मान्छेको भिडप्रति कुनै चासो देखाएन। बरु हाम्रो चासोदेखि झर्को मानेझैँ गरेर आफ्नो आधा जिउ लेउमुनि लुकायो। आखिर मान्छेले जतिसुकै आफूलाई सर्वोत्कृष्ट ठाने पनि स्वाम्पको राजा त एलिगेटर नै हो।

एलिगेटर भेट्ने मिसन पूरा भएपछि म इतिहास खोज्न शहर पसेँ।

न्यु अर्लिन्सजस्ता शहरहरू संरचनाहरूको थुप्रोले हैन कला, कथा र मिथकहरूको फ्युजनले बनेका हुन्छन्, संवेदनाका अवयवहरूले बनेका हुन्छन्। र, यी सबैलाई अक्षुण्ण राख्न सकेकाले यो शहरको आभा अद्भुत छ। नजिक पुग्दा लाग्छ, यो शहरले मान्छेका आदिम चेतना खोतलेर मान्छेलाई मनको गहिराइसम्म पुर्‍याउने तागत राख्छ। शहरमा भिड छ तर त्यो साँघुरो लाग्दैन। कोलाहल छ तर अशान्ति छैन। एउटा यस्तो परिधि छ, जसले स्वतन्त्र महसुस गराउँछ।

सन् १७२३ मा फ्रान्सको उपनिवेश रहेको यो शहर स्पेन र फेरि फ्रान्सको उपनिवेश हुँदै सन् १८०३ मा नेपोलियनसँग १५ मिलियन डलरमा अमेरिकाले किनेको इतिहास रहेछ। तर, यहाँको आदिम आदिवासी सभ्यता र त्यसको अवसानको कथा भने इतिहासको सारांश लेखेजस्तो एक वाक्यमा सकिँदैन। आखिर हामीले जानेका सबै इतिहास सभ्यताको स्मारक र बर्बरताका कथाहरूको चिहान हो। विजेताहरूको प्रशस्ती र पराधीनहरूको अवसान हो। इतिहास जति देखिएको कथा हो, उति नै नलेखिएको कथा पनि हो।

यहाँ पनि इतिहासमा लेखिएका समृद्ध कथाहरूका काप-कापबाट नलेखिएका मानवीय बर्बरताका कथाहरूले सुस्केरा हालिरहेका छन्। दास प्रथाको समयमा अश्वेतहरूको किनबेच हुने अमेरिकाकै सबैभन्दा व्यस्त न्यु अर्लिन्स शहर जति इतिहासको साख हो, त्यति नै इतिहासमा लागेको दासत्वको दाग पनि हो।

त्यो विगतले शहरलाई आज पनि तर्साइरहेको छ। भुत र भुडुको यो शहरमा फ्रेन्च क्वार्टरतिर अझै मान्छेहरू भुतसँग तर्सिन टिकट काटिरहेका भेटिन्छन्। गोस्ट सिटी टुरको टिकट भुतसँग भेट्ने अपोइन्टमेन्ट हो। तर, मलाई भुतसँग भेट्ने इच्छा जागेन। तर्साउनलाई त सधैँ मानिसहरू नै काफी थिए र छन्। भुतहरूलाई किन बदनाम गरिरहनु ?

ज्याक्सन स्क्वायरमा गितार बजाएर एउटा मान्छे ज्याज गाउँदैछ– मैले नबुझ्ने अंग्रेजीमा।

यो ज्याज जन्माउने शहर पनि हो । र, यो शहरले ज्याजलाई छोराछोरी हुर्काएजस्तै हुर्काइरहेछ। ‘त्यो ज्याज गायकले पैसा थाप्न राखेको नीलो बाल्टी कहिले भरिएला ?’, मैले सोचेँ। हुन त संसारका हामी सबै कहिले नभरिने आकांक्षाको बाल्टी साथै लिएर  हिँड्छौँ– कसैले हातमा त कसैले मनमा।

उसले फेरि दोस्रो गीत सुरु गर्‍यो– मैले नबुझ्ने।

नजिकै एउटा चित्रकार छ। ऊ आफ्नो क्यान्भासमा निस्पट्ट अँध्यारो रातको बाक्लो मौनतालाई स्याक्सोफोनको चर्को आवाजले चिर्न खोज्दैछ। उसको चित्रमा आकाशमा जिरो वाटका बल्बजस्तो प्लिक-प्लिक गरिरहेका सुदूर तारालाई साक्षी राख्दै, अजंगका दुईवटा रुखमुनि तीन अग्ला काला आकृति नाचिरहेछन्, निस्फिक्री–  आफ्नै ज्याज संगीतमा।

आखिर हरेक कलाले अँध्यारो नै त चिर्ने हो– मनबाट सुरु गरेर संसारको।

ज्याज र क्यान्भासबाट छुट्टिएर म फ्रेन्च क्वार्टरतिर लागेँ। एउटा कुनामा  सिमेन्टको अग्लो मचानमाथि पन्ध्रौँ शताब्दीमा ब्रिटिसहरूद्वारा जिउँदै जलाइएकी  विरांगना जोन अफ आर्कको पित्तलको मूर्ति घाममा झलमल्ल बलिरहेको थियो। मानौँ, न्यायका लागि जिउँदै जल्न तयार हुने यस्ता विद्रोहीहरूले इतिहासको अँध्यारोलाई आफ्नो उज्यालोले धपक्कै बालेका छन्।

म फेरि ज्याज र चित्रकारतिरै फर्किएँ। ज्याजवालाको मन र बाल्टी भरिएको थिएन , ऊ गाइरहेको थियो। कलाकारको मन र गोजी भरिएको थिएन, ऊ रङ पोतिरहेको थियो।

मान्छेहरूको कल्पनाशीलता पनि गजबको छ। उनीहरू पहिला भगवान् बनाउँछन्, अनि त्यही भगवान्‌ले आफूलाई बनाएको कथा बनाउँछन्। त्यसपछि आफैँले बनाएको भगवान् खोज्न मन्दिर, मस्जिद र गिर्जाघर जान्छ्न् ।

साँझ पर्नै लाग्दा, सडकको ठीक पारिपट्टि सेन्ट लुई क्याथेड्रलको पछाडि लुकेको घामको आभाले आकाश सुनौलो देखियो। बिस्तारै रातो अनि गुलाबी रङले आकाश पोतेर गिर्जाघरपछाडि घाम डुब्यो। अगाडि सडकमा बग्गी काँधमा हालेका घोडाहरू उस्तै स्थिर रहिरहे– ध्यानमा लीन भएझैँ। म गिर्जाघरमा छिरेँ– जीवनमै पहिलोपटक। कुनाको एउटा बेञ्चमा टुसुक्क बसेर आँखा चिम्लिएँ र आफूलाई हेर्न खोजेँ। गहिरो शान्तिको तरङ्गले शीतल बनायो।

मान्छेहरूको कल्पनाशीलता पनि गजबको छ। उनीहरू पहिला भगवान् बनाउँछन्, अनि त्यही भगवान्‌ले आफूलाई बनाएको कथा बनाउँछन्। त्यसपछि आफैँले बनाएको भगवान् खोज्न मन्दिर, मस्जिद र गिर्जाघर जान्छ्न्।

यहाँ आँखा चिम्लिएर आफैँभित्र हेर्नेहरू ‘आफू’ भेटेर मुक्त भएका छन्। भगवान्‌लाई चित्रमै खोजिरहने भक्तहरू सधैँ आशक्त नै रहेका छन्।

बाहिर निस्किएर मिसिसिपी नदी किनारको मुन वाक ट्रेलमा टहलिँदै गर्दा उही ज्याज पार्श्व संगीत बनेर हावामा तैरिरहेछ। म भने मिसिसिपी नदी किनारको भर्‍याङमा टुक्रुक्क बसेर काठमाडौँ सोचिरहेछु:

हामीले पनि आफूसँग-सँगै शहर र सम्पदा पनि बचाउन जानेको भए, संसारको भिडभाडबाट भाग्न मन लागेको कुनै यस्तै दिन, बागमती किनारमा म यसैगरी सूर्यास्तसँगै डुबिरहेकी हुँदी हुँ। आफैँसँग हारेको बेला वा आफूभित्रै हराउन मन लागेको बेला म बागमती किनारको मादक हावामा यसैगरी लुटुपुटु गरिरहेकी हुँदी हुँ।

श्वास फेर्न उकुसमुकुस भएको दिन, म स्वतन्त्र महसुस गर्न काठमाडौँका गल्लीहरूमा रुमल्लिइरहेकी हुँदी हुँ। अथवा पाटन वा भक्तपुर दरबारक्षेत्रमा बसेर कुनै मन्दिरपछाडि डुब्न लागेको घाम हेर्दै आफूलाई आफैँभित्र खोजिरहेकी हुँदी हुँ।

यद्यपि तमाम निराशाहरूविरुद्ध म यहाँ बसेर एउटा सपना देख्ने धृष्टता गरिरहेछु– बागमती किनारको कुनै ड्रिम वाक ट्रेल हुँदै टहलिइरहँदा कञ्चन पानीको प्रतिबिम्बमा म एउटा आदिम शहर र सभ्यताको पुनरुत्थानको कथा पढिरहेछु। आफू बाँचेको समयको सुन्दर चित्र देखिरहेछु।

The post मिसिसिपी  किनारबाट मनको घोषणापत्र appeared first on TGuff.

चुनावको नयाँ रणमैदान
पछिल्लो समय विश्वभर प्रविधिले आर्थिक उत्पादन र सेवाको कार्यक्षमता बढाएको छ । सञ्चार प्रविधि र सञ्चारमाध्यमले संरचना र आधारभूत स्वरूप परिवर्तन गरेका छन् । नेपालमा सर्वसाधारण पनि मोबाइल फोन बोक्छन्, सूचना र सञ्चार सामग्री इन्टरनेटबाट प्राप्त गर्छन् । सहरी बासिन्दा त घरै बसीबसी मन पर्ने पुस्तक, सामान मात्र होइन, खानेकुरा पनि मगाउँछन् । अझ, केही दशकअघिसम्म अस्तित्वमै नभएका सामाजिक सञ्जाल र स्मार्टफोनले अहिलेको निर्वाचन र उम्मेदवार–मतदाता सम्बन्धमै आनका तान फरक पारेका छन् ।

दूरसञ्चार प्राधिकरणको गत जुन महिनाको रिपोर्ट भन्छ— नेपालमा ३ करोड ८६ लाख मोबाइल सिम खरिद भएका छन् । २ करोड ७७ लाख मानिससँग इन्टरनेट पहुँच छ । र, कुल इन्टरनेट प्रयोगकर्तामध्ये ७० प्रतिशत जीएसएम मोबाइलबाट इन्टरनेट चलाउनेहरू छन् । इन्टरनेट प्रयोगकर्ताका अधिकांश डिजिटल डिभाइसमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकजस्ता सोसल मिडिया एप छन् । अडियो–भिडियो कलिङ एप इमो र मेसेन्जर छन् । इन्स्टेन्ट मेसिजङ तथा भाइबर र ह्वाट्सएप लगायत छन् । मेसेन्जर र अरू यस्तै एपहरूबाट उनीहरू सञ्चार गर्छन्, प्राप्त सूचना उपभोग गर्छन् ।

डिजिटल माध्यमका फरकफरक प्लाटफर्महरू पछिल्लो समय लोकतान्त्रिक निर्वाचनका नयाँ रणमैदान भएका छन् । अनि स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउन तमाम समस्याबीच अर्को एउटा समस्या थप भएको छ, मिथ्या सूचनाको समस्या । र, सँगसँगै अपुष्ट र भ्रामक सूचनासृजित व्यवधान ।

डिजिटल युगमा मिथ्या सूचनाले विश्वलाई चिन्तित तुल्याए पनि झुटको प्रचार नयाँ चीज भने होइन । आधुनिक मानव सभ्यताको सुरुआतदेखि नै सूचना शक्तिको एउटा महत्त्वपूर्ण स्रोत रहँदै आएको छ । परापूर्वकालमा काल्पनिक कथालाई विश्वासमा परिणत गराउन जति मिहिनेत गर्नुपर्थ्यो, खुला समाजमा कुनै विषयप्रति विश्वास जगाउन त्योभन्दा बढी चुस्त प्रचार गर्नुपर्छ । नभएको कुरा भएजस्तो बनाउन संगठित प्रचार गर्नैपर्छ । प्रामाणिकता र तथ्य जाँचको प्रक्रियाबाट गुज्रिनु नपर्ने सोसल मिडियाहरू यी सबै कामका लागि उपयुक्त प्लाटफर्म बन्दै गएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ प्रविधिमा आधारित सर्च इन्जिन गुगलबाट एउटा घटनालाई हेर्दा नेपालमा सोसल मिडियाबाट हुने मिथ्या, अपुष्ट र भ्रामक सूचना प्रवाहको सांगोपांग चित्र देखिन्छ । २०७८ को फागुन १५ गते संसद्ले पारित गरेको ‘एमसीसी’ शब्द अहिले गुगल गर्दा ०.४५ सेकेन्डमा ४ लाख ५८ हजार पेज भेटिन्छन् । गुगल सर्चमा देखिने अनलाइन लिंक कतिपय भ्रामक छन् र केही तथ्यपरक । एमसीसी पारित भएको ९ महिनापछि इन्टरनेटमा खोजी पस्दा सबैभन्दा डरलाग्दो चित्र त सोसल मिडियामा देखिन्छ । झुटा, अपुष्ट र अप्रमाणित सामग्री फैलाउन प्रतिष्ठित अनलाइन, छापा, रेडियो, टेलिभिजनभन्दा पनि फेसबुक, युट्युब र टिकटक प्रयोग भएका छन् । मिथ्या सूचना बृहत् रूपमा फैलिएपछि मात्रै एमसीसीले राष्ट्रिय राजनीति तरंगित बनाएको तथ्य सोसल मिडियाका फरक–फरक ग्रुपमा भएका बहसको समयरेखा छुट्याएर हेर्दा प्रस्टिन्छ ।

समाज, सेवा, व्यापार र जीवनशैलीसँगसँगै पछिल्लो समय सोसल मिडियासँग नेपाली राजनीति पनि गहिरोसँग जोडिएको छ । लोकतान्त्रिक र खुला समाजमा उम्मेदवारले मतदाताबाट समर्थन पाउन, विश्वास जित्न संगठित र चुस्त प्रचार गर्नु सामान्य कुरा हो । र, नेपालमा प्रचारको यो प्रवृत्ति २०१५ सालमा लेटर प्रेसमा प्रकाशित श्यामश्वेत छापा सामग्रीबाट सुरु भएथ्यो । २०६४ सालको संविधानसभा निर्वाचनमा रेडियोकेन्द्रित रहेथ्यो । र अहिलेको निर्वाचनको प्रचार डिजिटल प्लाटफर्मकेन्द्रित छ । निर्वाचन प्रचारका माध्यम फेरिएसँगसँगै तिनले सृजना गर्ने समस्याका स्वरूप पनि फेरिएका छन् ।

सूचना प्रविधिको विकास र पहुँच विस्तारले परम्परागत चुनाव प्रचार शैली फेरिएका उदाहरण अनेकन् छन्, अमेरिकादेखि भारतसम्म ।

कुनै समय सूचना र तथ्यांकको आडमा राजा–महाराजाहरू जनतामाथि शासन गर्थे तर लोकतान्त्रिक खुला समाजमा नेताहरू सधैं जनताको निगरानीमा रहन विवश छन्। प्रविधिले नेताहरूलाई जिम्मेवार बन्न दबाब बढाएको यो यथार्थ जति भरलाग्दो छ, त्यत्ति नै डरलाग्दो छ सिक्काको अर्को पाटो— मतदातामाथि आफ्नो वरिपरि घुमिरहेका लाखौं टेगाबाइट मिथ्या, अपुष्ट र भ्रामक सूचनाबाट बच्नुपर्ने चुनौती।

सन् २००८ मा फेसबुक सशक्त हुनुभन्दा अगाडि एवं सन् २०११ मा भिडियो सेयरिङ प्लाटफर्म युट्युबको मातृ कम्पनी गुगलले नेपालमा क्यास सर्भर राख्नुभन्दा अगाडि भ्रामक सूचना फैलाउन अहिलेजति सहज थिएन । सोसल मिडियाहरूले विश्वको प्रत्येक कुनाका समुदायलाई आफ्नो आवाज राख्न मञ्च दिए । विश्वभरका मानिसलाई एकैसूत्रमा जोडे । यिनको अँध्यारो पाटो पनि छ । यी बेलगाम छन् । यिनमा आउने सामग्रीले प्रमाण, पुष्टि र सत्य जाँच प्रक्रिया पूरा गर्नुपर्दैन । आम मतदाता चनाखो हुनुपर्ने यस्तै अप्रमाणित सूचनाहरूमा हो, जोगिनुपर्ने यस्तै मिथ्या र भ्रमपूर्ण प्रचारहरूमा हो, ताकि लोकतन्त्रको धुकधुकी मानिने निष्पक्ष र स्वतन्त्र निर्वाचन प्रक्रियामा मिथ्या सूचनाहरू बाधक नबनून् । अहिले जुनसुकै बेला आफ्नो बढाइचढाइ गर्न, विरोधीको छवि ध्वस्त पार्न र भ्रम छर्न सृजनशील ‘मिम’ वा सन्देश मतदाताको मोबाइल फोन वा सोसल मिडिया टाइमलाइनमा आइपुग्न सक्छन् । राजनीतिक कार्यकर्ताले फर्जी वा वास्तविक नामबाट जानीजानी यस्तो झुट फैलाइरहेका हुन्छन् । र, यस्ता मेसेजको भुङ्ग्रोमा अनजानमै निर्दोष मतदाता पर्न सक्छन् ।

डिजिटल समाज सौहार्दपूर्ण, तथ्यपरक र शान्त राख्ने जिम्मेवारी प्रत्येक इन्टरनेट प्रयोगकर्ताको हो । निर्वाचनका सन्दर्भमा झुटो सन्देश फैलाउने प्रवृत्ति अहिले नै रोकिएन भने साइबर सेना परिचालन गरी वा डलर तिरेर सोसल मिडिया टाइमलाइनमा पुर्‍याइएका सत्य तथा यथार्थमा आधारित प्रचार सामग्री पनि बिस्तारै कसैले पत्याउनेछैनन् । यो व्यवहारले इन्टरनेटमा पाइने सामग्रीप्रति मान्छेको विश्वास घटाउनेछ । इन्टरनेट पहुँच विस्तार भइरहेको नेपालमा इन्टरनेट सामग्रीप्रति विश्वास टुट्नु भनेको डिजिटल वालेटदेखि डिजिटल बैंकिङसम्मलाई असर पर्नु हो । योभन्दा भयानक विषय त स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनलाई असर पर्नु हो । समग्रमा राजनीतिक प्रणालीलाई नोक्सान पुर्‍याउनु हो । तसर्थ, सम्बन्धित सबैले डिजिटल सामग्रीको सत्यतामाथि जोड दिनु आवश्यक छ ।

(कान्तिपुर दैनिक, कार्तिक ६, २०७९)

The post चुनावको नयाँ रणमैदान appeared first on TGuff.

हिमालयन ह्वाइटहाउस स्कूलमा ध्यान
प्रत्येक बुवाआमा चाहन्छन्— आफ्नो बच्चा स्वस्थ होस्, राम्रो पढाेस्, बलियो मानसिक अवस्थामा रहोस्र अनि पूरै जीवन उल्लासमय बाँच्न सकोस्। मनले चाहँदैमा परिणाम त आइहाल्दैन। सबैभन्दा पहिला बाटो खोज्नु पर्यो, भेट्नु पनि पर्यो। अनि त्यो बाटोमा आइपर्ने सजिला, अप्ठ्यारा सामना गर्दै अघि बढ्नु पनि पर्यो। अनि पो पाइएला राम्रो स्वास्थ्य, राम्रो व्यवहार, राम्रो पढाई र उज्यालो भविष्य।

यही सपना साँचेर त बुवाआमाले छान्छन्— राम्रो स्कूल। काठमाडौंको राम्रो मध्येको एउटा स्कूल हो, हिमालयन ह्वाइट हाउस आइबी वर्ल्ड स्कूल। ४ मे २०२५ मा स्कूलले एक दिने (१० देखि ३ः३० बजे) ध्यान शिविर सञ्चालन गर्यो। त्यसमा १३ वर्ष मुनिका ४४ जना विद्यार्थी सहभागी थिए। नेपाल विपश्यना केन्द्रबाट सहायक आचार्य एवं सेवकले ध्यान सत्र सञ्चालन गरेका थिए।

किन आनापाना ध्यान ?

खाना बरु नखालान् तर बच्चाहरु हिजोआज मोबाइल फोन, डिजिटल ग्याजेटमा झुन्डिन छोड्दैनन्। खेल, सञ्चार, मनोरञ्जन त्यहीँ छ र  उपयोग गर्न जान्दा शिक्षा पनि त्यहीँ छ। बच्चालाई रमाइलो लाग्नु स्वभाविकै हो। तर परिणाम ? वैज्ञानिक अनुसन्धानहरुले पुस्टि गरेका छन्— ध्यान केन्द्रित हुन नसक्ने, धैर्य क्षमता घट्ने र नोमोफोबिया सहित अरू खालका मनोस्वास्थ्य समस्या उत्पन्न गराउँछ।

अनि बाल शिविरले के सिक्छन्? बालशिविरमा स्कूले विद्यार्थीले अध्ययनमा केन्द्रित हुनेदेखि मनोस्वास्थ्य राम्रो बनाउनेसम्मको विद्या सिक्छन्।

ध्यान एकाग्र बनाउन सिकाउँछ, पढाइ-लेखाइमा सहयोग पुग्छ।

इमोसन नियन्त्रण गर्छ, मानसिक रुपमा बलियो बनाउँछ।

सम्झना शक्ति क्लियर पार्छ। पढेको कुरा स्पष्ट स्मरण गराउँछ।

एन्जाइटीलाई घटाउँछ, चिन्ता, डर, नर्भसनेस घटाउँछ। मानसिक ताजगी बनाइराख्छ।

निर्णय, सही निर्णय क्षमता अभिवृद्धि गराउँछ।

अरुले भनेका कुरा राम्रोसँग सुन्ने बनाउँछ, तत्कालै गहिराइदेखि कुरा बुझ्न सक्ने बनाउँछ।

मस्तिष्कलाई बलियो पार्छ, हत्तपत्त विचलित नहुने बनाउँछ।

घृणा र दुर्व्यवहार घटाउँछ, स्नेह र सद्भाव बढाउँछ।

यिनै फाइदा भएर हो, पछिल्लो समय काठमाडौंका राम्रा स्कूलहरु एक दिवसीय आनापान ध्यान शिविर सञ्चालन गर्न सकेसम्म कोसिस गर्छन्। प्रिमियर इन्टरनेसनल आइबी कन्टेनियम स्कूलले एक वर्षभन्दा अघिदेखि नानीबाबुहरुका लागि बाल शिविर सञ्चालन गर्दै आएको छ। डीएभी स्कूलले निकै वर्षदेखि आफ्ना विद्यार्थीलाई आनापाना ध्यान सिकाउँछ। अघिल्लो वर्ष माछापुच्छ्रे आइबी वर्ल्ड स्कूलले एक दिवसीय ध्यान शिवर सञ्चालन गरेको थियो।

तीनकुने स्थित हिमालयन ह्वाइट हाउस आइबी वर्ल्ड स्कूलले नेपाल विपश्यना केन्द्रमा सम्पर्क राखी एक दिवसीय ध्यान शिविर सञ्चालन गरेको हो। प्रिमियर आइबी कन्टेनियम स्कूलले पनि उही प्रक्रिया अपनाएर बाल शिविर सञ्चालन गर्छ। आफ्नो स्थान नजिक पर्ने विपश्यना ध्यान केन्द्रमा सम्पर्क गरी अरू स्कूलले पनि एक दिवसीय बाल शिविर सञ्चालन गर्न सक्छन्। नेपालमा सातै प्रदेशमा १९ वटा विपश्यना ध्यान केन्द्र छन्। विपश्यना ध्यानको पहिलो पाइला आनापाना ध्यान हो। एक दिवसीय शिविरमा विद्यार्थीले त्यही पहिलो पाइलाको पनि ए, बी, सी, डी मात्र सिक्छन्। खाँदै, खेल्दै ध्यान सिक्छन्।

बल्ल यतिको भिडियो बन्यो

https://www.facebook.com/share/v/1CENxyk1CM

The post हिमालयन ह्वाइटहाउस स्कूलमा ध्यान appeared first on TGuff.