nepal Archives - TGuff
ज्योति समूहमा विवाद: ४ करोड ३६ लाख भाडा असुलेर अस्पताल बन्द गराउन पद्म ज्योतिको कसरत
ज्योति समूहका अध्यक्ष डा.रूप ज्योति, जो ग्रान्डी सिटी अस्पताल सञ्चालनको पक्षमा छन्।
बुधबार दिउँसो बर्दी लगाएका एक ट्रक महानगर प्रहरी कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालभित्र प्रवेश गरे। नियोनेटल केयर युनिट (एनसीयु), इन्टेन्सिभ केयर युनिट (आइसीयु), हाइ केयर युनिट (एचएसयु) कक्षका इक्विपमेन्ट हटाउन ७ दिने सूचना टाँसेर फर्किए।
महानगरले हटाउनु भनेका उपकरणहरू अस्पतालका सबैभन्दा महत्वपूर्ण युनिटका सामानहरू हुन्। काठमाडौं महानगरपालिकाले सम्वेदनशील युनिटका उपकरण हटाउन दिइएको म्याद आज आइतबारसहित अब ३ दिन बाँकी छ। उपकरणको सहयोगमा श्वास फेरिरहेका बिरामीलाई कहाँ सार्ने वा यसै छोड्ने भन्ने विषयमा महानगर मौन छ।
सूचनामा भनिए झैँ महानगर प्रहरीले अस्पतालमा बल प्रयोग गर्यो भने एनसीयुमा बाँचिरहेका शिशुदेखि आइसीयुमा रहेका बिरामीलाई समेत घातक असर पर्नेछ। मुख्य युनिटहरू तोडफोड गरेपछि ग्रान्डी सिटी अस्पताल आगामी बुधबारदेखि बन्द पनि हुनसक्छ। अस्पताल स्रोतका अनुसार २०८१ असोज ६ गते पनि महानगरको टोलीले अस्पतालको अवलोकन गर्दै एनसीयु, आइसीयुको अवस्था अवलोकन गरेको थियो। बिरामीलाई असर नपर्ने गरी, सुरक्षितसँग सामान सार्न निर्देशन दिएको थियो।
अस्पतालले उपकरण सार्ने विस्तृत योजना र समय तालिका बनाएर महानगरलाई बुझायो। त्यस यताको एक महिनामा अस्पतालले केही उपकरण पहिला भएको स्थानबाट सारेको पनि छ।
‘महानगरको निर्देशनअनुसार हामीले नाक, कान, घाँटीसम्बन्धी मेसिन सारीसक्यौँ। अप्टिकल स्टोर हटाएका छौँ’, ज्योति समूहका अध्यक्ष डा.रुप ज्योति भन्छन्, ‘अस्पतालमा महत्वपूर्ण विभागहरुमा उच्च स्तरीय इन्टरनेट मेडिकल उपकरण जडान गरिएको छ। अस्पतालमा प्रहरीले बल प्रयोग गर्ने हो भने ४—५ करोड बढी मूल्यका ती इक्विपमेन्ट बिग्रिने खतरा हुन्छ। एनसीयु, आइसीयुमा रहेका बिरामीको जीवन खतरामा पर्छ।’
उनलाई लाग्छ, ग्रान्डी सिटी अस्पताल ज्योति समूहको एउटा गौरवको विषय हो, मानवहितमा गरिएको सम्झनलायक लगानी हो। व्यापार, व्यवसाय सँगसँगै सामाजिक उत्तरदायित्व सम्झेर अस्पतालमा लगानी गरेको उनी बताउँछन्।
‘अस्पताल ज्योति समूहको हो। अहिले पनि त्यहाँ प्रिमेच्वर अवस्थामा जन्मेका शिशु र तिनलाई जन्मदिने बिरामी आमाहरुको उपचार भइरहेको छ’, डा.रुप भन्छन्, ‘तपाईं हामी सबैलाई थाहा छ, स्वास्थ्य सेवा अरु व्यवसाय जस्तो होइन। स्थापनाको १० वर्षसम्म पनि यो घाटामै छ। हामीले सोसल रेस्पोन्सिबिलिटी महसुस गरेर अस्पताल चलाइरहेका छौँ।’
ग्रान्डी सिटीले एनआइसीयुमा प्रयोग गरेको प्रविधि थाइल्याण्डको समित्मिभेज अस्पतालसँगको सहकार्यमा जडान गरिएको उच्च गुणस्तरको प्रविधि हो। अस्पतालको बेडहेड प्यानलमै अक्सिजन, कम्प्रेस्ड एयर आउने प्रविधि छ। हावालाई किटाणुरहित बनाउन हाइ भोल्युम एयर कन्डिसन सिस्टम जडान गरिएको छ। महानगरको ताकेता यिनै उपकरण हटाउनका लागि भइरहेको हो।
अस्पतालका उपकरण हटाउन पटक पटकको ताकेता सहित अस्पतालमै किन बर्दीधारी प्रहरी ठाइरहेछ त? यो प्रश्नको जवाफ त्यति सरल छैन।
अस्पताल विवादको मूल जरो बुझ्न २०७७ भदौ देखिको ज्योति समूहमा हुँदै आएको दाजुभाइको किचलो थाहा पाउनुपर्छ।
पिता पद्म ज्योति दायाँ र पुत्र सराैभ बायाँ। उनीहरू अस्पताल बन्द गराउन पावर एक्सरसाइज गरिरहेछन्।
ग्रान्डी सिटी अस्पतालले दाजु पद्म ज्योति र भाइ डा.रुप ज्योतिको संयुक्त भवनको आधाआधा भाग ओगटेको छ। महानगरले बल प्रयोग गर्छु भनेर हटाउन चेतावनी दिएका उपकरणहरु पद्म ज्योति स्वामित्वको भवन पट्टिका हुन्। ५० बेड अस्पतालका एनसीयु, आइसीयु जस्ता महत्वपूर्ण युनिट त्यहीँ छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष उनले २०७८ सालमै अस्पतालले भाडा तिरेन त्यहाँ भएका उपकरण हटाई ठाउँ खाली गरी पाउँ भनी महानगरमा निवेदन दिएपछि यो प्रकरण सुरु भएको थियो। त्यति बेला उनले भाडाबापत १ करोड ५४ लाख ३२ हजार रूपैयाँ पाउन बाँकी रहेको दाबी गरेका थिए।
खोजी क्रममा मैले पाएका तथ्य प्रमाणअनुसार चाहिँ पद्म ज्योतिले अस्पतालसँग भाडाबापतको रकम नियिमत पाएका छन्। एड्भान्स सहित जोड्ने हो भने २०७१ देखि २०७७ असार मासन्तसम्म अस्पतालबाट उनले ४ करोड ३६ लाख ६१ हजार रूपैयाँ लिएका छन्। भाडा उठाएर गरेकाे यो कमाइ बापत उनले ४३ लाख ६२ हजार ३ सय ७५ रूपैयाँ कर पनि तिरेका छन्।
सम्झौताअनुसार अस्पतालले मासिक १ लाख ८० हजार रुपैयाँ उनलाई बुझाउनु पर्छ। एड्भान्स रकमको हिसाब हेर्दा पद्म ज्योतिले बुझिसकेको पैसाले अबको ९.६ वर्ष अस्पतालले भाडा नतिरे पनि हुने देखिन्छ।
यो विवादमा ‘युटुबे च्यानल’ (उनकै भाषामा है) हरुले झुटो कुरा फैलाए भनेर आफ्नो कुरो राख्न उनले आइतबार सेतोपाटी, र कान्तिपुरमा विज्ञापन प्रकाशन गरेका छन्। मिडियाले बिजनेस पाए, त्यो गजब भयो।
आइतबारको विज्ञापनमा पनि उनले ३ वर्षाअघि जस्तै अस्पतालबाट भाडा नपाएकाले उपकरण हटाउन प्रक्रिया थालेको हो भन्ने कुरा स्थापित गर्न बढो मिहिनेत गरेका छन्। मैले पाएका डकुमेन्टहरु विज्ञापनमा  उनले दाबी गरिएभन्दा ठिक विपरित छन्। बैंकमा पैसा डिपोजिट गर्दाका भौचर, बैंक स्टेटमेन्ट र घरभाडा बापत उनले बुझाएको कर कार्यालयका आधिकारिक कागजादले उनले विज्ञापनमा दाबी गरेका विषयलाइ एकमुस्ट खण्डन गर्छन्। ती कागजातहरूका अनुसार अस्पतालले २०७१ सालदेखि उनलाइ भाडा बुझाउँदै आएको छ।
यी दश वर्भाषमा भाडा बापत दिए/लिएको पैसासम्बन्धी हिसाबकिताब र तथ्यहरूको फाइल करिब ९० पेज लामो छ। मैले १-२ पाएँ, हेर्नुहोस्।
यी सबै तथ्य, प्रमाण हेरेर २०७८ मै महानगरपालिकाको न्यायिक समतिले निर्णय दिन्छ, ‘घर मालिकले चाहँदा बहालमा बस्ने व्यक्ति/कम्पनीलाई हटाउन सक्छ। अस्पतालले इक्विपमेन्ट तत्काल हटाउनू।’ महानगरको यो निर्णय हुँदा काठमाडौंको मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी थिए।
यो त्यो समयको कुरा हो जतिबेला ज्योति समूहमा दाजु पद्म ज्योति पक्ष र भाइ डा.रुप ज्योति पक्षबीच झगडा गहिरिएको थियो। अस्पतालविरुद्ध निवेदन परेको २०७८ भदौ पनि त्यही आसपासको समय हो।
महानगरपालिका न्यायिक समिति, जिल्ला, उच्च, सर्वोच्च अदालतमा यो बीचमा भएका विभिन्न खाले निवेदन र आदेश हुँदै ३ वर्षपछि फेरि विवादको फाइल महानगरमै आइपुगेको हो।
The post ज्योति समूहमा विवाद: ४ करोड ३६ लाख भाडा असुलेर अस्पताल बन्द गराउन पद्म ज्योतिको कसरत appeared first on TGuff.
नागरिक मरिरहून्, सत्ता अमर रहोस्!
स्केच साैजन्य: कान्तिपुर दैनिक
प्राचीन भारतको बिहारस्थित नालन्दा विश्वविद्यालय भर्ना पाउन विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्थ्यो । १,५०० वर्षअगाडि नै त्यहाँ उत्कृष्टले मात्र भर्ना पाउँथे । करिब ८,५०० विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयका तीन फरक पुस्तकालय थिए ।
वेद, बौद्ध अध्ययनका सुत्त, विनय र अभिधम्म पिटक, व्याकरण, मानव र चिकित्सा विज्ञानका पुस्तकहरूले पुस्तकालय गुलजार थिए । मध्यएसियाकै अब्बल अध्ययन केन्द्र मानिने नालन्दा तेह्रौं शताब्दीमा ध्वस्त भयो । पुस्तकालयहरू जलाएर खरानी पारिए ।
सो विश्वविद्यालयका छात्र एवं चिनियाँ इतिहासकार ह्वेन साङले लेखेका छन्, ‘तीनवटै पुस्तकालयका पुस्तक जलेर खरानी हुन छ महिना लाग्यो ।’ त्यो बेला त्यहाँ लाखौं पाण्डुलिपि र हजारौं पुस्तक थिए । नालन्दामा आक्रमण गरेका माम्लिक साम्राज्यका सैनिक जनरल मोहम्मद बख्तियार खिलजीको फर्मान थियो, ‘सबै पुस्तक ध्वस्त पार्नू । कुरान पढे पुग्छ, अरू आवश्यक छैन ।’
सैनिक जनरलको आदेशबाट स्पष्ट छ : मानव सभ्यता र चेतनासम्पन्न समाज सत्तालाई खतरा हुन् । शासन चलाउन भारदार, आफ्ना आस्थावान् भए पुग्छ; अरू चाहिँदैनन् । प्राचीन नालन्दाका तीन पुस्तकालयहरू रत्नोदधि, रत्नसागर र रत्नरञ्जक खरानी भएयताका ८०० वर्षमा विश्वभर उत्कृष्ट शासकीय मोडल खोज गरिए, अपनाइए । कोशीको धेरै पानी बगेर गंगामा पुग्यो । नागरिकलाई स्वतन्त्रता र शासकलाई जिम्मेवार एकैसाथ बनाउने शासकीय मोडल यहाँ पनि अपनाइए । सम्राट्, राजा, महाराजा हुँदै शासकहरू प्रधानमन्त्री, राष्ट्रपतिमा बदलिए ।
तिनको नियुक्ति प्रक्रियामा ठूलै छलाङ भयो । तर यति बेला फेरि शासकीय शैलीले भनिरहेछ : सत्ता अमर राख्न भारदार, कार्यकर्ता भए पुग्छ । नागरिक मरिरहून् तर अमुक भगवान् अमर रहून् । यस्तो किन ? युनिभर्सिटी अफ न्यु हाम्सफारमा मिसेल डिलन र मेगन हेनलीले गरेको एउटा अनुसन्धानले भन्छ, ‘वैज्ञानिक सूचनाको पहुँचभन्दा टाढा हुनेहरू आफू आस्थावान् रहेको सम्प्रदायको नेताबाट छिटो प्रभावित हुन्छन् । यसलाई दलहरूले चुनावी फाइदाका लागि प्रयोग गर्छन् ।’ यो अमेरिकी सन्दर्भको कुरा हो । नेपालको यथार्थ अलि भयावह र फरक देखिँदै छ : सत्ता नागरिकलाई उपचार दिन नसकेको कमजोरी ठोरीमा निर्माण गरिने राम मन्दिरको गजुरले छोप्ने प्रयास गर्दै छ ।
निश्चय नै, धर्महरूले मानव अस्तित्वको व्याख्या गरेर अनुशासित जीवनको अवधारणा बुझाउन प्रयास गरेका छन् । र, अर्को तथ्य हो : धर्महरूको निरन्तरतालाई मानव अस्तित्व अनिवार्य सर्त हो । पैसा र सत्ताका लागि प्रभावशाली लयमा झुटो बोल्नु एउटा फरक क्षमता हो । यति बेला यो देशका नागरिकले भोगेको यथार्थ हो— शासक धार्मिक आस्थामा सवार भएर सत्ता दिगो बनाउन काम गरिरहेछन्, नागरिक बचाउनु ‘सेकेन्डरी’ हो ।
यदि त्यस्तो हुँदैनथ्यो भने माम्लिक साम्राज्य अन्त्यको ७३० वर्षपछि वीरगन्जमा उपचार नपाएर विष्णु लामाहरूले अल्पायुमै जीवन अन्त्य गर्नुपर्ने थिएन । आधा दर्जन अस्पतालले उपचार गर्न अस्वीकार गरेर विष्णु मृत्युवेदनामा छटपटाइरहँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन थप्न चासो नदिएर ठोरी र आसपासका जनप्रतिनिधिलाई फर्मान गरिरहेथे, ‘राम जन्मस्थल अयोध्या नेपालमै हो । ठोरीमा भव्य मन्दिर बनाऊ । ७८ सालमा त्यो उद्घाटन गर्नुपर्छ ।’ बालुवाटारबाट प्रधानमन्त्रीको फर्मान त्यति बेला भइरहेथ्यो, जतिखेर उपचार नपाएर नागरिकहरू काठमाडौंका कोठामा खोक्दै एक्लै छटपटाइरहेथे ।
समाजवाद स्थापनाको राजनीतिक दर्शन अँगालेका शासकको महामारी समयको यो फर्मान सैनिक जनरल खिलजीको भन्दा कति फरक छ ? सिद्धान्तमा आधारित भएर त्यसको शोध राजनीतिशास्त्रका विद्यार्थीहरूले बिस्तारै गर्लान् । अहिलेको मुख्य सवाल हो— यो समयमा शासकको प्राथमिकता के हुनुपर्छ : मन्दिर, मस्जिद, स्तूप वा मृत्युसँग संघर्ष गरिरहेका नागरिक ? महामारीलाई सत्ता, कमाइ र राजनीतिक दाउपेचको साधन नबनाउने हो भने जवाफ सहज छ : पहिलो कर्तव्य नागरिकको जीवन हो; उपचार, औषधि र अस्पताल व्यवस्थापन हो ।
महामारीमा २२८ नागरिकले ज्यान गुमाइसकेपछि अस्पतालमा स्वास्थ्यकर्मी र सेवा अभावको विषय फेरि सतहमा आएको छ । सरकारले प्रश्न गर्ने नागरिकप्रति जति ठूलो द्वेष देखाए पनि यो अवस्था बिनाकारण आएको होइन । कोभिड–१९ संक्रमित ५० जना नपुग्दै अनुसन्धान संस्था ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) ले सातै प्रदेशका ११० अस्पतालको सेवा स्थिति अध्ययन गरेथ्यो । वैशाखमा सार्वजनिक रूपमै जीआईआईएस प्रतिवेदनले भनेथ्यो, ‘सानामध्ये ८१ प्रतिशत, मध्यममध्ये ३९ प्रतिशत र ठूलामध्ये ३३ प्रतिशत अस्पतालमा एउटा पनि आइसोलेसन बेड छैन । ठूला अस्पतालका ५० प्रतिशत आईसीयू सञ्चालनमा छैनन् ।’
हुन त अहिले देखिएको चिकित्सक, भेन्टिलेटर, आईसीयू र बेड अभावको बीउ सरकारले ७ महिनाअघि नै रोपेको हो । तथ्यले देखाउँछ : २०७६ पुसमा चीनमा देखिएको कोभिड–१९ एक महिनाको यात्रापछि मात्र नेपाल आइपुगेको हो । त्यहाँदेखि अहिलेसम्म सरकारले ककसका लागि काम गर्‍यो ?
प्रधानमन्त्री र भारदारहरू नागरिकप्रति ‘रिएक्ट’ (रेस्पोन्स होइन) गरिरहेछन् : सरकारले गजब गरेको हो, मिडियाले बिगारे, आलोचकको मति सप्रियोस् । मानौं ओम्नी, सांसद अपहरण आलोचककै उपज हुन् । र, पीसीआर टेस्ट गर भन्नु अक्कल बिग्रनु हो ।तथ्य हो, शासकले बोलेको झुट कार्यकर्ता वा भुइँमान्छेले पत्याए पनि कोभिड–१९ ले औषधि–उपचारबाहेक अरू भाषा बुझ्न सकेन ।
तैपनि नेपाल र भारत दुई देशका शासक वीरतापूर्वक ८०० वर्षपछाडिको शासकीय शैली अभ्यास गर्न प्रतिस्पर्धा गरिरहेछन् : राम र बुद्ध हाम्रै हुन्, नागरिकको जीवन तपसिलको कुरा हो । शक्तिशाली सरकार स्वयंले मस्यौदा गर्ने नीति, कानुनबाट महामारीमा भएका अनियमितता र भ्रष्टाचारबाट शासक र तिनका मतियारले डराउनै पर्दैन । बकस दिएर राज्य अंगमा पठाइएका नातेदार, दास वा भेटी बुझाएर गएकाहरूले प्रभुको खातिरदारी नगर्ने कुरै छैन । १ लाख वर्ष लामो इतिहासमा सबैमाथि जित हासिल गर्ने आखिर मानव नै त हो । त्यो भन्दा बढी शक्तिशाली देखिएका प्रधानमन्त्री ओली सामु एउटा सामान्य सवाल छ : उपचार नपाएर नागरिक मरिरहँदा प्राथमिकता मठमन्दिर बनाएको विषय मानव विकास इतिहासमा कस्तो रङले लेख्ने- सुनौलो वा कालो ?
(कान्तिपुर दैनिकमा १७ भदाै २०७७ मा प्रकाशित)
The post नागरिक मरिरहून्, सत्ता अमर रहोस्! appeared first on TGuff.
चुनावको नयाँ रणमैदान
पछिल्लो समय विश्वभर प्रविधिले आर्थिक उत्पादन र सेवाको कार्यक्षमता बढाएको छ । सञ्चार प्रविधि र सञ्चारमाध्यमले संरचना र आधारभूत स्वरूप परिवर्तन गरेका छन् । नेपालमा सर्वसाधारण पनि मोबाइल फोन बोक्छन्, सूचना र सञ्चार सामग्री इन्टरनेटबाट प्राप्त गर्छन् । सहरी बासिन्दा त घरै बसीबसी मन पर्ने पुस्तक, सामान मात्र होइन, खानेकुरा पनि मगाउँछन् । अझ, केही दशकअघिसम्म अस्तित्वमै नभएका सामाजिक सञ्जाल र स्मार्टफोनले अहिलेको निर्वाचन र उम्मेदवार–मतदाता सम्बन्धमै आनका तान फरक पारेका छन् ।
दूरसञ्चार प्राधिकरणको गत जुन महिनाको रिपोर्ट भन्छ— नेपालमा ३ करोड ८६ लाख मोबाइल सिम खरिद भएका छन् । २ करोड ७७ लाख मानिससँग इन्टरनेट पहुँच छ । र, कुल इन्टरनेट प्रयोगकर्तामध्ये ७० प्रतिशत जीएसएम मोबाइलबाट इन्टरनेट चलाउनेहरू छन् । इन्टरनेट प्रयोगकर्ताका अधिकांश डिजिटल डिभाइसमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकजस्ता सोसल मिडिया एप छन् । अडियो–भिडियो कलिङ एप इमो र मेसेन्जर छन् । इन्स्टेन्ट मेसिजङ तथा भाइबर र ह्वाट्सएप लगायत छन् । मेसेन्जर र अरू यस्तै एपहरूबाट उनीहरू सञ्चार गर्छन्, प्राप्त सूचना उपभोग गर्छन् ।
डिजिटल माध्यमका फरकफरक प्लाटफर्महरू पछिल्लो समय लोकतान्त्रिक निर्वाचनका नयाँ रणमैदान भएका छन् । अनि स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउन तमाम समस्याबीच अर्को एउटा समस्या थप भएको छ, मिथ्या सूचनाको समस्या । र, सँगसँगै अपुष्ट र भ्रामक सूचनासृजित व्यवधान ।
डिजिटल युगमा मिथ्या सूचनाले विश्वलाई चिन्तित तुल्याए पनि झुटको प्रचार नयाँ चीज भने होइन । आधुनिक मानव सभ्यताको सुरुआतदेखि नै सूचना शक्तिको एउटा महत्त्वपूर्ण स्रोत रहँदै आएको छ । परापूर्वकालमा काल्पनिक कथालाई विश्वासमा परिणत गराउन जति मिहिनेत गर्नुपर्थ्यो, खुला समाजमा कुनै विषयप्रति विश्वास जगाउन त्योभन्दा बढी चुस्त प्रचार गर्नुपर्छ । नभएको कुरा भएजस्तो बनाउन संगठित प्रचार गर्नैपर्छ । प्रामाणिकता र तथ्य जाँचको प्रक्रियाबाट गुज्रिनु नपर्ने सोसल मिडियाहरू यी सबै कामका लागि उपयुक्त प्लाटफर्म बन्दै गएका छन् ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ प्रविधिमा आधारित सर्च इन्जिन गुगलबाट एउटा घटनालाई हेर्दा नेपालमा सोसल मिडियाबाट हुने मिथ्या, अपुष्ट र भ्रामक सूचना प्रवाहको सांगोपांग चित्र देखिन्छ । २०७८ को फागुन १५ गते संसद्ले पारित गरेको ‘एमसीसी’ शब्द अहिले गुगल गर्दा ०.४५ सेकेन्डमा ४ लाख ५८ हजार पेज भेटिन्छन् । गुगल सर्चमा देखिने अनलाइन लिंक कतिपय भ्रामक छन् र केही तथ्यपरक । एमसीसी पारित भएको ९ महिनापछि इन्टरनेटमा खोजी पस्दा सबैभन्दा डरलाग्दो चित्र त सोसल मिडियामा देखिन्छ । झुटा, अपुष्ट र अप्रमाणित सामग्री फैलाउन प्रतिष्ठित अनलाइन, छापा, रेडियो, टेलिभिजनभन्दा पनि फेसबुक, युट्युब र टिकटक प्रयोग भएका छन् । मिथ्या सूचना बृहत् रूपमा फैलिएपछि मात्रै एमसीसीले राष्ट्रिय राजनीति तरंगित बनाएको तथ्य सोसल मिडियाका फरक–फरक ग्रुपमा भएका बहसको समयरेखा छुट्याएर हेर्दा प्रस्टिन्छ ।
समाज, सेवा, व्यापार र जीवनशैलीसँगसँगै पछिल्लो समय सोसल मिडियासँग नेपाली राजनीति पनि गहिरोसँग जोडिएको छ । लोकतान्त्रिक र खुला समाजमा उम्मेदवारले मतदाताबाट समर्थन पाउन, विश्वास जित्न संगठित र चुस्त प्रचार गर्नु सामान्य कुरा हो । र, नेपालमा प्रचारको यो प्रवृत्ति २०१५ सालमा लेटर प्रेसमा प्रकाशित श्यामश्वेत छापा सामग्रीबाट सुरु भएथ्यो । २०६४ सालको संविधानसभा निर्वाचनमा रेडियोकेन्द्रित रहेथ्यो । र अहिलेको निर्वाचनको प्रचार डिजिटल प्लाटफर्मकेन्द्रित छ । निर्वाचन प्रचारका माध्यम फेरिएसँगसँगै तिनले सृजना गर्ने समस्याका स्वरूप पनि फेरिएका छन् ।
सूचना प्रविधिको विकास र पहुँच विस्तारले परम्परागत चुनाव प्रचार शैली फेरिएका उदाहरण अनेकन् छन्, अमेरिकादेखि भारतसम्म ।
कुनै समय सूचना र तथ्यांकको आडमा राजा–महाराजाहरू जनतामाथि शासन गर्थे तर लोकतान्त्रिक खुला समाजमा नेताहरू सधैं जनताको निगरानीमा रहन विवश छन्। प्रविधिले नेताहरूलाई जिम्मेवार बन्न दबाब बढाएको यो यथार्थ जति भरलाग्दो छ, त्यत्ति नै डरलाग्दो छ सिक्काको अर्को पाटो— मतदातामाथि आफ्नो वरिपरि घुमिरहेका लाखौं टेगाबाइट मिथ्या, अपुष्ट र भ्रामक सूचनाबाट बच्नुपर्ने चुनौती।
सन् २००८ मा फेसबुक सशक्त हुनुभन्दा अगाडि एवं सन् २०११ मा भिडियो सेयरिङ प्लाटफर्म युट्युबको मातृ कम्पनी गुगलले नेपालमा क्यास सर्भर राख्नुभन्दा अगाडि भ्रामक सूचना फैलाउन अहिलेजति सहज थिएन । सोसल मिडियाहरूले विश्वको प्रत्येक कुनाका समुदायलाई आफ्नो आवाज राख्न मञ्च दिए । विश्वभरका मानिसलाई एकैसूत्रमा जोडे । यिनको अँध्यारो पाटो पनि छ । यी बेलगाम छन् । यिनमा आउने सामग्रीले प्रमाण, पुष्टि र सत्य जाँच प्रक्रिया पूरा गर्नुपर्दैन । आम मतदाता चनाखो हुनुपर्ने यस्तै अप्रमाणित सूचनाहरूमा हो, जोगिनुपर्ने यस्तै मिथ्या र भ्रमपूर्ण प्रचारहरूमा हो, ताकि लोकतन्त्रको धुकधुकी मानिने निष्पक्ष र स्वतन्त्र निर्वाचन प्रक्रियामा मिथ्या सूचनाहरू बाधक नबनून् । अहिले जुनसुकै बेला आफ्नो बढाइचढाइ गर्न, विरोधीको छवि ध्वस्त पार्न र भ्रम छर्न सृजनशील ‘मिम’ वा सन्देश मतदाताको मोबाइल फोन वा सोसल मिडिया टाइमलाइनमा आइपुग्न सक्छन् । राजनीतिक कार्यकर्ताले फर्जी वा वास्तविक नामबाट जानीजानी यस्तो झुट फैलाइरहेका हुन्छन् । र, यस्ता मेसेजको भुङ्ग्रोमा अनजानमै निर्दोष मतदाता पर्न सक्छन् ।
डिजिटल समाज सौहार्दपूर्ण, तथ्यपरक र शान्त राख्ने जिम्मेवारी प्रत्येक इन्टरनेट प्रयोगकर्ताको हो । निर्वाचनका सन्दर्भमा झुटो सन्देश फैलाउने प्रवृत्ति अहिले नै रोकिएन भने साइबर सेना परिचालन गरी वा डलर तिरेर सोसल मिडिया टाइमलाइनमा पुर्‍याइएका सत्य तथा यथार्थमा आधारित प्रचार सामग्री पनि बिस्तारै कसैले पत्याउनेछैनन् । यो व्यवहारले इन्टरनेटमा पाइने सामग्रीप्रति मान्छेको विश्वास घटाउनेछ । इन्टरनेट पहुँच विस्तार भइरहेको नेपालमा इन्टरनेट सामग्रीप्रति विश्वास टुट्नु भनेको डिजिटल वालेटदेखि डिजिटल बैंकिङसम्मलाई असर पर्नु हो । योभन्दा भयानक विषय त स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनलाई असर पर्नु हो । समग्रमा राजनीतिक प्रणालीलाई नोक्सान पुर्‍याउनु हो । तसर्थ, सम्बन्धित सबैले डिजिटल सामग्रीको सत्यतामाथि जोड दिनु आवश्यक छ ।
(कान्तिपुर दैनिक, कार्तिक ६, २०७९)
The post चुनावको नयाँ रणमैदान appeared first on TGuff.
नयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन्
बल्ल बुकको किन्डल भर्सन बन्यो है 😃😃
उनी राजकुमार थिए तर राजगद्दीमा बसेनन्। उनी दरबारमा हुर्किए तर राजकागज गरेनन्। राजकुमारीसँग विवाह गरे तर गृहस्थ जीवन बिताएनन्। तथागत बनेर मान्छेलाई शान्तिको बाटो देखाए तर महासागर तरेर उत्तर अमेरिका पुगेनन्। हो, उनी बुद्ध थिए र यो २६ सय वर्ष अघिको कुरा हो।  बुद्ध जन्मे हुर्केको समय र अहिलेको मानव समाजबीच ठूलो अन्तर छ। यतिबेला बुद्ध कुनै न कुनै स्वरुपमा प्रशान्त र हिन्द महासागर पारी पुगेका छन् अनि अधिकांश देशमा राजकुमार छैनन्।
स्थायी खुशी, शान्ति र आनन्दको जीवनयापन कसको रोजाईमा पर्दैन र ? घृणा, हिंसा, इर्श्या र प्रतिशोध जगाएर प्वाल परेको बकेट भर्न दौडडिरहेका हरुका लागि चेतना गहिराइबाट शान्ति र खुशीका ‘सिग्नल’ उत्पन्न गर्नु उल्लासकै कुरा हो । नाक, कान, आँखा, जिब्रो र ‘स्किन’का ‘सिग्नल’हरू अत्यन्त तीब्र गतिमा मस्तिष्कलाई सञ्चार गर्ने सेपियन्स (आधुनिक मानव) को विशेषता हामी सबैको उस्तै हो। सम्भवतः यही तथ्य अनुभव गरेपछि हुनुपर्छ, वैज्ञानिक अल्बर्ट आन्स्टाइनले सन् १९३० देखि भन्न थालेका थिए, ‘बुद्धको शिक्षा धर्म सम्प्रदाय होइन बरु यो मस्तिष्क विज्ञान हो।’ हुन पनि बुद्धवाणि वाला पुस्तक धम्मपदको पहिलो गाथाले प्रस्टसँग भन्छ- मनोपुब्बङ्गमा धम्मा, मनोसेट्ठा मनोमया अर्थात मस्तिष्क सबै प्रवृत्तिको अगुवा हो।  त्यसैले प्राचीन बुद्ध विद्या आर्टिफिसियल इन्टेलिजेन्स युगका हाम्रा लागि चासोको विषय हो। स्थायी खुशी र चेतना गहिराइको शान्ति सरोकारको विषय हो।
२ लाख वर्षको आधुनिक मानव इतिहासमा २६ सय वर्ष निकै छोटो समय हो। तर समाज विकासको पाटो केलाउँदा त्यो र यो समयबीच प्रशस्त फरक भेटिन्छन्। हिजोआज प्रशान्त महासागरमाथि प्लेनमा उडिरहँदा एयरपडमा निर्देशन सुनेर ध्यान गर्नेहरु भेटिनु सामान्य हो। यो अहिलेको विज्ञान, प्रविधि, अर्थ व्यवस्थाले सम्भव बनाएको हो। सिद्धार्थले पनि एउटा यस्तै सामाजिक, राजनीतिक तथा अर्थ व्यवस्थाको परिवेशमा रहेर बुद्धत्व हाँसिल गरेका हुन्। उमाकान्त पौड्यालको गैरआख्यान पुस्तक ‘बुद्धकालीन समाज’ले त्यो समयको पेशा, व्यवसाय, प्रविधि, उपकरणदेखि विवाह शैलीसम्मलाई केलाउँछ। २६ सय वर्षअघिको कपिलवस्तु तथा उत्तर भारतका राज्यहरुको इतिहास, शाषन प्रणाली, जीवन शैली र सामाज व्यवस्थाको फेहरिस्त भन्छ।
परिशिष्ट बाहेक १० च्याप्टरमा विभाजित ३०० पृष्ठको पुस्तकले त्रिपिटकका गाथा एवं अट्ठ कथाहरुको विश्लेषण गरेको छ। लेखकले बौद्ध साहित्यमा समावेश कतिपय चामत्कारिक, काल्पनिकजस्ता लाग्ने प्रसंगलाई तथ्य र तर्कको कसी लगाएर प्राज्ञिक विधिमा जाँचेका छन्। बुद्धलाई चामत्कारिक, अलौकिक शक्ति होइन वास्तविक मानिसको रुपमा व्याख्या गरेका छन्। बुद्धको जन्मसँग सम्बन्धित कतिपय विषयहरु अस्वभाविक अतिरिञ्जितजस्ता रहेको लेखकको बुझाइ छ।
बौद्धकालीन समय वैचारिक उथलपुथलको हिसाबले पूर्वीय सभ्यताको जबरजस्त इतिहास हो। ज्ञानको खोजी, विस्तारका क्रममा त्यो समयलाई बुद्धले कुन कुन पक्षमा छोए ? जातिवाद, पशुबली प्रथाले गहिरो जरा गाडेको समाजमा हत्या—हिंसा बिरोधी सिद्धान्त कसरी फैलियो ? ऐतिहासिक सामाग्रीको प्रमाणिकता र त्यसबारे त्रिपिटकमा उल्लिखित सन्दर्भको अध्ययन नगरी त्यो इतिहास पर्गेल्न असम्भ छ। फेरि त्रिपिटक बौद्ध धर्मको केवल एकल ग्रन्थ होइन । बुद्धका उपदेश, वाणि र सुत्रका तीन अलग—अलग विधाहरू सुत्त, विनय र अभिधम्मको संयुक्त नाम हो—त्रिपिटक। भनिन्छ, बुद्ध परिनिर्माणको तीन महिनापछि भिक्षु महाकश्यपको अगुवाईमा ८२ हजार बुद्धवाणि र २ हजार अग्रणी भिक्षुका उपदेशलाई ५ सय (कसै कसैले ७ सय  पनि भन्ने गरेका छन्। भिमराव अम्बेडकर, बुद्ध एन्ड हिज धम्म, पेज नं.७) अरहन्त भिक्षुले अनुमोदन गरेका थिए । ईपु ४८३ मा अनुमोदित त्यो सामाग्री नै संयुक्त रुपमा त्रिपिटक भनेर चिनिँदै आएको छ । भनिन्छ, अहिले पनि समय समयमा त्यसको प्रमाणिकता जाँच हुनेगर्छ। त्यही त्रिपिटकलाई रचना आधारभूमि मान्दै लेखकले त्यो समयको संस्कृति, भिक्षुसंघ, वर्ण व्यवस्था, पेशा, जीविका र जीवनशैलीदेखि यौनकर्मीसम्मको अवस्था उजागर गरेका छन्। पुस्तक पढिरहँदा कतिपय प्रसंग पाठकलाई सनसनीपूर्ण लाग्न सक्छन्। अट्ठगाथालाई उदृत गर्दै पुस्तकको महिला र दासदासी च्याप्टरमा लेखिएको छ, ‘काशी राज्यको सम्पूर्ण आम्दानी भन्दा त्यहाँकी एक जना नगरबधु अट्ढकाशीको कमाई बढी थियो।’
‘अध्यात्मिक प्रगतिका लागि गृहस्थ जीवन बन्धनयुक्त हुने भएकाले स्वतन्त्रताका लागि सिद्धार्थले गृहत्याग गरेका हुन्।’
बुद्धकालीन समय थुप्रै विषयका कारण खोजिने र पढिने इतिहास हो। वैदेकि कालदेखि चल्दै आएका कतिपय प्रथाहरु परिवर्तन, सामाजिक सौहार्दता एवं तल्लो जात उत्थानको सशक्त हस्तक्षेपका लागि त्यो सबैभन्दा महत्वपूर्ण समय हो। ‘बुद्धकालीन समाजमा’ त्यो एक एउटा सिंगो युगको सामाजिक एवं धार्मिक जीवनका रोचक तथा प्रमाणिक विवरण उपलब्ध छन्। बुद्धको समयमा संस्कृत भाषा विद्वान ब्राह्मण, महाराज र दरबारभित्र बोलिने कुलिन भाषा थियो। दरबारमा हुर्किए पनि बुद्धले साधना सिकाउने प्रयोजनका लागि संस्कृत प्रयोग गरेनन्। उनले त्यो बेलाका जनताले बोल्ने पाली भाषामा प्रवचन दिए, साधना विधि सिकाए। अध्यात्मिक उपलब्धिलाई दार्शनिक सिद्धान्त र बौद्धिक वर्णनको गह्रौँ विषय बनाएनन्। सिधै शील, सामाधि र प्रज्ञा सिकाए। जनताको भाषामा सबैले बुझ्ने गरी बताए— दुःख छ, दुःखको कारण छ, दुःख निदानको उपाय छ। प्रवचन मात्र दिएनन्, अनुभव नै गराइदिए। गम्भीर विषयको सरल प्रस्तुति, प्रवचन मात्र हैन परीक्षणमार्फत अनुभव गराउने विध एवं जनताको बोली भाषाको प्रयोगका कारण बुद्ध विद्या अत्यन्त तीब्र गतिमा फैलियो। विस्तृत समुदायलाई स्वीकार्य भयो।
वर्ण व्यवस्थासहित बुद्धकालका विशेषताहरु तथा बुद्धत्व प्राप्तिका पहिला वर्षहरुमा बुद्धले महिलालाई भिक्षुणी बन्न अनुमति नदिएका प्रसंगहरु पुस्तकमा छन्। आफूलाई हुर्काउने सानिमा प्रजापतिलाई समेत बुद्धले सुरुमा भिक्षुणी बनाउन अस्वीकार गरेको, पछि अुनमति दिए पनि महिलाका लागि थप ८ वटा नियम थपेको तथ्य लेखकले पेश गरेका छन्। सुरुवाती अवस्थामा त्रिपिटक लिपीबद्ध नभएको र पछि लिपीबद्ध गर्दा कुनै भिक्षुले यो प्रसंग मिसाएको हुन सक्ने शंका लेखकको छ। बुद्धकालीन राज्य संरचना केलाएको पुस्तकले कतिपय आधुनिक राजनीतिक सिद्धान्तलाई सिधै छोएको छ। राजनीतिक सिद्धान्तको अनुसन्धानकर्ताका लागि ग्रिक दार्शनिक प्लेटोको ‘आइडियल स्टेट’ अध्ययनको पहिलो चरण हो। प्लेटोले रिपब्लिक पुस्तकमा राज्य हुन आवश्यक तत्व र राज्यको दायित्वबारे सुक्ष्मसँग प्रस्ट्याएका छन्। ईपु ३०० तिर लेखेका विशेषता भएका राज्यहरु प्लेटो जन्मनुभन्दा करिब ५० वर्ष अगाडि नै अस्तित्वमा रहेको सन्दर्भ ‘बुद्धकालीन समाज’ले उजागर गरेको छ। बुद्धको राज्यसम्बन्धी अवधारणा नागरिकलाई अधिकतम खुशी दिने, मानव कल्याण, समानता, समृद्धि, न्याय, सत्य र अहिंसा आधारित थियो। प्लेटोको ‘आइडियल स्टेट’ यो भन्दा धेरै फरक छैन। लेखकले त्यो बेलाका ऐतिहासिक तथ्यहरुलाई त्रिपिटकका गाथा, अट्ठकथा एवं अन्य लेखकहरुका पुस्तक उदृत गर्दै प्रस्ट्याएका छन्। पुस्तक समाजशास्त्र, इतिहास र बुद्धदर्शनका विद्यार्थी तथा अध्येताका लागि उपयोगी छ।
निश्चित रुपमा त्रिपिटकको विशाल महासागरबाट ३०० पृष्ठको पुस्तकमा सामाजिक परिवेश झिक्नु चुनौतीपूर्ण र कठिन काम हो। तर लेखकले त्यो समयको समाजका साङ्गोपाङ्गो विशेषता र घटनाहरु तथ्य र तर्कसंगत रुपमा निकाल्न सफल भएका छन्। राजकुमार सिद्धार्थले किन र कसरी गृह त्याग गरे? हामीले पढ्दै, आएका छौं— उनले मृतक, रोगी, वृद्ध र सन्यासी देखेर बैराग्य भई दरबार त्यागेका हुन्। सुन्दै आएका छौं— पत्नी यशोधरा निदाइरहेको बेला मध्यरातमा सुटुक्क दरबार बाहिर निस्केका हुन्। यही भाष्य र कहानी अहिले नेपालमा चलनचल्तीमा छन्। यस विषयमा धेरैको मनमा गडेको विश्वास भन्दा फरक विषय लेखकले उजागर गरेका छन्। पुस्तक भन्छ, सिद्धार्थ मध्यरातमा सुटुक्क हिँडेको नभई बाबुआमाको इच्छाविपरित उनीहरुकै अगाडि सन्यासी भेष धारण गरी गृहत्याग गरेका हुन्। यो तथ्य उजागर गर्न लेखकले दीग्घनिकाय—१ सोणदण्ड सुत्तको तथ्य पेश गरेका छन्। यो तर्कलाई अझ बलियो टेको लगाउन लेखकले बुद्धका पर्सनल सेक्रेटरी भिक्षु आनन्दको एउटा भनाइ उल्लेख गरेका छन्, ‘अध्यात्मिक प्रगतिका लागि गृहस्थ जीवन बन्धनयुक्त भएकाले स्वतन्त्रताका लागि सिद्धार्थले गृहत्याग गरेका हुन्।’
पौड्यालले बुद्धकालीन समाजका प्रसंगहरु यसरी पेश गरेका छन् कि तत्कालीन समयका अध्यात्मिक र ऐतिहासिक तथ्यहरुले ठाउँ ठाउँमा पाठकको मस्तिष्क हल्लाउँछ। थुप्रै प्रश्नहरु जन्माइदिन्छ। त्रिपिटक अध्येता कोसम्भी, भदन्त आनन्द कौसल्यायन, भीमराव अम्बेटकरसहितका बौद्ध विद्वानका तथ्य र तर्क उदृत गरिएको बुक पढ्दा लाग्छ, लेखकले अन्त्यसम्मै पुस्तकको शीर्षक ‘बुद्धकालीन समाज’ सार्थक पार्न कुनै कसर बाँकी राखेका छैनन्। राज्य व्यवस्था, धार्मिक सम्प्रदाय, भिक्षु संघ, वर्ण व्यवस्था, संस्कृति, पेशा तथा दास प्रथा, विवाह, यौनकर्मी, खानपान, बस्त्रआभुषण, लोकमहोत्सव, शिक्षा आदिलाई कोण कोणबाट केलाएका छन्।
पुस्तक: बुद्धकालीन समाज
लेखक: उमाकान्त पाैड्याल
प्रकाशक: फाइन प्रिन्ट
विधा: इतिहास
(यो बुक पढ्न प्रेरित गर्ने पत्रकार स्वेच्छा राउतलाई धेरैधेरै धन्यवाद।)
तलको जसरी लेख्न सुरू गरेको माथिको जसरी अन्त्य भयो 😃
२ हजार ६ सय वर्षको अवधिमा मान्छेले राजनीतिक, समाज, विज्ञान र प्रविधिमा ठूलो क्रान्ति गरेको छ। दैवी शक्तिहरुको बल होइन, प्रविधिको आविस्कारले मानव जीवन सहज बनाएको छ। कुनै बेला दैवी चमत्कार मानिने विषयहरु अहिले वैज्ञनिक प्रयोगशालामा सृष्टि भइरहेछन्। मानिसले जैविक वस्तुमा आफूले चाहेको गुण, रुप र स्वाद भर्न थालेको छ। तै पनि पछिल्ला केही तथ्य मस्तिष्क चक्राउने खालका छन्। युद्ध र हिंसाका कारण  वर्षेनी २ लाख मानिस मारिँदा रहेछन्। यो भन्दा भयवावह अवस्तथा त अर्को युद्धको पो रहेछ- चुपचाप, मनभित्र हुने युद्ध। छक्क पार्ने कुरा त यो रहेछ- परिवार, साथीभाइ र समाजलाई ‘ठिक छु’ भन्ने धेरै दोस्तहरू आफूभित्र ‘बेठिक’ पनि हुँदा रहेछन्। ७ लाख अर्थात युद्धमा मारिने भन्दा ३ गुणा बढी मान्छेले त डिप्रेसन, आत्महत्याबाट पो जीवन अन्त्य गर्दा र’छन्। आफूभित्र मनोबलमा पराजित हुँदै गरेकाहरुमा आशा र खुशीको एक बुँद पुर्याउने विधि अझै किन बनेन होला? युकेकी राजकुमारी केट मिडल्टन मेन्टल हेल्थबारे चासो राख्दिरहिछन्, उनले विद्यार्थीसँग अन्तरक्रिया गरेको एउटा खबर बीबीसीले बनाएछ। आज अक्टोर १० अर्थात मेन्टल हेल्थ-डे। झ्याल बाहिरबाट छिरिरर… आवाज आयो। मैले बाहिर तिर आँखा घुमाएँ। पानी पर्न थालेको रहेछ। यो पाली वर्षायाम सकिए पनि पानी पर्न रोकिएको छैन। ल्यापटपलाइ ‘सटडाउन’ कमान्ड दिँदा दिँदै मेरो दाहिने हात सिरानी भन्दामाथि पुगिसकेको थियो। त्यहाँबाट एउटा किताबले मलाइ निकै दिनदेखि हेरिरहेछ। अर्थात मैले उसलाइ हेरिरहेछु। यो नयाँ किताब अब पढ्नुपर्छ- बुद्धकालीन समाज।
The post नयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन् appeared first on TGuff.
नेपालीलाई कोरोना भ्याक्सिन: संयन्त्र छ, पाउने मिति छैन
पर्थ, अष्ट्रेलियाकी नर्स कोभिड—१९ विरुद्ध भ्याक्सिन टेस्टमा सहभागी हुँदै। तस्विरः गेट्टी इमेजेज
कोरोना भाइरसबाट दैनिक ८—१० नेपालीले ज्यान गुमाइरहेछन्। शनिबार ११ जना मृतक थपिएसँगै एउटा सानो भाइरसबाट ज्यान गुमाउने नेपाली चार सय नाघेका छन्, संक्रमित ६२ हजार बढी पुगेका छन्। नागरिक जीवन बचाउन, निर्धक्क सामान्य जीवनयापनमा फर्किन भ्याक्सिन नभइ नहुने भए पनि नेपालमा कोरोना भ्याक्सिन प्राप्तिको विषय राष्ट्रिय बहसमा छैन।
नागरिक मृत्युको श्रृंखलामा ब्रेक लगाउन नभई नहुने भ्याक्सिन नेपाल कहिले आइपुग्ला? अन्तर्राष्ट्रिय मिडिया भनिरहेछन्, आउने मंसिर—पुसदेखि कोभिड—१९ भ्याक्सिन प्रयोगमा आउनेछ। काम गर्नेहरुले तथ्य सेयर गर्नु ठूलो कुरा भएन। स्वास्थ्य मन्त्रालयका अधिकारी औपचारिक कुराकानीमा भनिरहेछन्, ‘हामी भ्याक्सिन प्राप्तिका लागि गाभी र डब्लुएचओसँग निकट रहेर काम गरिरहेछौं। बन्ने बित्तिकै ल्याउँछौं।’
तथ्यमा कुरो के रहेछ? यो सामग्री नेपालीले कोरोना भ्याक्सिन पाउने संयन्त्र र मिति केन्द्रित छ।
सरकारले निकट रहेर काम गर्दैछु भनेको ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी)को स्विट्जरल्यान्ड, जेनेभास्थित सचिवालयका जेम्स फुकर भन्छन्, ‘नेपाल कोभिड—१९ भ्याक्सिन पाउन न्यून आय भएको देशको सूचीमा छ।’ यो सूची गाभीले जुलाई ३१ मा सार्वजनिक गरेको हो। सूचीमा नेपाल, इथोपिया, बुर्किनाफासो सहितका ३२ देश छन्। हेर्नोस्  सूचीः
सन् २०१९ को विश्व बैंक तथ्यांकमा उल्लेख प्रतिव्यक्ति आय आधारमा नेपाल गाभीको ‘लो इनकम क्याटागोरी’ देश सूचीमा परेको जेम्सले सुनाए। प्रतिव्यक्ति आय ४ हजार डलरभन्दा न्युन हुने देशलाई गाभीले यो सूचीमा राखेको छ। नेपालीको सन् २०१९ को प्रतिव्यक्ति आय १ हजार २८ डलर थियो। सन् २०२० मा पनि यो बढ्ने छाँट छैन।
हे… हे… कमजोर को रे? 😂
अनि ‘लो—इनकम क्याटागोरी’मा रहेको नेपालको भ्याक्सिन प्राप्ति प्रक्रिया के हुन्छ? जेम्स भन्छन्, ‘नियमाक निकायबाट अनुमोदन र डब्लुएचओबाट प्रिक्वालिफाइड हुने कोभिड—१९ भ्याक्सिन गाभीले पहिला सम्बन्धित देशको जनसंख्याको करिब २० प्रतिशतलाई उपलब्ध गराउने लक्ष्य राखेर काम गरिरहेछ। यो काम यतिबेला कोभाक्स फ्यासिलिटी हेर्छ।’ कोभाक्स विश्व स्तरमा सबै मुलुकलाई भ्याक्सिन पहुँच सुनिश्चित गर्न केही अघि बनाइएको संरचना हो। यसमा ब्लुएचओ, गाभी र इपिडेमिक प्रिपडनेस इनोभेसन्स (सीईपीआई) छन्।
राष्ट्रिय तथ्यांक विभाग वेबसाइटले यो ब्लग लेखिरहँदा सार्वजनिक गरेको विवरणअनुसार यतिबेला नेपालको जनसंख्या ३ करोड ८६ हजार ९९२ छ। यसको २० प्रतिशत अर्थात् पहिलो चरणमा नेपालका करिब १५ लाख ४३ हजार नेपालीले भ्याक्सिन पाउँछन्।
सुरुमै कोरोना भ्याक्सिन पाउने १५ लाख नेपाली को होलान्? जेम्स भन्छन्, ‘पहिलो चरणको भ्याक्सिन उपलब्धता मानव स्वास्थ्य हेरचाह गर्ने श्रमिक र सबैभन्दा कमजोर समूहका लागि केन्द्रित हुनुपर्ने मापदण्ड छ।’ नेपालको अभ्यासमा ‘सबैभन्दा कमजोर समूह’मा देशका प्रधानमन्त्री, मन्त्री र सांसदहरु पनि पर्न सक्छन्। यसअघि जनताले पीसीआर टेस्ट नपाउँदा मन्त्री, सत्तारुढ दलका शक्तिशाली नेता एवं सांसदले सहजै पहिला पाएथे।
नेपाल आउने भ्याक्सिन कार्टुनमा युनिसेफको स्टिकर
जेनेभास्थित गाभी सचिवालयका जेम्स फुकर र डब्लुएचओ दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयकी समिला शर्मासँग इमेल र टेलिफोन कुराकानीपछिको निष्कर्ष हो, नेपालमा कोभिड—१९ भ्याक्सिन आगमनमा ५ पक्ष निर्णायक छन्। सरकारको तदारुकता, भ्याक्सिन विकास र नियमन, कोभाक्स फेसिलिटी कार्यक्रम, डब्लुएचओ र युनिसेफ। यसमा सरकारले गर्नुपर्ने तयारी सबैभन्दा धेरै छन्, निर्णायक छन्।
जेम्सकाअनुसार धनी र गरिब देशहरुमा एकै पटक भ्याक्सिन पुर्याउने लक्ष्य राखेर गाभीले काम गरिरहेछ। ‘कोभाक्स कार्यक्रमको लक्ष्य विश्वका धनी, गरिब सबै देशहरुमा एकै पटक न्यासंगत रुपमा भ्याक्सिनको पहुँच पुर्याउनु हो’, उनी भन्छन्, ‘सबै तहका मानवीय परीक्षण पूरा गरी डब्लुएचओबाट प्रिक्वालिफाइड र नियामक निकायले अनुमोदन गरेका भ्याक्सिन त्यसपछि सम्बन्धित देशहरुमा पुर्याउन प्रक्रिया सुरु हुन्छ।’
अहिले देखिएको परिदृश्य कार्यान्वयन भए नेपाल आउने कोरोना भ्याक्सिनको ढुवानी युनिसेफले गर्नेछ। सेप्टेम्बर ३ मा युनिसेफ न्युयोर्क मुख्यालयले भनेको छ, ‘न्युन तथा मध्यम आय भएका ९२ मुलुकमा खोप उपलब्ध गराउने गाभीको कोभाक्स फेसिलिटी कार्यक्रम अन्तर्गत कोभिड—१९ भ्याक्सिन खरिद तथा वितरणको नेतृत्व युनिसेफले गर्नेछ।’ ती ९२ मध्ये एउटा देश नेपाल पनि हो। डब्लुएचओ, गाभी, सीईपीआई कोभाक्स फेसिलिटी कार्यक्रममा छन्। युनिसेफले लिएको जिम्मेवारी कोरोना भ्याक्सिन खरिद, ढुवानी, बन्दोबस्ती तथा भण्डारणका लागि हो।
डब्लुएचओ विज्ञ भन्छिन्, सन् २०२१ मा कुनैबेला
‘डब्लुएचओले अहिले गरिरहेको गृहकार्य र भ्याक्सिन विकासको अवस्था हेर्दा नेपालले कोभिड—१९ भ्याक्सिन पाउने सम्भावित मिति कुन हुनसक्छ?’ मैले सुरुमा टेलिफोन गरी डब्लुएचओ दक्षिण पूर्वी एशिया कार्यालयकी समिला शर्मालाई सोधेँथे। ‘तपाईंले उठाएको विषय अरु धेरै देशहरुको पनि चासोमा छ। यसमा डब्लुएचओ विज्ञले मात्र जावफ दिन सक्छन्। म सहयोग गर्न सक्छु’, उनी प्रो—एक्टिभ रहिछन्, समाधान सुझाइन्। त्यसपछिका २ इमेल कुराकानीपछि सो प्रश्न डब्लुएचओ दक्षिण पूर्वी एशिया निर्देशक पुनम खेत्रापाल सिंह समक्ष पुग्यो।
उनले इमेलबाट जवाफ पठाइन्। भनिन्, ‘भ्याक्सिन प्रयोगमा आउनुभन्दा अगाडि धेरै चरण पार गर्नुपर्ने हुन्छ। परीक्षण पूरा भएपछि लाइसेन्स र ठूलो परिमाणममा उत्पादनका लागि लाग्ने समयलाई दृष्टिगत गर्दा नेपाललाई प्रारम्भिक भ्याक्सिन डोज सन् २०२१ मा कुनै बेला उपलब्ध हुनसक्छ।’
गाभी र डब्लुएचओको कुरा सुनेपछि अब भन्न सकिन्छ कोभ्याक्स योजना कार्यान्वयनमा सरकारले जाँगर चलाए अबका ८—१० महिनापछि नेपालीले पहिलो चरणको भ्याक्सिन पाउन सक्छन्। र कोरोनाबाट नागरिक मृत्युको श्रृंखला रोकिन सक्छ। ७ वटा भ्याक्सिन निर्णायक चरणको ‘क्लिनिकल ट्रायल’मा छन्। ब्रिटेनको अक्सफोर्ड, चिनियाँसहित केही भ्याक्सिन डब्लुएचओ क्लिनिकल मूल्यांकन चरणमा छन्।
सेप्टेम्बर १८ सम्मको भ्याक्सिनहरूको परीक्षण अवस्था:  डब्लुएचओ
भ्याक्सिन ल्याउनुभन्दा पहिला, आएको अवस्था र नागरिकलाई दिइसकेपछि तीन फरक अवस्थामा सरकारले ३ दर्जनभन्दा बढी काम गर्नैपर्छ।
‘कोरोना भ्याक्सिन पहिलो चरणमा कुन मितिमा नेपाल ल्याउने लक्ष्य राखेर सरकार काम गरिरहेछ? त्यो कहिले आइपुग्छ होला?
भदौ २३ अपरान्ह टेलिफोनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘यो वर्ष नेपालमा कोभिड—१९ भ्याक्सिन आउँदैन। २०७८ पुससम्म आउँछ कि भन्ने हाम्रो अनुमान छ।’
मतलब ढिलोमा २०७८ पुसभित्र नेपालीले पहिलो चरणको कोरोना भ्याक्सिन पाउँछन्। र पुसको ४ महिनापछि वर्ष फेरिन्छ अर्थात् २०७९ सुरु हुन्छ। अनि दोस्रो चरणको भ्याक्सिन? यो अहिलै भन्न सक्ने अवस्था छैन। निश्चत यो हो वर्ष २०७९ संसद र स्थानीय तहको निर्वाचन हुने वर्ष हो।
सम्बन्धित सामाग्री: नेपालीले कोरोना भ्याक्सिन कहिले पाउँछन्?
The post नेपालीलाई कोरोना भ्याक्सिन: संयन्त्र छ, पाउने मिति छैन appeared first on TGuff.
रिभिजिटिङ टेटाङ्चे
हामी कुनाको मान्छे डुकेमेन्ट्रीकी एक जना पात्र सविना। आइफोन 6+ ले खिचेको फोटो।
मेरो टेटाङ्चेसँगको साइनो जम्माजम्मी त्यही एउटा वृत्तचित्रको मात्र हो। मैले त्यो वृत्तचित्र हेरिरहेको बेला कल्पनासम्म पनि नगरेको जिम्मेवारी लिएर यतिबेला म त्यही कुनाको गाँउको आसपास बरालिइरहेछु। र त्यो कुनाको गाउँमा आएको परिवर्तन अनुभव गरिरहेछु। कुनै बेला सिम्बु र टेटाङ्चेबासीको दुःख मानिएको त्यही सिम्बु खोलाले अब छिट्टै ४२.५ मेगावाट विद्युत निकाल्दैछ र सिम्बु माथिको सान्जेन खोलाले १४.८ मेगावाट।
वृत्तचित्र हेर्ने शोख पूरा गर्न सन् २००६ को फिल्म साउथ एशियामा केसाङ छेतेनले रसुवाको टेटाङ्चे र सिम्बु गाउँमा केन्द्रित भएर बनाएको बृत्तचित्र ‘हामी कुनाका मान्छे’ हेर्न जाँदा हामी पत्रकारितामा स्नातक अध्ययन गरिरहेका अल्लारे विद्यार्थी थियौं। त्यतिबेला हामीलाई अलि बौद्धिक किसिमको ह्याङआउट गर्नु थियो। तर काठमाडौं खाल्डाको संकुचनबाट कहिल्यै बाहिर नसिस्केको मलाई वृत्तचित्रको अन्त्यमा एउटा झोलुङ्गे पुलले दुर्गम गाउँमा बस्ने समुदायको जीवनमा कत्रो अर्थ राख्छ भन्ने चेतनाले झस्काएको थियो। यसरी झस्किएको १२ वर्षपछि केही दिन अघि टेटाङ्चे पुग्दा वृत्तचित्रका दुई दर्शक (म र कृष्ण) सँग ४ वर्षको छोरो पनि थियो।
रसुवाका प्रत्येक गाउँ घुम्दा नयाँ कथा र नयाँ पात्र प्रशस्तै भेटिन्छन् तर टेटाङ्चे जाँदाको हाम्रो उत्साह भने त्यहाँ १२ वर्ष अगाडिको कथाको पात्र भेट्नलाई थियो। संयोगवस हाम्रो गाडीको ड्राइभर त्यहीँको स्थानीय रहेछन् त्यो कथा र पात्रको राम्रो ज्ञान भएका। यात्रामा त्यो हामीलाई बोनस सावित भयो।
हिउँदको समयमा स्याफ्रुबेसीबाट अलि पर रोङ्गा खोला हुँदै कच्ची मोटरबाटोबाट करिब २० मिनेटमा थाम्बुचेत पुगिन्छ। त्यहाँबाट गाडीमा करिब पौने घण्टामा टेटाङ्चे। तर हामी त्यति सारो भाग्यमानी ठहरिएनौं। रोङ्गाको बाटोमा बस बिग्रेर अवरुद्ध भएको खबर पाएपछि हामीले स्याफ्रुबेसीबाट थुप्रै मोड भएको करिब सवा घण्टाको घुमाउरो बागुङ डाँडाको चुचुरो उक्लिएर थाम्बुचेत झर्नुपर्ने भयो। यो वैकल्पिक सडक प्रयोग गर्दाको रोमाञ्चक पक्ष भन्नु नै आकाश छुने जस्ता चट्टाने पहाडहरु र पारिपटी देखिने लाङटाङ हिमाल र लौरिबिनालाई अर्को कोणबाट नियाल्नु हो।
गणेश हिमालको सिसाखानी पुग्न गत्लाङ, पार्वतीकुण्ड हुँदै धादिङको सोमदाङसम्म जोडिएको यो कच्ची बाटो निर्माण भएको करिब ३ दशकसम्म पनि स्तरोन्नती भएको छैन। अझ बर्खामा यो बाटोमा ज्यान हत्केलामा राखेर गाडी चलाउनुपर्छ। बाटोबाट देखिने दृष्यहरुले भने त्यो कहर केही हदसम्म मथ्थर पारिदिन्छन्। तल खोँचमा बगिरहेको भोटेकोशी र वरिपरिका अग्ला अग्ला ‘रक्की माउन्टेन’ देखेर रमाएको मेरो छोरालाई गाडीको उफ्राईसँग कुनै मतलब थिएन।
टेटाङ्चे पुग्ने बेलासम्ममा कच्ची बाटोमा उफ्रिएर थिल्थिलो भएको ज्यानलाई अब भोकले पनि सताउन थालेको थियो।
रसुवाका भिरपाखामा प्रशस्त लेकाली आलु फल्छ। र आठ महिनाको रसुवा बसाइको मेरो अनुभवले भन्छ यहाँ गाउँपिच्छे आलुको स्वाद फरक हुन्छ। त्यो जति फरक हुन्छ त्यति नै विशेष पनि हुन्छ। टेटाङ्चे आसपासका अरु गाउँको आलुको स्वादसँग परिचित मैले खाजाको रुपमा कोही स्थानीयको घरमा आलु उसिन्न लागाएर खाने प्रस्ताव राखेँ। समाजलाई नजिकबाट नियाल्न मलाई यो एउटा राम्रो उपाय लाग्छ। गाउँ घुम्न निस्किँदा होटेलभन्दा स्थानीयको घरमा खाँदा रहनसहन, पारिवारिक संरचनासँग जस्ताको तस्तै परिचित हुन पाइन्छ। तर यसले कहिलेकाहीँ शाकाहारी मलाई अप्ठ्यारो पनि पार्छ। हिमाली भेगका अधिकांश घरको चुलोमाथि मासुको सुकुटी तुन्द्रङ्ग झुण्डिएको हुन्छ। र मलाइ त्यसको बोसो पग्लिएर कतै खानामा झरिहाल्छ कि भन्ने पिर लागिरहन्छ।
चालक दाईले हामीलाई १२ वर्ष अगाडिको तिनै ‘हामी कुनाकी मान्छे’की पात्र सम्झना वाइबा (हेर्नुहोस् उनको फोटो माथि) सँग जोडिदिए। अब हाम्रो खाजासँगै टेटाङ्चेको पुरानो कथा उनले पस्किने भइन्।
टेटाङ्चे गाउँ। आइफोन 6+ ले खिचेको फोटो।
आलु उसिन्न केही समय लाग्ने भयो। त्यही मौकामा हामी अलि माथि तिलोचोतिर लाग्यौं। त्यहाँ अपर सान्जेन जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ। सिम्बु र टेटाङ्चे दुई गाउँको बीचबाट सिम्बु खोला बग्छ। खोलामा पुल नहुँदा दुई गाउँलेलाई आवत—जावतमा कठिनाइ भएपछि झोलुङ्गे पुल निर्माणका लागि गरिएको प्रयासमाथि केशाङ छेतेनले वृत्तचित्र निर्माण गरेका थिए।
त्यही सिम्बु खोलामा १२ वर्ष अगाडि हेल्भेटासको सहयोगमा गाउँलेले निर्माण गरेको झोलुङ्गेपुल हेर्ने हाम्रो उत्साह देखेर चालक दाईले हामीलाई पुलको मुखैमा पुर्याइदिए। तलपट्टि अर्को फलामे पुल बनिसकेपछि अहिले त्यो वैकल्पिक पुलमा सीमित भएको रहेछ।
यात्रामा हामीमध्ये सबैभन्दा उत्साही छोरो थियो। गाडीबाट हामी झर्ने बेलासम्म छोरो दौडेर पुल पारि छेउमा पुगिसकेको थियो।
‘आम्मी, बाबा ! ह्वाइट कलरको खोला छ यहाँ’, उसले पुलपारिबाट जोडसँग चिच्यायो।
सानो छोरोले खोलालाई कालो, खैरो र सेतो गरी तीन किसिममा वर्गीकरण गरेको छ। काठमाडौंको बागमती देखेर हुर्किएको उसले सुरुमा कालो बाहेक अरु रंगको खोला हुन्छ भनेर पत्याउनै मान्दैनथ्यो। पहिलोपटक वर्षा याममा रसुवा आउँदा त्रिशुली र भोटेकोशी धमिलो थियो। त्यतिबेला उ खोला त ‘ब्राउन कलर’को हुने रहेछ भनेर फर्किएको थियो। यस पटक हिउँदमा सङ्लो खोला देखेर अब सेतो स्वच्छ खोला पनि हुन्छ भन्ने विश्वस्त बन्दै गएको छ।
तिलोचेमा अपर सान्जेन जलविद्युत आयोजनाको साइट अवलोकन गरी खाजा खान ओर्लिने बेलासम्म साँझको हिउँदे चिसो वयस्क भइसकेको थियो।
अरु गाउँमा जस्तै टेटाङ्चेमा पनि भुकम्पका अवशेष टन्नै बाँकी छ।  भुकम्पले ढलेका सबै घर उठिसकेका छैनन्। केही जेनतेन उठ्ने प्रयासमा छन् भने केही घरको नाममा जस्ताको टहरा मात्र छन्। भुकम्पपछि बनेका काठका चिटिक्क परेका साना घरले टेटाङ्चेको मौलिकता झल्काउँछ ।करिब सबै मौलिक घरको छतमा टुक्रुक्क अडिएको डिसहोमको एन्टेनाले भने त्यो कुनाको गाउँलाई एउटा ठूलो संसारसँग जोडिरहे झैं भान हुन्छ ।
यस्तै जस्ताको टहरोमुनीको सानो भान्सामा १२ वर्ष अगाडि वृत्तचित्रमा सिम्बु खोलाले मान्छे बगाएको नालिबेली लाउने सानी नानी सम्झना वाइवा खाजा पस्कने तयारी गर्दै थिइन्। खोलाको त्राशदीको कथा सुनाउने उनी अहिले त्यही खोलाबाट उज्जालो निकाल्ने सान्जेन जलबिद्युत परियोजनामा स्टोरकिपरको काम गर्ने जागिरे भएकी रहिछन्। तामाङ बहुल रसुवाको हिमाली क्षेत्रमा उच्च शिक्षाको स्तर त्यति राम्रो छैन । स्नातक तेस्रो वर्षको प्राइभेट परीक्षा दिन तयारी गर्दै गरेको उनले सुनाउँदा उनले पढाइलाई निरन्तरता दिएकोमा म अझ खुशी भएँ।
टेटाङ्चे र सिम्बु जोड्ने झोलुङ्गे पुलमा सुमेधको रमाइलो
टेटाङ्चेको आलुसँगै उनले फर्सी पनि उसिनेर ठिक्क पारेकी थिइन्। लेकबाट यतिबेला सबै चौंरी गाउँ झरेका छन्। उनले चौंरीको दुधममा पकाएको लटक्क परेको खिर पनि पस्किइन्।
भोकले लखतरान हामीलाई सबै परिकार एक सय एक मिठो !
खाजासँगै उनले सो वृत्तचित्रको मुख्य पात्र लाक्पाको कथा पनि पस्किइन्। टेटाङ्चे र सिम्बु फेरिए पनि लाक्पाका दुःख भने फेरिएनछन् ! पहिलो श्रीमतीलाई सिम्बु खोलाले बगाएपछि दोस्रो विवाह गरेका उनको दोस्रो श्रीमती पनि बितिन् रे !
मानिसको जीवन अनेक कथाहरुको अनवरत श्रृंखला न हो । १२ वर्ष अघिका धेरै कथामा ट्विस्ट आएका छन्, नयाँ पात्र र परिवेष जोडिँदै तिनले हाँगा हालेका छन् र अरु धेरै कथाहरु पनि जन्मिएका छन् । लाग्यो आज यी सबै पात्रका जीवनलाई फेरी एक पटक पुनरावलोकन गर्ने हो भने अर्को मज्जाको बृत्तचित्र बन्ने रहेछ !
वास्तवमा यो १२ वर्षमा हाइड्रोका कारण टेटाङ्चे र सिम्बुको मुहार अपत्यारिलो गरी फेरिएको छ। कुनै बेला झोलुङ्ग पुल बनाउने फलामे लठ्ठा घिस्याउँदै गाउँ पुर्याउन संघर्ष गरेका टेटाङ्चेबासीको आँगनमै मोटरबाटो पुगेको छ। झोलुङ्गे पुलको ठिक तलबाट फलामे पुलमाथि मोटर गुड्छ। र चिलिमे हुँदै माथि तिलोचेसम्म गाडीमै जान सकिन्छ। अब यहाँका खोलाहरु स्थानीयका दुःख रहेनन्। ती अवसरमा परिणत भएका छन्। खोलाहरुकै कारण चिलिमे माथिका यी गाउँहरु उज्यालो हुँदैछन्।
सिम्बु खोलामाथिको त्यो झोलुङ्गे पुलमा फोटो खिचिरहँदा एक मनमा लाग्यो अब स्थानीयलाई यो पुरानो झोलुङ्गे पुलको सार्थकता छैन । यो त केवल हामी जस्ता कथा जोड्न आउने यात्रुहरुको रोमाञ्चकताको विषय मात्रै हो ।
तर होइन !
यो झोलुङ्गे पुल टेटाङ्चेको समय र समाज परिवर्तनको मानक पनि हो। जसले १२ वर्ष अघिको दुःखद कथालाई वर्तमानको उज्यालोसँग जोडिरहेछ कुनै बेला टेटाङ्चे र सिम्बुलाई जोडेजस्तै।
(स्मीताले रसुवामा रहँदा २०७४ माघमा लेखेको यो डायरी ल्यापटपबाट पुराना फाइल डिलिट गर्ने क्रममा भेटियो। फोटो-भिडियो फोनमा रहेछन् पोस्ट गर्दिएँ।)
The post रिभिजिटिङ टेटाङ्चे appeared first on TGuff.
महेस बस्नेतले झुटो बोले, डिएसपीको पक्षमा जनसमर्थन
युथफोर्स अध्यक्षको क्रुर व्यवहार। तस्विर : प्रकाश माथेमा
अमानवीय ढंगले प्रहरीमाथि मसाल झोसेको तस्विर कम्प्युटरबाट मिलाइएको भन्ने युथफोर्स अध्यक्ष महेस बस्नेतको भनाइ झुटो पुष्टि भएको छ। राजनीतिक संरक्षणमा अराजक अभिव्यक्ति दिँदै आएका बस्नेतको भनाइ गलत सावित भएसँगै डीएसपी राणा हिरो बनेका छन्। ‘हो त्यो फोटो मैले खिचेको हो’, टिगफलाइ प्रतिक्रिया दिँदै एएफपीका काठमाडौंस्थित फोटोपत्रकार प्रकाश माथेमाले भने- ‘१५ वर्षको फोटो पत्रकारिता करिअरमा खिचेका राम्रा फोटाहरुमध्ये त्यो पनि एक हो।’
सडकबाटै सरकार ढाल्ने घोषणा गरेको युवा संघले रत्नपार्कबाट मसाल जुलुस निकाल्छ भन्ने सुनेर हामी तयारी अवस्थामा थियौं। एएफपीकै अर्का फोटो पत्रकार साथी र म फोटो खिच्न युवा दुइ साइडमा थियौं। मैले चै अगाडिपट्टिबाट खिच्न लेन्स सोझ्याएर बसेको थिएँ। त्यति नै बेलै महेस बस्नेत मसला लिएर अघि बढे मैले झ्याप झ्याप केही स्नेप लिएँ। फोटाहरु राम्रा आएछन्। कम्प्युटर ट्रिक्स गरिएको भन्ने कुरा सर्वथा गलत हो। त्यो कसले किन भन्यो मलाइ थाहा छैन। यसका सेरिजहरु तपाइँले एएफपीको सर्भरमा पनि हेर्न सक्नुहुन्छ। मसँग पनि सुरक्षित छन्।
-प्रकाश माथेमा, फोटोपत्रकार, एएफपी
यता डिएसपी राणाले राजनीतिक संरक्षणमा हुने अपराधीकरणविरुद्ध दिएको प्रतिक्रियाकै कारण सरुवा हुनु परेपछि उनको पक्षमा ठूलो जनसमर्थन देखिएको छ। हिरो बन्ने भए फिल्म खेल्न गए हुन्छ भनेर महेस बस्नेतले बताए पनि मंगलबार सोसल मिडियामा उनी साँच्चीकै हिरो सावित भएका छन्। राजनीतिक संरक्षणमा भइरहेका अपारधबाट वाक्क नेपालीले राणालाइ समाजको हिरोकै रुपमा स्वीकार्दै स्ट्याटस लेखेका छन्। मंगलबार नागरिकन्युजमा प्रकाशित समाचारप्रति हजारौं पाठकहरुले रेस्पोन्स जनाएउँदै गुण्डाराज अन्त्यको माग गरेका हुन्। ‘अगाडि बढ राणा तिमीलाइ नेपाली जनताको साथ छ’ शैलीका कमेन्टहरु नागरिकन्युजले प्रकाशित गरेको छ।
सोसल मिडियाहरुमा राणाको चर्चा चुलिएको छ। केही प्रतिक्रिया हेर्नोस् :
The post महेस बस्नेतले झुटो बोले, डिएसपीको पक्षमा जनसमर्थन appeared first on TGuff.
फेसबुक प्रकरण : राणा बदमास कि बस्नेत गुण्डा ?
युथफोर्स अध्यक्ष महेस बस्नेतलाई गुण्डाको संज्ञा दिँदै फेसबुकबाट गाली गर्ने डीएसपी दीपसम्शेर राणालाई नेपाल प्रहरीले कारवाही गर्दै सरुवा गरिदिएको छ।
युथफोर्सले दुई साताअघि रत्नपार्कबाट निकालेको मसाल जुलुसमा बस्नेतले प्रहरी जवानमाथि मसाल झोसेको तस्वीर राख्दै राणाले आफ्नो फेसबुक स्ट्याटस लेखेका थिए। ‘यो महेस बस्नेत भनाउँदो राक्षसले मेरा केटाहरुलाई यस्तो गर्दा नि यिनै गुण्डाहरुलाई नेताको संरक्षण छ… थुक्क…!’ उनले फेसबुक स्ट्याटसबाट कडा आक्रोश पोखेका थिए।
अराजकताको रानोको छवि भएका बस्नेत र नेताहरूलाइ गाली गर्ने राणाको फेसबुक स्ट्याटसलाई समर्थन जनाउँदै सैयौं प्रहरी अधिकृतले लाइक हानेका थिए। फेसबुक नेटवर्कमा भएकामध्ये प्रहरी र सर्वसाधारणले हार्दिक समर्थन देखाउँदै राणाको स्ट्याटसको पक्षमा कमेन्ट लेखेका थिए। ‘अहिले राती आउने साले केपी ओलीको कार्यक्रमलाई बहिष्कार गरौं’, दीपक श्रेष्ठले बस्नेतका माउ नेतातर्फ संकेत गर्दै भने। जनजिब्रोको चलेका गालीका कडा शब्द लेख्दै ४ सय जति फेसबुक प्रयोगकर्ताले राणाको स्ट्याटस सेयर गरेपछि एमाले नेतृत्व पंक्ति झस्किएको थियो। त्यसपछि महेस बस्नेतले राणालाई सार्वजनिक रुपमा धम्की दिँदै सरुवाको लागि पहल थालेका थिए।
एमाले नेताहरुको चर्को दवाब झेल्न नसकेका आइजीपी रवीन्द्र प्रताव शाहले राणालाई सोमबार महानगरीय प्रहरी मुख्य घटना साहयता कार्यदलबाट प्रहरी प्रधान कार्यालयको ट्राफिक निर्देशनालयमा सरुवा गरेका छन् ।
बर्दी फुकालेर फिल्म खेल्न गए हुन्छ
युथफोर्स अध्यक्ष बस्नेतले यो घटनापछि राणालाई सार्वजनिक रुपमै धम्की दिएका छन्। ‘पुलिस भएर धेरै हिरो हुने हैन, हिरो हुन मन् छ भने बर्दी फुकालेर फिल्म खेल्न गए हुन्छ’, युथफोर्स अध्यक्ष बस्नेतले एभिन्युज टिभीलाई अघिल्लो साता अन्तरवार्ता दिँदै भने– ‘बरु एउटी हिरोइन हामी पठाउँदिला।’
बस्नेतसँग नडराइ आवाज उठाउने डिएसपी दीपसमसेर राणा को हुन् त ? उनी हुन् पूर्व प्रहरी महानिरीक्षक प्रदीपसम्शेर जबराका आफ्नै छोरा। महानगरीय प्ररहरी मुख्य घटना साहयता कार्यदलमा रहँदा उनको कल साइन KILLO 12 थियो। त्यही १२ किलोको नामले सेवामा खटिने समयमा उनले यस्तो स्ट्याटस राखेका थिए। बूढानिलकण्ठ र सेन्टजेभियर्स पढेका उनले १९९९ देखि इन्स्पेक्टरबाट नेपाल प्रहरीमा जागिर सुरू गरेका हुन्।
प्रहरीले यसो गर्न पाउने कि नपाउने ?
यो प्रकरणसँगै प्रहरीको मानवअधिकार प्रश्नलाइ चर्को रूपमा उठाइदिएको छ। प्रहरीले ड्युटीमा खटिँदा प्रदर्शनकारीको दुर्व्यवहार कतिसम्म सहने हो ? सेवामा खटिएको प्रहरीले सार्वजनिक रूपमा निजी विचार राख्र पाउँछ कि पाउँदैन ? पाउँछ भने त्यसको लिमिटेशन कति हुने ? अर्कोतिर यो घटनाले इन्टरनेट कानुनलाइ पनि आकर्षित गरिदिएको छ। राणाले जुन तस्वीर राखेर महेस बस्नेतलाई गाली गरेका छन् त्यो आफैँमा प्राकृतिक हो वा हैन ? कम्प्युटर मिश्रणबाट तयार पारेको हो भने राणामाथि कानुनी कारवाही हुने कि नहुने ? हैन साँच्चै प्राकृतिक रुपमा बस्नेतले मसाल प्रहरीको टाउकोमा झोसिदिएका हुन् भने उनीमाथि मानवअधिकार हनन्‌को मुद्दा चलाइन प्रहरीलाइ कसले रोक्ने ?
बस्नेत भन्छन्– ‘कम्प्युटर मिश्रित तस्वीर प्रयोग गरी मेराविरुद्ध राणाले अभद्र काम गरेका हुन् ।’
राणाको फेसबुकबाट निकालिएको तस्विर हेर्नोस् जस्ताको तस्तै। सरूवाको लफडा सुरू भएपछि उनले स्ट्याटस तथा तस्विर डिलिट गरेका छन्।
राणाको फेसबुकबाट लिइएको तस्विर।
अनुसन्धान गरौं यो फोटो प्राकृतिक हो ? वा कम्प्युटर टिक्स गरी बनाइएको हो ?
The post फेसबुक प्रकरण : राणा बदमास कि बस्नेत गुण्डा ? appeared first on TGuff.