Spirituality Archives - TGuff

नयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन्
बल्ल बुकको किन्डल भर्सन बन्यो है 😃😃

उनी राजकुमार थिए तर राजगद्दीमा बसेनन्। उनी दरबारमा हुर्किए तर राजकागज गरेनन्। राजकुमारीसँग विवाह गरे तर गृहस्थ जीवन बिताएनन्। तथागत बनेर मान्छेलाई शान्तिको बाटो देखाए तर महासागर तरेर उत्तर अमेरिका पुगेनन्। हो, उनी बुद्ध थिए र यो २६ सय वर्ष अघिको कुरा हो।  बुद्ध जन्मे हुर्केको समय र अहिलेको मानव समाजबीच ठूलो अन्तर छ। यतिबेला बुद्ध कुनै न कुनै स्वरुपमा प्रशान्त र हिन्द महासागर पारी पुगेका छन् अनि अधिकांश देशमा राजकुमार छैनन्।

स्थायी खुशी, शान्ति र आनन्दको जीवनयापन कसको रोजाईमा पर्दैन र ? घृणा, हिंसा, इर्श्या र प्रतिशोध जगाएर प्वाल परेको बकेट भर्न दौडडिरहेका हरुका लागि चेतना गहिराइबाट शान्ति र खुशीका ‘सिग्नल’ उत्पन्न गर्नु उल्लासकै कुरा हो । नाक, कान, आँखा, जिब्रो र ‘स्किन’का ‘सिग्नल’हरू अत्यन्त तीब्र गतिमा मस्तिष्कलाई सञ्चार गर्ने सेपियन्स (आधुनिक मानव) को विशेषता हामी सबैको उस्तै हो। सम्भवतः यही तथ्य अनुभव गरेपछि हुनुपर्छ, वैज्ञानिक अल्बर्ट आन्स्टाइनले सन् १९३० देखि भन्न थालेका थिए, ‘बुद्धको शिक्षा धर्म सम्प्रदाय होइन बरु यो मस्तिष्क विज्ञान हो।’ हुन पनि बुद्धवाणि वाला पुस्तक धम्मपदको पहिलो गाथाले प्रस्टसँग भन्छ- मनोपुब्बङ्गमा धम्मा, मनोसेट्ठा मनोमया अर्थात मस्तिष्क सबै प्रवृत्तिको अगुवा हो।  त्यसैले प्राचीन बुद्ध विद्या आर्टिफिसियल इन्टेलिजेन्स युगका हाम्रा लागि चासोको विषय हो। स्थायी खुशी र चेतना गहिराइको शान्ति सरोकारको विषय हो।

२ लाख वर्षको आधुनिक मानव इतिहासमा २६ सय वर्ष निकै छोटो समय हो। तर समाज विकासको पाटो केलाउँदा त्यो र यो समयबीच प्रशस्त फरक भेटिन्छन्। हिजोआज प्रशान्त महासागरमाथि प्लेनमा उडिरहँदा एयरपडमा निर्देशन सुनेर ध्यान गर्नेहरु भेटिनु सामान्य हो। यो अहिलेको विज्ञान, प्रविधि, अर्थ व्यवस्थाले सम्भव बनाएको हो। सिद्धार्थले पनि एउटा यस्तै सामाजिक, राजनीतिक तथा अर्थ व्यवस्थाको परिवेशमा रहेर बुद्धत्व हाँसिल गरेका हुन्। उमाकान्त पौड्यालको गैरआख्यान पुस्तक ‘बुद्धकालीन समाज’ले त्यो समयको पेशा, व्यवसाय, प्रविधि, उपकरणदेखि विवाह शैलीसम्मलाई केलाउँछ। २६ सय वर्षअघिको कपिलवस्तु तथा उत्तर भारतका राज्यहरुको इतिहास, शाषन प्रणाली, जीवन शैली र सामाज व्यवस्थाको फेहरिस्त भन्छ।

परिशिष्ट बाहेक १० च्याप्टरमा विभाजित ३०० पृष्ठको पुस्तकले त्रिपिटकका गाथा एवं अट्ठ कथाहरुको विश्लेषण गरेको छ। लेखकले बौद्ध साहित्यमा समावेश कतिपय चामत्कारिक, काल्पनिकजस्ता लाग्ने प्रसंगलाई तथ्य र तर्कको कसी लगाएर प्राज्ञिक विधिमा जाँचेका छन्। बुद्धलाई चामत्कारिक, अलौकिक शक्ति होइन वास्तविक मानिसको रुपमा व्याख्या गरेका छन्। बुद्धको जन्मसँग सम्बन्धित कतिपय विषयहरु अस्वभाविक अतिरिञ्जितजस्ता रहेको लेखकको बुझाइ छ।

बौद्धकालीन समय वैचारिक उथलपुथलको हिसाबले पूर्वीय सभ्यताको जबरजस्त इतिहास हो। ज्ञानको खोजी, विस्तारका क्रममा त्यो समयलाई बुद्धले कुन कुन पक्षमा छोए ? जातिवाद, पशुबली प्रथाले गहिरो जरा गाडेको समाजमा हत्या—हिंसा बिरोधी सिद्धान्त कसरी फैलियो ? ऐतिहासिक सामाग्रीको प्रमाणिकता र त्यसबारे त्रिपिटकमा उल्लिखित सन्दर्भको अध्ययन नगरी त्यो इतिहास पर्गेल्न असम्भ छ। फेरि त्रिपिटक बौद्ध धर्मको केवल एकल ग्रन्थ होइन । बुद्धका उपदेश, वाणि र सुत्रका तीन अलग—अलग विधाहरू सुत्त, विनय र अभिधम्मको संयुक्त नाम हो—त्रिपिटक। भनिन्छ, बुद्ध परिनिर्माणको तीन महिनापछि भिक्षु महाकश्यपको अगुवाईमा ८२ हजार बुद्धवाणि र २ हजार अग्रणी भिक्षुका उपदेशलाई ५ सय (कसै कसैले ७ सय  पनि भन्ने गरेका छन्। भिमराव अम्बेडकर, बुद्ध एन्ड हिज धम्म, पेज नं.७) अरहन्त भिक्षुले अनुमोदन गरेका थिए । ईपु ४८३ मा अनुमोदित त्यो सामाग्री नै संयुक्त रुपमा त्रिपिटक भनेर चिनिँदै आएको छ । भनिन्छ, अहिले पनि समय समयमा त्यसको प्रमाणिकता जाँच हुनेगर्छ। त्यही त्रिपिटकलाई रचना आधारभूमि मान्दै लेखकले त्यो समयको संस्कृति, भिक्षुसंघ, वर्ण व्यवस्था, पेशा, जीविका र जीवनशैलीदेखि यौनकर्मीसम्मको अवस्था उजागर गरेका छन्। पुस्तक पढिरहँदा कतिपय प्रसंग पाठकलाई सनसनीपूर्ण लाग्न सक्छन्। अट्ठगाथालाई उदृत गर्दै पुस्तकको महिला र दासदासी च्याप्टरमा लेखिएको छ, ‘काशी राज्यको सम्पूर्ण आम्दानी भन्दा त्यहाँकी एक जना नगरबधु अट्ढकाशीको कमाई बढी थियो।’

‘अध्यात्मिक प्रगतिका लागि गृहस्थ जीवन बन्धनयुक्त हुने भएकाले स्वतन्त्रताका लागि सिद्धार्थले गृहत्याग गरेका हुन्।’

बुद्धकालीन समय थुप्रै विषयका कारण खोजिने र पढिने इतिहास हो। वैदेकि कालदेखि चल्दै आएका कतिपय प्रथाहरु परिवर्तन, सामाजिक सौहार्दता एवं तल्लो जात उत्थानको सशक्त हस्तक्षेपका लागि त्यो सबैभन्दा महत्वपूर्ण समय हो। ‘बुद्धकालीन समाजमा’ त्यो एक एउटा सिंगो युगको सामाजिक एवं धार्मिक जीवनका रोचक तथा प्रमाणिक विवरण उपलब्ध छन्। बुद्धको समयमा संस्कृत भाषा विद्वान ब्राह्मण, महाराज र दरबारभित्र बोलिने कुलिन भाषा थियो। दरबारमा हुर्किए पनि बुद्धले साधना सिकाउने प्रयोजनका लागि संस्कृत प्रयोग गरेनन्। उनले त्यो बेलाका जनताले बोल्ने पाली भाषामा प्रवचन दिए, साधना विधि सिकाए। अध्यात्मिक उपलब्धिलाई दार्शनिक सिद्धान्त र बौद्धिक वर्णनको गह्रौँ विषय बनाएनन्। सिधै शील, सामाधि र प्रज्ञा सिकाए। जनताको भाषामा सबैले बुझ्ने गरी बताए— दुःख छ, दुःखको कारण छ, दुःख निदानको उपाय छ। प्रवचन मात्र दिएनन्, अनुभव नै गराइदिए। गम्भीर विषयको सरल प्रस्तुति, प्रवचन मात्र हैन परीक्षणमार्फत अनुभव गराउने विध एवं जनताको बोली भाषाको प्रयोगका कारण बुद्ध विद्या अत्यन्त तीब्र गतिमा फैलियो। विस्तृत समुदायलाई स्वीकार्य भयो।

वर्ण व्यवस्थासहित बुद्धकालका विशेषताहरु तथा बुद्धत्व प्राप्तिका पहिला वर्षहरुमा बुद्धले महिलालाई भिक्षुणी बन्न अनुमति नदिएका प्रसंगहरु पुस्तकमा छन्। आफूलाई हुर्काउने सानिमा प्रजापतिलाई समेत बुद्धले सुरुमा भिक्षुणी बनाउन अस्वीकार गरेको, पछि अुनमति दिए पनि महिलाका लागि थप ८ वटा नियम थपेको तथ्य लेखकले पेश गरेका छन्। सुरुवाती अवस्थामा त्रिपिटक लिपीबद्ध नभएको र पछि लिपीबद्ध गर्दा कुनै भिक्षुले यो प्रसंग मिसाएको हुन सक्ने शंका लेखकको छ। बुद्धकालीन राज्य संरचना केलाएको पुस्तकले कतिपय आधुनिक राजनीतिक सिद्धान्तलाई सिधै छोएको छ। राजनीतिक सिद्धान्तको अनुसन्धानकर्ताका लागि ग्रिक दार्शनिक प्लेटोको ‘आइडियल स्टेट’ अध्ययनको पहिलो चरण हो। प्लेटोले रिपब्लिक पुस्तकमा राज्य हुन आवश्यक तत्व र राज्यको दायित्वबारे सुक्ष्मसँग प्रस्ट्याएका छन्। ईपु ३०० तिर लेखेका विशेषता भएका राज्यहरु प्लेटो जन्मनुभन्दा करिब ५० वर्ष अगाडि नै अस्तित्वमा रहेको सन्दर्भ ‘बुद्धकालीन समाज’ले उजागर गरेको छ। बुद्धको राज्यसम्बन्धी अवधारणा नागरिकलाई अधिकतम खुशी दिने, मानव कल्याण, समानता, समृद्धि, न्याय, सत्य र अहिंसा आधारित थियो। प्लेटोको ‘आइडियल स्टेट’ यो भन्दा धेरै फरक छैन। लेखकले त्यो बेलाका ऐतिहासिक तथ्यहरुलाई त्रिपिटकका गाथा, अट्ठकथा एवं अन्य लेखकहरुका पुस्तक उदृत गर्दै प्रस्ट्याएका छन्। पुस्तक समाजशास्त्र, इतिहास र बुद्धदर्शनका विद्यार्थी तथा अध्येताका लागि उपयोगी छ।

निश्चित रुपमा त्रिपिटकको विशाल महासागरबाट ३०० पृष्ठको पुस्तकमा सामाजिक परिवेश झिक्नु चुनौतीपूर्ण र कठिन काम हो। तर लेखकले त्यो समयको समाजका साङ्गोपाङ्गो विशेषता र घटनाहरु तथ्य र तर्कसंगत रुपमा निकाल्न सफल भएका छन्। राजकुमार सिद्धार्थले किन र कसरी गृह त्याग गरे? हामीले पढ्दै, आएका छौं— उनले मृतक, रोगी, वृद्ध र सन्यासी देखेर बैराग्य भई दरबार त्यागेका हुन्। सुन्दै आएका छौं— पत्नी यशोधरा निदाइरहेको बेला मध्यरातमा सुटुक्क दरबार बाहिर निस्केका हुन्। यही भाष्य र कहानी अहिले नेपालमा चलनचल्तीमा छन्। यस विषयमा धेरैको मनमा गडेको विश्वास भन्दा फरक विषय लेखकले उजागर गरेका छन्। पुस्तक भन्छ, सिद्धार्थ मध्यरातमा सुटुक्क हिँडेको नभई बाबुआमाको इच्छाविपरित उनीहरुकै अगाडि सन्यासी भेष धारण गरी गृहत्याग गरेका हुन्। यो तथ्य उजागर गर्न लेखकले दीग्घनिकाय—१ सोणदण्ड सुत्तको तथ्य पेश गरेका छन्। यो तर्कलाई अझ बलियो टेको लगाउन लेखकले बुद्धका पर्सनल सेक्रेटरी भिक्षु आनन्दको एउटा भनाइ उल्लेख गरेका छन्, ‘अध्यात्मिक प्रगतिका लागि गृहस्थ जीवन बन्धनयुक्त भएकाले स्वतन्त्रताका लागि सिद्धार्थले गृहत्याग गरेका हुन्।’

पौड्यालले बुद्धकालीन समाजका प्रसंगहरु यसरी पेश गरेका छन् कि तत्कालीन समयका अध्यात्मिक र ऐतिहासिक तथ्यहरुले ठाउँ ठाउँमा पाठकको मस्तिष्क हल्लाउँछ। थुप्रै प्रश्नहरु जन्माइदिन्छ। त्रिपिटक अध्येता कोसम्भी, भदन्त आनन्द कौसल्यायन, भीमराव अम्बेटकरसहितका बौद्ध विद्वानका तथ्य र तर्क उदृत गरिएको बुक पढ्दा लाग्छ, लेखकले अन्त्यसम्मै पुस्तकको शीर्षक ‘बुद्धकालीन समाज’ सार्थक पार्न कुनै कसर बाँकी राखेका छैनन्। राज्य व्यवस्था, धार्मिक सम्प्रदाय, भिक्षु संघ, वर्ण व्यवस्था, संस्कृति, पेशा तथा दास प्रथा, विवाह, यौनकर्मी, खानपान, बस्त्रआभुषण, लोकमहोत्सव, शिक्षा आदिलाई कोण कोणबाट केलाएका छन्।

पुस्तक: बुद्धकालीन समाज

लेखक: उमाकान्त पाैड्याल

प्रकाशक: फाइन प्रिन्ट

विधा: इतिहास

(यो बुक पढ्न प्रेरित गर्ने पत्रकार स्वेच्छा राउतलाई धेरैधेरै धन्यवाद।)

तलको जसरी लेख्न सुरू गरेको माथिको जसरी अन्त्य भयो 😃
२ हजार ६ सय वर्षको अवधिमा मान्छेले राजनीतिक, समाज, विज्ञान र प्रविधिमा ठूलो क्रान्ति गरेको छ। दैवी शक्तिहरुको बल होइन, प्रविधिको आविस्कारले मानव जीवन सहज बनाएको छ। कुनै बेला दैवी चमत्कार मानिने विषयहरु अहिले वैज्ञनिक प्रयोगशालामा सृष्टि भइरहेछन्। मानिसले जैविक वस्तुमा आफूले चाहेको गुण, रुप र स्वाद भर्न थालेको छ। तै पनि पछिल्ला केही तथ्य मस्तिष्क चक्राउने खालका छन्। युद्ध र हिंसाका कारण  वर्षेनी २ लाख मानिस मारिँदा रहेछन्। यो भन्दा भयवावह अवस्तथा त अर्को युद्धको पो रहेछ- चुपचाप, मनभित्र हुने युद्ध। छक्क पार्ने कुरा त यो रहेछ- परिवार, साथीभाइ र समाजलाई ‘ठिक छु’ भन्ने धेरै दोस्तहरू आफूभित्र ‘बेठिक’ पनि हुँदा रहेछन्। ७ लाख अर्थात युद्धमा मारिने भन्दा ३ गुणा बढी मान्छेले त डिप्रेसन, आत्महत्याबाट पो जीवन अन्त्य गर्दा र’छन्। आफूभित्र मनोबलमा पराजित हुँदै गरेकाहरुमा आशा र खुशीको एक बुँद पुर्याउने विधि अझै किन बनेन होला? युकेकी राजकुमारी केट मिडल्टन मेन्टल हेल्थबारे चासो राख्दिरहिछन्, उनले विद्यार्थीसँग अन्तरक्रिया गरेको एउटा खबर बीबीसीले बनाएछ। आज अक्टोर १० अर्थात मेन्टल हेल्थ-डे। झ्याल बाहिरबाट छिरिरर… आवाज आयो। मैले बाहिर तिर आँखा घुमाएँ। पानी पर्न थालेको रहेछ। यो पाली वर्षायाम सकिए पनि पानी पर्न रोकिएको छैन। ल्यापटपलाइ ‘सटडाउन’ कमान्ड दिँदा दिँदै मेरो दाहिने हात सिरानी भन्दामाथि पुगिसकेको थियो। त्यहाँबाट एउटा किताबले मलाइ निकै दिनदेखि हेरिरहेछ। अर्थात मैले उसलाइ हेरिरहेछु। यो नयाँ किताब अब पढ्नुपर्छ- बुद्धकालीन समाज।

The post नयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन् appeared first on TGuff.

जो जिउने कला सिकाएर विदा भए
सत्यनारायण गोयन्का (२९ जनवरी १९२४—२९ सेप्टेम्बर २०१३)। तस्विर सौजन्यः न्युयोर्क टाइम्स

जसले आफू बौद्ध हुँ भनेर कहिल्यै स्विकारेनन् तर विश्वभर बुद्धको शिक्षा फैलाए। जसले सम्प्रदायको साँघुरो घेरा कहिल्यै निर्माण गरेनन्, बरु सबै देशका मान्छेमा आश्चर्यजनक गहिराइबाट स्वतन्त्रताको चेतना जगाइदिए। जसको जीवनको सार भन्नु नै सबै वर्गका मानिसलाई समान ढंगले दुःखबाट आनन्द, घृणाबाट स्नेह करूणा अनि बन्धनबाट स्वतन्त्रताको बाटो देखाउनु रह्यो।

विश्वका करोडौं गृहस्थसम्म विपश्यना ध्यान पुर्‍याउने उनै सत्यनारायण गोयन्काको ९० वर्षको उमेरमा आइतबार राति (२९ सेप्टेम्बर २०१३ ) भारतको मुम्बईमा निधन भएको छ।

सन् १९२४ जनवरी २९ मा बर्माको उद्योगी परिवारमा जन्मेका उनी कुनैबेला त्यहाँको ‘उत्कृष्ट १०’ धनीमध्ये छैटौं स्थानमा थिए। विपश्यना आचार्य सियाजी ऊ बा खिनलाई नभेटेसम्म उनको अर्को परिचय हिन्दु नेताका रूपमा रह्यो। २५ वर्षको उमेरमा माइग्रेन रोगले गाँज्नुअघि नै उनी गीता र वेदमा पारंगत भइसकेका थिए।

घातक माइग्रेन रोग जापान, युरोप, अमेरिकाका बिख्यात चिकित्सकले समेत निको पार्न नसकेपछि बर्मेली धनाढ्यका पाइला विपश्यनातर्फ लम्किए। मस्तिष्कको अभ्यास गराउने साधनाको असरले उनी स्वस्थ भए। तत्कालीन बर्माका प्रभावशाली आचार्य ऊ बा खिनको सानिध्यमा १४ वर्ष साधना सिकेपछि सन् १९६९ मा उनी पुर्खाको मुलुक भारत फर्किए। व्यापारको जिम्मेवारी छोराहरूलाई सुम्पिए। अनि बुद्ध विद्या बाँड्न श्रीमती इलाइचीदेवीका साथ १० वर्ष भारत यात्रामा निस्किए। दोस्रो चरणमा उनको यात्रा युरोप र अमेरिकामा भयो। लेखक डेभिड ग्यालिस न्युयोर्क टाइम्समा लेख्छन्, ‘एस गोयन्का ती व्यक्ति हुन् जसले हामी बाँचेको समयमा पश्चिमलाई वास्तविक तहमा माइनडफूलनेस चखाए।’

बुद्ध जन्मको २ हजार ५ सय वर्षपछि सन् १९८१ मा बुद्ध विद्या बोकेर आचार्य गोयन्का बुद्धको जन्मभूमि नेपाल प्रवेश गर्दा यहाँको वास्तविकता फरक थियो। नेपालले बुद्धलाई जन्माएको थियो, तर उनले दरबार त्यागेर पाएको चिज के हो, कसरी अभ्यास गरिन्छ, यसको असर के हुन्छ, पत्तो थिएन। एकादुई भिक्षुका बिहारबाहेक अन्तबाट यो पहिल्यै लोप भइसकेको थियो। बुद्ध विद्या गृहस्थहरूका लागि होइन, केवल भिक्षुहरूका लागि हो भन्ने भ्रम व्याप्त थियो। तर, गोयन्काले स्वयम्भूको आनन्दकुटी बिहारमा पहिलोचोटि १० दिने शिविर सञ्चालन गर्दा २ सय ५० जना गृहस्थ सामेल भए। उनलाई यो शिविर सञ्चालन गर्न नेपाल निम्तो गर्नेमा दुई उद्यमी मणिहर्ष ज्योती र यदुकुमार सिद्धी थिए।

नेपालमा विपश्यना जागरणको त्यो पहिलो पाइला थियो। उक्त शिविरमा सहभागी साधकहरूकै पहलमा नेपालमा विपश्यना केन्द्र, धम्मश्रृङ्ग स्थापना गरियो। ‘उहाँले नेपाललाई सधैँ बुद्ध र धर्मको देश भनेर सम्झनुहुन्थ्यो,’ ६० दिने शिविर पनि सञ्चालन गर्ने बरिष्ठ आचार्य आनन्दराज शाक्यले सोमबार नागरिकसँग भने, ‘पुज्य गुरुजीले शिवपुरीको धम्मश्रृङ्गमा बसेर केही पुस्तकसमेत लेख्नुभएको छ।’

उनका अनुसार २०५८ जेठ १९ गते राजा वीरेन्द्रको सपरिवार हत्या हुँदा आचार्य गोयन्का शिवपुरीस्थित धम्मश्रृङ्गमै थिए। ‘त्यसअघि गुरुजीलाई भेट्न राजा वीरेन्द्र ध्यान केन्द्र आउनुभएको थियो,’ शाक्य सम्झन्छन्, ‘राजाबाट युवालाई ध्यानमा कसरी आकर्षित गर्ने भनेर सोधीखोजी गर्ने काम भएको थियो।’

सन् २००० मा राष्ट्रसंघको ‘सहश्राब्दी विश्व शान्ति सम्मेलन’मा आचार्य गोयन्काले दिएको वक्तव्यले विश्व समुदायमा तरंग ल्याएको थियो। हिन्दु, इसाइ, मुस्लिमसहित विश्वका सबै विख्यात साम्प्रदायिक नेता उपस्थित विश्व मञ्चमा उनले ओझपूर्ण स्वरमा भनेका थिए, ‘एउटा संगठित सम्प्रदायबाट अर्कोमा रूपान्तरण गर्नुभन्दा मानिसलाई दुःखबाट सुखतिर र हिंसाबाट करुणातिर रूपान्तरण गर्नुपर्छ।’

विश्वका प्रत्येक मानिसको मनमा द्वेष र घृणा व्याप्त रहेसम्म शान्ति र सुख हुने छैन भन्ने उनको वक्तव्यले तालीको गडगडाहट पाएको थियो। ‘हरेकको मनमा प्रेम र करुणा उत्पन्न गराएर मात्रै विश्व शान्ति हासिल गर्न सकिनेछ,’ उनले विश्व मञ्चमा वक्तव्य मात्र दिएनन्, करोडौं मान्छेलाई १० दिने शिविरमार्फत् यसको अनुभवै गराइदिए। यो कार्यक्रमपछि कतिपयले उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै अभियान समेत चलाएका थिए।

आचार्य गोयन्काको जीवनकालमा विश्वभरि १ सय ७५ विपश्यना ध्यान केन्द्र खुलेका छन्। तीमध्ये नेपालमा ८ वटा छन्। विश्वका सबै केन्द्रमा गोयन्काकै आवाजबाट ध्यान सिकाइन्छ। तर ती कुनैको स्वामित्व उनले आफूसँग राखेनन्। मुम्बईको १० हजार जनाले एकैपटक ध्यान गर्ने ग्लोबल पगोडा होस् वा विश्वका अरू केन्द्र, सबै स्वतन्त्र र स्वायत्त छन्।

ती केन्द्रहरु उनको निधनपछि कसमा हस्तान्तरण हुन्छन् भन्ने प्रश्न उठेको थियो। उनले आफ्ना छोराहरूलाई नै दिएर जालान् कि भन्ने पनि चर्चा चलेको थियो। यसको जवाफमा गोयन्काले भने, ‘जसरी गौतम बुद्धले धर्मको उत्तराधिकार छोरा राहुललाई सुम्पेनन्, त्यसरी नै मेरो धर्मको उत्तराधिकारी धर्म नै हो। यही साधनामा पुष्ट र समर्पित साधकहरूले नै यसलाई निरन्तरता दिनेछन्।’

‘गुरुजीले केन्द्रहरूबाट कुनै प्रकारको आर्थिक लाभ उठाउनुभएन,’ शाक्यले भने, ‘बरु हामीले यहाँ बोलाएका बेला उहाँ आफैँ दान दिएर जानुहुन्थ्यो।’ गोयन्काले आफ्नो जीवनकालमा विश्वभर विपश्यनाका ८ सयभन्दा बढी आचार्य नियुक्त गरेका छन्। विपश्यनामा समर्पित साधकहरूले नै यो विद्यालाई भविष्यमा निरन्तरता दिने उनको मत छ।

‘दुःखबाट खुशीतर्फको रुपान्तरण अहिलेको खाँचो’

आइतबार साँझको खाना खाएर आराम गरिरहेका उनलाई एक्कासि मुटुमा समस्या देखियो। राति १०:४० बजे उनले देह त्याग गरे। बर्माबाट भारत सरेको गोयन्का परिवारमा श्रीमती इलाइची देवी र ६ छोरा छन्। पछिल्लो समय आचार्य गोयन्का कान्छा छोरा श्रीप्रकाशसँग मुम्बईको अँधेरीस्थित निजी निवासमा बस्दै आएका थिए।

विपश्यना विपश्यना रिसर्च इन्स्टिच्युटको आधिकारिक ट्विटर ह्यान्डलअनुसार उनको अन्तिम संस्कार मुम्बईको जोगेश्वरीस्थित शव दाह गृहमा मंगलबार बिहान १०:३० बजे गरिँदैछ। काठमाडौंको ज्योति भवनमा सोमबार बिहान १० बजेदेखि विपश्यनाका पुराना साधकहरूले सामूहिक साधना गरी आचार्य गोयन्काप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

के हो विपश्यना ?

विपश्यना साधना स्वनिरीक्षणद्वारा चित्तशुद्धी गर्ने पुरानो ध्यान विधि हो। यसको अभ्यासले मान्छेमा दुःख हट्दै जान्छ। द्वेष, घृणा कम गरेर करुणा र प्रेमले भरिदिन्छ। विपश्यनाले साधकलाई कहीँ कतै साम्प्रदायिक घेरामा बाँध्दैन। र विपश्यना सम्प्रदायको अर्को घेराबन्दी होइन। २ हजार ५ सय वर्षभन्दा पहिल्यै लोप भइसकेको यो ध्यान पद्धतिलाई गौतम बुद्धले खोज गरी विश्वभर फैलाएका थिए। योग्यताप्राप्त आचार्यको सानिध्यमा १० दिनको आवासीय शिविरमा सहभागी भई विपश्यना साधना सिक्न सकिन्छ। शिविर अवधिमा लेखपढ, पूजापाठ र अन्य क्रियाकलाप गर्न हुँदैन। सहसाधकसँग कुराकानी गर्न पाइँदैन। आचार्य वा सेवकसँग साधनासम्बन्धी वा भौतिक समस्याबारे कुराकानी भने गर्न सकिन्छ।

विपश्यना सिकाइका तीन चरण छन्— शील, समाधि र प्रज्ञा । पाँच शील पालना गर्नाले मन शान्त पारेर अगाडिको काम गर्न सजिलो पार्छ। समाधिमा ‘आनापान’ ध्यान सिकाइन्छ। यसले सास आइरहेको र गइरहेको महसुस गर्न सिकाउँछ। तेस्रो चरणमा साधकले आफूभित्र प्रज्ञा जगाएर शरीर र चित्त दुवै तहका बिकारहरूलाई आश्चर्यजनक गहिराइबाट बाहिर निकाल्छ।

नेपालमा शिवपुरीस्थित धर्मश्रृङ्गसहित देशका विभिन्न भागमा सञ्चालित विपश्यना ध्यान केन्द्रहरूमा नयाँ साधकलाई १० दिने र पुराना साधकलाई ९ दिने सतिपठ्ठानसहित २०, ३० र ४५ दिने कोर्स सञ्चालन हुँदै आएका छन्।

(पात्रो पन्ना पल्टाउँदै फेरि सेप्टेम्बर २९ आइपुग्यो। ७ वर्षअघि लेखेको यो सामग्री र देखेको एउटा फरक सपनासँगै सम्झिएँ। यो अबिच्युरी नागरिक दैनिक पत्रिकामा २०१३ अक्टोबर १ प्रकाशित हो। कलेज र करिअर नबिर्सी एउटा अल्लारे ध्यान गर्न पुगे के अनुभव गर्छ होला? पहिलो पटक ध्यानबाट फर्केपछि माइसंसारमा अनुभवहरू लेखेथेँ। जतनसाथ राखेको एउटा यो लिंकमा छ:  ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन्)

The post जो जिउने कला सिकाएर विदा भए appeared first on TGuff.

फेरि त्यो दिन सम्झेर
साँझको समय भए पनि आज छ्याङ्ग उज्यालो छैन। बादल लागेर बाहिर धुम्म भइरहेछ। वर्षाको बेला छ र यहाँ पानी परिरहेछ। ‘कोह..उ, कोह…उ’ एउटा परिचित लाग्ने चरास्वर कानमा ठोक्कियो। त्यो कहाँ बसेर भाका हालिरहेछ खुट्याउन सकिनँ। बोल्न पाइन्थ्यो भने भन्दिन्थेँ, ‘मिस्टर नो बडी हो।’ तर इसारा त गर्न नपाइने ध्यान शिविरमा बोल्नु त शीलको ठाडै उल्लंघन भइहाल्यो नि। ध्यान केन्द्रमा हामी जति छौं सबै चुपचाप। सबै मौन भएको ठाउँमा आक्कल झुक्कल बोल्ने चरा मात्रै हुन्।

ध्यान केन्द्र सँगै रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज थरिथरि चराको बासस्थान हो। १३ वर्ष अगाडि राजनीतिक असाइनमेन्टका लागि पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टर काठमाडौं आएथे। प्रचण्डसँगको बैठकसँगै उनी चराको चिरबिर सुन्न यहीँ माथिको निकुञ्ज पसेथे। प्राकृतिक संसारमा मानवनिर्मित कुटनीतिक प्रोटोकोल के अर्थ…! चराहरुले बुढालाई अहिलेजस्तै भने हेलान्, ‘कोह…उ?, कोह…उ??’

ट्याङ्….! ड्याङ !! झरिले रुझेको साँझ घन्टीको आवाज सुनियो। १० दिने ध्यान शविरको आज तेस्रो दिन हो। यतिबेला घन्टी बज्नुको अर्थ साँझ ६ बजेको ग्रुप सिटिङ संकेत पनि हो। धम्मश्रृङ्गको आर—९ (मेरो आवास नम्बर) बेडमा पल्टिरहँदा मन उँडु उँडु गरिरहेछ। एकाग्र हुनुपर्ने बेला यो किन चञ्चल?

‘ह्या‍… एकछिन् चरा झैँ उडोस्। अहिले यसलाई ठिक ठाउँमा ल्याउँला’, मेघास्लिमबाट एक घुड्को तातोपानी पिएँ। र दुवै खुट्टा एकपछि अर्को चलेको अनुभव गर्दै तल ओर्लिएँ। ‘खासमा यो खुट्टा चालको रिमोट पनि माइन्डसँगै हुन्छ कि के हो?’, अर्को मन बाठो भइरहेछ। हुनसक्छ नि!

सम्झिएँ— जेब्रा क्रस प्रयोग गर्दा झन्डै श्वास हावा बनेर उडेथ्यो। ‘अब त्यही श्वासको सुक्ष्म वैज्ञानिक परीक्षण गर भाइ।’ १० अक्टोबर, २०१९ को त्यो राति ट्रमा सेन्टरका डाक्टर निलम खड्काले आइसीयु बेड व्यवस्थापन नगरेको भए, डाक्टर राजन शर्मा अनिँदो बसेर टाउकाको सर्जरी नगरेको भए? त्यो सफल नभएको भए? चेट ! श्वास सधैँलाई हावा बन्थ्यो ! साँच्चै हावा श्वास बन्नु र श्वास हावा बन्नु बीचमा केही निमेषको झिनो अन्तर त हुन्छ।

हुन त मृत्युबिनाको जीवन कसको छ र? एप्पल, पिक्सार र नेक्स्टका संस्थापक स्टिभ जब्स हाकाहाकी भन्थे, ‘स्वर्ग नै जाने भए पनि मान्छे मर्न चाहँदैन।’ मजस्तो आममान्छेको के कुरा भो र !

अलि ठिक भएपछि दोस्त, डाक्टर, नर्सहरुबाट सुनेँ, दुर्घटनासँग जोडिएका तथ्यहरु। उपचार क्रममा नर्स, डाक्टर, औषधि, मेडिकल एशेसोरिज र अरु व्यवस्थापनका दुःखहरु। म वार कि पारको स्थितिमा रहँदा उसले चाहिँ सिङ्गो समाज अनुभव गरिछेः मैत्रीय, स्नेही, सहयोगी, करुणामयी, प्रेरणादायी, लोभी, क्षुद्र दानबीय सबै सबै।

कतै पढेथेँ भेन्टिलेटरमा लडेपछि महाराजै भए पनि उसका लागि त्यहाँ श्रीपेचधारी हुनुको अर्थ फोकस आउट फोटो बराबर हो— शून्य। म नाथे आममान्छेको के कुरा! तर समयले सिकाउँछ नि। कोमामा उपचाररत बिरामी कसको साथमा छ, उपचार प्रक्रियामा त्यो अर्थपूर्ण हुने र’छ। स्मरण पनि कति हुन् यार। श्रृङ्खला उर्लिएर डिस्टर्भ गर्छ कि के हो?

‘ध्यान केन्द्रमा धेरै नबहकिई भाइ’, फेरि अर्को रेफ्री मनमा जाग्यो, ‘जे उद्देश्यका लागि आएको हो त्यो काम गर। यी कथा पछि लेख्नु।’

म उँभिएको ध्यान हल जाने बाटोबाट झन्डै ५ सय मिटर दूरीमा शिवपुरी राष्ट्रिय निकुञ्जको घना जंगल छ। वर्षायाम भएर होला जंगल हुस्सुको घुम्टोभित्र पसे झै छ। असारमा पनि ध्यान केन्द्रमा थरिथरि फूल फुलेका छन्। विस्तारै पगोडा गजुरतिर फर्केर हेर्दा देख्छु, मानव जीवन बढा गतिशील छ। लगभग आकाशबाट परिरहेको पानी र त्यसबाट बनेका थोपाजस्तै। बन्ने, एकछिन् तैरिएर केही पर पुग्ने अनि फुट्ने। बन्ने, तैरिने र फुट्ने यो प्रक्रिया जीवनसँग पनि ननस्टप चल्छ कि के हो!  हुन त को चाहँदैन आनन्द र शान्तिको जीवन? सबै चाहन्छन्। तर विज्ञानको आसान नियमले देखाउँछ, तीतेपाती बिरूवा रोपेर हुर्केपछि त्यसमा आँप फल्दैन। माल्दह आँप फलाउन के गर्ने त? आफ्नो-आफ्नो बुद्धि, आफ्नो-आफ्नो विवेक!

‘फट्याक्क…’ यो आवाज छाताको हो, बन्द गर्दा निस्केको। ओडेको छाता बन्द गरेर त्यसको करङ बारमा अड्काइदिएँ। ६ बजेको ध्यान सुरु हुँदैछ। आफ्नै खुट्टा चाल अब्जर्ब गर्दै म फेरि धम्महल प्रवेश गर्दैछु, श्वास अनुसन्धान गर्न।

विपश्यना ध्यानमा बोल्न, पढ्न, लेख्न, फोन, चलाउन पइँदैन। यी सम्झनाहरु १० दिवसीय ध्यानबाट फर्किएपछि सम्झेर लेखेको हो।

लिभाइज जुत्तामा ब्रेक कहाँ !

‘जोन्सोन बेबी सपले तिमीलाई राम्रो गर्छ’, भाटभटेनीको सामाजिक दूरी सपिङमै उसले नुहाउने साबुन छानी। यो पटक ध्यान जाने तयारी त्यहीँबाट सुरु भएको हो। शरीरले चिसो धेरै सहँदैन। असार भएकाले झरीको समय छ। अप्ठ्यारो समयमा ध्यान जान मन गरेँ, उसले सबै व्यवस्था गरिदिई। तातोचिसो दुवै मौसमलाई फरक—फरक लुगा, छाता, टोपी, हल्का ट्राउजर, टिसर्ट, स्वेटर, ओड्ने, नुहाउने—लुगाधुने साबुन, घडि, चप्पल, दाँत माझ्ने ब्रस, पेस्ट सबै सबै। अनि तातोपानी राख्ने मेघास्लिम र चिसोपानीका लागि अर्को एउटा बोतल पनि।

लकडाउन छ, घर बसाईमा के गर्नु र? आदत से मजबुर भन्दछन् नि। म नि त्यस्तै त हो, ट्विटरमा बरालिने, ‘नियर डेथ एक्स्पिरियन्स स्टोरी’ पढ्ने/हेर्ने, कहिले कहीँ लेख्ने। घर छोड्ने अघिल्लो रात तर्कहरु मोबाइल नोटिफिकेसन बजेझैँ टिडिङ—टिडिङ चलिरहेछन्। निदाउनुअघि फेरि अर्को पाना पल्टाएँ। ‘मनोपुबङ्गमा धम्मा, मनोसेट्ठा मनोमया अर्थात् मन सबै प्रवृत्तिको अगुवा हो’, बुद्धले भनेका र’छन्। यसको सुक्ष्म परीक्षण अब गरौंला नि।

कतै हिँड्दा विदा मिलाउनु पर्ने झन्झट मे महिनादेखि छैन। अनलाइनमा लेखन कक्षाकी रोज ट्राभर्सलाई सकेसम्म पोलाइट्ली इमेल लेखेँ, ‘अबको २ हप्ता असाइनमेन्टहरु गर्न असर्थ छु। शुक्रबारे भिडियो क्लासमा अनुपस्थित हुँदा असामान्य नठान। दश दिनका लागि म ध्यान गर्न जाँदैछु। सुरक्षित रहू्, प्रशन्न रहू।’

लकडाउनमा सवारी साधन बन्द छन्। विश्व महामारी बनेको कोरोना फैलिन नदिन बजार बन्द छ तर सरकारका कार्यालय विदा छैनन्। जुन १४ को त्यो बिहान म ध्यान जाने भनेर अलि एक्साइटेड भइरहेथेँ। अफिस हिँड्नुअघि उसले सानो श्वरमा स्नेहपूर्वक बोली। ‘तिमी दुर्घटनामा परेको ९ महिनापछि पहिलो पटक एक्लै हुन जाँदैछौ। आफ्नो ख्याल गर, औषधि नछुटाउ, अलिकति पनि अप्ठ्यारो भए टिचर वा स्वयंसेवकलाई सुनाऊ’, उसले भनी। मैले चै बुझेँ, ‘ध्यान जान सबै व्यवस्था मिलाइदिए पनि मेरो स्वास्थ्यबारे स्मीता ढुक्क छैन।’ उ निस्किुनअघि मैले आफ्नो मनको कुरो सुनाएँ। ढुक्क पार्ने प्रयास गरेँ, ‘मेरो बास मैत्री र स्नेहको वातावरणमा त सर्न लागेको हो। फेरि नभएको कुरा विपश्यनामा केही आउँदैन बाँकी सबै समाना गर्न म सक्छु।’

ध्यान केन्द्र हिँड्ने दिन बिहान केही छुट्यो कि भनेर फेरि ब्याग चेक गरेँ। सबै ठिक छ। एउटा प्रश्न बाँकी रह्यो। पैदल यात्रुसँग दुईटा कार कसरी हुनु र ! लकडाउन छिचोल्दै कसरी शिवपुरी पुग्नु? जोरबिरजोरका कारण एउटा नम्बर प्लेटवाला गाडी एक दिन मात्र चल्छन्। ‘मेरो भाइ नवराज गाडी लिएर २ बजे सीता पेट्रोलपम्प आइपुग्छ है। त्यहाँसम्म आउन समस्या त हुँदैन?’, शीतल दाहालले फोनमा भनिन्, ‘अलि अगाडि नै जान मन भए उसलाई पहिलै भन्नुभए हुन्छ।’

‘हस्! हस्!!’

२ बज्न लाग्दै थियो। फेरि घडी हेरेँ १ः४० बजेछ। लिभाइज जुत्ताको तुना कसेँ। बल्खु—कलंकी बीचको सीता पेट्रोलपम्प पुग्न अब धेरै छैन। यस्तो बेला पइताला रोक्न सकिँदैन नि। फेरि जिन्स पाइन्ट वाला लिभाइजको जुत्तामा ब्रेक छैन। शीतलको सहयोगले निर्धारित समयमा शिवपुरीस्थित धम्मश्रृङ्ग पुगेँ। फर्किने बेला अजित दाईको व्यवस्थापनमा ज्योति भवनसम्म। ‘हामी निस्कि हाल्यौं तपाईं बस्दै गर्नु’, प्रभा भावीजीको श्वर फूर्तिलो सुनियो। आई-टेन कार चलाउँदै उमेश—भावी आइपुगेछन्। र जुन २६ को दिन फर्किएँ कीर्तिपुर।

यो पनि:

१.  के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?

२. ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन्

३. पूर्वमा अस्ताए मदन बा

४. यो पनि बद्‌लिनेछ

५. हावर्ड पीएचडी होल्डरको विपश्यना यात्रा

६. यत्ति थाहा छ, केही थाहा छैन

The post फेरि त्यो दिन सम्झेर appeared first on TGuff.

पूर्वमा अस्ताए मदन बा
मदन तुलाधर जसलाइ म मदन बा भन्थेँ। तस्विर साैजन्य: सरिता मानन्धर

जसले आफ्नो सम्पूर्ण जीवन सेवामा समर्पित गरे, गृहस्थी त्यागेनन् तर सादगी ब्रह्मचारी सन्तको जीवन बिताए। उनको जीवनको सार भन्नु नै सबै तहका मानिसलाई समान ढंगले दुःखबाट आनन्दतिर र बन्धनबाट स्वतन्त्रतातिरको बाटो देखाउनु रह्यो।

नेपाल र अन्य धेरै देशका भिक्षु एवं गृहस्थ साधकहरुका प्रेरणा स्रोत उनै विपश्यना आचार्य मदन तुलाधरको ७१ वर्षको उमेरमा निधन भएको छ। वि.सं. २००६ मंसिर ११ मा असनमा जन्मिएका उनी युवा कालमै बुद्ध विद्यातर्फ आकर्षित भएका थिए।

उनको अध्यात्म यात्राका मार्गदर्शक विश्व विपश्यना आचार्य सत्य नारायण गोयन्का हुन्। बुद्ध जन्मको २ हजार ५ सय वर्षपछि सन् १९८१ मा बुद्ध विद्या बोकेर गोयन्का बुद्ध जन्मभूमि नेपाल प्रवेश गर्दा यहाँको वास्तविकता फरक थियो। नेपालले बुद्धलाई जन्माएको थियो तर उनको विद्या के हो, कसरी अभ्यास गरिन्छ, असर के हुन्छ, पत्तो थिएन। भिक्षुका एक दुई बिहारबाहेक अन्त यो पहिलै लोप भइसकेको थियो। यो त्यति बेलाको कुरा हो जतिबेला विपश्यना गृहस्थहरुका लागि होइन केवल भिक्षुहरुका लागि हो भन्ने भ्रम व्याप्त थियो।

नेपाल आएका आचार्य गोयन्काले स्वम्भुस्थित आनन्दकुटी बिहारमा पहिलो विपश्यना शिविर सञ्चालन गरे। नेपालमा ऊ बा खिन परम्पराअनुसार सञ्चालन भएको त्यो नै पहिलो विपश्यना ध्यान शिविर थियो। मदन तुलाधर त्यही शिविरमा सहभागी हुन चाहन्थे।

‘तर २५० निर्धारित सिट पहिलै बुक्ड भइसकेकाले त्यहाँ उहाँले अवसर पाउनु भएन। त्यसपछि एक्लै भारतको सिमला पुगेर पहिलो औपचारिक दश दिने शिविर लिनुभयो’, विपश्यनाका पुराना आचार्य आनन्द शाक्य भन्छन्, ‘अनौपचारिक रुपमा त्योभन्दा अगाडिदेखि नै हामी ध्यान बस्ने गर्थ्याैं।’

नेपालमा विपश्यना भित्र्याउने श्रेय दुई व्यापारीहरु यदुकुमार सिद्धी र मणिहर्ष ज्योतीलाई जान्छ। त्यसपछि यो ध्यानको विकास, विस्तारमा जीवन समर्पित गर्ने पहिलो चरणका थोरै आचार्यहरुमध्ये तुलाधर एक जना हुन्। सन् १९८२ मा स्थापना भएको धम्मश्रृङ्ग विस्तार हुँदै जाँदा उनले आफ्नो अन्तर्मनको यात्रा पुष्ट गर्दै लगे। भनिन्छ, आफू नजिक आइरहेका मानिसको स्थिति उनी पहिलै थाहा पाउन सक्थे। जतिसुकै अप्ठ्यारा बोकेर उनी समक्ष पुगे पनि समाधान पहिल्यादिन्थे। साधकहरु उनलाई आदरपूर्वक ‘मदन बा’, ‘मदन गुरु बा’ नामले सम्बोधन गर्थे। स्नेह र मैत्रीपूर्ण व्यवहारका कारण मदन बा युवाबीच विशेष प्रिय थिए। हाँसोठट्टाको राम्रो चेत भएका उनी चियाका पारखी थिए। भेट गर्न जानेहरुलाई थरिथरि चिया चखाउँथे।

‘मान्छेको बुझाइको स्तर हेरेर उहाँले डिल गर्नुहुन्थ्यो। एक पटक मात्र बोलेको मान्छेलाई दशौं वर्षपछि भेट्दा समेत नामले नै बोलाउनु हुन्थ्यो। यस्तो क्षमता कमैमा हुने गर्छ’, आचार्य शाक्य भन्छन्, ‘एक पटक उहाँसँग साक्षात्कार गरेका साधक साधिका उहाँका प्रशंसक बनेर फर्किन्थे।’

प्रेरक जीवन

आचार्य गोयन्काको जीवनकालमा विश्वभरि १७५ वटा ध्यान केन्द्र निर्माण भए। तीमध्ये इगतपुरी (भारत) बाहेक उनले सबैभन्दा बढी समय बिताएको केन्द्र मुहान पोखरीस्थित धम्मश्रृङ्ग हो। विपश्यनाका कतिपय पुस्तक आचार्य गोयन्काले यही केन्द्रमा लेखेका छन्। आफ्ना गुरु लामो समय काठमाडौंमा रहँदा उनले सम्पूर्ण जीवन अध्यात्मतर्फ समर्पित गरिसकेका थिए। यो सन् १९८० को अन्त्यदेखि ९० दशकको कुरा हो। त्यसपछि मदन बाले सम्पूर्ण जीवन नै ध्यानसँग सम्बन्धित काममा समर्पित गरे। त्यसबापत केही लिएनन्, दिए मात्रै। कतिसम्म भने केन्द्रको सबै काम पूरा गरेर मध्यराति आफ्नै घरमा बास बस्न फर्किन्थे। पछिल्लो समय उनी धम्मश्रृङ्ग नजिकै पुर्ख्याैली सम्पत्तिबाट खरिद गरेको घरमा बस्दै आएका थिए। शारीरिक आरामको लागि उनी छोटो समय मात्र सुत्थे, धेरै समय ध्यान र सेवामा बिताउँथे।

नेपालको पहिलो विपश्यना ध्यान केन्द्र धम्मश्रृङ्ग व्यवस्थापनमा उनको महत्वपूर्ण योगदान रह्यो। सधैँ नै करिब २ सय साधक ध्यानमा रहने केन्द्रमा  सेवकको खाँचो परिरहन्छ। सारै अप्ठ्यारो परे उनी आफैँ समाधान निकाल्न अग्रसर हुन्थे। त्यसका लागि उनले पुराना साधकहरुको एउटा सर्कल नै तयार पारेका थिए। उनीहरूमा सम्मान डिग्री यो तहमा थियो कि मदन बाले प्रस्ताव गर्दा कसैले ‘हुन्न’ भन्दैनथ्यो।

विपश्यना आचार्य एवं उद्योगपति डा.रुप ज्योती उनले एउटा उदाहरणीय जीवन बाँचेको बताउँछन्। ‘मदन दाईले जसरी आफ्नो अन्तिम समयसम्म धर्म सेवा गर्नुभयो त्यो हाम्रा लागि प्रेरक छ’, उनी भन्छन्, ‘त्यसबाट हामी सबैले प्ररेणा लिनु पर्दछ।’

फिक्कलको ध्यान केन्द्रबाट सूर्योदयको सुनाैलो दृश्य देखिन्छ। त्यही भएरै केन्द्रको नामै ‘धम्म सुरियो’ राखिएको छ। धेरै साधकको मनमा बस्न सफल मदन बा सूर्यले बिहानै स्पर्श गर्ने त्यहीँबाट अस्ताए। प्राण छोड्ने अन्तिम समयसम्म पनि उनी सेवामै संलग्न रहे। भदाै ३१ मा काठमाडाैंबाट इलाम पुग्दा त्यहाँ १० दिने शिविर सञ्चालन भइरहेको थियो। उनले त्यहाँ अन्तिम श्वास नत्यागेसम्मै काम गरे। ३ असोजमा १० औं दिनको मंगल मैत्रीमा सहभागी भए। केन्द्र विस्तारका अन्य काम गरे। राति सेविकाहरुलाई निर्देशन दिए। ११ औं दिन हुने अन्तिम मैत्रीको केही भाग प्रवचन समेत सुने। त्यसपछि रात्री आरामका लागि गएका उनी फर्किएनन्। निवासमै सहज, शान्तपूर्वक प्राण त्यागे।

मदन बाको निधनले हजारौं विपश्यना साधक स्तब्ध भएका छन्।

आजीवन अविवाहित उनको शव हेलिकोप्टरबाट काठमाडौं ल्याएर शनिबार शोभा भगवतीमा अन्त्येष्टि गरिएको छ। घाटमा भेला भएका पुराना साधकले एक घन्टा सामूहिक साधना गरी उनलाई अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनले जीवनमा सबैभन्दा धेरै समय बिताएको मुहानपोखरीस्थित धम्मश्रृङ्गमा असोज ११ गते शनिबार बिहान ८ देखि ९ बजेसम्म सामूहिक साधना आयोजना गरी उनीप्रति मंगल मैत्री गरिँदैछ।

के हो विपश्यना?
विपश्यना साधना स्वनिरीक्षणद्वारा चित्तशुद्धी गर्ने ध्यान विधि हो। यसको अभ्यासले मान्छेमा दुःख हट्दै जान्छ। मन, मस्तिष्कमा द्वेष, घृणा कम भएर करुणा, प्रेमले भरिन्छ। विपश्यना एउटा गैरसाम्प्रदायिक ध्यान विधि हो। यसले कहीँ कतै साम्प्रदायिक घेरामा बाँध्दैन। २ हजार ५ सय वर्षअघि नै लोप भइसकेको यो ध्यान पद्धतिलाई बुद्धले खोज गरी विश्वभर फैलाएका थिए। पछिल्लो समय सत्यनारायण गोयन्काले यसलाई फेरि विश्वव्यापी बनाएका हुन्।

विपश्यना सिक्न योग्यताप्राप्त आचार्यको सानिध्यमा १० दिनको आवासीय शिविरमा सहभागी हुनु पर्दछ। शिविर अवधिमा लेखपढ, पूजापाठ र अन्य क्रियाकलाप गर्न पाइँदैन। सहसाधकसँग कुराकानी गर्न हुँदैन। साधनासम्बन्धी वा भौतिक समस्याबारे आचार्य वा सेवकसँग कुराकानी गर्न भने रोक लगाइँदैन। विपश्यना सिकाइका तीन चरण छन्– शील, समाधि र प्रज्ञा। शील पालनाले मन शान्त बनाउँछ, अगाडिको काम सजिलो हुन्छ। समाधिमा ‘आनापान’ ध्यान सिकाइन्छ। यसले सास आइरहेको र गइरहेको महसुस गर्न सिकाउँछ। तेस्रो चरणमा साधकले आफूभित्र प्रज्ञा जगाएर शरीर चित्त दुवै तहका बिकारहरुलाई आश्चर्यजनक गहिराइबाट निकाल्छ। मुहानपोखरीस्थित धर्मश्रृङ्ग, कीर्तिपुरको धम्मकित्तिसहित देशभरिका १० ठाउँमा सञ्चालित ध्यान केन्द्रहरुमा नयाँ साधहरुकलाई १० दिने र पुराना साधकलाई ९ दिने सतिपठ्ठानलगायत २०, ३० र ४५ दिने शिविर सञ्चालन हुने गर्छन्। (नेपालखबरमा २२ सेप्टेम्बर २०१९मा प्रकाशित)

The post पूर्वमा अस्ताए मदन बा appeared first on TGuff.

अनिल शाह र युवराज घिमिरे सँगसँगै
रिम्पोचे, घिमिरे र शाह। असोज ६ गते शनिबार लिभिङ फुल्ली अन्तरक्रियामा भेटिनेछन्।

मेघा बैंकका सीइओ अनिल शाह र पत्रकार युवराज घिमिरे नेपाल लिट्रेचर फेस्टिबलमा एकै साथ देखापर्ने भएका छन्। स्याल्पा तेन्जिङ रिम्पोचेको पुस्तक ‘लिभिङ फुल्लीः फाइन्डिङ जोय इन एभ्री ब्रेथ’ बारेको अन्तरक्रियामा घिमिरे र शाह एकै साथ उपस्थित हुने निश्चित भएको हो। व्यवहारिक अध्यात्मलाई प्रकाश पार्ने ‘लिभिङ फुल्ली’ अमेरिकी प्रकाशन कम्पनी न्यु वर्ल्ड लाइब्रेरीले प्रकाशन गरेको पुस्तक हो। अमेरिका बस्ने लेखक रिम्पोचे अहिले पुस्तकको नेपाली संस्करण प्रकाशनका लागि काठमाडौंमा छन्। असोज ६ गते दिउँसो २ देखि ३ बजेसम्म चल्ने अन्तरक्रियामा उनी समेत सहभागी हुनेछन्। अध्यात्मप्रति रुचि भएका बैङ्कर शाह ‘लिभिङ फुल्ली’बाट प्रभावित छन्।

‘लिभिङ फुल्ली’को नेपाली संस्करण पत्रकार युवराज घिमिरे र मनोज दाहालले तयार पारेका हुन्। ‘प्रत्येक श्वासमा आनन्द : पूर्णताको जीवन’ शीर्षकको नेपाली संस्करण २१ सेप्टेम्बरमा शुक्रबार नेपालमा सार्वजनिक हुनेछ। पुस्तकको नेपालमा प्रकाशन अधिकार साङ्ग्रिला बुक्सले लिएको छ।

के भन्छन् रिम्पोचे? भिडियो हेर्नोस्

टफ भिडियो ? 🙂 टेलिभिजन कार्यक्रम टफ टकका प्रस्तोता दिलभुषण पाठक भिडियो सुट गर्दै। झ्यालबाट हेर्नेलाई चिन्नु भयो? बैंकर अनिल शाह। Photo: Tracy Yang

The post अनिल शाह र युवराज घिमिरे सँगसँगै appeared first on TGuff.

के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?
नेपाल विपश्यना केन्द्रस्थित पगोडा

-स्मीता

उनको दाँया कम्मरदेखि तीघ्रासम्म अल्फ्रेड लर्ड टेनिसनको कविता ट्याटु गरिएको थियो। ट्याटु कविता खोज गर्दै हिँड्ने एउटा बिन्दास मान्छे बारे थियो। उनी आफूलाई त्यही यायावरसँग तुलना गर्दै थिइन्। तिनकी साथीको गर्दनमा खोपिएको थियो- ‘कर्म’। ध्यान गर्न धर्मश्रृंङ्ग विपश्यना केन्द्रतिर हिँडेका झन्डै २ सय ध्यानीमध्येका यी दुई रसियन युवतीले सबैको ध्यान तानेका थिए।

छेवैमा देखिने अग्लो सुनौलो पगोडाको मुनी अवस्थित ध्यान केन्द्र आफैंमा एउटा स्वहिरासत हो। यहाँ हुनु परिवार र प्रेमीसँग टाढा हुनु हो। शब्दबाट र संसारबाट पनि टाढा। आफूभित्रको यो यात्रामा खोज तीव्र हुन्छ। विगतका सम्झनाहरु निस्क्रिय ज्वालामुखी विस्फोट भएझैं एकपछि अर्को गर्दै लाइन लागेर आउन थाल्छन्। विचारहरु सुनामीजस्तै मडारिन थाल्छन्। आजसम्म हामीले आफूसँग लिएर हिँडेको स्वभावको चिरफार हुन थाल्छ। हामी आफू भित्रका घटनालाई चलचित्र हेरेजस्तो हेरिरहन्छौं। विना कुनै प्रतिक्रिया, विना कुनै राग वा द्वेष। विपश्यनामा ध्यान मात्र पलपलको सँच्चाइलाई स्वीकार गर्नु सँग सम्बन्धित छ। श्वासबाट सुरु गरेर विस्तारै शारीरिक वेदना हेर्दै शरिरको यात्रा यथार्थको दर्शन भन्दा पर पुग्दैन। आफूबारेको यथार्थ आफ्नै दर्शन गरेर थाहा पाउने कला- विपश्यना।

१० दिने मौन ध्यान आफ्नै श्वासको आवागमन बारे सचेत हुनुबाट सुरु हुन्छ। बुद्धको युगमा बोलिने पाली भाषामा यो प्रक्रियालाई आनापान भनिन्छ। यो श्वास प्रश्वासप्रतिको सचेतताले मनलाइर्ल केही हदसम्म मात्रै भए पनि बसमा राख्न सहयोग गर्छ। ३ दिनसम्मको यो चञ्चल मनलाई बसमा ल्याउने खेलमा विजेता बनेर निस्कनु कठिन भए पनि यसले मनको स्वभावको बारेमा बुझ्न सघाउँछ। विचारका ज्वारभाटासँगै लहँसिदै कहिले विगत र कहिले भविष्यतर्फ छलाङ्ग लगाइरहने मनलाई वर्तमानमा टिकाउन नसक्दा आफूबारेको पहिलो सत्य अगाडि आउँछ- बिचारहरुको हाँगामा समातेर यता उता भागिरहने बाँदर मन लिएर हिँड्ने हामी अधिकांश समय अशान्तै त हुँदा रहेँछौं। वर्तमानलाई बेवास्ता गरेर, यथार्थलाई पन्छाएर– बितिसकेको विगत र आउँदै नआएको भविष्यको कल्पनाको छलाङ लाउँदै त हामी बाँच्दा रहेछौं।

आनापानसँगै सुरु भएको मनको अप्रेसन चौथो दिनको विपश्यनासँगै अझै तेज हुन्छ। पाली भाषामा विपश्यनाको अर्थ जे जस्तो छ त्यस्तै रुपमा हेर्नु वा दर्शन गर्नु हुन्छ। यो आत्मदर्शनको प्रक्रियामा शरीरका संवेदनाहरुप्रति सचेत हुने कला सिकाइन्छ। बिना कुनै राग, द्वेष वा प्रतिक्रिया मनमनै शरीरका संवेदनाप्रति सचेत हुँदा दबेका कर्मसंस्कार विस्तारै सतहमा आउन थाल्छन्। अर्थात् बाहिर प्रकट हुन थाल्छन्। र ती पनि बिना प्रतिक्रिया हेर्दाहेर्दै समाप्त हुन्छन्। हामी मात्र एउटा प्रत्यक्षदर्शी बन्छौं। मनको र शरीरको सम्बन्ध बारेमा सचेत हुन सिक्ने यो कलाले मनको भित्री तहसम्म विगतदेखि थुप्रिएका कर्मसंस्कारलाई विस्तारै पखाल्दै मनलाई शान्त र निर्मल गराउँछ।

पालीमा मेत्ता भावना भनिने मंगल मैत्री सँगै १० दिने विपश्यना यात्रा सकिन्छ। मैत्री भावनामा आफूले दश दिन कमाएको पुण्य, मन निर्मल गरेर पाएको आनन्द सबैलाई बाँडिन्छ।र भित्री मनदेखि नै कामना गरिन्छ- सबको मंगल होस्। अनुभव हुन्छ- दुःखको कारण आफू भित्रैबाट सुरु हुन्छ। यसरी बोधीको बाटोले आफूभित्रै डोर्याोउँछ। अनुभव हुन्छ- सुखको खोज आफूभित्रै गएर टुङ्गिन्छ। विपश्यनाले मानिलाई आत्मअनुभवद्वारा यो ज्ञान सिकाउँछ।

हामी बाहिरी संसारलाई आफ्नो सुख र दुःखको लागि जिम्मेवार मानेर आफूअनूकूल संसारलाई परिवर्तन गर्न चाहान्छौ। तर जबसम्म आफू भित्रै बाटै परिवर्तन आउँदैन। हाम्रो दुःखको अन्त्य कहिलै हुनेछैन। १० दिनको एउटा शिविर बस्दैमा बुद्धत्व प्राप्त नभए पनि यसले जीवन जिउने कलाको रफस्केच भने अवश्य ड्राफ्ट गर्छ।

बाँच्ने कला नजानेर हामी भएको सम्पत्ति र शक्तिका कारण दुःखी छौं। कति मानिस फेरि केही नभएरै दुःखी छन्। मानिसले यो सबबाट उन्मुक्तिका लागि भग्ने बाटाहरु असंख्य बनाएको छ। तर जति खुशी (दु:खी) भोगेँ भनेर भागे पनि वास्तविकताको तहमा हामीलाई पाँच इन्द्रिय र मन बाहेक अन्त केही भोगिरहेकै हुँदैनौं रहेछौ‌। कोही टेन्सन हुँदा रक्सीको बोतलतिर भाग्छन्, कोही चुरोटको बट्टातिर एवं कोही सिनेमा हल र थियटरतिर। तर एक छिनलाई भागे पनि मस्तिष्कको तहमा तनाव उस्तै रहन्छ। दिमागबाट त्यसलाइ डिलिट गर्ने तागत न त सिनेमासँग छ न त नशालु पदार्थहरुसँगै। दश दिनको पूर्ण मौन र साधनाले मानिसलाई आफूबारेको यो नांगो यथार्थ अगाडि ल्याएर तेर्साइइदिन्छ। यो साधना यथार्थलाई भागेर हैन सामना गरेर सम्यक र शान्त जीवन जीउने बाटो हो।

हामीसँगै शिविर बसेकाहरू १० दिनको साधनापछि बोल्न पाउँदा साधकहरु निकै शान्त र बेग्लै चमकमा देखिए। सबैको अनुहार प्रफुल्ल थियो। पहिलो पटक गएकाहरु अनौठो मान्दै आफ्नो अनुभाव बाँड्दै थिए। पुराना साधकहरु नयाँका जिज्ञासा मेट्दै थिए। टेनिसनको कविता खोपेकी रसियन युवती भन्दै थिइन् ‘मेरो खोजको अन्त्य म भित्रै गएर भएको छ (माइ सर्च ह्याज इन्डेड इन्साइड माइसेल्फ)। आफूभित्रको यात्रा पूरा गरेर १२ औं दिन बिहान फेरि हामी संसार र शब्दतिर फर्कियौं। फर्किंदा संसार तनाव, भागदौड, टेन्सनमा पहिला जस्तै रफ्तार लाइरहेको थियो। फरक थियो त केवल हामीले सिकेको विद्या- जीवन स्वीकार्ने कला।

अर्को रमाइलो अनुभव पढ्नोस् : गणेशमानले त्यसरी पो पढेछन्

[विपश्यना अनुभव गराउने ध्यान विधि हो। त्यसैले यसबाट लाभान्वित हुन स्वयं शिविरमा बस्नैपर्ने हुन्छ।]

ध्यान शिविर जान यो लिङ्कमा क्लिक गरेर नेपालका सेन्टरहरुको ठेगाना पाउन सक्नुहुन्छ।

नेपाल बाहिर बस्नुहुन्छ भने यो लिङ्कमा क्लिक गरेर नजिकको ध्यान केन्द्र ठेगाना पत्ता पाउन सक्नुहुन्छ।

ध्यान केन्द्र रहेको शिवपुरीबाट यस्तो देखिन्छ राजधानी काठमाण्डू

The post के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा? appeared first on TGuff.

कसरी पाउने सुख-शान्तिको जीवन ?
को चाहँदैन सुख–शान्तिको जीवन ? पद, पैसा, वा बौद्धिक चार्मको अधिकतम तागत कति हो? के यी विषयहरूले आनन्द उत्पादन गर्न सक्छन् ? मानव स्वभाव बदल्न सक्छन्? यो अनुभव लेख एप्पलका पूर्व सीइओ तथा गृहस्थ सन्त स्टिभ जब्सको यो टिप्पणीबाट सुरु हुन्छ– ‘चिहानमा सबै भन्दा धनी मानिस हुनुले मेरो लागि केही अर्थ राख्ने छैन।’

कसरी पाउने सुख-शान्तिको जीवन ?

-सीमा चन्द

विपश्यना ध्यान हुँदैछ भन्ने जानकारी पाउँदा मलाइ पनि ध्यानमा जान मन लाग्यो। यसो नियम बुझ्दा दश दिनसम्म बोल्न नै पाइन्न भन्ने थाहा भयो। ध्यान गर्न सकिदैंन कि जस्तो लाग्यो। धेरै जनासँग सल्लाह लिएँ। सबैजसोले साह्रै राम्रो हुन्छ जानुस् यो त अवसर हो भन्ने सुझाव दिए। त्यसपछि दृढ १० दिनसम्म नबोली ध्यान बस्न दृढ निश्चय गरेर कट्कुवा विपश्यना ध्यान केन्द्र (सुर्खेत) तर्फ लागेँ।

बिहान ४ बजे घण्टीको आवाजले व्युँझ्याउने रहेछ। ४:३० बजे धम्म हलमा साधनाका लागि गइसक्नुपर्ने। साढे ६ बजेसम्म साधना गरेर हल बाहिर निस्कँदा प्रकृतिको काखमा सल्लाका रुखहरू माझ सुसेल्दै गरेको हावा अनि विभिन्न चराचुरुंगीहरूको चिरविरले मन निकै आनन्दित हुन्थ्यो । विहान ६:३० देखि ८ बजेसम्म जलपान तथा विश्रामको समय हुन्थ्यो। पुरुष साधकको बस्ने हिंड्ने र खाने स्थल फरक र महिला साधिकाहरूको बस्ने, खाने स्थल फरक व्यवस्था गरिएको थियो। अत्यन्तै सात्विक खाजा र फलफूल बिहानको समयमा दिइन्थ्यो। खाजा थप्दा पनि इसाराले र माग्दा पनि इसारा मात्र प्रयोग गर्न पाइने। सबै मौन।

बिहान ८ बजेदेखि ११ बजेसम्म पुन: हामी साधनाको लागि धम्म हलमा जम्मा हुने गर्दथ्यौं। नदी नै सुसाएझैं सुसाउँदै बग्ने पवनको अवाज धम्महलसम्मै सुनिन्थ्यो। यस्तो स्वच्छ वातावरणमा ध्यान बस्दा मनै प्रफुल्ल हुने गर्थ्रयो। ११ बजेदेखि १२ बजेसम्म भोजनको समय। भोजन पूर्णरुपमा सात्विक। साधना (ध्यान) का बारेमा हुने हाम्रा जिज्ञासाका लागि दिउँसो १२ बजेदेखि १ बजेको समय छुट्याइएको थियो। विश्राम गरिसकेपछि पुन: घण्टीको आवाजले संकेत गर्थ्यो। र हामी १ बजेदेखि ५ बजेसम्म धम्म हलमा साधनाका लागि जम्मा हुन्थ्यौं। साँझ ५ देखि ६ बजेसम्म पुन: खाजाको समय हुन्थ्यो र खाजामा अत्यन्तै हल्का खाजा (चिया, दुध) र फलफूल दिइन्थ्यो ।

साँझ ६ बजेदेखि ७ बजेसम्म पुन: सामूहिक साधना र त्यसपछि आचार्यद्वारा साँझ ७ बजेदेखि ८:३० बजेसम्म अभ्यास र मार्गदर्शनका लागि प्रवचन दिइने गरिन्थ्यो । राती ८:३० बजेदेखि ९ बजेसम्म पुन: सामूहिक साधना सोही धम्म हलमा हुने गर्थ्यो। अनि घण्टीको आवाजसँगै ९ बजे कोठामा जाने र राती ९:३० सम्म आ–आफ्नो कोठामा अनिवार्य रुपमा बत्ती निभाइसक्नु पर्ने हुन्थ्यो। यसरी घण्टीको आवाजको संकेतमा नै १० दिनसम्म हामीहरूको दिनचर्या बित्यो ।

विपश्यना ध्यानका तीन वटा खुड्किलाहरू रहेछन्: पहिलो खुड्किलोमा हामीले आफू स्वयंको हानी हुने कार्यबाट बच्न पाँच शील जीव हिंसा नगर्ने, चोरी नगर्ने, झुठ नबोल्ने, ब्रम्हचर्य पालन गर्ने तथा नशालु पदार्थहरू सेवन नगर्ने अठोट गर्नुपर्ने रहेछ। शिविरको पहिलो दिनदेखि नै हामीहरूले आर्यमौन पूर्ण रुपमा अनिवार्य रुपमा पालना गर्नुपर्दो रहेछ । दोस्रो खुड्किलो शिविरको पहिलेका साढे तीन दिन श्वासमा ध्यान केन्द्रित गर्ने अभ्यास गर्यौंल। यस साधनालाई ‘आनापान’ भनिंदोरहेछ । यो विधिमा मनलाई नियन्त्रण गर्नुपर्दो रहेछ। बोलीलाई वशमा गर्न सकिन्छ, शरीरलाई वशमा गर्न सकिन्छ तर मनलाई वशमा गर्न साह्रै गाह्रो हुँदोरहेछ। पहिलो २ दिनहरू त मनलाई वशमा अर्थात् एकाग्र गर्न साह्रै कठिन भयो। यो मन कहिले छोराछोरीको सम्झनामा, कहिले श्रीमान्को सम्झनामा, कहिले मेरो कर्मथलो (अमर ज्योति न.उ.मा.वि.) को सम्झनामा त कहिले मसंलग्न रहेका सामाजिक संघसंस्थामा अल्झिरहन्थ्यो। कसैसँग गरेका वादविवाद, हाँसो मजाक अति सुक्ष्मभन्दा सुक्ष्म कुराहरू मनमा खेलिरहन्थे।

जसरी वनमा बाँदरहरू एक डालीबाट अर्को डालीमा हाम फाली हिंड्छन् त्यसै गरी यो मन पनि एक कुरा सिद्धिन नपाउँदै अर्कोमा अल्झिदोरहेछ। शुद्ध जीवन जिउँन र मनलाई नियन्त्रण गर्न ‘आर्यमौन’ र ‘आनापान’ एकदमै आवश्यक र लाभदायक रहेछ। तेस्रो खुड्किलो अर्थात अन्तरमनको गहिराइमा दबेका विकार हटाई मनलाई निर्मल बनाउन ध्यानमा बस्ने पछिल्ला साढे ६ दिनसम्म आफ्नो स्वाभाविक श्वासको निरीक्षणबाट आरम्भ गरेर आफ्नो शरीर र चित्तवृत्तिमा प्रत्येक क्षण हुने परिवर्तनशील घटनाहरूलाई तटस्थ भावले निरीक्षण गर्दै चित्त शोधन र सद्गुण वुद्धिको अभ्यास विपश्यनाको अभ्यासको रुपमा गर्यौंर। दिनमा हामीलाई हाम्रा आचार्यज्यू श्री भीमवरसिंह थापाज्यूबाट निर्देशन प्राप्त हुन्थ्यो र प्रत्येक साँझ श्रव्य सामग्रीबाट प्रवचन पनि सुनाइन्थ्यो।

विपश्यना ध्यान एउटा यस्तो बाटो रहेछ जसले राग, द्वेष र मोह हटाइ हाम्रो चित्त निर्मल पारिदिँदो रहेछ। प्रत्येक मानिसको दु:खको कारण नै रोग, द्वेष र मोह हो भन्ने अनुभव गराइदिँदो रहेछ। आजभोलिको यो भागदौडको व्यस्त जीवनमा विपश्यना ध्यानले मानसिक तनावबाट बाहिर निकालेर सुखी, स्वस्थ र सार्थक जीवन जिउन मद्दत पुर्याउने रहेछ । प्रत्येक परिवारमा परिवारका सदस्यहरूले अरुलाई सुध्रिएको भए हुन्थ्यो भन्ने चाहना राख्दछन् जस्तै: घरमा बुवाले मेरा छोराछोरी सुध्रिएको भए हुन्थ्यो, श्रीमती सुध्रिएको भए हुन्थ्यो भन्ने चाहना राख्छन्। श्रीमतीले मेरो श्रीमान् सुध्रिएको भए हुन्थ्यो, सासु सुध्रिएको भए हुन्थ्यो भन्ने चाहना राख्छिन् । प्रत्येक सदस्यले एक अर्कालाई सुध्रिएको हेर्न चाहन्छन् तर आफू स्वयंलाई परिवर्तन गर्न कोही चाहँदैनन् एवं रीतले परिवार, समाज, देश र आज पूरा विश्वमा नै परिवर्तनको लहर चलेको राम्ररी महसुस हुन्छ। सबै मानिस चाहन्छन् परिवर्तन आओस् जसले शान्ति र सामञ्जस्यता ल्याओस्। परिवर्तन शान्ति र सामन्जस्यता को एक उपाय विपश्यना ध्यान बन्न सक्ने भन्ने कुरा १० दिन विपश्यना ध्यान बस्दा मैले महसुस गरें ।

यसको अभ्यासले मानसिक तनावबाट बाहिर निस्किएर सुखी, स्वस्थ र सार्थक जीवन जिउन मद्दत मिल्दो रहेछ। केवल उपदेशले मात्र सामाजिक परिवर्तन ल्याउन सकिँदैन। छात्रछात्रामा पनि अनुशासन तथा सदाचार केवल किताबी व्याख्यानले मात्र ढाल्न सकिदैंन। दण्डको भय मात्रले अपराधी असल नागरिक हुन सक्दैन। परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले स्वयंममा परिवर्तन ल्याउनु पर्छ। ऊ स्वयंलाई सुधार्नको लागि प्रशिक्षित गरिनुपर्छ। शील, सदाचार र नियम पालना गर्नका लागि उपदेश होइन, आफूमा परिवर्तन ल्याउने चाहना जगाउनु पर्छ। प्रत्येक व्यक्तिलाई ध्यानमार्फत स्वयं आफ्नो खोजी गर्ने तरिका सिकाउनु पर्छ जसको माध्यमले परिवर्तनको क्रम शुरु गरेर चित्त निर्मल हुन सकोस्। र यस प्रकार आएको परिवर्तन नै दिगो हुन सक्छ, चिरस्थायी हुन सक्छ।

विपश्यना एक सरल ध्यान विधि हो जसको प्रयोगबाट मनलाई वास्तविक शान्ति प्राप्त हुने रहेछ। यसको अर्थ हो जुन स्थिति जस्तो छ त्यसलाई उस्तै जान्नु। आत्मनिरीक्षणद्वारा मन निर्मल गर्दागर्दै यस्तो अनुभव हुन थाल्ने रहेछ। हामी आफ्नै अनुभवले के जान्दछौ भने, हाम्रो मन कहिले विचलित हुन्छ, कहिले हतास त कहिले असन्तुलित। यी कारणले जब हामी व्यथित हुन्छौं तब आफ्नो व्यथा आफूमै मात्र सीमित नराखी अरुलाई पनि बाँड्न थाल्दछौं। हामी यही चाहन्छौं- स्वयं सुख शान्तिको जीवन जीउँ र अरुलाई पनि यस्तो जीवन जिउन दिउँ। तर यस्तो गर्न सक्दैनौं। विपश्यनाले हामीलाई यस योग्य बनाउने रहेछ। मंगल होस्।

(नेपालको ८ औं विपश्यना ध्यान केन्द्र  वीरेन्द्नगर-८ सुर्खेतको कटकुवा वन तपोभूमिमा ध्यान गरेपछि लेखिएको अनुभव।)

The post कसरी पाउने सुख-शान्तिको जीवन ? appeared first on TGuff.

यो पनि बद्‌लिनेछ
स्मीता-

कसको जीवन एकनासले सलल्ल बगेको होला ? जीवनका उतार चढावको हिसाव किताब लगाएर जोड घटाउ गर्न थाले अबको बाँकी जीवन त्यसैमा बित्दो हो। यो यथार्थ बुझेर वर्तमानमा बाँच्ने कला जानेका मान्छे संसारमा कति होलान्? कीर्तिपुरको धम्मकित्ति विपश्यना केन्द्रको छतमा बसेर काठमाडौं खाल्डोको कंक्रिट जंगलतिर आँखा तेर्स्याउँदै गर्दा एउटा सोचले मनलाइ छचल्कायो। भर्खरै ३ घण्टाको लगातार ध्यानबाट उठ्दा मन पुलकित थियो। लाग्यो मान्छे त जीवन जिउने कला नजानेर पो दुखको भूमरीमा रुमल्लिरहेका छन्। जीवन सहज छ। जीवनका नियमित आउने घटना पनि सहज छन्। जीवन एउटा आफ्नै नियममा बग्छ। एउटा सहज नियम— परिवर्तनको नियम। दुःख आउँछ तर त्यो सधैँलाइ हैन। सुख आउँछ र त्यो पनि केही समयको लागि मात्र हो।

म वरपर र संसारका अधिकांश मानिसहरुको पनि समस्या यही हो। सायद, हामी यो नियम आत्मसाथ गर्न नसकेर अधिक खुशी हुन्छौं। त्यो खुशी जीवनबाट जाँदा धेरै दुःखी।

वरपर हेर्छु। भर्खर विवाह भएकी साथी छे। केही दिन अघिसम्म विवाहले सबथोक दियो भनेर उ खुशीले दंग थिइ। उसलाई खुशी देख्दा मलाई पनि आनन्द लाग्थ्यो। तर अर्को दिन त्यही साथी आएर पार्टनरसँग ठाकठुक पर्योग भन्दै तनाव बाँड्न थाल्छे। छटपटाउन थाल्छे। अनि म उसको जीवनलाई अझ पार्ट पार्ट गरेर नियाल्ने कोसिस गर्छु। हिजो रोमान्समा रहँदा उसले यो सोचेकै थिइनँ। जब मनले चाहेजस्तो भएन पीडा, छटपटि त हुने नै भयो। ओहो! दुःखैदुःख, तनावै तनाव !!

कोही चाहिँ सानो चिज, वस्तु, पाउना साथ घमण्डले फुल्छन्। प्राप्तिको दौडमा कुदिरहेकाहरु अप्राप्तिको तनाव फ्याँक्दै हिँड्छन्। गोयन्का गुरुजीको प्रवचन सुन्दै गर्दा मनभरि मेरा तिनै साथीहरु घुम्दैछन्। साँच्चै परिवर्तन आत्मसात गर्न नचाहने आशक्तिले जीवनलाई दुःखी नै बनाउँदो रहेछ। हामी खुशी खोज्दै कहाँ पुग्दैनौं र? तर आजसम्म संसारमा कसले आफूले भेटेको सुखलाई फुत्कन नदिई बाँधेर राख्न सकेको छ र? अथवा कुन चाहिँ दुश्मनले मानिसको दुखलाई बाँधेर सदाकाल दुखी बनाएर राख्न सकेको छ? हिजोका करोडपति आज रोडपति बनेका छन्, हिजोका कंगालहरु आज अरबपती बनेका छन्। हिजोका दुखीहरु आज सुखमास्थित भएका छन्।

गुरुजीको प्रवचन सकिएपछि पनि एउटा वाक्य मनमा घुमिरहेछ। खुशी हुनमा दोष छैन तर खुशिसँगको आशक्ति दुःख हो। साँच्चै जीवनले हाम्रो भागमा सुख राखिदिए पनि हामीलाई सुख भोग्न आउँदैन, भोग्ने कला आउँदैन। जीवन बाँच्ने कला आउँदैन। तीन वर्षअघि नयाँ ल्यापटप किनेको दिन सम्झन्छु त्यसमा अलिकति स्क्रयाच हुँदा तनावले निदाउन गाह्रो भएथ्यो। त्यसको अपिरियन्सको सुरक्षा गर्नमा यति धेरै ध्यान गयो कि त्यसलाई भोग्ने भन्दा त्यसप्रतिको चिन्तामा धेरै समय बित्यो। पहिलेको ठूलो ल्यापटपको स्थानमा अहिले मसँग लेनेभोको ह्यान्डी नेटबुक छ। ल्यापटप मात्र हैन हिजोआज मेरो मनस्थिति पनि केही बद्लिएको पाउँछु। अलि शान्त, अलि सुखी। ल्यापटप स्क्रयाच त पहिले झै अहिले पनि हुन्छ। फरक यति हो पहिला त्यसले पीडा दिन्थ्यो अहिले खासै दुःखी हुन्न।

जीवनका साना ठूला स्क्रयाचले जीवनलाइ दुःखाउँदो नै रहेछ। ‘दिस टु स्याल चेन्ज’ भन्ने एउटा चेतनाले भित्रबाट घच्घच्याइरहन्छ। जीवनका समस्याहरुसँग जुध्न यो चेतनाले गरेको सहयोग आफैंमा अवर्णनीय हुँदो रहेछ। आफ्ना अगाडि हरेक क्षण प्रेम घृणामा परिणत भएको, घृणा प्रेममा, तृष्णा वितृष्णामा परिवर्तन भएको वितृष्णा तृष्णामा, सुख तनाव र दुःखमा, दुःख सुखमा परिवर्तन भएको सामान्य घटनाप्रति सचेत भएर जीवनका आरोह अवरोह, उतार चढावलाई सामना गर्न सिक्नु भनेको साँच्चै जीवन जीउने कला रहेछ। जीवन बाँच्ने कला सिकाउने र सिकाउन  सहयोग गर्ने सबैप्रति हार्दिक आभार।

The post यो पनि बद्‌लिनेछ appeared first on TGuff.

हावर्ड पीएचडी होल्डरको विपश्यना यात्रा
व्यापारी, उद्योगपति, अर्थशास्त्री र आक्कलझुक्कल राजनीतिमा उपस्थितिले मात्र डा. ज्योतिको परिचय पूरा हुँदैन। गौतम बुद्धले २५०० वर्षअघि सुरु गरेको विपश्यना ध्यान सद्दे रूपमा (बिनापरिमार्जन) सिकाउने करिब ४ दर्जन नेपाली गुरु (आचार्य)मध्ये सिनियर आचार्य पनि हुन् उनी। प्रतिष्ठित व्यापारी स्वर्गीय मणिहर्ष ज्योतिका कान्छा छोरा डा. ज्योति सन् १९८७ मा हार्वर्ड विश्वविद्यालयमा विद्यावारिधि गर्दै थिए। कलेज बिदा थियो। व्यापारमा सघाउन १० दिनका लागि उनी नेपाल आए। संयोग त्यतिबेला काठमाडौं नगरपञ्चायतको चुनाव नजिकिएको थियो। केही साथीहरूले उनलाई उकासे, ‘तिमीजस्तो पढेलेखेको मान्छे पो प्रधानपञ्च बन्नुपर्छ त !’ ज्योतिलाई पनि लाग्यो, ‘एकपटक उठौँ न त !’ नगर प्रधानपञ्च बन्ने दाउमा उनले पिएचडी हापे, नगरचुनाव पनि हारे, तर बदलामा सिके जीवन जिउने कला। जो न हार्वर्डमा पढाइन्थ्यो न त प्रधानपञ्च बन्दा सिकिन्थ्यो।

‘विश्वविद्यालयमा सेमेस्टर छुटेपछि त्यतिकै बसिरहेको थिएँ, गुरुजी (सत्यनारायण गोयन्का) नेपाल आउनुभो, ध्यान बस्न सयकडौं मान्छे आउँथे, कस्तो होला र आउँछन्जस्तो लाग्थ्यो। त्यही उत्सुकता मेटाउन त्यो साल श्रीमती र म शिविरमा बस्यौँ।’ विपश्यनासित गाँसिनुको कथा थियो यो। शिवपुरीको काख मुहानपोखरीमा रहेको धर्मशृंगमा चलेको थियो त्यो शिविर।

पहिलोपटकको ध्यानमा उनले मन शान्त भएको महसुस गरे। प्रशस्त लाभको अनुभूति गरे। जीवनमा सिक्नैपर्ने विद्या रहेछ भन्ने निष्कर्षमा पनि पुगे। ६ महिना जोडतोडले अभ्यास पनि गरे। मसिना छोराछोरीको झमेलाले उनको नियमित अभ्यासमा बाधा हाल्यो। फेरि सुरुदेखि सिक्छु भन्ने निष्कर्षमा पुगे उनी। सन् १९९२ मा गुरुजी (गोयन्का) फेरि नेपाल आउँदा उनको त्यो रहर पूरा भयो। त्यो शिविरमा उनका पिताजी (मणिहर्ष ज्योति) पनि ध्यान बस्न खोजेका थिए, तर छोरा बस्न लागेको थाहा पाएपछि मणिहर्ष पछि हटे।

सोही साल पिताजी (मणिहर्ष) लाई क्यान्सरले सताएको सावित भयो। निक्कै छिप्पिएको क्यान्सरलाई केमोथेरापी गरेर प्रतिरोध गर्न हरमहिना बैंकक धाउनुपर्ने भयो। क्यान्सरले निकै थलिएका मणिहर्षलाई सान्त्वना दिन घरमै आएका विपश्यना साधकसाधिकासित ज्योति पनि ध्यान बसे। केमोथेरापीका लागि बैंकक पुग्दा पिताजीसितै ध्यान बसे। यसरी अभ्यासले निरन्तरता पाउँदै गयो । पाँचौंपटक केमोथेरापी गराउन बैंकक जाँदा एक दिन पिताजीले डा. ज्योति र उनकी श्रीमतीलाई घुम्न पठाई चिकित्सकसित आफ्नो अवस्था सोधेछन्। मृत्यु निजक भएको र कुर्नुको विकल्प नभएको चिकित्सकको जवाफ पाएपछि मणिहर्षले ध्यान बस्दै शान्तपूर्वक प्राण त्यागे। पिताजीको कुरुवा बसेका डा. ज्योति भन्छन्, ‘त्यस्तो अवस्थामा क्यान्सरका बिरामीहरू यता दुख्यो, उता दुख्यो भनेर छट्पटाउँछन्। पेनकिलर माग्छन्, तर उहाँले शान्तपूर्वक देहत्याग गर्नुभयो ।’

‘त्योबेला म विपश्यनाबाट धेरै प्रभावित भएँ। विपश्यना बाँचुन्जेल त काम लाग्ने नै भयो, मर्नेबेलामा पनि काम लाग्ने रहेछ भन्ने बोध भयो,’ डा. ज्योति भन्छन्। पिताजीको मृत्युपछि विपश्यनालाई व्यवस्थित गर्ने जिम्मा उनको काँधमा आयो। उनी नेपाल विपश्यना केन्द्रको ट्रस्टिज मात्र बनेनन्, साथमा १० दिने शिविरहरु थुप्रैपटक लिए। गुरुजीले एक महिनाको ध्यान बस्नभन्दा पहिले त उनी अत्तालिए। सोचे, ‘कहाँबाट एक महिना समय पाउनु ? जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं उपाय निस्कियो।’ त्यो शिविर पूरा गर्नासाथ सन् १९९४ मा गुरुजीले उनलाई सहायक आचार्यमा नियुक्त गरे। आचार्य बनेयता उनले निरन्तर शिविर चलाइरहेका छन्।

राजाले अर्थराज्यमन्त्री बनाएपछिका २ वर्ष मात्र उनले शिविर चलाउन पाएनन्। त्यतिखेर उनी क्षेत्रीय आचार्य थिए, देशभरका विपश्यना केन्द्रको रेखदेखको जिम्मेवारी उनमा थियो। तर, मन्त्री नियुक्त भएपछि पनि आचार्य रहिरहँदा विपश्यनालाई राजनीतिसित जोडेर गलत अर्थ लगाइएला कि भन्ने चिन्ताले गुरुजी -गोयन्का) ले उनलाई आचार्य पद छोड्न सुझाव दिएका थिए। ‘मन्त्री भएपछि शिविर नचलाए पनि म सेवाचाहिँ गर्थें,’ उनले थपे। उनी आफैँ पनि शिविरहरूमा नियमित बस्ने गरेका छन्।

अक्सिजन ग्यास उद्योग, रोलिङ मिल्स, स्पिनिङ मिल, कार्पेट उद्योग, मोटरसाइकल, बस, ट्रयाक्टर, कार, पम्पसेट, ट्रक, जेनेरेटर, इलक्ट्रोनिक सामान, ऊन, औद्योगिक ग्यासलगायतका दर्जनौँ व्यवसाय सञ्चालन गरिरहेको ज्योति समूहको उच्च व्यवस्थापन सम्हालिरहेका ज्योतिको बिहान र बेलुकी १ घन्टा विपश्यना साधना दैनिकी नै बनेको छ। हरेक शनिबार बिहान भने उनी विपश्यना ध्यान गर्न मुहानपोखरी नै पुग्छन्। व्यस्त व्यावसायिक जीवनबीच विपश्यनाका लागि किन मरिहत्ते त ? आखिर के छ विपश्यनामा ? ‘विपश्यनाले जीवनका हरेक अवस्थामा जिउने कला सिकाउँछ,’ ज्योति सटिक जवाफ दिन्छन्। “विपश्यना धेरै चिजको कला हो, सर्वप्रथम त यो कसरी सुखी र खुसी जीवन जिउने कला हो,’ पूरक उत्तर उनले थपे।

विपश्यनाबारेमा सत्यनारायण गोयन्काले भनेका छन, ‘ध्यानलाई व्यापार बनाउनुहुँदैन ।’ त्यसो त गोयन्का आफैँ कुनै समय बर्माका ठूला व्यापारी थिए । नेपालका कहलिएका व्यापारिक घरानका डा. ज्योतिचाहिँ विपश्यना रिसर्च इन्स्िटच्युट, धम्मगिरी (भारत) ले प्रकाशन गरेको पुस्तकमा लेख्छन्- ‘विपश्यना व्यापारिक दुनियाँका लागि, उद्योग, वाणिज्य, उत्पादन र आर्थिक गतिविधिका लागि उत्तिकै सान्दर्भिक छ । तर, कसरी ? ‘व्यापारमा लाग्ने जो कोहीको पनि कहिले नाफा कहिले नोक्सान हुन्छ, उत्पादनमा लागेका जो कोहीले मजदुर, कच्चापदार्थ, बजारको समस्या खेप्नुपर्छ,’ भूमिका बाँध्दै उनले पन्च मारे, ‘हामी उकालो लाग्न खोज्छौँ, तर झर्छौं ओरालो, हामी नाफा चाहन्छौँ, तर खान्छौँ घाटा, हामी कामना गर्छौं ब्याजदर घटोस्, तर बढ्छ उल्टो, हामी लागत कम होस् भन्छौँ उल्टो अकासिन्छ। के हामी यी सबै स्थितिलाई शान्तपूर्वक सामना गर्न सक्छौँ ? अवश्य सक्छौँ, यदि हामीले दैनिक विपश्यना साधना गरेका छौँ भने ।’ जवाफ अझै सकिएको छैन। सविस्तार व्याख्या गर्दै उनले जोड्छन्,’व्यापारमा सबै किसिमका मानिससित व्यवहार गर्नुपर्नेहुन्छ। कोही ग्राहक सन्तोकी हुन्छन् कोही किचकिचे, कोही कर्मचारी जिम्मेवार हुन्छन्, कोही कामचोर। हामीसित कस्ता मान्छेसित व्यवहार गर्ने भन्ने विकल्प नै हुँदैन। के त्यस्तोबेलामा हामी उदास नभई काम गर्न सक्छौँ ? जरुर सक्छौँ, यदि विपश्यनाको नियमित अभ्यास गरेको छ भने।’

त्यसो भए ज्योति समूहको सफलताको राज पनि कतै विपश्यना त होइन ? ‘निरोग किन भयो भन्यो भने पथपहरेज, चुरोट, रक्सी नखाएकाले भन्ने कारण पाइएला। राम्रो काम गर्यो भने परिणाम त राम्रो आउँछ, आउँछ,’ जवाफ तराईको राजमार्गजस्तो सिधै छ। ज्योति समूहले विपश्यना शिविर लिन चाहने कर्मचारीहरूलाई तलबी बिदा भने दिने गरेको उनले बताए, जसबाट उनले परिणाम यस्तो पाएका छन् ‘विपश्यना साधना गरेकाहरूबाट काम गर्न सजिलो भएको छ, सहयोगी भाव, अनुशासन र हासमुख वातावरण बनेको छ। व्यवस्थापकहरू थप धैर्यवान्बनेका छन्, कर्मचारीहरू अनुशासित र जिम्मेवार ।’ त्यसो त उनको आफ्नै अनुभव पनि अपत्यारिलो छ। भन्छन्, ‘मैले विपश्यनाबाट धेरै व्यावहारिक लाभ पाएको छु, म सजिलै निराश हुन्नँ, रिसाउँदिनँ, झर्को मान्दिनँ। शील र धर्मले मलाई अन्योलमा बाटो देखाउँछ।’

विपश्यना भारतवर्षमा धेरै वर्ष लोप भएको थियो। बर्मामा भने गुरु-शिष्य परम्पराबाट यो जीवित रह्यो। माइग्रेनबाट सताइएका भारतीय मूलका व्यापारी, हिन्दुवादी नेता सत्यनारायण गोयन्काले गुरु उ बा खिनबाट यो ध्यान सिके। सन् १९६९ देखि गोयन्काले अरूलाई सिकाउँदै छन्। नेपालमा मुहानपोखरी, कीर्तिपुर, पोखरा, वीरगन्ज, लुम्बिनी, विराटनगर र चितवन गरी ७ ठाउँमा विपश्यना ध्यान केन्द्र छन्। मुहानपोखरीमा अंग्रेजी महिनाको हरेक १ र १४ तारिखमा नयाँ शिविर सुरु हुन्छ। शिविर अवधिभर साधकहरूले साधुजस्तै सादा जीवन बिताउनुपर्छ। मुहानपोखरीमा यी जानकारी दिइरहँदा डा. ज्योति आफूले खाएको थाल आफैं माझ्दै थिए। जसलाई उनले यसरी अथ्र्याए, ‘यो थालमात्र धोएको होइन, आफ्नो अहंकार पनि धोएको हो।’

विपश्यनाको सुरुवाती शिविर नै दसदिने हुन्छ। स्तर बढ्दै जाँदा शिविर २० दिन, ३० दिन, ४५ दिन र ६० दिन पनि पुग्छ। यस्ता लामा शिविरमा बस्न उनलाई कसरी समय जुर्छ त ? ‘डाक्टरले १० दिन अस्पतालमा बिताएनौ भने तिमी निकै बिरामी हुन्छौ भन्यो भने तपाइर्ं सबै काम छाडेर अस्पताल जानुहुन्न ?’ विपश्यनालाई उनले यसरी जीवनको अपरिहार्य अंग ठानेका छन्। आइआइटी बम्बेबाट केमिकल इन्जिनियरिङ गर्दा होस् वा हार्वर्डबाट एमबिए, एमपिए र पिएचडी गर्दा युएनडिपीका नेपालस्थित प्रतिनिधिको सल्लाहकार-समेत रहिसकेका ज्योतिले यस्तो ज्ञान अन्यत्र पाएनन्, जो विपश्यनामा पाए। उनकै शब्दमा भन्दा- मनको मैलो सफा गर्ने ज्ञान। साँच्चि लुगा मैलो भए धुन सकिन्छ, शरीर मैला भए नुहाउन सकिन्छ, मन मैला भए के गर्ने ? ज्योतिको भनाइमा विपश्यना नै यस्तो तत्त्व हो, जसले मनको मैला धुन्छ। ज्योति भन्छन्, ‘नुहाउँदा यस्तो लाभ हुन्छ, उस्तो लाभ हुन्छ भने पनि लाभको पत्तो त नुहाएपछि नै लाग्छ, विपश्यनाबारेमा जति वर्णन गरे पनि लाभचाहिँ शिविर बसेपछि नै थाहा पाइन्छ।’ तपाइँ पनि लाभ लिने हो कि ?

(यो सामग्री  प्रमिला देवकोटाले लेखेको र नयाँ पत्रिकाबाट लिएको हो। )

The post हावर्ड पीएचडी होल्डरको विपश्यना यात्रा appeared first on TGuff.

तिम्रो मंगल होस्
एउटा नयाँ अनुभवका लागि आतुर भइरहँदा त्यो क्षण फेरि  म खिस्रिक्क परेँ। मलाई चिन्छु भन्ने विपश्यनाको पूर्व साधक कोही थिएन। फर्ममा कसैको सिफारिश चाहिने स्पष्ट थियो। अध्यात्मको क्षेत्रमा के जिद्दी गरिरहनु। म कर्मचारी दिदीसँग प्रतिवाद नगरी सर्लक्क फर्कें। सोचेँ मेरो सर्कलमा कोही ध्यानी छैनन्। जो छन् ती कहाँ छन् भन्ने टुंगो छैन। यसो गरु कि त्यसो गरु वा के गरुँ… भनेर भौतारिँदै मैले पुरानो वानेश्वर कुमारी क्याफेँमा दुई कप कफी सिध्याएँ। र कसैसँग सल्लाह नगरी अर्को निष्कर्षमा पुगेँ- ‘जे जे भए पनि गएरै छोड्छु।’ सिफारिश बिनाको फर्म लिएर म फेरि ज्योती भवन पुगेँ। ‘सिफारिश भयो ?, साधना विधि पढ्नु भो ? पञ्चशील के हो ?’ कर्मचारी दिदीले सोझो भाषामा सोधिन्। मनोवैज्ञानिक रुपमा अति कमजोर रहेको त्यो बेला मेरो मुखबाट वाक्यहरु थोरै निस्किए। ध्यान त अध्यात्मको क्षेत्र किन यसरी प्रश्नहरु तेर्साउनु परेको होला ? सरक्क जान दिए त भइहाल्यो नि भन्ने लाग्यो। मसिनो स्वरमा भनेँ – ‘सिफारिश त छैन। नरोक्ने भए जान मन छ।’ यो वाक्य सुनेकी दिदीले सरसर्ती मेरो अनुहारको भाव नियालिन्। के ठानिन् थाहा छैन। केही नभनी फर्म स्वीकारिन् र खुरु खुरु ध्यानमा जानेहरुको सूचिमा मेरो नाम पनि चढाइदिन्। पीडा र छटपटीले मर्दै गरेको माछोले तलाउ पाए झैँ मन प्रशन्न भयो। १० दिन साधना गर्दा कस्तो होला भन्ने मीठा कल्पना साँच्दै म रिपोर्टिङको लागि सर्वोच्च अदालततिर लागेँ। अध्यात्मको सिँढीमा त्यो मेरो पहिलो पाइला थियो।

साधना यात्राको पाँच वर्ष पूरा भएर ६ वर्ष लाग्दा म जीवन यात्राका धेरै विष/अमृत पिएर फेरि धम्मश्रृङ्गमै आइपुगेको छु। बुद्ध पूर्णिमा अघिको १० दिने शिविरका लागि आज अपराह्न साधकहरु आइपुग्दैछन्। केही समय ध्यान गर्ने र सिध्याएको कामको एउटा फाइल कम्प्युटरमा ट्रान्सफर गरिदिएर साँझतिर फर्कने योजनामा छु। यो बिहानी खाजाको समय हो। लङ कोर्स हुने क्षेत्रको नजिकै एउटा मृग निर्भयपूर्वक चरिरहेछ। शिवपुरी राष्ट्रिय निकुञ्जको घना जंगलमा चराचुरुङ्गीको चिरबिर आवाजले प्रकृतिबोध गराइरहेछ। अनि मन चङ्गा र शान्त छ।

ओहो ! मेरो जीवन यात्रालाई सम्यक मार्गमा ल्याउन कति धेरै मान्छेहरुको योगदान ! कति धेरै मान्छेहरुको सहयोग !!! ज्योति भवनकी दिदीले त्यो दिन सिफारिश बिनै अनुमति नदिएको भए म जीवनभरि नै यहाँ आउथेँ वा आउदैनथेँ। त्यो पहिलो शिविरमा आचार्य गोयन्का र उपस्थित भएका लक्ष्मीनारायण खेम्का/वसन्त तामाङले त्यति मिहिनेतपूर्वक साधना विधि पालना गर्न नलाएको भए मैले यति धेरै सिक्न सक्थेँ वा सक्दैनथेँ। त्यो शिविरमा मेरो साधनामा सहयोग पुर्‍याउने भोलन्टियरहरु अजित दाइ र दिनेश दाहाल दाइ र अर्को एकजना स्पेनिस भोलन्टियर सम्झिरहेछु। ती सबै मेरा रोल मोडल थिए। सेवा पाएको मात्र हैन साधनाका अनेकौं पक्ष अप्रत्यक्ष सिकाउने यी व्यक्ति सम्झिँदा हृदय कृतज्ञताले भरिन्छ।

सन् २००९ को अन्तिमतिर भेट भएकी झरना, ६० दिने कोर्स समेत सञ्चालन गरिसक्नु भएका आचार्य आनन्द र सेनाका पूर्व कर्नेल नरबहादुर गुरुङले लर्खराउँदै गरेको मेरो साधनालाई स्नेहपूर्वक सही मार्गनिर्देश गरेकै कारण साधनाको क्षेत्रमा म यतिको स्थिर छु। जब मेरो आँखामा यी इमेजहरु घुम्छन् कृतज्ञताको भाव जागेर आउँछ; सम्मानको भाव जागेर आउँछ।

यो पाँच वर्षमा धेरै किसिमका मान्छेको संगत पाएँ। ती हरेक पात्र र प्रवृत्तिले मलाई रोमाञ्चक बनाउँछन्। पैसाको अभावमा दुःखको घुट्का पिएर बाँच्न विवशहरु, प्रशस्त धन र राम्रो पोजिसनसँगै घमण्डको नशाले मातेकाहरु, सानोतिनो जागिरसँगै बजार र बेहोसीले जीवनलाई छर्लप्प छोप्नेहरु, गरिबीले पिल्सिएर दुई छाक टार्न छटपटाइरहेकाहरु अनि प्रशस्त धन भएर पनि जीवनमा दुःखै दुःख बढाएर निदाउन स्लिपिङ पिल्स लिनुपर्नेहरु। र धन भएर पनि पनि धनको फुइँ नगरी बाँचेका मनकारीहरु। सम्पत्ति खातिर कठोर परिश्रम गर्नेहरु अनि जीवनको आनन्दमा मग्न हुँदै प्रोग्रेसलाई आफ्नो छायाँ जसरी पछि लगाएर आनन्द र शान्तिको जीवनयापन गर्नेहरु। मानव दुःखप्रति करुणाभाव राख्दै हर्दम अरुको घाउमा मल्हम लाउन तत्पर हुनेहरु र त्यही दुःखलाई सबैभन्दा ठूलो बोझ ठानेर मन सिर्जित अनन्त इच्छाको भोग विलासतर्फ लागेकाहरु।

मैले देखेँ कुनैबेला सिंह जस्तो गर्जन लिएर हिँड्नेहरु केही वर्षको अन्तरालमै भिजेको मुसोजस्तो बनेको। मैले देखेँ कुनै बेला पीडा, छटपटी अनि निरासाले गाँजेर जीवन घिसार्दै हिँड्नेहरु दुई चार वर्षमै अनन्त आनन्दमा स्थापित हुँदै गएको। र म हरेक दिन देखिरहेछु बूढेसकालले गाला चाउरी परिसकेकी एक वृद्ध आमा। जो रोगले छटपटाइ रहेछिन्। दुःखाइको ऐया… आत्थो… सँगै तिनले निकाल्ने सुस्केराले कहिले कहीँ रातको निद्राबाट ब्युँझन्छु। अनि आफैँलाई सोध्छु- संसारमा को चाहिँ सुखियारा छ र ? कुन चाहिँ उमेरको मान्छे वास्तविकताको तहमा सुखी भएको हुन्छ ? धन नै सुख प्राप्ति हो भने संसारको सम्वृद्ध अमेरिका, स्क्यान्डिनेभियन मुलुकहरु र अरब विश्वका मान्छे सबैभन्दा बढी आनन्द र शान्तिमा स्थित हुन्थे होला। नेपाल, इथयोपिया, अमेरिका, न्युजिल्याण्ड, मंगलग्रह वा चन्द्रमा कहाँ छ सुख ? को छ सुखियारा ? अनि कसले भोगिरहेछ शान्ति र आनन्दको जीवन ?

फरक समय र स्थानमा भेटिएका यी हरेक पात्र र प्रवृत्ति मेरो जीवनका थप गुरुहरु हुन्। यी सबैबाट मैले केही न केही सिकेको छु। यी सबले मेरो अध्यात्म यात्रालाई थप पुष्ट पार्न सघाएका छन्। मेरो सद्भाव छ सबैप्रति; सम्मान छ सबैप्रति। परिवर्तनशील जीवनको यो अनित्य यात्रामा मेरो जीवनका हरेक पल सम्यक मार्गमा मात्र चलेका छैनन्। वाणि/शरीर/चित्तले जो जसलाई जहाँ जहाँ हानी पुर्‍याएँ सबैसँग माफी चाहन्छु। सबैसँग क्षमा चाहन्छु। जसका व्यवहारले मलाई दुःखी बनायो तिनले मनमा अलिकति पनि अपराधबोध गर्नु पर्दैन। सबलाई उन्मुक्ति छ; माफी छ। सबको मंगल होस् ! सबको कल्याण होस् !!

The post तिम्रो मंगल होस् appeared first on TGuff.