अनिल शाह र युवराज घिमिरे सँगसँगै

Sat Sep 15 0 Comments
रिम्पोचे, घिमिरे र शाह। असोज ६ गते शनिबार लिभिङ फुल्ली अन्तरक्रियामा भेटिनेछन्।

मेघा बैंकका सीइओ अनिल शाह र पत्रकार युवराज घिमिरे नेपाल लिट्रेचर फेस्टिबलमा एकै साथ देखापर्ने भएका छन्। स्याल्पा तेन्जिङ रिम्पोचेको पुस्तक ‘लिभिङ फुल्लीः फाइन्डिङ जोय इन एभ्री ब्रेथ’ बारेको अन्तरक्रियामा घिमिरे र शाह एकै साथ उपस्थित हुने निश्चित भएको हो। व्यवहारिक अध्यात्मलाई प्रकाश पार्ने ‘लिभिङ फुल्ली’ अमेरिकी प्रकाशन कम्पनी न्यु वर्ल्ड लाइब्रेरीले प्रकाशन गरेको पुस्तक हो। अमेरिका बस्ने लेखक रिम्पोचे अहिले पुस्तकको नेपाली संस्करण प्रकाशनका लागि काठमाडौंमा छन्। असोज ६ गते दिउँसो २ देखि ३ बजेसम्म चल्ने अन्तरक्रियामा उनी समेत सहभागी हुनेछन्। अध्यात्मप्रति रुचि भएका बैङ्कर शाह ‘लिभिङ फुल्ली’बाट प्रभावित छन्।

‘लिभिङ फुल्ली’को नेपाली संस्करण पत्रकार युवराज घिमिरे र मनोज दाहालले तयार पारेका हुन्। ‘प्रत्येक श्वासमा आनन्द : पूर्णताको जीवन’ शीर्षकको नेपाली संस्करण २१ सेप्टेम्बरमा शुक्रबार नेपालमा सार्वजनिक हुनेछ। पुस्तकको नेपालमा प्रकाशन अधिकार साङ्ग्रिला बुक्सले लिएको छ।

के भन्छन् रिम्पोचे? भिडियो हेर्नोस्

टफ भिडियो ? 🙂 टेलिभिजन कार्यक्रम टफ टकका प्रस्तोता दिलभुषण पाठक भिडियो सुट गर्दै। झ्यालबाट हेर्नेलाई चिन्नु भयो? बैंकर अनिल शाह। Photo: Tracy Yang
Rinpoche

Leave a Reply

Your email address will not be published. Required fields are marked *