को हुन् लिट्रेचर फेस्टिबलका ब्युटी?

Fri Sep 14 0 Comments
झरनाले फेस्टिबल सुरु भएको दिन ५-६ बजे ‘अलमस्ट सिंगल’की लेखिका अद्वेत कलासँग सम्वाद गर्नेछिन्।

इरा त्रिवेदीलाई फ्लाइङ किस हान्दै ‘आइ लभ यू’ भन्ने ठिटाहरु यतिबेला सोच्दैछन्– नेपाल लिटरेचर फेस्टिबलमा यो पटक कसलाई हेर्न जाने? तिनलाई के प्रश्न तेर्साउने? असोज ४ देखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चल्ने फेस्टिबलमा नेपालकी मोडल–हिरोइ झरना बज्राचार्यदेखि इन्डियन एक्स्प्रेस ग्रुपको म्यागेजिन आउट लुकका सम्पादक विनोद मेहेतासम्म सहभागी हुनेछन्। एक सय भन्दा बढी नेपाली र पाँच जना भारतीय साहित्यकार छन्’, फेस्टिबलका निर्देशक अजित भन्छन्। भारतीय लेखकहरु सुनिल गंगोपाध्ये, अमिस त्रिपाठी, अदभैता कला, कुमार प्रधान र मनप्रसाद सुब्बाले नेपाली पाठकसँग साक्षात्कार गर्नेछन्।

नारायण वाग्ले मोडरेटर रहेको ‘हाउ मिडिया टक टु अस’ शीर्षकको कार्यक्रममा नागरिक सम्पादक किशोर नेपाल, कान्तिपुर सम्पादक सुधीर शर्मा र द हिमालयन टाइम्सका सम्पादक अजयभद्र खनाल रहने शेषन मलाई मन परेको छ। अर्को छुटाउन मन नलागेको शेषान युवराज घिमिरेले इन्डियन एक्सप्रेसका सम्पादक विनोद मेहेतासँग गर्ने सम्वाद हो। ‘हावर्डबाट पीएचडी गरे पनि बिहारको राजनीति बुझ्न सकिँदैन’ भन्ने मिथलाई च्यालेञ्ज दिँदै घिमिरे कुनै बेला राजनीति रिपोर्टिङ गर्न पटनादेखि नयाँ दिल्ली पुगेका थिए। अहिले पनि इन्डियन एक्सप्रेससँग आवद्ध घिमिरे मेहेताको जीवन यात्रालाई नजिकबाट नियाल्ने थोरै व्यक्तिमध्ये पर्छन्।

अरु केही शेषनहरु राम्रा छन्। फुर्सद र प्राथमिकता बनेमा तिनका गफ पनि सुन्न मन छ। कतिपय वक्ता र सञ्चालक दोहोरिएका छन्। बहुआयामिक व्यक्तित्व भएर होला 🙂 शीर्षक राम्रा भए पनि वक्ताका दृष्टिले केही शेषन झुर पनि छन्- रिक्त स्थान पुरयत पाराका 🙂 कार्यक्रमको विस्तृत स्केजुवल हेर्न यहाँ क्लिक गर्नुहोस्। र मनपर्ने शेषन छान्नुहोस्।

यस पटकका आकर्षण

लेखक/पत्रकार नारायण वाग्ले सधैँका आकर्षणः गत वर्ष उनी प्यानलिष्ट थिए। यो वर्ष उनी मोडरेटर छन्।


बेस्ट सेलर उपन्यासकी लेखिका अद्वेत कला। बाल्यकाल काठमाण्डूमा बिताएकी उनीसँग झरना बज्राचार्य र ऋचा भट्टराईले दुई अलग अलग शेषनमा सम्वाद गर्नेछन्।

vinodmeheta
आउट लुक म्यागेजिनका सम्पादक विनोद मेहेता अर्को आकर्षण हुन्। उनीसँग पत्रकार युवराज घिमिरेले सम्वाद गर्नेछन्।

Ira Trebedi
इरा त्रिवेदी गत सालकी आकर्षण।

फेस्टिबल प्रवर्द्धनका लागि बनाएको भिडियो यस्तो र’छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *