नयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन्

Sat Oct 14 0 Comments

उनी राजकुमार थिए तर राजगद्दीमा बसेनन्। उनी दरबारमा हुर्किए तर राजकागज गरेनन्। राजकुमारीसँग विवाह गरे तर गृहस्थ जीवन बिताएनन्। तथागत बनेर मान्छेलाई शान्तिको बाटो देखाए तर महासागर तरेर उत्तर अमेरिका पुगेनन्। हो, उनी बुद्ध थिए र यो २६ सय वर्ष अघिको कुरा हो। बुद्ध जन्मे हुर्केको समय र अहिलेको मानव समाजबीच ठूलो अन्तर छ। यतिबेला […]

Read More

सर्वोच्चका न्यायाधीश विपश्यना ध्यान केन्द्रमा

Mon Aug 29 0 Comments

उनीहरुले दिनदिनै लेख्नुपर्छ, ‘तथ्य, सिद्धान्त र कानुनी व्यवस्थाको आधारमा प्रतिवादीहरुले ऐनअनुसार प्रतिकूल हुनेगरी सेवा प्रदान गरेको कारणले पीडितले क्षति ब्यहोर्नु परेको देखिँदा पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन।’ दिनदिनै भन्नुपर्छ, ‘संविधानको धाराअनुसार रिट निवेदन खारेज हुने ठहर्छ।’ हो, सर्वोच्च अदालतका न्यायाधीशहरुले दैनिक यस्तै आदेश दिनुपर्छ। यस्तै फैसला लेख्नुपर्छ। तर सर्वोच्च अदालतका ७ न्यायाधीशको २७ अगस्ट (२०२२) […]

Read More

‘बस्, सकियो त कुरो!’

Sat Jul 16 0 Comments

प्योङयाङ अवतरण गर्ना साथ उनीहरुको निजी स्वतन्त्रता कटौतीमा परिहाल्यो। सबैका मोबाइल फोन, क्यामेरा र पासपोर्ट जफत गरिए। उत्तर कोरियामा बाहिरी प्रभाव शून्य थियो। इन्टरनेट, रेडियो, पुस्तक वा पत्रपत्रिकाको पहुँच बर्जित थियो। उनीहरु बाँकी संसारसँग पूरापूर सम्पर्कबिहीन भए। सन् २००६ मा नेशनल जियोग्राफिक टेलिभिजनका तर्फबाट उत्तर कोरियामा सन्दुक रुइतको साथ लागेकी अमेरिकी पत्रकार लिजा लिङको विचारमा […]

Read More

विपश्यना ध्यानपछि नक्खुका कैदीले भने: ‘जेल पठाउनेलाई धन्यवाद छ’

Sun Mar 13 0 Comments

एउटा स्थान जहाँको बासले घृणा, द्वेष र प्रतिशोध पग्लेर जीवन स्नेह, करुणातर्फ सोझिन्छ भनेर कल्पनै गरिन्न। पीडा र पश्चताप खुशी, आनन्दमा रुपान्तरण हुनसक्छ भनेर सोच्दै सोचिन्न। हुन पनि ४ दिवारभित्र सीमित कैदी जीवन खुशीको विषय हुँदै होइन। तर १६ देखि २७ फागुनसम्म (२०७८) नक्खु कारागारका ३५ कैदीबन्दीले केही फरक अनुभव गरे। दश दिने शिविरमार्फत् विपश्यना […]

Read More

ताता दिनहरू आउनेछन्

Sat Nov 13 0 Comments

मान्छेले दिनदिनै जीवनयापनका सुविधा र उपभोग क्षेत्र थप्दै गइरहको छ । हातहातमा चल्ने स्मार्टफोनको ब्याट्री आयु बढाउनेदेखि, लाखौं टेगाबाइट डाटा भण्डारण गर्ने क्लाउड सेन्टरसम्म । खाना पकाउने चुल्होदेखि एउटा बटन दबाउँदा तातो/चिसो पानीले दिशा धुने ट्वाइलेट ब्रससम्म । प्रत्येक दिन सूर्य उदाउँदा करोड डलर कमाइ गर्ने ठूला उद्योगदेखि लिफ्टको सहारामा चढ्नुपर्ने गगनचुम्बी व्यापारिक भवनसम्म । रिमोट दबाउँदा घरकै ताप […]

Read More