सम्पादकहरुबीच तातो बहसमा के भयो? (Live Recorded)

Thu Sep 20 0 Comments

नेपाल लिट्रेचर फेस्टिभलमा ‘हाउ मिडिया टक्स टु अस’ शीर्षकको सेसन लाइभ अपडेट गर्न हामी उपस्थित भएका छौं। नारायण वाग्ले मोडरेटर रहने यो सेसनमा कान्तिपुरका सम्पादक सुधीर शर्मा, नागरिकका सम्पादक किशोर नेपाल, द हिमालयन टाइम्सका सम्पादक अजयभद्र खनाल प्यानलिष्ट छन्। लाइभ हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।

***
नेपाल लिट्रेचर फेस्टिभलमा भोलि शुक्रबारको मिडियासम्बन्धी सेसन टिगफले लाइभ गर्ने भएको छ। मिडियाको गुण नै हो यो सधैँ बोल्छ। अहिलेसम्म हाम्रा मिडियाहरुले पनि धेरै बक्-बक् गरिसके। फस्टाएको मिडिया उद्योगले देशलाई सम्वृद्ध पार्नतिर मद्दत पुर्‍याएको छ त? भनिन्छ ‘रिच मिडिया, पोवर डेमोक्रेसी’। कतै नेपालमा पनि लोकतन्त्र संस्थागत नहुनुमा मिडिया दोषी छन् कि? के दिइरहेका छन् मिडिया र कसरी लिइरहेका छन् पाठक? यो तातो बहस भोलि शुक्रबार ११ बजेदेखि नेपाल लिट्रेचर फेस्टभिलमा हुँदैछ।

‘हाउ मिडिया टक्स टु अस’ शीर्षकको अन्तरक्रियाका मोडरेटर पत्रकार नारायण वाग्ले छन्। प्यानलिष्टहरुमा कान्तिपुरका सम्पादक सुधीर शर्मा, नागरिकका सम्पादक किशोर नेपाल, द हिमालयन टाइम्सका सम्पादक अजयभद्र खनाल छन्। अन्तरक्रिया टिगगफले ११ बजेदेखि १२ बजेसम्म लाइभ अपडेट गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *