हिमालयन ह्वाइटहाउस स्कूलमा ध्यान
प्रत्येक बुवाआमा चाहन्छन्— आफ्नो बच्चा स्वस्थ होस्, राम्रो पढाेस्, बलियो मानसिक अवस्थामा रहोस्र अनि पूरै जीवन उल्लासमय बाँच्न सकोस्। मनले चाहँदैमा परिणाम त आइहाल्दैन। सबैभन्दा पहिला बाटो खोज्नु पर्यो, भेट्नु पनि पर्यो। अनि त्यो बाटोमा आइपर्ने सजिला, अप्ठ्यारा सामना गर्दै अघि बढ्नु पनि पर्यो। अनि पो पाइएला राम्रो स्वास्थ्य, राम्रो व्यवहार, राम्रो पढाई र उज्यालो भविष्य।
यही सपना साँचेर त बुवाआमाले छान्छन्— राम्रो स्कूल। काठमाडौंको राम्रो मध्येको एउटा स्कूल हो, हिमालयन ह्वाइट हाउस आइबी वर्ल्ड स्कूल। ४ मे २०२५ मा स्कूलले एक दिने (१० देखि ३ः३० बजे) ध्यान शिविर सञ्चालन गर्यो। त्यसमा १३ वर्ष मुनिका ४४ जना विद्यार्थी सहभागी थिए। नेपाल विपश्यना केन्द्रबाट सहायक आचार्य एवं सेवकले ध्यान सत्र सञ्चालन गरेका थिए।
किन आनापाना ध्यान ?
खाना बरु नखालान् तर बच्चाहरु हिजोआज मोबाइल फोन, डिजिटल ग्याजेटमा झुन्डिन छोड्दैनन्। खेल, सञ्चार, मनोरञ्जन त्यहीँ छ र उपयोग गर्न जान्दा शिक्षा पनि त्यहीँ छ। बच्चालाई रमाइलो लाग्नु स्वभाविकै हो। तर परिणाम ? वैज्ञानिक अनुसन्धानहरुले पुस्टि गरेका छन्— ध्यान केन्द्रित हुन नसक्ने, धैर्य क्षमता घट्ने र नोमोफोबिया सहित अरू खालका मनोस्वास्थ्य समस्या उत्पन्न गराउँछ।
अनि बाल शिविरले के सिक्छन्? बालशिविरमा स्कूले विद्यार्थीले अध्ययनमा केन्द्रित हुनेदेखि मनोस्वास्थ्य राम्रो बनाउनेसम्मको विद्या सिक्छन्।
- ध्यान एकाग्र बनाउन सिकाउँछ, पढाइ-लेखाइमा सहयोग पुग्छ।
- इमोसन नियन्त्रण गर्छ, मानसिक रुपमा बलियो बनाउँछ।
- सम्झना शक्ति क्लियर पार्छ। पढेको कुरा स्पष्ट स्मरण गराउँछ।
- एन्जाइटीलाई घटाउँछ, चिन्ता, डर, नर्भसनेस घटाउँछ। मानसिक ताजगी बनाइराख्छ।
- निर्णय, सही निर्णय क्षमता अभिवृद्धि गराउँछ।
- अरुले भनेका कुरा राम्रोसँग सुन्ने बनाउँछ, तत्कालै गहिराइदेखि कुरा बुझ्न सक्ने बनाउँछ।
- मस्तिष्कलाई बलियो पार्छ, हत्तपत्त विचलित नहुने बनाउँछ।
- घृणा र दुर्व्यवहार घटाउँछ, स्नेह र सद्भाव बढाउँछ।
यिनै फाइदा भएर हो, पछिल्लो समय काठमाडौंका राम्रा स्कूलहरु एक दिवसीय आनापान ध्यान शिविर सञ्चालन गर्न सकेसम्म कोसिस गर्छन्। प्रिमियर इन्टरनेसनल आइबी कन्टेनियम स्कूलले एक वर्षभन्दा अघिदेखि नानीबाबुहरुका लागि बाल शिविर सञ्चालन गर्दै आएको छ। डीएभी स्कूलले निकै वर्षदेखि आफ्ना विद्यार्थीलाई आनापाना ध्यान सिकाउँछ। अघिल्लो वर्ष माछापुच्छ्रे आइबी वर्ल्ड स्कूलले एक दिवसीय ध्यान शिवर सञ्चालन गरेको थियो।
तीनकुने स्थित हिमालयन ह्वाइट हाउस आइबी वर्ल्ड स्कूलले नेपाल विपश्यना केन्द्रमा सम्पर्क राखी एक दिवसीय ध्यान शिविर सञ्चालन गरेको हो। प्रिमियर आइबी कन्टेनियम स्कूलले पनि उही प्रक्रिया अपनाएर बाल शिविर सञ्चालन गर्छ। आफ्नो स्थान नजिक पर्ने विपश्यना ध्यान केन्द्रमा सम्पर्क गरी अरू स्कूलले पनि एक दिवसीय बाल शिविर सञ्चालन गर्न सक्छन्। नेपालमा सातै प्रदेशमा १९ वटा विपश्यना ध्यान केन्द्र छन्। विपश्यना ध्यानको पहिलो पाइला आनापाना ध्यान हो। एक दिवसीय शिविरमा विद्यार्थीले त्यही पहिलो पाइलाको पनि ए, बी, सी, डी मात्र सिक्छन्। खाँदै, खेल्दै ध्यान सिक्छन्।
बल्ल यतिको भिडियो बन्यो