वाग्ले र शर्मा एकै साथ

Sat Mar 24 0 Comments


प्रतिस्पर्धी दैनिकहरु नागरिक र कान्तिपुरका सम्पादकहरु आउने साता एकै कार्यक्रममा उस्तै जिम्मेवारीका साथ भेट हुनेछन्। रवीन्द्र मिश्रको पुस्तक खान पुगोस् दिन पुगोस सार्वजनिक कार्यक्रममा नागरिकका नारायण वाग्ले र कान्तिपुरका सुधिर शर्माले पुस्तकमाथि टिप्पणी गर्नेछन्। ३१ मार्चका दिन नेपालय शालामा सार्वजनिक हुने पुस्तकका अर्का टिप्पणीकर्ता अभि सुवेदी छन्।

बजारमुखी पत्रकारितामार्फत् कल्याणकारी कार्यको वकालत गर्ने मिश्रको फरक प्रयास एकबेला निकै चर्चाको विषय बनेको थियो। यही विषय केन्द्रित रहेर उनले कान्तिपुर र नागरिकमा लेखेका निबन्धहरु खान पुगोस दिन पुगोसमा पढ्न पाइनेछ।

पहिलो पुस्तक भूमध्यरेखा बिक्रीबाट प्राप्त सबै रकम चितवन कान्दाको चेपाङ समुदायलाई प्रदान गरेका मिश्रले दोस्रो पुस्तकको सबै लेखकस्व सोही समुदायलाई दिने निर्णय गरेका छन्। ‘हो यो पटक पनि मेरो पुस्तक बिक्रीको सबै लेखकस्व चेपाङ समुदायलाई नै हुनेछ’, रवीन्द्रले सुनाए।

कल्याणकारी कामको क्षेत्र नबदलेका उनले प्रकाशक संस्था भने फेरेका छन्। फाइन प्रिन्टबाट पहिलो पुस्तक प्रकाशन गरेका उनले दोस्रो पुस्तकका लागि नेपालयलाई चयन गरेका छन्। दुवै एक अर्काका प्रतिस्पर्धी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *