खुमबहादुर जेल गए कार्यकर्ताले आँधीहुरी ल्याउने रे :)

Sat Aug 11 0 Comments


चोरको खुट्टो काट् भन्दा खुट्टो उचाले झैँ भ्रष्टाचार मुद्दाको फैसला मिति नजिकिँदै जाँदा खुमबहादुरले कार्यकर्तामार्फत् खुट्टो उचालेका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरु कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायले साउन ३० गते खड्काको भ्रष्टाचार मुद्दा सुनाउँदैछन्। तर जेल जाने निश्चित नै नभइ खड्काले अदालतलाई प्रभावति पार्नेगरी धम्की दिन कार्यकर्ता परिचालन गरेछन्। ऋषि क्लबमा आज खड्काका कार्यकर्ताले खुट्टो उचाल्दै भने- ‘खड्कालाई जेल पठाए देशव्यापी बन्द तोडफोडमा उत्रन्छौं।’

तरुण दल अध्यक्ष उदय सम्सेर राणाले त खड्कामाथि लागेका मुद्दा नै झुटा भएको दाबी गरे। ‘बाबुराम भट्टराई सरकारले माओवादी कार्यकर्ता र अन्य जनताका लागि अलग अलग कानुनको अभ्यास गरिरहेको छ’, राणाले भने- ‘अदालतले सर्वोश्वसहित जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुङगेल खुलेआम हिँडिरहेका छन् देशमा सामान्य जनतालाई र माओवादीलाई अलग अलग कानूनको प्राक्टिस भइरहेको छ।’

खुमबहादुरलाई सरकारले जेल पठाए देशव्यापी प्रतिकार गर्ने चेतावनी राणाले दिएका थिए। महासमिति सदस्य सदस्य राजु श्रेष्ठ, गणेशबहादुर विष्ट, हेमन्त मल्ल, र शंकरदेवका स्ववियू सभापति शुभराम बस्नेतले खुमबहादुर निर्दोष रहेको दाबी गरे। उनीहरुले खुमबहादुर खड्काको पक्षमा फेसला नभए काग्रेसको युवाहरुले आन्दोलनको आँधिवेहरी ल्याउने चेतावनी दिएका छन्।

***
यातायात व्यवसायीहरु कानुन पालना गर्नु पर्यो भनेर सेव बन्द गरी आन्दोलनमा उत्रिने!

माओवादी अदालतले हत्यारा भनेर फैसला सुनाएकालाई माला लार राख्ने!

कांग्रेसी युवा अदालतलाई धम्क्याउँदै खुमबहादुर ‘दाइ’लाइ भ्रष्टाचारी भन्देला भनेर आन्दोलन गर्ने धम्की दिने!

उफ! हाम्रो नेपालका आश्चर्यहरुको सूचि लामै बन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *