भ्रष्ट खड्का जेल जाँदा कार्यकर्ता तोडफोडमा उत्रिए

Tue Aug 14 0 Comments


गोविन्दराज जोशी र खुमबहादुर खड्कामा केही समानता छन्। दुवैजना कुनै बेला गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र थिए। दुवैले गृह मन्त्रालय सम्हाले। र आज खुमबहादुर खड्कालाई सर्वोच्चले जेल पठाएपछि यी दुइबीच अर्को समानता पनि थपिएको छ- भ्रष्टाचारी। २०४८ सालदेखि २०५८ सम्मको एक दशक अवधिमा अधिक बजेट चलखेल गर्ने मन्त्रालय नेतृत्व १२ पटक सम्हालेका खुमबहादुर खड्कालाइ सर्वोच्च अदालतको डेढ वर्ष कैद र ९४ लाख ७४ हजार रुपियाँ जरिवाना गर्ने आदेश दिएको छ।

अकुत सम्पत्ति कमाएको सहित बक्राहा नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार गरेको आरोपमा खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक बयानपछि २०५९ कात्तिक १३ गते पक्राउ गरी थुनामा राखेको थियो। मोरङको बक्राहा नदी नियन्त्रण आयोजनाको ११ करोड ४७ लाख ८८ हजारको निर्माण ठेक्का, बिना प्रतिस्पर्धा साविककै ठेकेदारलाइ दिएर ४ करोड ५ लाख ९० हजार भ्रष्टाचार गरेको अभियोग लगाइ ६ वर्ष कैद सजाय माग गर्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। खड्काले मन्त्रिपरिषदबाटै निर्णय गराइ यी ठेक्का दिएका थिए। उनीसँग भएको २ करोड ७५ लाख ९८ हजार रुपैयाँ सम्पत्तिमध्ये ३९ लाख १० हजार मात्र वैध भएको ठहर अख्तियारको थियो। खड्का २०५९ पुस १९ गते ३ करोड धरौटीमा रिहा भएका थिए।

२०३४ सालमा कांग्रेस केन्द्रीय सदस्य नियुक्त भए। त्यसपछि उनको सधैँ उनी कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभावशाली छन्। खड्कालाई सर्वोच्चले जेल पठाउने निर्णय गर्दा सडकमा गाडी तोडफोड हुनुको कारण पनि त्यही भएर हो। २०५९ मा कांग्रेस विभाजन हुँदा देउवातिर लागेर कांग्रस प्रजातान्त्रिकको महामन्त्री बन्न सफल भएका थिए। गिरिजाप्रसाद कोइरालाले पार्टीमा फर्कन आह्वान गरेपछि एकीकरण अघि नै खड्का पार्टी प्रवेश गरेका थिए। २०३३ सालमा वीपीले मेलमिलापको नीति लिएर स्वेदश फर्किंदा खुमबहादुर सँगै थिए।

कुन सालमा के मन्त्री बने खुमबहादुर ?
२०४८ साल निर्माण तथा यातायात मन्त्री
२०५२ स्थानीय विकासमन्त्री
२०५२ गृहमन्त्री
२०५३ गृहमन्त्री
२०५५ वन तथा भूमसंरक्षणमन्त्री
२०५५ आपूर्तिमन्त्री
२०५६ स्थानीय विकास, आवास तथा भौतिक योजनामन्त्री
२०५६ निर्माण तथा यातायातमन्त्री
२०५६ जलस्रोत, भौतिक योजना तथा निर्माणमन्त्री
२०५७ भौतिक योजना तथा निर्माणमन्त्री
२०५८ गृह तथा स्थानीय विकासमन्त्री
२०५८ गृह तथा स्थानीय विकासमन्त्री

जगत नेपालको पुस्तक: सडक, सत्ता र सदनमा नेपाली कांग्रेसबाट

खुमबहादुर जेल गए कार्यकर्ताले आँधीहुरी ल्याउने रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *