विजयकुमारको पुस्तकमा करिस्माको यौन र जीवन

Tue Aug 28 0 Comments


टेलिभिजन कार्यक्रम प्रस्तोता विजयकुमार यतिबेला पुस्तक लेखिरहेका छन्। अध्यात्मिक चिन्तन मननमा रुचि राख्ने विजयकुमार पुस्तकको प्रोडक्सन टाइटल (पुस्तक लेखिरहँदाको शीर्षक) ‘बेहोसीबाट मुक्ति’ हो। फाइन प्रिन्टसँग १० लाख रुपैयाँ रोयल्टीमा सम्झौता गरेर लेख्न थालेका विजयकुमारको पुस्तकमा त्यस्तो खास गुदी चै के छ त ?

धेरै कुरा के छ खुलेको छैन। तर पुस्तकको एक च्याप्टर हिरोइन करिस्मा मानन्धरको यौन, जीवन र पैसा अनुभव दृष्टिकोण हुने निश्चित भएको छ। पुस्तकका लागि विजयकुमारले करिस्मासँग केही महिनाअघि होटल याक एण्ड यतिमा लञ्च कुराकानी गरेका थिए। विजयकुमारका सहकर्मीहरु यतिबेला उनी सो च्याप्टराइ अन्तिम सम्पादन गरिरहेको बताउँछन्। यसअघि विजयकुमारले करिस्माको जीवन गाथा टेलिभिजनमा र नेपाल म्यागेजिनमा भावुक शैलीमा उतारिसकेका छन्।

‘सेक्स गर्न नपाउँदैमा मान्छे मरिहाल्दैन, तर खान पाएन भने मर्नसक्छ’, याक एण्ड यतिको कुराकानीमा करिस्माले विजयकुमारलाई भनेकी छिन्– ‘त्यही भएर मान्छेका लागि सेक्सभन्दा खानेकुरा महत्वपूर्ण छ।’

आफ्ना लेखनमा बारम्बार बुद्धिस्ट धर्मगुरू रिम्पोचेको नाम जोड्न रुचाउने विजयकुमार पुस्तक लेखन सिलसिलामा पनि धेरै पटक तिब्बतीयन गुम्बाहरुमा पुगेका छन्। आइतबार पनि उनी कपनतिरको एउटा गुम्बामा झुल्किएका थिए। त्यहाँ उनले एकजना जेन-तिब्बतीयन रिम्पोचेसँग केही समय बिताएर फर्किए।
१० लाखे सम्झौता: पुस्तक प्रकाशनका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्दै विजयकुमार (बीच) र फाइन प्रिन्टका अजित र निरज। तस्विर साभार : इकान्तिपुर

रुक्मांगत अटोबाग्राफी लेख्दै
प्रचण्डलाई प्रधानमन्त्रीबाट घोक्रेठ्याक लाउने तत्कालीन प्रधान सेनापति रुक्मांगत कटवाल अटोबायोग्राफी निकाल्ने तर्खरमा छन्। प्रधानसेनापतिबाट अवकास पाएपछि राजनीतिमा प्रवेश गर्ने हल्ला चलिरहेका बेला कटवालको अटोबायोग्राफी नेपालयले प्रकाशन गर्ने निश्चित भएको हो। कटवालको अटोबायोग्राफी सम्पादनको काम नागरिक दैनिकबाट भर्खरै बाहिरिएका पत्रकार किरण भण्डारीले गरिरहेका छन्। सत्ता, शक्ति र पदको दुरुपयोग गरी जनआन्दोलन दमन गरेको अभियोग लागेका कटवालको लेखनी व्याख्यात्मक नभएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *