अमेरिकामा डेरा चाहर्दै माकुने

Sun Sep 16 0 Comments

MK Nepal USA3
विदेश जान भनेपछि नेता-मन्त्री भिसा नै नलाइ उफ्रिँदै विमानस्थल पुग्छन्। प्रधानमन्त्री भइसकेका माकुने त झन् विदेश जान भनेपछि कुटनीतिक मर्यादाको समेत ख्याल गर्दैनन्। झोले टुरिस्ट जस्तो एउटा टिकट लियो, चल्दियो। दुई साता अघि अमेरिका हुँदै क्यानडा पुग्दा त माकुनेले बेइज्जत नै गरे। एनआरएन क्यानडाको कार्यक्रमले उनले सोझै भने- काठमाडौं बस्दा बस्दा दिक्क लागेर कहाँ जाऊँ कहाँ जाउ भएपछि यता आएको!

काठमाडौं बस्न झ्याउ लागेपछि अमेरिका उडेका माकुनेले त्यहाँ नेपाल र नेपालीका लागि के गरे ? पूर्वप्रधानमन्त्रीको हैसियतमा अमेरिकी-क्यानेडाली अधिकारीसँग वार्ता गरे वा वैदेशिक रोजगारमा गएका नेपालीका डेरामा दालभात खाएर फर्किए? माकुनेको अमेरिका बसाइँका तस्विरले उनको त्यहाँ रहँदाको हैसियत देखाइदिएका छन्। माकुने अमेरिका-क्यानडामा नेपालकी डेरा चाहर्दै मात्रै हिँडेका छन्। न्युयोर्कतिर बरालिँदा माधव नेपालले १० सेप्टेम्बरमा ‘नेपाल जान्छु’ भन्थे। तर आज १६ सेप्टेम्बर भइसक्दा पनि उनी काठमाडौंका सार्वजनिक भएका छैनन्। माओवादीले खाइसके अब नेक्पाएमालेलाई यतै (अम्रिका) बाटै सल्लाह दिएर सञ्चोसँग बस्नु परो भनेर कमरेड उतै भासिएका त हैनन् होला त 🙂

अमेरिकी डेराहरुमा पूर्व प्रधानमन्त्रीको जिन्दगी ! हेर्नोस् तस्विरहरु
MK Nepal USA5

MK Nepal USA6

MK Nepal USA7

MK Nepal USA8

MK Nepal USA 4

MK Nepal USA2

हुन त माकुनेका कार्यकर्ता उनलाई खानपानका लोभी नै भन्छन्। खानपानलाई लिएर माकुनेका अनेकौं जोक्स पनि छन्। फोटाहरु आफैँ जोक्स जस्ता छन् त्यसैले यहाँ अरु जोक्स भन्नै परेन।

माकुनेको खानपान भिडियो 🙂 चाहिँ कोरियामा खिचिएको हो। संविधानसभा चुनाव हारेर भौतारिँदै कोरिया पुगेका बेला क्या गफ दिँदै खाएका। माकुने कपा-कप! कोरियन हेरेको हेरै!!

भिडियो हेर्नोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *