ज्ञानेन्द्रलाई गाउँ छिर्न नदिन माओवादी सर्कुलर

Wed Sep 19 0 Comments

यो माउवादी भन्ने पार्टी पनि जोक्सहरुको महासागर जस्तो छ। हरेक दिन एक-एक गरी जोक फुत्त-फुत्त निकालिरहन्छ। हेर्दा हेर्दै आज बिहान फेसबुक वालमा अर्को एउटा जोक्स आएर ठोक्कियो। यो जोक्स चै नानीका बा (प्रचण्ड) का केटाहरुको थियो। केटाहरु? हो अखिल क्रान्तिकारी लम्जुङका कमरेडहरुको। इहाँ नानीका बा आलिसान महलमा ऐस आराम गरेको कुरालाई ‘पूँजीवादी भाषमा भासिए’ भन्दैछन्। उहाँ कमरेडहरु त झन् जुकेरवर्गको फेसबुकमार्फत् पो क्रान्तिमा होमिएका र’छन्। ठ्याक आएर जोक वालमा बाजरियो।

ए अँ त्यो जोक सम्चारले भरिएको थियो! नानीका बाका लम्जुङे केटाहरु पूर्व राजा ज्ञानेन्द्रलाई गण्डकी र धवलागिरीमा प्रवेश निषेध गर्न कन्धनी कसेर लागेका रछन्। बुढाखाडा वैद्य स्टाइलका कमरेडहरुले कन्धनी कसे पनि उहाँ लम्जुङका कमरेडहरुले फेसबुक कस्याछन्। लोकतन्त्र, संविधान र कानुनलाई धोती लाउँदै युद्धकालीन स्टाइलमा तिनले जारी गरेको फेसबुके फर्मानले भन्छ- ‘खबरदार ! ज्ञानेन्द्र शाह प्रवेश निषेध छ।’

हरे स्वदेशी प्रभु ! नेपालमा ज्ञानेन्द्रले गद्दी त्यागेको यतिका वर्ष भइसक्यो। राजतन्त्रको स्थान दिल्लीतन्त्रले लिइसक्यो। धन्य छ नानीका बा को वर्तमान कार्यनीतिक फोरम्याट जहाँ विचारा ज्ञानेन्द्रलाई कालोझन्डा देखार पार्टीलाई गतिशील भएको भ्रममा राख्न नि मल्छ :)। दिल्लीले आफूलाई थाङ्नामा सुताएको वास्तविकता लुकाउन नि मिल्छ :)। र दिल्लीविरुद्ध तैचुप मैचुप हुन नि मिल्छ :)।

अखिल क्रान्तिकारी लमजुङ जिल्ला कमिटीले जारी गरेको फेसबुक पोष्टर हेर्नोस्
Gayanendra Shah“>

जनजाती वाइसिएलले पनि धम्की दियो
असोज ४ गते बिहीबारदेखि ज्ञानेन्द्र शाहले धवलागिरी र गण्डकी अञ्चलको १० दिने भ्रमण तयारी गरिरहेका छन्। संविधानले दिएको यसो देश विदेश हिँडडुलको अधिकार नै छिन्ने शैलीमा माओवादीले ज्ञानेन्द्रलाई धवलागिरी नआउन धम्की दिइरहेको बेला जनजातीहरुको वाइसिएल तमुवान युथ भोलन्टियर्स पनि ज्ञानेन्द्रविरुद्ध कम्मर कसेर लागेको छ। ज्ञानेन्द्र शाहको धार्मिक भ्रमणको स्वागत समिति संयोजक बनेका गणेशबहादुर गुरुङलाई धम्की दिँदै युथ भोलन्टियर्सले ‘सच्चिन’ भनेको छ। भोलिन्टियर्स कास्की अध्यक्ष कृष्णकुमार तमुको टोलीले ज्ञानेन्द्रको भ्रमण संघीयताविरुद्ध, तमुवानविरुद्ध, धर्म निरपेक्षताविरुद्ध हुन लागेको ठहर गर्‍या छ। ‘पूर्व राजाको स्वागतको नेतृत्व नै गर्ने हो भने हुनसक्ने सम्पुर्ण घटनाको सामना गर्न तयार रहनु’, जातीय वाइसिएलले धम्की दिँदै भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *