लकडाउनमा नेपालीको चहलपहल बढ्यो

Mon Jul 6 0 Comments

google_illustrator

विश्वका अधिकांश मुलुकलाई हायलकायल पारेको कोरोनाबारे अनुसन्धान नगर्ने को होला? सर्च इन्जिन गुगलले अहिलेसम्म ‘बेसार पानीले कोरोना भाइरस चेट हुन्छ’ भनेको छैन। बरु गुगल म्याप उपयोग गरी मान्छे चहलपहलको अध्ययन गरिरहेछ। मोबाइल फोन लोकेसन ट्रयाकिङका आधारमा गुगलले यो काम गरिरहेको हो।

गुगलले कोरोना भाइरस (कोभिड—१९) का कारण सामाजिक गतिविधि कति परिवर्तन भइरहेको छ भनेर तथ्यांक विश्लेषण गर्छ। अध्ययन गर्न उसले मानिस चहलपहल हुने क्षेत्रहरुलाई ६ भागमा विभाजन गरेको छ। चीनबाहेक विश्वका सबै मुलुकहरुको रिपोर्ट एकै साथ तयार पार्छ, सार्वजनिक गर्छ। पछिल्लो रिपोर्टले भन्छः ‘नेपालीको चहलपहल २०७६ फागुनभन्दा बढ्यो है।’

कुन ठाउँमा बढ्यो चहल पहल

१.रेष्टुराँ, सपिङ सेन्टरः
गुगलको पछिल्लो मोबिलिटी रिपोर्टअनुसार नेपालमा रेष्टुराँ, क्याफेँ, सपिङ सेन्टर, म्युजियम, पुस्तकालय, फिल्म हलसतिका ठाउँमा मान्छेको चहलपहल ४२ प्रतिशत ऋणात्मक छ। यो भनेको २०७६ फागुनभन्दा ३६ प्रतिशत धेरै हो। चैतमा यो ७८ प्रतिशत ऋणात्मक थियो।

२. सुपरमार्केट, फार्मेसी
किनेमलका लागि सुपरमार्केट, ग्रोसरी र फार्मेसी जानेको संख्या पनि बढेको गुगलले औंल्याएको छ। पछिल्लो मोबिलिटी रिपोर्टअनुसार यो शीर्षकमा नेपालमा २३ प्रतिशत ऋणात्मक चहलपहल छ। यो भनेको चैतभन्दा ४६ प्रतिशत बढी हो। चैतमा यो ६९ प्रतिशत ऋणात्मक थियो।

३. पार्क, बगैँचा
पार्क, सार्वजनिक बगैँचा, निकुञ्ज, नदी तटमा मान्छेको चहलपहल बढेको गुगलले उल्लेख गरेको छ। यो बृद्धि चैत महिनाभन्दा मात्र हो। पछिल्लो रिपोर्टअनुसार यो शीर्षकमा चहलपहल २८ प्रतिशत ऋणात्मक छ। चैतभन्दा यो २७ प्रतिशत धेरै हो। चैतमा यो ५५ प्रतिशत ऋणात्मक थियो।

४. सार्वजनिक यातायात, बसपार्क
घुमफिरमा प्रयोग हुने सार्वजनिक यातायातमा चहलपहल बढेको छ। बसपार्क, बस सब—वे यो शीर्षकमा छन्। चैतमा यो ७४ प्रतिशत ऋणात्मक थियो। यसमा सुधार भएको छ। यो अब ३९ प्रतिशत ऋणात्मक छ।

चहलपहल कहाँ छैन, उहाँहरुलाई चिन्नुहुन्छ नि? 😉 NCP leader without mask


५. करिब सबै फर्किए कार्यस्थल
गुगल मोबिलिटी रिपोर्टअनुसार अब लगभग सबै नेपाली काममा फर्केका छन्। गुगलका अनुसार कार्यस्थलमा हुने चहलपहल ११ प्रतिशत मात्र ऋणात्मक छ। यो २०७६ फागुनभन्दा ६१ प्रतिशत धेरै हो। चैतमा यो ७२ प्रतिशत ऋणात्मक थियो।

६. घर बस्ने घटे
नेपालमा बाह्य गतिविधि बढेसँगै घरै बस्ने नेपालीहरु घटेका छन्। २०७६ चैतमा घरभित्रै चहलपहल गर्नेहरु २८ प्रतिशत वृद्धि भएका थिए। अहिले यो संख्या घटेर करिब पहलिा जति नै भइसकेको छ। १० प्रतिशत बढी मात्र छ।

‘यसको उपयोग उपचारको उद्देश्यका लागि होइन। यात्रा योजना वा व्यक्तिगत मार्गनिर्देशका लागि यो तयार पारिएको होइन’, गुगलले भनेको छ। यो अध्ययन रिपोर्ट कोभिड—१९ को असर कम गर्न सहयोगी होस् भन्ने उद्देश्यले बनाइएको हो।

२ जना हुँदा लकडाउन, अब के?
कोरोना संक्रमित २ जना हुँदा सरकारले देशैभरि २०७६ चैत ११ देखि लकडाउन सुरू गरेको हो। लकडाउन आफैँमा कोरोना भ्याक्सिन थिएन। त्यही भएर नेपालमा कोरोना संक्रमित बढेकाबढै छन्। आज २०७७ असार २२ सम्म नेपालमा १५ हजार ९ सय ६४ जना संक्रमित पुगेका छन्। ३५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

यो पनि

१. गुगल मोबिलिटी रिपोर्टः २०७७ असार १९ हेर्नुहोस्

२. गुगल मोबिलिटी रिपोर्टः २०७६ फागुन २८ हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *