महेस बस्नेतले झुटो बोले, डिएसपीको पक्षमा जनसमर्थन

Tue Aug 21 0 Comments
युथफोर्स अध्यक्षको क्रुर व्यवहार। तस्विर : प्रकाश माथेमा

अमानवीय ढंगले प्रहरीमाथि मसाल झोसेको तस्विर कम्प्युटरबाट मिलाइएको भन्ने युथफोर्स अध्यक्ष महेस बस्नेतको भनाइ झुटो पुष्टि भएको छ। राजनीतिक संरक्षणमा अराजक अभिव्यक्ति दिँदै आएका बस्नेतको भनाइ गलत सावित भएसँगै डीएसपी राणा हिरो बनेका छन्। ‘हो त्यो फोटो मैले खिचेको हो’, टिगफलाइ प्रतिक्रिया दिँदै एएफपीका काठमाडौंस्थित फोटोपत्रकार प्रकाश माथेमाले भने- ‘१५ वर्षको फोटो पत्रकारिता करिअरमा खिचेका राम्रा फोटाहरुमध्ये त्यो पनि एक हो।’

सडकबाटै सरकार ढाल्ने घोषणा गरेको युवा संघले रत्नपार्कबाट मसाल जुलुस निकाल्छ भन्ने सुनेर हामी तयारी अवस्थामा थियौं। एएफपीकै अर्का फोटो पत्रकार साथी र म फोटो खिच्न युवा दुइ साइडमा थियौं। मैले चै अगाडिपट्टिबाट खिच्न लेन्स सोझ्याएर बसेको थिएँ। त्यति नै बेलै महेस बस्नेत मसला लिएर अघि बढे मैले झ्याप झ्याप केही स्नेप लिएँ। फोटाहरु राम्रा आएछन्। कम्प्युटर ट्रिक्स गरिएको भन्ने कुरा सर्वथा गलत हो। त्यो कसले किन भन्यो मलाइ थाहा छैन। यसका सेरिजहरु तपाइँले एएफपीको सर्भरमा पनि हेर्न सक्नुहुन्छ। मसँग पनि सुरक्षित छन्।
-प्रकाश माथेमा, फोटोपत्रकार, एएफपी

यता डिएसपी राणाले राजनीतिक संरक्षणमा हुने अपराधीकरणविरुद्ध दिएको प्रतिक्रियाकै कारण सरुवा हुनु परेपछि उनको पक्षमा ठूलो जनसमर्थन देखिएको छ। हिरो बन्ने भए फिल्म खेल्न गए हुन्छ भनेर महेस बस्नेतले बताए पनि मंगलबार सोसल मिडियामा उनी साँच्चीकै हिरो सावित भएका छन्। राजनीतिक संरक्षणमा भइरहेका अपारधबाट वाक्क नेपालीले राणालाइ समाजको हिरोकै रुपमा स्वीकार्दै स्ट्याटस लेखेका छन्। मंगलबार नागरिकन्युजमा प्रकाशित समाचारप्रति हजारौं पाठकहरुले रेस्पोन्स जनाएउँदै गुण्डाराज अन्त्यको माग गरेका हुन्। ‘अगाडि बढ राणा तिमीलाइ नेपाली जनताको साथ छ’ शैलीका कमेन्टहरु नागरिकन्युजले प्रकाशित गरेको छ।

सोसल मिडियाहरुमा राणाको चर्चा चुलिएको छ। केही प्रतिक्रिया हेर्नोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *