बस्नेतले प्रहरीलाई कसरी मसाल झोसेका थिए ? थप तस्विरहरु

Wed Aug 22 0 Comments

युथफोर्स अध्यक्षको क्रुर व्यवहार। तस्विर : प्रकाश माथेमा

युथफोर्स अध्यक्ष महेस बस्नेतले प्रहरीलाई अमानवीय ढंगले मसाल झोसेका थप तस्वीरहरु टिगफलाई प्राप्त भएका छन्। झुटो बोलेर बचाउ गर्न खोजे पनि यी तस्वीरहरुले बस्नेतले राजनीतिक आवरणमा मच्चाएको अमानवीय हर्कतको पर्दाफास गरिदएका छन्। तस्विरहरू र डिएसपी सरूवा प्रकरणको समग्र पाटो हेर्दा लाग्छ- के एमाले अराजक गुण्डाको संरक्षणमा चल्न थालेको हो? हैन भने प्रहरीमाथि यो हदमा जाइलाग्ने बस्नेतउपर मानवअधिकार हनन् को मुद्दा किन लाग्न सक्दैन?

बस्नेतलाइ कारवाही त कता हो कता सो विषयमा फेसबुकमा स्ट्याटस राख्रे डिएएसपी दीपसम्शेर राणालाइ एमाले नेताहरूको दवाबमा सरूवा गरिएको छ। महानगरीय मुख्य घटना कार्यदलमा रहेका उनी हाल प्रहरी प्रधान कार्यालयको ट्राफिक निर्देशनालय पुगेका छन्। युथ फोर्स अध्यक्ष महेस बस्नेतले सुरूमा आफूले प्रहरीमाथि त्यस्तो अमानवीय व्यवहार नगरेको दाबी गर्दै राणाले कम्प्युटर मिश्रणबाट फोटो तयार पारेको आरोप लाएका थिए। फोटोको आधिकारिकता हिजै पुष्टि भइसकेको छ।

यो पनि पढ्नुहोस्
महेस बस्नेतले झुटो बोले, डिएसपीको पक्षमा जनसमर्थन
फेसबुक प्रकरण : राणा बदमास कि बस्नेत गुण्डा ?

४ अगस्ट २०१२ को दिन एएफपीका फोटो पत्रकारले खिचेका तस्विरहरू :

तस्विर: प्रकाश माथेमा

तस्विर: प्रकाश माथेमा

तस्विर: नरेन्द्र श्रेष्ठ

त्यो दिनको मसाल जुलुस। तस्विर: प्रकाश माथेमा