कस्तो खुशी (दुःखी) जीवन

Twitter Digg Delicious Stumbleupon Technorati Facebook


एउटा लामो यात्रापछि आज फेरि बौद्ध स्तुपाको अघिल्तिर पुगेर मैले पुराना दिन सम्झिएँ। दुःख वा खुशीको कुनै विन्दू भेटिएन। स्टेट अफ माइन्ड शान्त र चंगा अनुभव भइरहेछ। बिहीबारको यो बिहानमा स्तुपा अगाडिको माने घुमाउने श्रद्धालु र परेवालाई चारो खुवाएर आनन्द लिनेहरुको भीड नै छ। मरुन वस्त्रधारी माहायानी भिक्षु-भिक्षुणीहरु स्तुपा पश्चिमतर्फबाट प्रार्थना गर्दैछन्। म सोचबिहीन भएर यी सबै दृश्य हेर्दैछु। एउटा फरक चित्त जाग्यो। ‘ए अँ के खुशी सहरमा किन्न पाइन्छ ?’

धेरै समयदेखि मनमनै चलिरहेको त्यही विरोधाभाषपूर्ण प्रश्नको जवाफ बौद्ध स्तुपासँग हुने कुरै थिएन। रुम फर्किएपछि पल्टाएँ भिक्षु उपातिस्साको पुस्तक- ‘ह्विच वे टु ह्यापीनेस ?’ झन्डै १० महिनाको ग्यापपछि मैले यसरी पुस्तकसँग दिन बिताएँ। सँगै हातमा लिएका अन्य पुस्तक थिए ‘अन रिलेशनसीप जे कृष्णमूर्ति’ र भिक्षु ज्ञानपूर्णिकको ‘कर्म र मनुष्य’।

‘ह्विच वे टु ह्यापीनेस ?’मा उपातिस्साले खुशीका आयामलाई बुद्ध दर्शनको कोणबाट व्याख्या गरेका छन्। पुस्तकले मन र मस्तिष्क शान्त नभइ मान्छेमा खुशीको चरण नै सुरु नहुने बताउँछ। बुद्ध वाणिका तीन पिटकमध्ये सुत्त पिटकको बुद्ध दर्शनलाई फुटकर रुपमा पुस्तकले समेटेको छ। बुद्ध र उनको समस्त मार्ग नै दुःखको खोजी र त्यसको निराकरण हो। दुःख इराडिकेट नगरी (दमन हैन) प्राप्त भएका सुखहरु क्षणिक र भ्रामक हुन्। ‘ह्विच वे टु ह्यापीनेस ?’ले पनि त्यही विषयलाई सरल ढंगले प्रस्तुत गर्छ। संसारमा दुःख छ भने त्यसका कारणहरु छन्। ती कारणलाई डिलिट गर्ने उपाय छन्। र दुःख मुक्तिको अवस्था छ। मोक्ष मार्गका लागि बुद्ध धर्मको थेरवादी दृष्टिकोण पुस्तकमा छ। दुःखलाई नामेट नगरी खुशीको कल्पना गर्नु पेन किलर खाएर रोगबाट मुक्त भएको ठान्नु जस्तै सर्फेसियल इल्युजन हो भन्ने प्रसङ्ग सान्दर्भिक छ। तर बुद्ध फिलोसोफी बारे सामान्य जानकारी नराख्ने पाठकले पुस्तक झिँजो लाग्न सक्छ।

बुद्धको मार्ग बारे ब्लग लेख्न, चर्चा र बहस गर्न सजिलो छ तर त्यो बाटोमा एक पाइलो पनि चाल्न बडो कठिन छ। फेरि यी सब कुरा फगत जानकारीका लागि हुन्, लाभका लागि त हिँड्नै पर्छ। खुशी कुनै म्याथको सुत्र हैन जसलाई पुस्तकबाट घोकेर प्राप्त गर्न सकियोस्। हो पक्कै पनि खुशी स्टेट अफ माइन्ड हो। दिमाग र मनलाई सधैँ शुद्ध राख्न शील र साधनाको जीवन जरुरी छ। ‘ह्विच वे टु ह्यापीनेस ?’ सँगै मैले आजै पढिसिध्याएको पुस्तको हो- भिक्षु ज्ञानपूर्णिकको ‘कर्म र मनुष्य’। लेखकले पुस्तकमा मान्छेका प्रकार अनि तिनको कर्मको व्याख्या गरेका छन्। असल काम गरे फल पनि असल र खराब काम गरे फल पनि खराब मिल्छ भन्ने सन्देश पुस्तकमा छ। लेखकले कुन कुन कर्मले कस्तो फल दिन्छन् भन्ने कुराको सुक्ष्म वर्णन गरेका छन्।

दुवै पुस्तक पढिसकेपछि सम्झेँ अर्को पुस्तक ‘अन्तर्मनको यात्रा’। ‘भ्रम सबभन्दा सर्वश्रेष्ठ सुख हो। भ्रम निवारणपछि पनि कोही दुःखी हुँदैन भने त्यो ज्ञानी हुन्छ। सन्त हुन्छ।’

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

4 Responses to “कस्तो खुशी (दुःखी) जीवन”

  1. म कुन प्रकारको मान्छे रहेछु त दाई ? अनि तिम्रो किताबमा कस्ता कस्ता प्रकारका मान्छे रहेछन ?

  2. Oh My God ! Krishna ! What a lovely article?
    The mesaage from your artilce I drew :
    very difficlut to preach Buddha’s teaching but easy to quote
    – the appex happiness is the illusion and God realision is possible only after elimainating such illusion.

    L B is with you

  3. ओहो पुरुदाइ स्वागत है। म गरिब छु यार त्यस्तो गहिराइको ज्ञानज्ञुनमा। दाइको सवालको जवाफ मसँग छैन, पढ्ने भए बुक चाहिँ छ है।

  4. bhram sarvashrestha sukha ho.
    indeed ignorance is bliss.
    good summarizing!